राष्ट्रिय
-
२०७६ फाल्गुण १७, शनिबार
‘पार्टी फुट्छ भन्नु निराधार’
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य एवम् सुदूरपश्चिम इन्चार्ज भीम रावलले अहिलेको विषयले पार्टी फुट्छ भन्ने हल्ला निराधार भएको बताउनुभएको छ । धनगढीमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले पार्टीभित्रको बहसमा फरक विचार आउनु स्वभाविक भएकाले त्यसले पार्टी फुट्छ भन्नु निराधार भएको बताउनुभयो । उहाँले कार्यकर्ताले निराश हुनुभन्दा ठिक बेठिक छुट्याएर अघि बढ्नुपर्ने उल्लेख गर्दैै विधान...
-
२०७६ फाल्गुण १६, शुक्रबार
बाघ हेर्ने मन छ बाँके निकुञ्ज आउनुहोला
तपाईँलाई बाघ हेर्ने रहर छ रु छ भने बाँके राष्ट्रिय निकुञ्जमा आउनुस्, धेरै बेर हिँड्नै पर्दैन, बाघ देखिहाल्नुहुन्छ । निकुञ्जको जीप सफारीमा जाने टोलीले एक घण्टा घुम्न नपाउँदै बाघ देख्न थालेपछि यतिबेला बाघ हेर्न आउने आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ । नेपालगञ्ज विमानस्थलबाट १५ किलोमिटर दूरीमा बाँके राष्ट्रिय निकुञ्ज छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत दायाँबायाँ संरक्षित क्षेत्र रहेको छ । स्थल र...
-
२०७६ फाल्गुण १६, शुक्रबार
प्याराग्लाइडिङ च्याम्पियनसीपमा नेपाल दोस्रो
पोखरामा जारी प्याराग्लाइडिङ वल्र्ड कप ‘एशियन टूर’ तथा १९औँ संस्करणको ‘नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनसीप’ को टिम इभेन्ट विधामा नेपाल दोस्रो स्थानमा रहन सफल भएको छ । यही फागुन ११ गतेदेखि शुरु भएको वल्र्डकप छनोट प्रतियोगिताको बिहीबार सम्पन्न ४२ दशमलव सात किमीको ‘क्रस कन्ट्री’ इभेन्टको ‘टास्क’मा नेपालले दोस्रो स्थान प्राप्त गरेको हो । यसअघि तीन दिन प्रतिकूल मौसमका कारणले प्रतियोगिता प्रभावित...
-
२०७६ फाल्गुण १६, शुक्रबार
अली मियाँ लोक वाङ्मय प्रतिभा पुरस्कार गायिका भण्डारीलाई
यस वर्षको ‘अली मियाँ लोक वाङ्मय प्रतिभा पुरस्कार’ साहित्यकार एवं गायिका अम्बिका भण्डारीलाई अर्पण गरिएको छ । लोककवि अली मियाँको स्मृतिमा स्थापित सो पुरस्कारको राशि रु २० हजारसहित सम्मानपत्र रहेको छ । मियाँको १०२औँ जन्मजयन्तीको अवसरमा बिहीबार यहाँ आयोजित कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य मनबहादुर गुरुङले गायिका भण्डारीलाई पुरस्कार अर्पण गर्दै लोककवि मियाँको व्यक्तित्वमाथि चर्चा गर्नुभएको थियो ।...
-
२०७६ फाल्गुण १६, शुक्रबार
काष्ठमण्डप पुनःनिर्माणमा थप काठ अझै आएन
काष्ठमण्डप पुनःनिर्माणमा अपुग भएको काठ ल्याउन अझै केही समय लाग्ने भएको छ । अन्तरिक समस्याका कारण अहिलेसम्म ल्याउन नसकिएको र यसै महिनाको अन्तिमसम्ममा ल्याइसक्ने काष्ठमण्डप पुनःनिर्माण समितिले जनाएको छ । समितिका अध्यक्ष राजेश शाक्यलले यसअघि ल्याइएको काठले काम भइरहेको जानकारी दिनुभयो । आठ हजार क्युफिट काठ धनगढीबाट गत पुस १५ सम्ममा ल्याइने भनिएतापनि हालसम्म ल्याउन नसकिएको जनाइएको छ । छानाका लागि आठ...
-
२०७६ फाल्गुण १६, शुक्रबार
विराजमान रहन्छ । पञ्च कपाल महांकाल देवताको एउटा गुह्य रुप हो ।
सम्यक महादान पर्वको पहिलो दिनमा पाटन दरवार क्षेत्रमा उपस्थित दर्शनार्थीहरु यो चर्या भिडियो हेरेर निकै उत्साहित भएका थिए । यस भिडियोमा कलाकार राजिप बज्राचार्यले चर्या नृत्य गरेका हुन भने चर्या गायन सुमन कपाली, खिं र ताः वादन लक्ष्मी डंगोलले गरेका हुन् । नृत्य प्रशिक्षण राजु शाक्य, फेस पेन्टिङ्ग बिजेन बज्राचार्य, कलर ग्रेडिङ्ग लाटोकोसेरो फिल्मस्का विजेश पौडेल, प्रोडक्सन म्यानेजर विश्वास बज्राचार्य...
-
२०७६ फाल्गुण १६, शुक्रबार
पत्रकार पराजुलीको कथासङ्ग्रह ‘कुमाता’
पत्रकार वसन्त पराजुलीको ‘कुमाता’ कथासङ्ग्रह प्रकाशित भएको छ । सामाजिक यथार्थवादी विषय वस्तु समेटेर तयार पारिएको पराजुलीका कथासङ्ग्रहलाई भँुडीपुराण प्रकाशन प्रालिले बजारमा ल्याउन लागेको हो । अहिले पुस्तकको छपाइको काम सम्पन्न भएको प्रालिका प्रबन्ध निर्देशक केशव पराजुलीले जानकारी दिनुभयो । “हामी एक हप्ताभित्रै बजारमा ल्याउने गरी गृहकार्य गरिरहेका छौँ”, उहाँले भन्नुभयो । ‘कुमाता’मा सङ्ग्रहित दश कथा...
-
२०७६ फाल्गुण १६, शुक्रबार
राष्ट्रियसभामा गौतम सिफारिस हुनुहुन्छ अध्यक्ष दाहाल
नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रियसभामा पार्टीका उपाध्यक्ष वामदेव गौतम नै मनोनीत हुने बताउनुभएको छ । प्रेस सङ्गठन चितवनले यहाँ आज आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले प्रधानमन्त्रीले गौतमलाई नै सिफारिस गर्ने बताउनुभयो । पत्रकारको प्रश्नमा उहाँले भन्नुभयो, “प्रधानमन्त्रीले सिफारिस नगर्ने कुरा म कल्पनासम्म पनि गर्दिन उहाँले गर्नुहुन्छ । मैले त्यति बुझेको...
-
२०७६ फाल्गुण १६, शुक्रबार
कोरोना भाइरसबाट बच्न संवेदनशील बनौँ मुख्यमन्त्री पौडेल
वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोना भाइरसबाट बच्न संवेदनशील हुन अपिल गर्नुभएको छ । आज एक सन्देश जारी गर्दै मुख्यमन्त्री पौडेलले कोरोना भइरसबाट बच्न प्रदेश सरकारले पूर्वतयारी गरिरहेको उल्लेख गर्नुभएको छ । पौडेलले सन्देशमार्फत छिमेकी मित्रराष्ट्र चीनमा महामारीका रुपमा फैलिएको नयाँ कोरोना भाइरसको सङ्क्रमणले त्यहाँ पु¥याएको मानवीय क्षति तथा अर्थतन्त्रमा परेको असरप्रति दुःख व्यक्त...
-
२०७६ फाल्गुण १६, शुक्रबार
रेल्वे कम्पनीका लागि २२६ कर्मचारी थपिने
सरकारले धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म रेल सञ्चालनका लागि आवश्यकताका आधारमा दक्ष प्राविधिकसहित २२६ कर्मचारी थप गर्ने भएको छ । रेल्वे कम्पनीमा अहिले जनशक्ति ज्यादै न्यून रहेकाले थप गर्न लागिएको रेल विभागले जनाएको छ । मन्त्रिपरिषद्बाट गत महिना नै कर्मचारीका लागि स्वीकृति दिइसकेको महानिर्देशक बलराम मिश्रले बताउनुभयो । सञ्चालक समितिले पास गरेपछि विज्ञापनमार्फत कर्मचारी पूर्ति गर्ने तयारी छ । एक...
-
२०७६ फाल्गुण १६, शुक्रबार
बाँस्कोटाद्वारा मिश्रविरुद्ध गाली बेइज्जती मुद्दा
काठमाडौँ जिल्ला अदालतमा निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले गाली बेइज्जतीसम्बन्धी मुद्दा दर्ता गर्नुभएको छ । बाँस्कोटाले आफूविरुद्ध झुटो आरोप लगाइएको उल्लेख गर्दै गाली बेइज्जतीसम्बन्धी मुद्दा दर्ता गरेको अदालतका सूचना अधिकारी ज्ञानबहादुर कार्कीले जानकारी दिनुभयो । निवर्तमान मन्त्री बाँस्कोटाले विजयप्रकाश मिश्रलाई विपक्षी बनाई दायर गरेको मुद्दामा सेक्युरिटी प्रिन्टिङ...
-
२०७६ फाल्गुण १६, शुक्रबार
नेपालको नयाँ नक्शा छिट्टै सार्वजनिक गरिने
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले छिट्टै नेपालको नयाँ नक्सा सार्वजनिक गरिने बताउनुभएको छ । मन्त्री अर्यालको कार्यकालमा हासिल भएको उपलब्धिको जानकारी दिनका लागि आज यहाँ आयोजना गरिएको पत्रकार सम्मेलनमा उहाँले नयाँ नक्साबारे सुझाव दिन प्राविधिक समितिले सुझाव पेश गरेको बताउनुभयो । नापी विभागको पनि प्राविधिक टोली उक्त कार्यमा क्रियाशिल रहेकाले काम अन्तिम चरणमा...


