STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ फाल्गुण २३, शुक्रबार

    आँखाले कालीतिरको पानी हेरेर प्यास मेट्ने दिन गए

    समथर जमिन र बाक्लो बस्ती । खानेपानीको सधैँ चरम अभाव । नजिकै कालीगण्डकी र धापेखोलाको सलल बगेको पानी हेरेर बागलुङ नारायणस्थान स्थानीयवासी लामो समयदेखि चित्त बुझाउनुपर्ने अवस्था । हाल बागलुङ नगरपालिका–१४ को सो स्थानमा पानीका मुहान छैनन् । छिमेकी अमलाचौरको धापेखोला र पैञ्युपाटाको राधापानी मुहानबाट ल्याएको पानीले यहाँका सर्वसाधारणको दैनिकी मुश्किलले चलिरहेको छ । खानेपानीको सास्ती खेप्दै आएका सो...

  • २०७६ फाल्गुण २३, शुक्रबार

    सरकारी कार्यालयका ‘वेब पोर्टल’ नै असुरक्षित

    नेपालगञ्जमा रहेका सरकारी कार्यालयका आधिकारिक पोर्टल नै असुरक्षित देखिएका छन् । ‘सेक्युवर सकेट लेयर’ एसएसएल सर्टिफिकेट प्रयोग नगरिएकाले पोर्टल असुरक्षित देखिएको बताइएको छ । यहाँका अधिकांश सरकारी वेब पोर्टलमा वेब सुरक्षाका लागि एसएसएल सर्टिफिकेट प्रयोग नगरिएको जनाइएको छ । प्रदेशअन्तर्गतका केही मन्त्रालयको वेब साइटमा सेक्युरिटी लक छ । बाँके र बर्दियामा रहेका अधिकांश सरकारी, गैरसरकारी तथा ठूला...

  • २०७६ फाल्गुण २३, शुक्रबार

    पाटीबाट चिटिक्क घरमा सर्दा ।

    पाँचखाल नगरपालिका–२ रातो पहिरोका ६२ वर्षीया खड्कादेवी चौलागाई बल्ल सुरक्षित घरभित्रबस्न पाउनुभएको छ । विनाशकारी भूकम्पले घर भत्काएपछि उहाँ करिब साढे चार वर्षसम्म नजिकैको मन्दिरको पाटीमा त्रिपाल र बोराले बेरेर बस्दै जीवन गुजार्दै आउनुभएको थियो । श्रीमान् र कमाएर खाने जग्गाजमिन समेत नहुँदा उहाँ सालको पात बेचेर दैनिक छाक टार्न विवश हुनुहुन्थ्यो । ‘नेपाल पुनःनिर्माण सहयोग कार्यक्रम’ अन्तर्गत...

  • २०७६ फाल्गुण २३, शुक्रबार

    विवाह दर्तामा महिला नेतृत्व लिँदै

    पछिल्लो समय यहाँका महिला व्यक्तिगत घटना दर्ता गराउन अग्रसर हुन थालेका छन् । श्रीमान्वाट विभिन्न पीडा पाउन थालेपछि उनीहरु त्यस्ता घटना दर्ता गराउन अग्रसर हुन थालेका हुन् । जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद् तथा बसाइसराइँ जस्ता मानिसका आफ्ना निजी घटना स्थानीय पञ्जिकाधिकारीकोमा गई दर्ता गराउने र प्रमाणपत्र लिने कार्यलाई व्यक्तिगत घटना दर्ता भन्ने गरिन्छ । दिपायल सिलगढी नगरपालिका–४ का वडाध्यक्ष...

  • २०७६ फाल्गुण २३, शुक्रबार

    मेयर्स रिसर्च फेलोसिपमा आएन आवेदन

    काठमाडौँ महानगरपालिकाले शहरी समस्याको दिगो समाधानका लागि ‘मेयर्स रिसर्च फेलोसिप कार्यक्रम २०२०’ अघि सारे पनि त्यसका लागि हालसम्म एउटा पनि आवेदन परेको छैन । कामपा शहरी योजना आयोगले उक्त कार्यक्रमका लागि गत माघ महिनामानै सूचना प्रकाशित गरी आगामी चैत पहिलो सातासम्म मात्र आवेदन दिने मिति तय गरेको भए पनि हालसम्म एउटा पनि आवेदन परेको छैन । “यो युवा लक्षित कार्यक्रम हो, निवेदन नआउने भन्ने त हुँदैन,...

  • २०७६ फाल्गुण २३, शुक्रबार

    जनसम्बन्ध विस्तार अभियान सञ्चालन गरिने

    नेपाल कम्युनिष्ट पार्टी नेकपा जिल्ला सङ्गठन कमिटी म्याग्दीले पार्टी एकता सुदृढीकरण र जनसम्बन्ध विस्तार अभियान सञ्चालन गर्ने भएको छ । गण्डकी प्रदेश कमिटीको निर्देशनअनुसार हालै बेनीमा बसेको जिल्ला कमिटीको तेस्रो पूर्ण बैठकले चैत १ गतेदेखि जेठ मसान्तसम्म जिल्लाव्यापी अभियान सञ्चालन गर्न जिम्मेवारी बाँडफाँट गरेको छ । स्थानीय तह र वडास्तरमा पार्टी एकतालाई थप सुदृढ बनाउने, जनवर्गीय सङ्गठनको एकतालाई...

  • २०७६ फाल्गुण २३, शुक्रबार

    देवघाटमा राति दाहसंस्कार गर्न नपाइने

    तनहुँको प्रसिद्ध धार्मिकस्थल देवघाटमा रातिमा दाहसंस्कार गर्न नपाइने भएको छ । देवघाट क्षेत्र विकास समितिले आगामी वैशाख १ गतेदेखि राति १० बजेबाट बिहान ४ बजेसम्म दाहसंस्कार गर्न रोक लगाउने निर्णय गरेको हो । समितिको बिहीबार देवघाट गाउँपालिका–५ मा सम्पन्न बैठकले सो निर्णय गरेको समितिका अध्यक्ष शिवराज पौडेलले जानकारी दिनुभयो । देवघाटस्थित कालीगण्डकी र त्रिशूली नदीको सङ्गम वेणीमा दाहसंस्कार गर्न...

  • २०७६ फाल्गुण २३, शुक्रबार

    छिट्टै काममा फर्कन्छु ः प्रम

    प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिकरुपमा सुधार भइरहेको छ । प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमालले केहीबेरअघि प्रधानमन्त्रीसँग सङ्क्षिप्त संवाद गर्नुभएको छ । सल्लाहकार रिमालले ट्वीट गर्दै प्रधानमन्त्रीको सन्देश यसरी प्रवाह गरिएको छ “साथीहरुलाई भनिदिनुहोस्, मेरो स्वास्थ्य तीव्रगतिमा सुधार भइरहेको छ, छिट्टै काममा फर्कन्छु ।”

  • २०७६ फाल्गुण २३, शुक्रबार

    अज्ञात समूहले टावर तोडफोड गरेपछि बैंकिङ कारोवार ठप्प

    अज्ञात समूहले चङ्खेली गाउँपालिका–३ स्थित रिमीको वल्र्डलिङ कम्युनिकेसन लिमिटेडको टावर तोडफोड गरेपछि सेवाग्राही मर्कामा परेका छन् । वल्र्डलिङका सामग्रीमा क्षति पुगेपछि सर्केगाड र चङ्खेली यी दुवै गाउँपालिकाको कामकाजमा असर परेको हो । गत फागुन ५ गते रातिको समयमा एक अज्ञात समूहले टावरसँग जोडिएका सबै तार र अन्य सामग्रीलाई तोडफोड गरेपछि गाउँपालिकाका सबै सेवाग्राही समस्यामा परेको वल्र्डलिङ कम्युनिकेसनका...

  • २०७६ फाल्गुण २३, शुक्रबार

    नपाले भत्काएको इँटाभट्टा चिम्नी व्यवसायीद्वारा पुनःनिर्माण

    नमोबुद्ध नगरपालिकाले मापदण्डविपरीत सञ्चालन गरी नगर प्रदूषण गराएको भन्दै भत्काएको इँटा उद्योगका भट्टाचिम्नी व्यवसायीले पुनःनिर्माण गरेका छन् । नपाले गत भदौ ८ गते नगरको २ र ३ नं वडाका आठ इँटा उद्योगको भट्टाचिम्नी क्रेन प्रयोग गरी भत्काएको थियो । नमोबुद्ध नपा–३ स्थित भैरवकुण्ड इँटा उद्योगले हाल एक भट्टाचिम्नी निर्माण गरेको छ । भक्तपुरका राम सुवाललगायत सात जनाको समूहद्वारा सञ्चालित उक्त उद्योगले चैत...

  • २०७६ फाल्गुण २३, शुक्रबार

    कोभिड–१९ को संवेदनशीलताबारे संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव

    प्रतिनिधिसभाको आजको बैठकमा कोरोना भाइरस ९कोभिड–१९० सङ्क्रमणको संवेदनशीलतालाई ध्यान दिई सरकारले हालसम्म गरेका प्रयासबारे संसद्लाई जानकारी गराउन र पूर्वतयारीका लागि छलफल गर्न जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत भएको छ । नेपाली काँग्रेसका सांसद गगन थापाले प्रस्तुत गर्नुभएको सो प्रस्तावमा सांसद सञ्जयकुमार गौतम, दिव्यमणि राजभण्डारी, राजेन्द्रकुमार केसी र डा नारायण खड्काले समर्थन गर्नुभएको थियो...

  • २०७६ फाल्गुण २३, शुक्रबार

    मेघ गर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना

    पश्चिमी वायु र स्थानीय वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही देशको धेरै जसो स्थानमा मेघ गर्जन चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । स्थानीय वायुको प्रभावसँगै पश्चिमी वायु र जलवायुक्त हावाको प्रभाव रहेकाले देशैभर मेघ गर्जन चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले बताउनुभयो । “मध्यन्नबाट देशैभरि बदली भई...

Pages