राष्ट्रिय
-
२०७७ श्रावण ७, बुधबार
कोरोनाबाट मृत्यु हुनेको संख्या ४१ पुग्याे
महोत्तरी - कोरोना भाइरस संक्रमण (कोभिड–१९) देखिएका एक बृद्धको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको छ । योसंगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४१ पुगेको छ । महोत्तरीको महोत्तरी गाउँपालिका–३ का ६० वर्षीय व्यक्तिको निधन भएको हो । गत साउन १ गते प्रतिष्ठानको कोभिड अस्पतालको आईसोलेसन वार्डमा भर्ना भएका उनको मंगलवार राति निधन भएको प्रतिष्ठानको मेडिशन विभाग प्रमुख प्रा.डा...
-
२०७७ श्रावण ७, बुधबार
थप १०० जनामा कोरोना भाइरस संक्रमण, ६०९ जना डिस्चार्ज
काठमाडौं : बुधबार थप १०० जनामा कोरोना भाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नयाँसहित कूल संक्रमितको संख्या १८ हजार ०९४ पुगेको छ । मंगलबार १५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा २०७ जनाले कोरोना जितेर घर फर्किएका छन्। योसहित कोरोना जित्नेको कुल संख्या १२ हजार ६ सय ८४ पुगेको...
-
२०७७ श्रावण ६, मंगलबार
नदीमा बहाव बढ्दो : नारायणी र कोशी खतरा तहमाथि
काठमाडौँ : दुई दिनदेखिको अविरल वर्षाका कारण उपत्यकालगायत मुलुकका अधिकांश भेगको जनजीवन प्रभावित भएको छ । ठाउँठाउँमा बाढीपहिरो गएको छ भने विभिन्न राजमार्ग अवरुद्ध हुन पुगेको छ । अहिले पनि भारी वर्षा जारी रहेकाले जोखिम उच्च हुँदा उचित सावधानी अपनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अनुरोध गरेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार सोमबारदेखि नै नारायणी नदी र कोशी नदीले...
-
२०७७ श्रावण ६, मंगलबार
पहिरोले घर बगाउँदा तीनको मृत्यु
धादिङ : त्रिपुरासुन्दरी गाउँपालिका–६ मा गएराति पहिरोले घर बगाउँदा तीन जनाको मृत्यु भएको छ । राति घरमाथिबाट आएको पहिरोले घर बगाउँदा २२ वर्षीय मिलन खाँण, उनकी श्रीमती २० वर्षीया सम्झना र १८ महिने बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रुपक खड्काले जानकारी दिनुभयो । रातिको समय भएकाले समुदायले उद्धार गर्न जाँदा मृत्यु भइसकेको उद्धारमा संलग्न हरि विकले टेलिफोनबाट जानकारी दिनुभयो ।...
-
२०७७ श्रावण ६, मंगलबार
बागलुङमा नेवार समुदायले मनाए घण्टाकर्ण पर्व
बागलुङ : यहाँका नेवार समुदायले आइतबार घण्टाकर्ण पर्व मनाए । कोरोनाको जोखिम छल्दै आफ्नो पुस्तैनी परम्परा धाने । घण्टाकर्णलाई गठेमङ्गल पनि भनिन्छ । नेवारी संस्कृतिमा घण्टाकर्णसँगै जात्रा, पर्वहरु शुरु भएको मानिन्छ । कोरोनाको जोखिम हुन नदिन सुरक्षा सावधानीसहित घण्टाकर्ण पर्व मनाइएको शाक्य कल्याण समाज बागलुङका सचिव मञ्जुल शाक्यले बताउनुभयो । “परम्परा त जेनतेन धान्नै प¥यो”, उहाँले भन्नुभयो, “भीडभाड...
-
२०७७ श्रावण ६, मंगलबार
उपत्यकाका ९ जना सहित थप १५० जनामा कोरोना संक्रमण
काठमाडौं । काठमाडौं उपत्यकाका ९ जना सहित मंगलबार थप १५० जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ८ जना र ललितपुरमा १ जना संक्रमित भेटिएका छन् । उनीहरु कहाँका हुन् भन्ने मन्त्रालयले खुलाएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबारसम्म कोरोना भाइरस संक्रमितको संख्या १७ हजार ९९४ पुगेको छ । त्यस्तै मंगलबार ६०९ जना डिस्चार्ज भएका छन्...
-
२०७७ श्रावण ६, मंगलबार
चार महिना लामो लकडाउन अन्त्य
काठमाण्डौ – सरकारले आज मध्यरातदेखि लागू हुने गरी लकडाउनको विधिवत् अन्त्य गरेको छ । कोरोना भाइरसको सङ्क्रमण फैलने भन्दै गत चैत ११ गतेदेखि जारी गरिएको लकडाउन आज मध्यरातदेखि हटाइएको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका अर्थमन्त्री डा युवराज खतिवडाले सो कुराको जानकारी दिनुभएको हो । लकडाउन घोषणा गरिएको झण्डै चार महिनापछि जनजीवन...
-
२०७७ श्रावण ६, मंगलबार
भदौ १ देखि लामो दूरीको सार्वजनिक यातायात सञ्चालनको निर्णय • जाेर बिजाेर प्रणाली हटाइयाे
काठमाडौं - मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले भदौ १ देखि लामो दूरीको सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेको सञ्चार र अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए । यातायात व्यवसायीहरुले साउन ८ गतेदेखि नै मध्यम तथा लामो दूरीमा यातायात सञ्चालन गर्न दिन माग गरेका थिए । तर सरकारले भदौ १ गतेपछि मात्र लामो दूरीको यातायात खोल्ने निर्णय गरेको हो । भदौ १ गते भन्दा अघिसम्म भने उपत्यकाको हकमा...
-
२०७७ श्रावण ६, मंगलबार
साउन १५ देखि होटल–रेस्टुरेन्ट खोल्न दिने • भदौ १ देखि विद्यार्थी भर्नालगायत शैक्षिक गतिविधि सुरु गर्ने निर्णय
सरकारले साउन १५ देखि होटल–रेस्टुरेन्ट खोल्न दिने निर्णय गरेको छ । तर होटल–रेस्टुरेन्ट खुलेपनि सामूहिक भोज, पार्टी र सेमिनार जस्ता गतिविधि भने सञ्चालन भने गर्न पाइनेछैन । यस्तै ट्रेकिङ र ट्राभल व्यवसाय पनि खोल्न सकिने सरकारको निर्णय छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको मंगलबारको पत्रकार सम्मेलनमा सञ्चारमन्त्री तथा अर्थमन्त्री युवराज खतिवडाले जानकारी दिए । यस्तै भदौ १ देखि छोटो,...
-
२०७७ श्रावण ५, सोमबार
आगामी २४ घण्टा मुलुकभर नै वर्षा
काठमाडौँ : मौसम पूर्वानुमान महाशाखा, जल तथा मौसम विज्ञान विभागले आगामी २४ घन्टामा पनि देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जानकारी दिएको छ । विभागका अनुसार अहिले मुलुकभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसमविद् सजिना शाक्यले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेशका केही स्थानका साथै प्रदेश ५, सुदूरपश्चिम...
-
२०७७ श्रावण ५, सोमबार
टेलिकमको सङ्घीय संरचना परिवर्तन गर्ने कार्य शुरु
काठमाडौँ : नेपाल टेलिकमले मुलुकको सङ्घीय संरचनानुसार कम्पनीको संरचना परिवर्तन गर्ने कार्य शुरु गरेको छ । टेलिकमको सञ्चालक समितिको २०७६ फागुन १९ को निर्णयबमोजिम काम शुरु गरिएको प्रवक्ता राजेश जोशीले जानकारी दिनुभयो । निर्णयानुसार टेलिकमले मुलुकको सङ्घीय संरचनाबमोजिम कामकाज गर्न सहज हुनेगरी नेपाल टेलिकम प्रादेशिक निर्देशनालय, विराटनगर प्रदेश नं. १, प्रादेशिक निर्देशनालय, वीरगञ्ज प्रदेश नं. २,...
-
२०७७ श्रावण ५, सोमबार
आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध
हाल देशभर मनसुनी वायुको प्रभाव छ । साथै मनसूनी न्युन चापीय रेखा नेपाल तिर सरेको अवस्था छ। देशभर सामान्य देखि पुर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानहरुमा साथै प्रदेश ५, सुदुरपश्चिम प्रदेश र...


