STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ फाल्गुण २१, बुधबार

    अर्थमन्त्रीमा खतिवडा पुनःनियुक्त

    राष्ट्रपति विद्यादेवी भण्डारीले आज अर्थमन्त्रीमा डा युवराज खतिवडालाई पुनःनियुक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७८ को उपधारा ९१० बमोजिम प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा डा खतिवडालाई नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले जानकारी दिनुभयो । राष्ट्रियसभा सदस्यको पदावधि सकिएपछि मङ्गलबार मात्र उहाँले अर्थमन्त्रीको पदबाट राजीनामा दिनुभएको...

  • २०७६ फाल्गुण २१, बुधबार

    झापामा कोरोनाको सङ्क्रमणबाट बच्न हात धुने अभियान

    झापाको कमल गाउँपालिकास्थित विभिन्न विद्यालयमा कोरोना भाइसरबाट बच्न हात धुने अभियान सञ्चालन गरिएको छ । अभियानअन्तर्गत विभिन्न विद्यालयका दुई हजारभन्दा बढी विद्यार्थीले हात धोएको कार्यक्रम संयोजक सोम आचार्यले जानकारी दिनुभयो । ग्लोबल स्यानिटेशन फण्ड÷युएन ह्याबिट्याटको आर्थिक तथा प्राविधिक सहयोगमा विराट सामुदायिक अध्ययन केन्द्र झापाले सहजीकरण गरिरहेको पूर्ण सरसफाइ अभियानअन्तर्गत हात धुने अभियान...

  • २०७६ फाल्गुण २१, बुधबार

    कार्यक्रम स्थगित, सभा–सम्मेलनमा रोक

    अन्तर्राष्ट्रियरूपमा फैलिरहेको कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिमका कारण जिल्लामा हुने कार्यक्रम स्थगित गरिएका छन् भने सभा–सम्मेलनजस्ता जमघट हुने कार्यक्रममा रोक लगाइएको छ । नेपाली सेनाको धुलिखेलस्थित विष्णु दल गणले यही फागुन २४ गते ‘नेपाल भ्रमण वर्ष–२०२०’ का सन्दर्भमा आयोजना गर्न लागेको एकीकरण मार्ग पदयात्रा कार्यक्रम स्थगन गरेको छ । नेपाल एकीकरणको समयमा प्रयोग भएका पदमार्गहरुको संरक्षण एवं...

  • २०७६ फाल्गुण २१, बुधबार

    कोरोना भाइरसको जोखिमप्रति सजग रहन शिक्षक, विद्यार्थीलाई आग्रह

    निजी तथा आवासीय विद्यालय सञ्चालकका संस्थाहरुले कोरोना भाइरसबाट बच्न, बालबालिकामा पर्नसक्ने मनोवैज्ञानिक असर न्यून गर्न र पूर्व सावधानीका लागि आह्वान गरेको छ । विश्वमा फैलँदै गएको कोरोना भाइरस कोभिड–१९ को प्रकोपको प्रभावले नेपालमा पनि दिनानुदिन सन्त्रास फैलाएको सन्दर्भमा नेपाली जनता पनि कोरोना भाइरसको फैलँदो सन्त्रासले चिन्तित रहेको भन्दै बालबालिकासँग प्रत्यक्षरूपमा काम गर्ने शिक्षक, कर्मचारी,...

  • २०७६ फाल्गुण २१, बुधबार

    माथिल्लो मस्र्याङदी ‘ए’ मा कोरोनाको उच्च सतर्कता

    चक्रीय अन्नपूर्ण पदमार्गमा पर्ने लमजुङको उत्तरी भेग मस्र्याङदी गाउँपालिका–६ र ७ भुलभुलेमा रहेको ५० मेगावाट क्षेमताको माथिल्लो मस्र्याङदी ‘ए’ जलविद्युत् आयोजनामा उच्च सतर्कता अपनाइएको छ । छिमेकी देश चीनमा कोरोना भाइरस फैलिएपछि चिनियाँ कम्पनी सिनो हाइड्रो सगरमाथा पावर कम्पनी लिमिटेडले आवासगृह र आयोजनमा उच्च सतर्कता अपनाएको हो । आयोजनाले बाह्य व्यक्तिलाई आउन दिएको छैन । सन् २०२० जनवरी २२ का दिन...

  • २०७६ फाल्गुण २१, बुधबार

    आठ महिनादेखि अस्पतालमै बन्धक भुजेलको उद्धार

    मोरङको विराटनगरस्थित विराट अस्पतालमा उपचार गराएको पैसा तिर्न नसकेर बन्धक बनाइएका सङ्खुवासभाको खाँदबारी नगरपालिका–१० चन्दनपुरका २० वर्षीय जीवन भुजेलको उद्धार भएको छ । भुजेलको आठ महिनापछि विराट अस्पतालबाट सोमबार उद्धार गरिएको हो । गत असार ५ गते भोजपुरको षडानन्द नगरपालिका–१ को इखुवाखोला जलविद्युत् आयोजनामा काम गर्ने मजदुरबीच विवादले उग्ररुप लिई कुटाकुट हुँदा छुट्याउन गएका जीवनलाई एक समूहले टाउको र...

  • २०७६ फाल्गुण २१, बुधबार

    देउडामार्फत पोषण सन्देश

    हिमा गाउँपालिका महिलाले देउडा गीतमार्फत पोषणसम्बन्धी सन्देश दिन थालेका छन् । गाउँपालिकाको बहुक्षेत्रीय पोषण योजना कार्यक्रमअन्तर्गत यहाँका महिलाले यस्तो सन्देश दिन थालेका हुन् । कर्णाली प्रदेशका हिमाली जिल्ला जुम्ला, कालिकोट, मुगुलगायतका जिल्लामा पोषणयुक्त खाना नखाएर यहाँका बालबालिका र गर्भवती महिला कुपोषित हुने गरेका छन् । पोषणको महत्वबारे जानकारीसँगै स्थानीयस्तरका गाउँघरमा पोषण स्थितिमा सुधार...

  • २०७६ फाल्गुण २१, बुधबार

    कोभिड–१९ प्रभाव राष्ट्रिय साहित्य सम्मेलन स्थगित

    गण्डकी वाङ्मय प्रतिष्ठान तनहुँले यही फागुन २४ गतेदेखि २६ गतेसम्म आयोजना गर्न लागेको राष्ट्रिय साहित्य सम्मेलन स्थगन गरेको छ । कोरोना भाइरसको सङ्क्रमणका कारण सभा–सम्मेलन नगर्न सरकारले निर्देशन जारी गरेपछि प्रतिष्ठानले मङ्गलबार प्रेस विज्ञप्ति जारी गरी साहित्य सम्मेलन स्थगन भएको जानकारी गराएको हो । ‘भाषा, साहित्य र संस्कृतिको उत्थान स् साहित्यिक जागरण हाम्रो अभियान’ भन्ने मूल नाराका साथ...

  • २०७६ फाल्गुण २०, मंगलबार

    पूर्वसभासद् घिमिरेको दुर्घटनामा मृत्यु

    तत्कालीन संविधानसभा सदस्य एवं झापाका पुराना कम्युनिष्ट योद्धा धर्मप्रसाद घिमिरे भारत पश्चिम बङ्गालको बागडोग्रामा मृत भेटिनुभएको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलका अनुसार आज बिहान बागडोग्राको प्रहरी कार्यालयभन्दा तीन किलोमिटर पश्चिम एशियाली राजमार्गमा ‘नख्खु जेल ब्रेकर’ घिमिरेलाई मृतावस्थामा भारतीय प्रहरीले फेला पारेको हो । झापाको मेचीनगर–१३ दुहागढी घर...

  • २०७६ फाल्गुण २०, मंगलबार

    प्रधानमन्त्रीको आत्मबलको प्रशंसाः सफल प्रत्यारोपणको कामना

    “नेपाली चिकित्सा क्षेत्रमा विश्वास राख्ने बा १ हजुरलाई मिर्गौला अङ्गदान गर्ने महान् नारी समीक्षा सङ्ग्रौलाप्रति उच्च सम्मान गर्दै सफल प्रत्यारोपणको शुभकामनासहित दुवै जनाको शीघ्र स्वास्थ्यलाभको कामना।।।।” यु–टेक इञ्जिनीयरिङ कलेजका सागर पाठकले मात्र होइन प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला प्रत्यारोपण सफलताको कामनाका लागि देशका उच्चपदस्थदेखि सर्वसाधारणसम्मले विभिन्न माध्यमबाट शुभकामना दिइरहेका...

  • २०७६ फाल्गुण २०, मंगलबार

    वसन्तपुरमा चीर ठड्याइयो फागु शुरु

    ऐतिहासिक वसन्तपुरस्थित हनुमानढोका दरबार परिसरमा फागुको चीर ठड्याइएपछि विधिवत् फागु पर्व शुरु भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको साइत अनुसार आज बिहान ७ः५७ बजे चीरोत्थान गरिएको हनुमानढोका दरबार हेरचाह अड्डाका कर्मचारी मिठाराम पुडासैनीले जानकारी दिनुभयो । फागुन शुक्ल अष्टमीका दिन वसन्तपुरमा चीर ठड्याएपछि उपत्यकामा फागु पर्व सुरु हुने परम्परा छ । फागुन शुक्ल अष्टमीदेखि पूर्णिमासम्म फागु...

  • २०७६ फाल्गुण २०, मंगलबार

    अतिक्रमितले नै खुशीका साथ फिर्ता गरे सरकारी जग्गा

    गौशालाका सन्तलाल साह गौचरन मिचिएकोमा चिन्तित हुनुहुन्थ्यो । आँखै अगाडि तीन सयभन्दा बढी गाईका बथान देखेका ७० वर्षीय साहले अतिक्रमणमा परेको यहाँको जग्गा फिर्ता होला भन्ने आश मारिसक्नुभएको थियो । उहाँले भन्नुभयो, “पहिला गौशालामा गाईका बथानले भरिभराउ हुन्थे, विस्तारै अतिक्रमणको चपेटामा प¥यो । पहिला जस्तो अहिले गाई पनि छैनन् । करिब डेढ सय गाई थिए । ती पनि अर्को स्थानतिर लगिएको छ ।” यहाँका जग्गा...

Pages