राष्ट्रिय
-
२०७७ आषाढ २८, आइतबार
उपत्यकामा ६ जनासहित मुलुकभर ८२ जनामा संक्रमण पुष्टि
काठमाडौं उपत्यकामा आज थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा ५ र ललितपुरमा एक जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । पछिल्लो २४ घण्टामा उपत्यकामा ६ जनासहित मुलुकभर ८२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता गौतमका अनुसार योसँगै संक्रमितको संख्या १६ हजार ८ सय...
-
२०७७ आषाढ २७, शनिबार
सलहको नयाँ झुण्ड प्रवेश गर्ने सम्भावना
काठमाडौं । नेपालमा सलहको नयाँ झुण्ड प्रवेश गर्ने सम्भावना बढेको छ । भारतको उत्तर प्रदेशको कानपुर र इटावाको बीचमा पर्ने औरैया आसपासका क्षेत्रमा रहेका २ वटा सलहका झुण्डहरु छन् । यी झुण्ड करिब १५० हेक्टर क्षेत्रफलमा फैलिएको प्लान्ट क्वरिन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र अन्तर्गत रहेको सूचना केन्द्रले जनाएको छ । हावाको बहावसँगै सलहको झुण्ड पूर्वतर्फ वाराणसी हुँदै मुजफ्फरपुर र दरभंगाको आसपासका...
-
२०७७ आषाढ २७, शनिबार
कोरोना संक्रमण दर घट्दो ! शनिबार जम्मा ७० जनामा संक्रमण
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ६४८ नमुना परीक्षण गर्दा ७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । डेढ महिनापछि नेपालमा कोरोना संक्रमितको संख्या दुई अंकमा झरेको हो । माघ ९ मा पहिलो र चैत १० मा दोस्रो संक्रमित भेटिएको नेपालमा जेठ १३ सम्म दैनिक थपिएका नयाँ संक्रमितको संख्या २ अंकमा सिमित थियो । तर जेठ १४ गते पछिल्लो २४ घण्टामा भेटिएका संक्रमितको...
-
२०७७ आषाढ २७, शनिबार
बढीपहिराले ठूलो जनधनको क्षति • ८८ जनाको मृत्यु • ३२ जना अझै बेपत्ता
काठमाडौँ : मनसुन सक्रिय भए पछिको २९ दिनमा मुलुकले ठूलो जनधनको क्षति बेहोर्नुपरेको छ । सबैभन्दा बढीपहिराले क्षति पु-याएको छ । प्राप्त विवरणअनुसार मुलुकका विभिन्न १९ जिल्ला धेरै प्रभावित भएको छ । मनसुन सक्रिय भएपछिको २९ दिनमा ती जिल्लामा बाढी र पहिरोबाट ८८ जनाले ज्यान गुमाएका छन् । अझै ३२ जना बेपत्ता छन् । बेपत्ताहरुको खोजी र राहत तथा पुनस्र्थापनको काम जारी रहेको गृहमन्त्रालयले जनाएको छ । प्राप्त...
-
२०७७ आषाढ २६, शुक्रबार
भारतीय मिडियाकाे आपत्तिजनक प्रसारणमा प्रेस काउन्सिल नेपालकाे विरोध
काठमाडौँ : भारतीय टिभी च्यानलले नेपाल र नेपालीविरुद्ध आपत्तिजनक सामग्री प्रसारण गरेको जनाउँदै प्रेस काउन्सिल नेपालले विरोध जनाएको छ । भारतका केही सञ्चारमाध्यमबाट अपुष्ट, अक्षम्य र भ्रामक सामग्री प्रसारण भएको प्रति काउन्सिलले समकक्षी ‘प्रेस काउन्सिल अफ इन्डिया’ समक्ष गम्भीर सरोकार राखेको कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले जानकारी दिनुभयो । त्यस्तै प्रेस काउन्सिलले अफवाहपूर्ण सामग्री सम्प्रेषण...
-
२०७७ आषाढ २६, शुक्रबार
मैथिल महिलाको सांस्कृतिक पर्व मधुश्रावणी शुरू
जनकपुरधाम : मिथिलाञ्चलमा मैथिल महिलाको सांस्कृतिक पर्व मधुश्रावणी आजदेखि शुरू भएको छ । सामाजिक सांस्कृतिक परम्परामा आधारित यो पर्व वैवाहिक जीवनको प्रवेशमा पहिलो वर्ष धुमधामसँग मनाइन्छ भने त्यसपछि प्रत्येक वर्ष सो अवसरमा कथा सुन्ने सुनाउने परम्परा रहेको छ । सामान्यतः तेह्र दिनसम्म (तिथिको गणनामा थपघट हुँदा पर्वको अवधिमा पनि हेरफेर हुने गरेको) मनाइने यस पर्वमा मैथिल पुत्री विभिन्न गीत गाउँदै...
-
२०७७ आषाढ २६, शुक्रबार
देशैभर बाढीकाे वितण्डा • पहिराेमा परी पाेखरामा ७ लमजुङमा ३ र रुकुममा २ काे मृत्यु
काठमाण्डौं – अबिरल वर्षाका कारण पोखरा महानगरपालिकाका विभिन्न स्थानमा बिहीबार राती पहिरो जाँदा ७ जनाको मृत्यु भइको छ । पोखरा १८ सराङ्कोटस्थित गोठादीमा राती करिब २ बजे पहिरो गई ५० वर्षीय टंकबहादुर थापा मगरको घर पुरिँदा ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए । थापासहित श्रीमती र दुईजना नाती नातिना र एकजना जन्मदिन मनाउन आएका पाहुनाको...
-
२०७७ आषाढ २६, शुक्रबार
उपत्यकामा थप ४२ सहित ११८ जनामा कोरोना संक्रमण
काठमाडौं : काठमाडौं उपत्यकामा थप ४२ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उपत्यकामा शुक्रबार थप ४२ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन्।विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ४२ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिए। संक्रमित हुनेमा काठमाडौंका २८ जना, ललितपुरका १३ जना र भक्तपुरका १ जना रहेको...
-
२०७७ आषाढ २५, बिहिबार
काठमाडौंका ५ सहित थप १०८ जनामा कोरोना संक्रमण
पछिल्लो २४ घण्टामा देशभरका २५ वटा प्रयोगशालामा गरिएको परीक्षणमा थप एक सय आठ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार थप भएकासमेत हालसम्म कुल संक्रमितको संख्या १६ हजार पाँच सय ३१ पुगेको छ । आज संक्रमण देखिएकोमा सुनसरीका १, झापाका १, सप्तरीका २, धुनषाका २, सिरहाका ४, दार्चुलाका १, डोटीका २, काठमाडौंका ५, नुवाकोटका १, सर्लाहीका १, चितवनका ४, नवलपरासी...
-
२०७७ आषाढ २५, बिहिबार
भोटेकोशी नदीमा भीषण बाढी • दर्जन बढी घर बगायाे • दुईकाे शव फेला • १८ जना अझै बेपत्ता
सिन्धुपाल्चोकको भोटेकोशी नदीमा आएको भीषण बाढीले दर्जनभन्दा बढी घर बगाएको छ । दुईजनाको शव फेला परेको छ भने थुप्रै बेपत्ता भएको आशंका गरिएको छ । हालसम्म १८ जना बेपत्ता भएकाे जनाइएकाे छ । बाह्रबिसे नगरपालिकाको जम्बु भन्ने ठाउँमा बाढीले घरहरु बगाएको हो। बाह्रबिसेको जम्बु बजार डुबानमा परेको छ।गएराति आएको बाढीले बस्ती नै डुबानमा परेको छ । बाढीले अरनि राजमार्गको पुलसमेत बगाएको छ। हालसम्म जम्बु निवासी...
-
२०७७ आषाढ २५, बिहिबार
चार दिन मनसुनी गतिविधि बढ्ने
काठमाडौँ : बिहीबारदेखि आइतबारसम्म मनसुनी गतिविधि बढ्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक रहेकाले आगामी चार दिन मनसुनी गतिविधि बढ्ने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । उहाँका अनुसार प्रदेश नं १, २, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । “मनसुनको समय अझै बाँकी नै छ, त्यसैले यसलाई...
-
२०७७ आषाढ २५, बिहिबार
नवनियुक्त प्रहरी महानिरीक्षक थापालाई दज्र्यानी चिह्न प्रदान
काठमाडौँ - गृहसचिव महेश्वर न्यौपानेले नवनियुक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई दज्र्यानी चिह्न प्रदान गर्नुभएको छ । यसअघिका प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले ३० वर्षे उमेरहदका कारण गएरातिदेखि अवकाश लिनुभएकाले सरकारले उहाँलाई प्रहरी महानिरीक्षकमा बढुवा गरेको हो । गृह मन्त्रालयमा आज बिहान आयोजित एक समारोहका बीच दज्र्यानी चिह्न प्रदान गर्दै गृहसचिव न्यौपानेले कानूनको परिपालनामा...


