राष्ट्रिय
-
२०७७ श्रावण ५, सोमबार
उपत्यकाका ३जना सहित थप १८६ जनामा संक्रमण
काठमाडौं । पछिल्लाे २४ घण्टामा नेपालमा थप १८६ जनामा कोरोनाभाइरस संक्रमित थपिएका छन् । सोमबारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंका २, ललितपुरका १ सहित १८६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । हाल सक्रिय संक्रमितको संख्या ५ हजार ९३६ जना र निको भएकासहित कुल संक्रमितको संख्या १७ हजार ८४४ पुगेको गौतमले बताए । पछिल्लो २४ घण्टामा ४ हजार २१६...
-
२०७७ श्रावण ५, सोमबार
आगामी २४ घण्टा मुलुकभर नै वर्षा
काठमाडौँ : मौसम पूर्वानुमान महाशाखा, जल तथा मौसम विज्ञान विभागले आगामी २४ घन्टामा पनि देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जानकारी दिएको छ । विभागका अनुसार अहिले मुलुकभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसमविद् सजिना शाक्यले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेशका केही स्थानका साथै प्रदेश ५, सुदूरपश्चिम...
-
२०७७ श्रावण ५, सोमबार
टेलिकमको सङ्घीय संरचना परिवर्तन गर्ने कार्य शुरु
काठमाडौँ : नेपाल टेलिकमले मुलुकको सङ्घीय संरचनानुसार कम्पनीको संरचना परिवर्तन गर्ने कार्य शुरु गरेको छ । टेलिकमको सञ्चालक समितिको २०७६ फागुन १९ को निर्णयबमोजिम काम शुरु गरिएको प्रवक्ता राजेश जोशीले जानकारी दिनुभयो । निर्णयानुसार टेलिकमले मुलुकको सङ्घीय संरचनाबमोजिम कामकाज गर्न सहज हुनेगरी नेपाल टेलिकम प्रादेशिक निर्देशनालय, विराटनगर प्रदेश नं. १, प्रादेशिक निर्देशनालय, वीरगञ्ज प्रदेश नं. २,...
-
२०७७ श्रावण ४, आइतबार
आचारसंहिता उल्लङ्घनमा विद्युतीय सञ्चारमाध्यम बढी
काठमाडौँ : पछिल्लो समयमा सञ्चारमाध्यममा सम्प्रेषित समाचारको विषयलाई लिएर ती सञ्चारमाध्यमविरुद्ध उजुरी पर्ने क्रम बढ्दै गएको छ । कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले शुरु गरेको बन्दाबन्दी(लकडाउन)को अवधिमा मात्र प्रेस काउन्सिल नेपालमा पत्रकार आचारसंहिता उल्लङ्घनसम्बन्धी ७३ वटा उजुरी परेका छन् । ती उजुरी व्यक्तिगत वा संस्थागत रुपमा चरित्र, मानसम्मान, मर्यादा, इज्जत, सार्वजनिक सरोकार, ठगी आदि...
-
२०७७ श्रावण ४, आइतबार
कोरोना सङ्मितको सङ्ख्या कम हुँदै
काठमाडौँ : पछिल्लो समय नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या कम हुँदै गएको छ । गत २४ घण्टामा ५७ जनामा मात्रै कोरोना सङ्क्रमण देखिएको छ । बिहीबार १६७ र शुक्रबार १०१ जनामा कोरोना देखिएको थियो । चौबीस घण्टामा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान प्रयोगशालामा मोरङका दुई र तेह्रथुमका दुई, कोशी अस्पताल विराटनगरमा इलामका एक र मोरङका छ, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा झापाका एक र...
-
२०७७ श्रावण ४, आइतबार
भौतिक दूरी कायम नगर्ने ३० सार्वजनिक सवारी कारवाहीमा
काठमाडौँ : कोभिड–१९ को जोखिमका समयमा सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना नगरी बढी यात्रु बोकेका सार्वजनिक सवारीलाई शनिबार कारवाही गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा स्वास्थ्य मापदण्ड नअपनाई सञ्चालन भएका ३० सार्वजनिक सवारीलाई कारवाही गरेको हो । कोभिड–१९ को सङ्क्रमण जोखिम कायमै रहेका बेला तोकेको स्वास्थ्य मापदण्ड पूरा नगरी सञ्चालनमा आएका सार्वजनिक यातायातको विशेष जाँच अभियान...
-
२०७७ श्रावण ४, आइतबार
आइतबार साँझदेखि मनसुन थप सक्रिय हुने
काठमाडौँ : मुलुकभर अहिले मनसुनी वायुको प्रभाव रहेकाले धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुनी न्यून चापीय रेखा नेपालको तराई भूभागदेखि केही दक्षिणतिर रहेको छ । क्रमशः नेपाल नजिक आउने क्रममा रहेकाले आइतबार साँझदेखि भने मौसम थप सक्रिय हुने जनाइएको छ । विभागका अनुसार आज देशभर सामान्य बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । राति भने...
-
२०७७ श्रावण ४, आइतबार
भोलिबाट सबै सार्वजनिक यातायात सञ्चालन हुने
काठमाडौं - लकडाउनपछि सरकारले निर्णय गरी सार्वजनिक यातायात चलाउन भने पनि चलाउन शर्तहरु अघि सारिरहेका यातायात व्यवसायीहरुले सोमबारदेखि यातायात सञ्चालन गर्न तयार भएका छन् । मौद्रिक नीतिले उनीहरुको अधिकांश माग सम्बोधन गरेपछि यातायात व्यवसायीहरु गाडी चलाउन सहमत भएका हुन् । सरकारले असार २६ गते नै छोटो दुरीको सवारी चलाउन दिने निर्णय गरेको थियाे । तर विभिन्न शर्तहरु अघि सारी व्यवसायीहरु मानेका थिएनन्...
-
२०७७ श्रावण ४, आइतबार
निगमका १४ कर्मचारी कोरोनामुक्त भई घर फिर्ता
काठमाडौँ : कोभिड–१९ सङ्क्रमण देखिएका नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) का १४ उडान कर्मचारी सङ्क्रमणमुक्त भएर घर फर्किएका छन् । विभिन्न मुलुकमा अलपत्र नेपालीको उद्धार उडानमा खटिँदा कोरोना सङक्रमण देखिएका निगमका चार पाइलटसहित १४ जना क्याबिन क्रू मेम्बर उपचारपछि घर फर्किएका हुन् । उनीहरु गत शुक्रबार कोरोनामुक्त भएर घर फर्किसकेको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिनुभयो । विदेशमा अलपत्र...
-
२०७७ श्रावण ४, आइतबार
राणाकालका बाटाको स्तरोन्नति गरिने
काठमाडाैं : वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले राणाकालमा भीमफेदीबाट मोटर बोकेर काठमाडौँसम्म पु¥याउन प्रयोग गरिएको गणेशमानसिंह मार्गको स्तरोन्नति गरिने बताउनुभएको छ । मन्त्री फुयाँलले आज चित्लाङदेखि थानकोटसम्मको गणेशमानसिंह मार्ग, हेटौँडा–दामन हुँदै काठमाडौँसम्मको त्रिभुवन राजपथ तथा काठमाडौँ उपत्यका र हेटौँडा जोड्ने छोटो दूरीका अन्य सडक निर्माणका लागि सङ्घीय, वाग्मती...
-
२०७७ श्रावण ४, आइतबार
सिटभरि यात्रु, छैन सुरक्षा
काठमाडौँ, ४ साउन ९रासस० ः उपत्यकाका सडकमा सार्वजनिक यातायातका सवारीका साधन फाट्टफुट्ट गुड्न थालेका छन् । सिट क्षमताभन्दा आधामात्र यात्रु राखी कोरोना भाइरसको सङ्क्रमणबाट बच्न त्यस्ता सवारीमा सानिटाइजरसमेत राखेर चलाउन सकिने निर्णय भए पनि सही रुपमा कार्यान्वयन हुन सकेको छैन । सरकारले गत असार २६ गतेदेखि नै सुरक्षा विधि अपनाएर दुई जनाको सिटमध्येमा एक सिटमा एकजना यात्रु राखेर सवारी चलाउन सकिने...
-
२०७७ श्रावण ३, शनिबार
प्रहरी र तस्कर समूहबीच झडप, प्रहरीले गोली चलायाे
काठमाडौं । सुनसरीमा शसस्त्र प्रहरी बल र तस्कर समूह बीच झडप हुँदा प्रहरीले गोली चलाउनुपरेकाे छ । तस्कर समूहले हतियार खोस्न खोजेपछि सशस्त्र प्रहरीले चलाएको गोली लागेर साहजब जट घाइते भएका छन् । झडपमा सशस्त्र प्रहरीका जवानसहित दुईजना घाइते भएका छन् । तस्कर समूहको आक्रमणबाट जवान जीवराज विशंखे घाइते भएका छन् । गएराती हरिनगरा गाउँपालिका–७ जटबरा स्थित दशगजामा भारतबाट अवैध रुपमा सामान ल्याउँदै गरेको...


