राष्ट्रिय
-
२०७७ श्रावण ११, आइतबार
प्रतिकार्य क्षमता बढाउन विपद्को तालिम
विजयरत्न असंबरे फ्रेन्ड्स सर्भिस काउन्सिल नेपालले युएनडिपीको सहकार्यमा शहरी क्षेत्रमा विपद् जोखिम न्यूनीकरण र प्रतिकार्य क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आईतबार ललितपुरमा प्रारम्भिक द्रुत लेखाजोखा तालिम कार्यक्रम सम्पन्न भएको छ । ललितपुर महानगरपालिका– १६ र १९ मा सञ्चालन भइरहेको बहुप्रकोपीय जोखिममा रहेका शहरी क्षेत्रमा विपद् जोखिम न्यूनीकरण गर्ने कार्यक्रम अन्तर्गत सो तालिमको आयोजना गरिएको...
-
२०७७ श्रावण १०, शनिबार
आज नाग पञ्चमी पर्व मनाइँदै
काठमाडौँ, : श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ । सूर्योदयकालमा पञ्चमी तिथि र षष्टीले युक्त पञ्चमी नागपूजाका लागि शुभ मानिने भएकाले शनिबार...
-
२०७७ श्रावण १०, शनिबार
कोरोनाबाट मृत्यु हुनेको संख्या ४५ पुग्याे • थप १०९ जनाको रिपोर्ट पोजिटिभ
काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसारनेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या ४५ पुगेको छ। शुक्रबार वीरगन्जको गण्डकस्थित अस्थायी कोभिड अस्पतालको आइसोलेसनमा उपचार गराइरहेकी युवतीको मृत्यु भएको थियो। बाराको परवानीपुर घर भएकी १९ वर्षीया ती युवतीलाई स्वास्थ्यमा समस्या भएपछि बुधबार वीरगन्जकै वीरगन्ज हेल्थ केयर अस्पतालमा भर्ना गरिएको...
-
२०७७ श्रावण ९, शुक्रबार
वीरगञ्जमा सङ्क्रमण समुदायस्तरमा संक्रमण • अनिश्चितकालीन निषेधाज्ञा लागु
वीरगञ्ज : कोरोना सङ्क्रमण समुदायस्तरमा फैलिएपछि स्थानीय प्रशासनले शनिबार बिहान ५ बजेदेखि वीरगञ्ज महानगरपालिका क्षेत्रभित्र पुनः अनिश्चितकालीन निषेधाज्ञा लागु गरेको छ । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा बिहीबार राति पाँच थुनुवासहित ३२ जनामा कोरोना पोजेटिभ देखिएपछि जिल्ला प्रशासन कार्यालयले आज डाकेको सर्वपक्षीय बैठकबाट निस्केको निष्कर्षानुसार महानगरपालिकाका ३२ वटै वडामा अत्यावश्यक...
-
२०७७ श्रावण ९, शुक्रबार
सङ्क्रमणको जोखिम कायमै, अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन सुझाव
काठमाडौँ : कोभिड–१९ को सङ्क्रमणको जोखिम कायमै रहेकाले सर्वसाधारणलाई अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन विज्ञले सुझाएका छन् । छिमेकीमूलुक भारतमा समुदायस्तरमा सङ्क्रमण फैलिएको र नेपालमा पनि बन्दाबन्दी खुलेकाले सङ्क्रमणको जोखिम कायमै रहेको भन्दै विज्ञले सर्वसाधरणलाई घर बाहिर ननिस्कन आग्रह गरेका हुन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले बन्दाबन्दी खुलेसँगै सङ्क्रमणको...
-
२०७७ श्रावण ९, शुक्रबार
नारायणगढ–मुग्लिन सडक फेरि अवरुद्ध
चितवन : नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका–६ चारकिलोमा आज बिहान पुनः पहिरो खसेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार गएराति खसेको पहिरो पन्छाएर एकतर्फी सवारी सञ्चालन भएको केही समयमा नै पुनः सोही स्थानमा पहिरो खसेको हो । निरन्तरको वर्षाका कारण पहिरो खस्ने क्रम जारी रहेको प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिनुभयो । पहिरो ठूलो...
-
२०७७ श्रावण ९, शुक्रबार
कोरोना संक्रमणबाट थप एकको मृत्यु
वीरगन्ज : वीरगन्जमा कोरोना भाइरस संक्रमणका कारण थप एकजना वृद्धाको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर ११ श्रीपुरकी संक्रमित ८५ वर्षीया वृद्धाको शुक्रबार बिहान मृत्यु भएको हो । वीरगन्जको गण्डकस्थित अस्थायी कोरोना अस्पतालको आइसोलेसनमा उपचाररत ८५ वर्षीया महिलाको उपचारका क्रममा शुक्रबार बिहान मृत्यु भएको अस्पतालका कोर्डिनेटरले पुष्टि गरेका छन् । मुटु रोगी ती वृद्धाको स्वास्थ्यमा समयस्या...
-
२०७७ श्रावण ९, शुक्रबार
उपत्यकाका १० सहित थप १३३ जनामा संक्रमण पुष्टि
काठमाडौं : काठमाडौं उपत्यकामा थप १० जनासहित शुक्रबार थप १३३ जनामा कोरोना भाइरस (कोभिड -१९) संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नयाँसहित कूल संक्रमितको संख्या १८ हजार ३७४ पुगेको हो । बुधबार १०० जना र बिहीबार १४७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १०७ जनाले कोरोना जितेर घर फर्किएका छन्। योसहित कोरोना...
-
२०७७ श्रावण ८, बिहिबार
मास्क नलगाउनेलाई जरिवाना
कर्णाली : जिल्ला प्रहरी कार्यालय सुर्खेतले मास्क नलगाई हिँडडुल गर्नेलाई कारवाही गर्न थालेको छ । गृहमन्त्रालयले कोभिड–१९ को सङ्क्रमण फैलन नदिन ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई मास्क नलगाएर बाहिर हिँड्नेलाई रु १०० जरिवाना गर्न गत असार २२ गते निर्देशन थियो । निर्देशन गतअसार २४ गतेबाट कार्यान्वयन तहमा लैजाँदा साउन ७ गतेसम्म एक हजार ५९ व्यक्ति कारवाहीमा परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी...
-
२०७७ श्रावण ८, बिहिबार
मुग्लिन–नौबिसे सडकखण्ड शुक्रबारसम्म सञ्चालनमा आउने
चितवन : राजधानी काठमाडौँसँग यातायात सम्बन्धबिच्छेद भएको पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे सडकखण्ड शुक्रबार दिउँसोसम्ममा सञ्चालनमा आउने गरि काम अघि बढाइएको छ । सो सडकखण्डको चितवन र धादिङ जोड्ने मौवाखोलाको पुलसँगैको भाग बगाएपछि राजमार्ग गत सोमबारबाट पूर्णरुपमा अवरुद्ध छ । डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख इ कृष्णराज अधिकारीका अनुसार मौवाखोलामा बुधबार बिहान खोला मूलधारमा पठाएर जालीको पर्खाल लगाउन...
-
२०७७ श्रावण ८, बिहिबार
थप १४७ जनामा कोरोना संक्रमण पुष्टि, मृत्यु हुनेको संख्या ४३ पुग्याे
काठमाडौं : बिहीबार थप १४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितको संख्या १८ हजार दुई सय ४१ पुगेको छ। बुधबार १०० र मंगलबार १५० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट मृत्यु हुनेको संख्या ४३ पुगेको छ। गौतमका अनुसार बिहीबार वीरगञ्जमा एक जनाको मृत्यु भएको हो।...
-
२०७७ श्रावण ७, बुधबार
आजबाट मापसे जाँच हुने
काठमाडौं - ट्राफिक प्रहरीले पुनः मादक पदार्थ सेवन (मापसे) जाँच पुनः सुरु गर्ने भएकाे छ । कोरोना महामारीका कारण विगत ४ महिना अघिदेखि मापसे जाँच रोकिएकाे थियाे । आज बुधबारबाट नियमित रुपमा मापसे जाँच हुने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएकाे छ । सावधानी अपनाउँदै जाँच गर्ने र मेसिनको प्रयोगलाई निरुत्साहित गरिने जानकारी महाशाखाले दिएकाे छ । अवस्था अनुसार मेडिकलमा लगेर समेत जाँच गराई कारबाही गरिने...


