STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ फाल्गुण २५, आइतबार

    मास्क छैन : अनुगमन भएन

    भक्तपुर नगरपालिका–१ च्यामासिंहस्थित साँचो फार्मेसीले ‘यहाँ मास्क छैन’ भन्ने बोर्ड नै टाँसेको छ । त्यहाँ मात्रै होइन, यहाँकै च्यामासिंह मेडिकल, आरती फर्मालगायत यहाँका अधिकांश औषधि पसल तथा क्लिनिकले त्यस्ता बोर्ड झुण््याएका छन् । औषधि पसलमा दैनिक १०० भन्दा बढी मानिस मास्क र ह्यान्ड सेनिटाइजर खोज्न आउने तर छैन भन्दाभन्दा हैरान भएपछि बोर्ड नै टाँस्नुपरेको साँचो फार्मेसीका सञ्चालक चन्द्र प्रजापति...

  • २०७६ फाल्गुण २५, आइतबार

    राष्ट्रपतिद्वारा अन्तर्राष्ट्रिय महिला दिवसको शुभकामना

    राष्ट्रपति विद्यादेवी भण्डारीले ११०औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनीमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । यसै अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले महिलाको आर्थिक, सामाजिक तथा व्यवस्थापकीय रूपान्तरणका माध्यमबाट सामाजिक सचेतना तथा राष्ट्रिय समृद्धि हासिल गर्न साझा अभियानका रूपमा ‘समानताको पुस्ताः अन्त्य गरौँ हिंसा...

  • २०७६ फाल्गुण २५, आइतबार

    भाषा र सीप हस्तान्तरण गर्न माग

    यहाँका कुमाल समुदायले आफ्नो समुदायका लोपोन्मुख व्यवसाय, भाषा, कला तथा संस्कृति प्रवद्र्धनमा थप जुट्ने प्रतिबद्धता जनाएका छन् । नेपाल कुमाल समाज सुधार समिति पाल्पाको चौथो जिल्ला अधिवेशनका सहभागीले यसका लागि राज्यले सहयोग गर्न आवश्यक रहेको औँल्याए । शनिबार यहाँ आयोजित कार्यक्रममा समितिका केन्द्रीय सदस्य सावित्रा कुमालले आफ्नो समुदायको हकहित र अधिकारको संरक्षण गर्न समुदाय स्वयं जुट्न आवश्यक रहेकामा...

  • २०७६ फाल्गुण २५, आइतबार

    स्वदेशमै चट्टान र सुरुङ इञ्जिनीयरिङको पठनपाठन

    पूर्वाधार विकासमा पाइला चाल्दै गरेको नेपालमा पहाडी भौगोलिक अवस्थाका कारणले समेत विकासमा अवरोध ल्याइरहेको छ । अग्ला पहाड छिचोलेर सडक, खानेपानी, सिँचाइलगायतका आयोजना निर्माण गर्न समय र लागतसमेत बढी लाग्ने गरेकामा सरकारले द्रुत विकासका लागि सुरुङमार्ग निर्माणलाई प्राथमिकतामा राखेको छ । चालू आर्थिक वर्षमा देशका विभिन्न १२ स्थानमा सुरुङगार्ग निर्माणको योजना अघि सारिएकामा नौबिसे–नागढुङ्गा शिलान्यास भए...

  • २०७६ फाल्गुण २५, आइतबार

    सुस्ताए साहित्यिक संस्था सहभागी जुटाउनै मुस्किल

    गत वर्ष विद्यामन्दिर पुस्तकालय साहित्य उपसमितिले मासिक काव्यगोष्ठी शुरु ग¥यो । रचना सुनाउने–सुन्ने थलो पाएपछि कवि, सर्जक र साहित्यप्रेमी पनि हौँसिए । सुस्ताउँदो बागलुङको साहित्यमा नयाँ आशा जाग्यो । गोष्ठी केही महिना नियमित चल्यो । विस्तारै सहभागी घट्दै गए । गोष्ठी प्रभावहीन बन्न थाल्यो । मासिकको सट्टा केही महिना बिराएर हुन थाल्यो । पछि त्यही पनि रोकियो । नियमित गर्ने भनिएको काव्यगोष्ठी वर्ष दिन...

  • २०७६ फाल्गुण २५, आइतबार

    मास्क र अबीरका साथ फागु

    सामाजिक सद्भावको सन्देशलाई प्रगाढ बनाउने समानताको पर्व होली पर्वको आगमनसँगै मिथिलाञ्चलमा रौंनकता छाएको छ । भव्य एवं आकर्षक ढङ्गले पर्व मनाउन आवश्यक सामग्रीको किनमेलका साथै खासगरी ग्रामीण क्षेत्रमा होलीको गीतले वातावरण गुञ्जयमान भएकाले रौंनकता छाएको हो । यो पर्वलाई असत्यमाथि सत्यको जितका रुपमा लिइन्छ । आपसी प्रेम प्रतीकका रुपमा रहेको यसपर्वको माध्यमबाट एकापसका भातृत्वको भावना जागिृत गर्नु नै मुख्य...

  • २०७६ फाल्गुण २५, आइतबार

    कोरोना भाइरससम्बन्धी काठमाडौं महानगरपालिकाको जनचेतना अभियान

    काठमाडौं– कोरोना भाइरसको त्रासबाट मुक्त हुन काठमाडौं महानगरपालिकाले एक वृहत् जनचेतना कार्यक्रम आयोजना गरेको छ । राष्ट्रिय सभागृहमा भएको कार्यक्रममा कोरोना र डेंगे रोगको महामारी सम्बन्धमा काठमाडौंका ३२ वटै वडामा जनचेतना कार्यक्रम थालिने जानकारी काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले दिएका छन् । “कोरोना भाइरसको महामारीबाट त्रसित हुन छोडेर यसलाई कसरी व्यवस्थापन गर्ने त्यसतर्फ ध्यान...

  • २०७६ फाल्गुण २५, आइतबार

    कोभिड–१९ नेपालीलाई भारत नजान टीकापुरको आग्रह

    कैलालीको टीकापुर नगरपालिकाले कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमणबाट बच्न अत्यावश्यक काम परेमात्रै भारत जान नेपाली नागरिकलाई आग्रह गरेको छ । यो समय नेपाली नागरिक बढी मात्रामा घर फर्कने समय हो । हाल भारतबाट दैनिक सयौँ नेपाली होली पर्व, चैते दशैँ तथा नयाँ वर्ष मनाउनका लागि नेपाल फर्किन थालेका छन् । नगरपालिकाले भारतबाट आउने नेपालीको स्वास्थ्य परीक्षणमा विशेष ख्याल गर्नाका साथै नेपालीलाई पनि भारत नजान...

  • २०७६ फाल्गुण २४, शनिबार

    मुगुका सीमा नाकामा ‘हेल्प डेस्क’

    छिमेकी देश चीनबाट शुुरु भएको ‘कोभिड–१९’ संक्रमणबाट जोगिन मुगुका सीमा नाकामा ‘हेल्प डेक्स’ राखिने भएको छ । शुक्रबार जिल्लाका सरोकारवाला निकायको बसेको बैठकले गरेको निर्णयअनुसार छिमेकी देश चीनसँगै सीमा जोडिएका सीमा नाका नाक्चालाग्नालगायत जिल्ला भित्रिने प्रमुख प्रवेशद्वारामा ‘हेल्प डेक्स’ राखिने निर्णय गरिएको छ । मुगुुमा कोराना भाइरसको सङ्क्रमण हुन नदिन र भई हाले तत्काल स्वास्थ्य संस्थामा जान सल्लाह...

  • २०७६ फाल्गुण २४, शनिबार

    नून र चिनी पुग्नेगरी स्टकमा छ : साल्ट ट्रेडिङ

    काठमाडौं– कोरोनाभाइरसको त्रासको कारण उपभोक्ताले चाहिनेभन्दा बढी स्टक राख्न थालेपछि बजारमा दैनिक उपभोग्य वस्तु नपाइने चिन्ता बढिरहेको छ । उपभोक्ताको यही चिन्ता हटाउन साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले आफूसँग पुग्नेगरी नून र चिनीको स्टक रहेको जानकारी दिएको छ । साल्ट ट्रेडिङ्गका विभागीय व्यवस्थापक ब्रजेशकुमार झाले जनजाति खबरलाई दिएको जानकारी अनुसार टे«डिङ्गसँग १ लाख ५८ हजार मेट्रिक टन नूनको स्टक खः...

  • २०७६ फाल्गुण २४, शनिबार

    उपभोग्य वस्तुको भण्डारणमा हतार नगर्न सरकारको आग्रह

    सरकारले भ्रममा परेर उपभोग्य वस्तुको खरिद तथा भण्डारणमा हतार नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।   अत्यावश्यक वस्तुको आपूर्तिमा कुनै समस्या नभएकाले अफवाहको पछि नलाग्न आग्रह गर्दै सरकारले कालोबजारी र कृत्रिम अभाव सिर्जना गरेको थाहा पाए खबर गर्न अनुरोध गरेको छ । गृह मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी आम सञ्चारमाध्यामलाई सत्यतथ्य समाचार सम्प्रेषण गर्न र जनमानसमा त्रासदीपूर्ण अवस्था सिर्जना हुन नदिन...

  • २०७६ फाल्गुण २४, शनिबार

    सत्य मोहन जोशीद्वारा ‘स्याचुपि’ लोकार्पण

    ल्याय्म्ह पुचः थिमिद्वारा प्रकाशित “स्याचुपि” नामक कविता संग्रह पुस्तक आज थिमिमा लोकार्पण गरिएको छ । बाङ्गमय शताब्दी पुरुष एवं संस्कृतिविद् डा सत्यमोहन जोशीले उक्त पुस्तकको लोकार्पण गर्दै कविताको माध्यमबाट पनि समाज परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्ने भन्दै कविताको महत्वका विषयमा चर्चा गर्नुभएको थियो । मुलुकको विभिन्न कालखण्डमा घटेका घटनालाई कविताको माध्यमबाट जनमानसमा चेतना दिने र स्याचुपिको...

Pages