राष्ट्रिय
-
२०७६ फाल्गुण २३, शुक्रबार
सरकारी कार्यालयका ‘वेब पोर्टल’ नै असुरक्षित
नेपालगञ्जमा रहेका सरकारी कार्यालयका आधिकारिक पोर्टल नै असुरक्षित देखिएका छन् । ‘सेक्युवर सकेट लेयर’ एसएसएल सर्टिफिकेट प्रयोग नगरिएकाले पोर्टल असुरक्षित देखिएको बताइएको छ । यहाँका अधिकांश सरकारी वेब पोर्टलमा वेब सुरक्षाका लागि एसएसएल सर्टिफिकेट प्रयोग नगरिएको जनाइएको छ । प्रदेशअन्तर्गतका केही मन्त्रालयको वेब साइटमा सेक्युरिटी लक छ । बाँके र बर्दियामा रहेका अधिकांश सरकारी, गैरसरकारी तथा ठूला...
-
२०७६ फाल्गुण २३, शुक्रबार
पाटीबाट चिटिक्क घरमा सर्दा ।
पाँचखाल नगरपालिका–२ रातो पहिरोका ६२ वर्षीया खड्कादेवी चौलागाई बल्ल सुरक्षित घरभित्रबस्न पाउनुभएको छ । विनाशकारी भूकम्पले घर भत्काएपछि उहाँ करिब साढे चार वर्षसम्म नजिकैको मन्दिरको पाटीमा त्रिपाल र बोराले बेरेर बस्दै जीवन गुजार्दै आउनुभएको थियो । श्रीमान् र कमाएर खाने जग्गाजमिन समेत नहुँदा उहाँ सालको पात बेचेर दैनिक छाक टार्न विवश हुनुहुन्थ्यो । ‘नेपाल पुनःनिर्माण सहयोग कार्यक्रम’ अन्तर्गत...
-
२०७६ फाल्गुण २३, शुक्रबार
विवाह दर्तामा महिला नेतृत्व लिँदै
पछिल्लो समय यहाँका महिला व्यक्तिगत घटना दर्ता गराउन अग्रसर हुन थालेका छन् । श्रीमान्वाट विभिन्न पीडा पाउन थालेपछि उनीहरु त्यस्ता घटना दर्ता गराउन अग्रसर हुन थालेका हुन् । जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद् तथा बसाइसराइँ जस्ता मानिसका आफ्ना निजी घटना स्थानीय पञ्जिकाधिकारीकोमा गई दर्ता गराउने र प्रमाणपत्र लिने कार्यलाई व्यक्तिगत घटना दर्ता भन्ने गरिन्छ । दिपायल सिलगढी नगरपालिका–४ का वडाध्यक्ष...
-
२०७६ फाल्गुण २३, शुक्रबार
मेयर्स रिसर्च फेलोसिपमा आएन आवेदन
काठमाडौँ महानगरपालिकाले शहरी समस्याको दिगो समाधानका लागि ‘मेयर्स रिसर्च फेलोसिप कार्यक्रम २०२०’ अघि सारे पनि त्यसका लागि हालसम्म एउटा पनि आवेदन परेको छैन । कामपा शहरी योजना आयोगले उक्त कार्यक्रमका लागि गत माघ महिनामानै सूचना प्रकाशित गरी आगामी चैत पहिलो सातासम्म मात्र आवेदन दिने मिति तय गरेको भए पनि हालसम्म एउटा पनि आवेदन परेको छैन । “यो युवा लक्षित कार्यक्रम हो, निवेदन नआउने भन्ने त हुँदैन,...
-
२०७६ फाल्गुण २३, शुक्रबार
जनसम्बन्ध विस्तार अभियान सञ्चालन गरिने
नेपाल कम्युनिष्ट पार्टी नेकपा जिल्ला सङ्गठन कमिटी म्याग्दीले पार्टी एकता सुदृढीकरण र जनसम्बन्ध विस्तार अभियान सञ्चालन गर्ने भएको छ । गण्डकी प्रदेश कमिटीको निर्देशनअनुसार हालै बेनीमा बसेको जिल्ला कमिटीको तेस्रो पूर्ण बैठकले चैत १ गतेदेखि जेठ मसान्तसम्म जिल्लाव्यापी अभियान सञ्चालन गर्न जिम्मेवारी बाँडफाँट गरेको छ । स्थानीय तह र वडास्तरमा पार्टी एकतालाई थप सुदृढ बनाउने, जनवर्गीय सङ्गठनको एकतालाई...
-
२०७६ फाल्गुण २२, बिहिबार
कोरोना सचेतना
सामुदायिक विद्यालय व्यवस्थापन समिति राष्ट्रिय महासङ्घले विश्वव्यापी सङ्क्रमण भइरहेको कोरना भाइरसबाट बच्न अभिभावक, शिक्षक र विद्यार्थीलाई सार्वजनिक सूचना प्रवाह आरम्भ गरेको छ । उक्त भाइरसको सम्भावित जोखिमबाट घर र विद्यालयमा शिक्षक, बालबालिकालाई बच्न, बचाउन आव्हान गरेको हो । भाइरसबाट बच्न मानसिकरुपमा सन्त्रासमा नपर्न र प्रतीरक्षाप्रति विश्वास जगाउन, हात नमिलाउन र अङ्कमाल नगर्न, नियमित रुघाखोकीका...
-
२०७६ फाल्गुण २२, बिहिबार
महायज्ञमा करिब डेढ करोडको दान सङ्कलन
यहाँ सञ्चालन भएको श्रीमद्भागवत नवाह ज्ञान महायज्ञमा करिब रु डेढ करोड बराबरको दान सङ्कलन भएको छ । गौशालाको दिगो सञ्चालन तथा प्रस्तावित धर्मशाला निर्माण सहयोगार्थ सञ्चालन भएको महायज्ञमा नगद तथा भूमिदान गरी रु एक करोड ४७ लाख ४७ हजार ८२९ बराबर दान सङ्कलन भएको मूल आयोजक समितिले जनाएको छ । यही फागुन १२ देखि २० गतेसम्म सञ्चालन भएको महायज्ञको अन्तिम दिन मात्रै रु ३१ लाख ९१ हजार ८२७ दान सङ्कलन भएको...
-
२०७६ फाल्गुण २२, बिहिबार
ललितानिवासमा जग्गा किनेका ‘पीडित’ नेवारहरु मारमा
काठमाडौं– लामो समयदेखि भ्रष्टाचारको ठूलो काण्ड बनेको बालुवाटारस्थित ललितानिवासमा जग्गा किनी घर बनाएका ३६ जना जग्गाधनीहरु मारमा परेको जानकारीमा आएको छ । उक्त स्थानमा जग्गा किन्ने यी ३६ जनामध्ये २९ जना स्थानीय नेवारहरु छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठूल्ठूला अधिकारीविरुद्धसमेत उक्त काण्डमा मु्द्दा दायर गरिसकेको छ । यी ३६ जना व्यक्तिले गत २०६३/६४ सालमा भाटभटेनीका मालिक मीनबहादुर गुरुङसँग...
-
२०७६ फाल्गुण २२, बिहिबार
प्रधानमन्त्री ओलीको स्वास्थ्यमा क्रमिक सुधार
मिर्गौला प्रत्यारोपणको दोस्रो दिन आज प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गइरहेको छ । प्रधानमन्त्री ओलीले तरल चीजहरु खान थाल्नुभएको र अन्य सूचकहरु राम्रो रहेको उहाँका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा बुधबार उहाँको दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो । हाल उहाँलाई शल्यक्रिया कक्षबाट प्रत्यारोपण उपचारकक्षमा राखी...
-
२०७६ फाल्गुण २२, बिहिबार
‘हात मिलाउने हैन, नमस्कार गरौँ नमस्कार’
“ए हजुर, नमस्कार १ हात मिलाउने हैन, शिष्टतापूर्वक नमस्कार गरौँ ।” महोत्तरीको बर्दिवास नगरपालिकाले यो सन्देश फैलाउन अहिले अभियान नै शुरु गरेको छ । बर्दिवास नगरक्षेत्रका सघन आवजावत हुने र मानिस जम्मा हुने चोकमा नगरप्रमुख विदुरकुमार कार्की आफैँ यो अभियानमा लाग्नुभएको छ । “सबैले सुन्दै हुनुहुन्छ नि।।१ कोरोना भाइरस भनिने सङ्क्रमणले संसारभरि नै आतङ्क मच्चाउँदो छ,” आज बिहीबार एकाबिहानै पूर्वपश्चिम...
-
२०७६ फाल्गुण २२, बिहिबार
गर्भवती भन्छन् जीवनमा पहिलोपटक भिडियो एक्स–रे गरियो
आर्थिक अवस्था कमजोर भई स्वास्थ्य संस्था आउन नसक्ने गर्भवतीका लागि गाउँगाउँमा निःशुल्क भिडियो एक्स–रे सेवा सुरु गरिएको छ । भेरी नगरपालिकाले स्वास्थ्य संस्था आउन नसक्ने गर्भवतीलाई गर्भजाँच गर्न निःशुल्क भिडियो एक्स–रे सेवा सुरु गरेको हो । भिडियो एक्स–रे गरी गर्भजाँच गर्ने अधिकांश महिलाले जीवनमा पहिलोपटक भिडियो एक्स–रे गरेको बताएका छन् । भेरी–११ कट्टी गाउँकी रमिता कामीले भन्नुभयो, “भिडियो एक्स–रे...
-
२०७६ फाल्गुण २२, बिहिबार
होली प्रतिबन्ध ः काठमाडौं प्रशासन
जिल्ला प्रशासन कार्यालय काठमाडौंले होलीलगायतका कुनै पनि कार्यक्रम नगर्न आग्रह गरेको छ। कार्यालयले शुक्रबार विज्ञप्ति निकालेर महामारीका रुपमा फैलिरहेको कोरोनाभाइरस कोभिड(१९) बाट नेपाल पनि जोखिममा रहेकाले सचेतना अपनाउन भीडभाड हुने पर्व तथा कार्यक्रमहरु नगर्न आग्रह गरेको हो। अर्को सूचना जारी नभएसम्मका लागि विभिन्न प्रकारका उत्सव, मेला, पर्व होली लगायत कार्यक्रमहरुको आयोजना नगर्न र त्यस्ता सम्मेलन...


