STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७७ चैत्र ५, बिहिबार

    काभ्रेमा ४.१ रेक्टर स्केलको भूकम्पको धक्का

    काठमाडौँ - काभ्रेमा भूकम्प गएको छ  । बिहान १० बजेर ५ मिनेट जाँदा सिसाखानी भन्ने ठाउँ आसपास केन्द्रविन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका सहयाक प्राविधिक राजेश शर्माले जानकारी दिए । भूकम्पको धक्का जिल्लाका केही ठाउँमा महसुस भएको छ ।

  • २०७७ चैत्र ४, बुधबार

    पत्रकार महासङ्घको चुनाव चैत २५ गते

    काठमाडौँ - नेपाल पत्रकार महासङ्घको चुनाव यही चैत २५ गते हुने भएको छ । महासङ्घका उपलब्ध सदस्य सम्मिलित केन्द्रीय समितिको बुधवारको बैठकले जिल्ला, प्रदेश, केन्द्र, प्रतिष्ठान र एसोसिएट संरचनाको चुनाव तीन हप्तापछि एकै दिन गर्ने निर्णय गरेको सचिव प्रकाश थापाले जानकारी दिए । महासङ्घको संशोधित विधानअनुसार केन्द्रीय साधारणसभा गएको फागुन ४ र ५ गते सम्पन्न भइसकेको छ । चैत ७ गते सबै तहको चुनाव कार्यतालिका...

  • २०७७ चैत्र ४, बुधबार

    ओखलढुंगाको जंगलमा आगलागी, नियन्त्रणको प्रयास जारी

    ओखलढुंगा - ओखलढुंगाको चिशंखुगढी गाउँपालिका ४ स्थित जंगलमा आगलागी भइरहेको छ । बस्ती छेउमा रहेको जंगलमा गएरातीदेखि लागेको आगो नियन्त्रणको प्रयास जारी रहेको छ । आगो नियन्त्रणका लागि स्थानीयबासी र प्रहरीले मात्र नसकेपछि अहिले थप जनशक्ति पठाइँदैछ ।

  • २०७७ चैत्र ३, मंगलबार

    राष्ट्रपति भण्डारीले काेराेनाविरूद्धकाे खाेप लगाइन्

    काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना विरुद्ध खोप लगाएकी छिन् । सोमबार महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगी उनले खोप लगाएकी हुन् । खोप लगाएपछि संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदै राष्ट्रपति भण्डारीले सबैलाई निर्धक्क भएर खोप लगाउन अपिल पनि गरिन् । अग्रपक्तिमा रहेको, जोखिममा काम गर्ने र वृद्धवृद्धालाई लगाएपछि मात्रै लगाउने सोच आफ्नो हुँदा हुदै पनि देशबाहिर...

  • २०७७ चैत्र २, सोमबार

    मुस्लिम समुदायको थर सुचिकृत हुने

    काठमाडौँ - राष्ट्रिय मुस्लिम आयोगले मुस्लिम समुदायको थर सुचिकृत गर्ने भएको छ । मुस्लिम समुदायभित्र विभिन्न थरहरु रहेका कारण समुदायलाई पहिचान गर्न समेत गाह्रो भएको भन्दै मुस्लिम आयोगले मुस्लिम समुदायको थर सुचिकृत गर्ने भएको हो । सोमबार राष्ट्रिय मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले आयोगको वार्षिक प्रतिवेदन २०७६/०७७ को विषयमा सञ्चारकर्मीसँग भेटघाट गर्दै आयोगले मुस्लिम समुदायको थर सुचिकृत...

  • २०७७ चैत्र २, सोमबार

    पेट्रोलियम पदार्थ अन्वेषण गर्न चिनिया टोली आउँदै

    दैलेख - दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको अन्तिम नतिजा विश्लेषण गर्नका लागि चिनिया विशेषज्ञ टोली पुनः दैलेख आउने भएको छ । चैत्र १९ गतेसम्ममा टोली दैलेख आउने गरी जानकारी प्राप्त भएको खानी तथा भू–गर्भ विभाग काठमाडौँले जानकारी दिएको छ । अन्तिम ‘ड्रिलिङ’ लागि सडक यातायात उपयुक्त छ की छैन अन्य पूर्वाधारको तयारी गर्न कतिको सहज वा असहज छ भन्दै टोली आउन लागेको खानी तथा भू गर्व विभागका अन्वेषण अधिकृत डा...

  • २०७७ फाल्गुण २७, बिहिबार

    आज मनाइँदैछ सेना दिवस : टुँडिखेलमा विशेष समारोह

    काठमाडौँ – सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले महाशिवरात्रि एवं सेना दिवस बिहीबार मुलुकभर विविध कार्यक्रम गरी मनाउँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारी शिवरात्रि तथा सेना दिवसकै अवसरमा सैनिक मञ्च  टुँडिखेलमा आयोजना हुने बढाइँ कवाजसहितको विशेष समारोहमा प्रमुख अतिथिका रुपमा सहभागी हुनुहुनेछ । नागरिकको आस्था र भरोसाको केन्द्रबिन्दुका रुपमा रहेको नेपाली सेनाको उहाँ...

  • २०७७ फाल्गुण २७, बिहिबार

    चाडपर्वले मेलमिलापको आधार खडा गर्न सहयोग पुर्याएका छन् - सभापति देउवा

    काठमाडौँ - नेपाली कांग्रेसका सभापति  शेरबहादुर देउवाले महाशिवरात्रिका अवसरमा सम्पूर्ण हिन्दू धर्मावलम्बी नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले शुभकामना सन्देशमार्फत हिन्दू धर्मावलम्बीबाट अति श्रद्धाका साथ शिवको आराधना गरेर मनाइने “महाशिवरात्रि” महत्वपूर्ण र पवित्र पर्व भएको जनाउँदै यस्ता चाडपर्वले सामूहिक भावनालाई अझ विकसित गर्दै, सबैमा एकता र मेलमिलापको आधार खडा...

  • २०७७ फाल्गुण २७, बिहिबार

    आज महाशिवरात्रि पर्व

    काठमाडौँ - प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजा–आराधना गरी आज देशभर मनाइँदैछ । बिहीबार दिउँसो २ः५२ बजेसम्म त्रयोदशी तिथि छ । त्यसपछि चतुर्दशी प्रारम्भ हुन्छ । चतुर्दशी तिथि शुक्रबार दिउँसो २ः५१ बजेसम्म छ । मध्यरातमा चतुर्दशी तिथि बिहीबार परेकाले यसै दिन महाशिवरात्रि पर्व मनाउने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक...

  • २०७७ फाल्गुण २७, बिहिबार

    शिवरात्री विशेष : ६४ ज्योतिर्लिङ्ग शिव शिव भोले (भजन)

    ॐ कुशेश्वराय नमो ॐ कुशेश्वरायशिव शिव भोले कुशेश्वराय ।। १ ।। ॐ भीमेश्वराय नमो ॐ भीमेश्वराय शिव शिव भोले भीमेश्वराय ।। २ ।।     ॐ काफीश्वराय नमो ॐ काफीश्वराय    शिव शिव भोले काफीश्वराय ।। ३ ।।     ॐ कश्यपेश्वराय नमो ॐ कश्यपेश्वराय    शिव शिव भोले कश्यपेश्वराय ।। ४ ।। ॐ स्फटिकेश्वराय नमो ॐ स्फटिकेश्वरायशिव शिव भोले स्फटिकेश्वराय ।। ५ ।। ॐ चण्डेश्वराय नमो ॐ चण्डेश्वरायशिव शिव भोले चण्डेश्वराय ।। ६...

  • २०७७ फाल्गुण २४, सोमबार

    ‘सेक्युरिटी प्रेस मेसिन’ ल्याइने

    काठमाडौं - सरकारले केही महत्वपूर्ण सुरक्षण मुद्रणका लागि ‘सेक्युरिटी प्रेस मेसिन’ ल्याउने भएको छ । सुरक्षण मुद्रण केन्द्रले हुलाक स्टिकर, अन्तःशुल्क स्टिकर, मार्कसिट लगायतका सुरक्षण मुद्रणका लागि टेन्डर गरेको हो । करिब ८० करोड मूल्य अनुमान गरिएको मेसिन ल्याएर अर्को वर्षदेखि नेपालमा सरकारी पक्षबाटै सुरक्षण मुद्रण सुरु गर्ने सुरक्षण मुद्रण केन्द्रको योजना छ । केन्द्रका कार्यकारी निर्देशक बिकल पौडेल...

  • २०७७ फाल्गुण २४, सोमबार

    आज अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै

    काठमाडौँ - राष्ट्रपति विद्यादेवी भण्डारीले लैङ्गिक समानताको उद्देश्य पूरा गर्न शिक्षा, स्वास्थ्य, रोजगारीलगायत सार्वजनिक सेवा, सुविधा र अवसरमा महिलाको समान पहुँच सुनिश्चित हुनुपर्ने बताउनुभएको छ । एक सय ११औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा एक शुभकामना सन्देश दिँदै उहाँले नेपालको संविधानले व्यवस्था गरेनुसार राजनीतिक तथा हरेक सार्वजनिक निकायमा महिलाको समानुपातिक सहभागिता प्राप्तिका लागि...

Pages