STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७७ फाल्गुण २२, शनिबार

    ललितपुरबाट हराएको मूर्ति अमेरिकाद्वारा नेपाललाई हस्तान्तरण

    काठमाडाैं – नेपालबाट चोरी भएर अमेरिका पुर्याइएको प्राचीन मूर्ति साडे तीन दशकपछि नेपालले फिर्ता पाएको छ । ३६ वर्षअघि ललितपुरबाट हराएको वासुदेव–कमलाजा (लक्ष्मी–नारायण) को मूर्ति अमेरिकाले नेपाललाई हस्तान्तरण गरेको छ । शुक्रबार वासिङ्टनस्थित नेपाली दूतावासमा आयोजित एक कार्यक्रममा अमेरिकाले नेपाललाई उक्त प्राचीन मूर्ति हस्तान्तरण गरेको हो । अमेरिकी संघीय अनुसन्धान ब्युरो (एफबीआई) का उपसहायक निर्देशक...

  • २०७७ फाल्गुण २२, शनिबार

    मेलम्चीको पानी सुन्दरीजलमा

    काठमाडौं – अन्ततः मेलम्ची खानेपानी आयोजनाको पानी सुन्दरीजल आएको छ । फ्लसिङ टनेलको हाइड्रो मेकानिकल गेटको बटन थिचेर १० फागुनमा सुरुङमा हालिएको पानी सुन्दरीजलमा खसालिएको हो । शनिबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले मेसिनको बटन थिचे । खसालिएको पानी बागमती नदीमा हालिएको छ । पहिलो चरणमा आएको पानी फोहोरसहितको हुने हुनाले प्रशोधन केन्द्रमा नहालिएको हो ।

  • २०७७ फाल्गुण २१, शुक्रबार

    नारायणगढ–मुग्लिन सडक एक हप्ता साढे ४ घण्टा बन्द हुने

    पहिरो रोकथामका बाँकी काम सम्पन्न गर्न नारायणगढ–मुग्लिन सडकखण्ड दिउँसो एक हप्ताका लागि बन्द गरिने भएको छ । २३ देखि २९ फागुनसम्म एक हप्ता दिउँसो सडक बन्द गर्न लागिएको हो । नारायणगढ–मुग्लिन सडक आयोजनाले सूचना जारी गर्दै सडकखण्डअन्तर्गत चारकिलोमा पहिरो रोकथामका आवश्यक बाँकी काम सम्पन्न गर्न सडक बन्द गर्न लागिएको जनाएको छ । सडकखण्डमा बिहान १०:३० देखि दिउँसो ३ बजेसम्म दुईतर्फी आवागमन बन्द रहने आयोजनाका...

  • २०७७ फाल्गुण २१, शुक्रबार

    बस्तीमै पुगेर आगलागी पीडितलाई मुख्यमन्त्रीले दिए राहत

    ताप्लेजुङ - ताप्लेजुङको मेरिङदेन–३ दोभानका आगलागी पीडितलाई प्रदेश सरकारले राहत सामग्री उपलब्ध गराएको छ । बिहीबार आगलागी बस्तीमा पुगेर प्रदेश नं १ सरकारका मुख्यमन्त्री शेरधन राईले राहत सामाग्री उपलब्ध गराउनुका साथै पीडितलाई थप राहत प्याकेज समेत घोषणा गरेका हुन् । आगलागी पीडित परिवारलाई प्रदेश सरकारले प्रति परिवार ५० हजार नगद उपलब्ध गराउने मुख्यमन्त्री राईले दोभानबस्तीमा पुगेर बताएका हुन् । त्यस्तै...

  • २०७७ फाल्गुण १९, बुधबार

    सांसदहरुलाई कोरोनाविरुद्धको खोप दिइँदै

    आजदेखि सांसदहरुलाई कोरोना भाइरसविरुद्धको खोप लगाउन सुरु गरिएको छ । सांसदहरुलाई खोप लगाउन सुरु गरिएको पहिलो दिन सभामुख अग्निप्रसाद सापकोटा तथा नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खोप लगाएका छन् । संसद सचिवालयले सांसदहरुलाई नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा खोप लगाइने जनाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सांसदहरुलाई तीन दिनभित्र खोप लगाइसकिने छ । संसद बैठकमा सहभागी...

  • २०७७ फाल्गुण १६, आइतबार

    दलित पत्रकार सङ्घको महाधिवेशन फागुन २८ मा

    राष्ट्रिय दलित पत्रकार सङ्घको प्रथम महाधिवेशन यही फागुन २८ र २९ गते रुपन्देहीको बुटवलमा हुने भएको छ । देशभर विभिन्न सञ्चारमाध्यममा क्रियाशील दलित समुदायका पत्रकारको छाता सङ्गठन सङ्घको महाधिवेशन सफल बनाउन तीव्र तयारी भइरहेको अध्यक्ष विनोद पहाडीले जानकारी दिनुभयो ।    उहाँले भन्नुभयो, “दलित समुदायबाट पत्रकारिता गर्ने पत्रकारको अधिकारका निम्ति स्थापित सङ्घको महाधिवेशनको तयारी तीव्ररूपमा भइरहेको छ,...

  • २०७७ फाल्गुण १६, आइतबार

    हेटौंडामा शंखधर साख्वाः उद्यान बनाइने

    काठमाडौं – बागमती प्रदेश सरकारले हेटौंडामा नेपाल संवत्का प्रवर्तक शंखधर साख्वाःको नाममा उद्यान बनाउने भएको छ । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले हेटौंडा शंखधर साख्वाः उद्यान बनाउन प्रदेश सरकारमार्फत् १० लाख नगद सहयोग गर्ने बचन दिभएका छन् । शनिबार भएको एक कार्यक्रममा मुख्यमन्त्री पौडेलले नेवार संस्कृति र परम्परा नेपालकै अमूल्य निधि रहेको पनि बताएका छन् । नेवाः गुठी खलः मकवानपुरको वार्षिक...

  • २०७७ फाल्गुण १५, शनिबार

    नेवा संस्कृति र परम्परा नेपालको अमूल्य निधि हो ः मुख्यमन्त्री पौडेल

    बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नेवा संस्कृति र परम्परा नेपालको अमूल्य निधि रहेको बताउनुभएको छ ।  नेवा गुठी खल मकवानपुरको वार्षिक साधारणसभालाई आज हेटौंडामा सम्बोधन गर्दै उहाँले नेवारी परम्पराको संरक्षण र संवद्र्धन गर्दै आफ्नो पहिचान जोगाउन गुठीको भूमिका महत्वपूर्ण रहेको जनाउनुभयो  । मुख्यमन्त्री पौडेलले नेवा गुठीले निर्माण गर्न लागेको शंखधर साख्वा उद्यानको सफलताको कामना गर्दै हरेक...

  • २०७७ फाल्गुण १५, शनिबार

    नेपाल विकासशील मुलुकको सूचीमा सिफारिस

    नेपालललाई अल्पविकसितबाट विकासशील राष्ट्रमा सूचीकरणको प्रक्रिया आरम्भ भएको छ । राष्ट्रसंघीय निकाय विकास तथा नीति समितिले सूचीकरणको लागि सिफारिस गरेको हो । पाँच वर्षभित्र नेपालले प्रतिव्यक्ति आय, मानव विकास सूचकांक र आर्थिक जोखिम सूचकांकमा प्रगति गरे नेपाल त्यस सूचीमा सन् २०२६ भित्र अटाउने छ । राष्ट्रसंघीय विकास नीति समिति (सीडीपी) ले हरेक तीन वर्षमा समीक्षात्मक विश्लेषण गर्दै सदस्य राष्ट्रहरुको...

  • २०७७ फाल्गुण १५, शनिबार

    आज स्वस्थानी ब्रत समापन गरिँदै

    काठमाडौँ – पुस शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा शुरु गरेको एक महिने स्वस्थानी ब्रत आज विधिपूर्वक समापन गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको ब्रत शुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरेका देशभरका भक्तजनले आज ब्रत समापन गर्न लागेका हुन् । त्यसै दिनदेखि शुरु गरिएको स्कन्द पुराणअन्तर्गत केदार खण्डको माघ माहात्म्यमा कुमार र अगस्त्यबीच...

  • २०७७ फाल्गुण १४, शुक्रबार

    अब परीक्षा उतीर्ण भएकाे एक महिनामै लाइसेन्स पाइने

    काठमाडौँ । नयाँ चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)_का लागि फाराम भर्नेको सङ्ख्या पाँच लाखभन्दा बढी हुँदा यातायात व्यवस्था विभागले अनुमतिपत्रको परीक्षा पास गरेका सेवाग्राहीलाई एक महिनाभित्रमा अनुमतिपत्र दिइसक्ने योजना बनाएको छ । ठूलो सङ्ख्यामा कार्ड छाप्ने उपकरण (मास प्रिन्टर) को प्रयोग गरेर एकैदिनमा धेरै सङ्ख्यामा अनुमतिपत्र छाप्न सकिने विभागले जनाएको छ । अहिले तत्काल कार्ड स्टक थोरै सङ्ख्यामा...

  • २०७७ फाल्गुण ११, मंगलबार

    फैसलापछिको प्रतिक्रिया : निष्पक्ष र स्वतन्त्र न्यायालयको गरिमा बढ्यो

    प्रतिनिधिसभा पुनः स्थापना गर्ने सर्वोच्च अदालतको फैसलालाई विभिन्न राजनीतिक दलका नेता एवं कानूनका जानकारले स्वागत गर्दै निष्पक्ष र स्वतन्त्र न्यायालयको गरिमा अझै बढेको प्रतिक्रिया दिएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दाहाल–नेपाल समूह, नेपाली कांग्रेस,  जनता  समाजवादी पार्टीलगायतले सर्वोच्च अदालतको फैसलाले संविधानको मर्म र भावनालाई जोगाएको भन्दै खुशी व्यक्त गरेका छन् । प्रधानमन्त्री केपी...

Pages