राष्ट्रिय
-
२०७६ फाल्गुण २०, मंगलबार
गाँजासम्बन्धी विधेयक प्रदेशसभा सचिवालयमा पनि दर्ता
गाँजा खेतीलाई वैधानिक बनाउन माग गदै वाग्मती प्रदेशसभा सचिवालयमा ‘गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक’ दर्ता भएको छ । आजको प्रदेशसभा बैठकमा प्रदेशसभा सदस्य केशव स्थापितले आफूले सो सम्बन्धी विधेयक सचिवालयमा दर्ता गराएको जानकारी दिनुभयो । सचिवालयमा निजी विधेयकका रुपमा सो विधेयक पहिलोपटक दर्ता भएको जनाइएको छ । सो विधेयक ५३ औँ विधेयक हो । यसअघि सभामा दर्ता भएका ५२ वटा विधेयक सरकारका...
-
२०७६ फाल्गुण २०, मंगलबार
कोरोना भाइरस भित्रिन नदिन जमुनाह नाकामा सतर्कता
कोरोना भाइरस स्थलमार्ग हुँदै नेपाल भित्रिन नदिन नेपाल–भारत सीमाक्षेत्र जमुनाह नाकामा सतर्कता अपनाइएको छ । नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखाले स्वास्थ्य सहयोगीकक्ष स्थापना गरी भारतबाट नेपाल भित्रिने ज्वरो तथा अन्य बिरामीको स्वास्थ्य परीक्षण गर्दै आएको स्वास्थ्य शाखा संयोजक रामबहादुर चन्दले जानकारी दिनुभयो । उहाँका अनु्सार नेपाल–भारत प्रवेशद्वार जमुनाह नाकामा सहयोगीकक्षका लागि आवश्यक...
-
२०७६ फाल्गुण २०, मंगलबार
विद्यालयमा वार्षिक उत्सव, भेला नगर्न मन्त्रालयको आग्रह
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयको वार्षिक उत्सव, सभा, अभिभावक भेला नगर्न आग्रह गरेको छ । कोरोना भाइरसको सङ्क्रमण र सन्त्रास फैलिएकोले आवश्यक सतर्कता अपनाउनका लागि भेला नगर्न आग्रह गरिएको मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिनुभयो । मन्त्रालयमा आज नेपाल शिक्षक महासङ्घ, निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) सहितको बैठकले सार्वजनिक ठाउँमा कोरोना भाइरस...
-
२०७६ फाल्गुण १९, सोमबार
सिसी क्यामराको निगरानीमा आँबुखैरेनी
गण्डकी प्रदेशको प्रवेशद्वार तनहुँको आँबुखैरेनी बजारको निगरानी सिसी क्यामराबाट शुरु गरिएको छ । बजारको शान्ति सुरक्षालाई मध्यनजर गर्दै आँबुखैरेनी गाउँपालिका २ र ३ का विभिन्न स्थानमा सिसी क्यामरा जडान गरिएको हो । आँबुखैरेनी गाउँपालिका र तनहुँ उद्योग वाणिज्य सङ्घको सहयोगमा गत वर्ष मुख्य बजार क्षेत्रमा १७ वटा सिसी क्यामरा जडान गरिएकोमा यस वर्ष गाउँपालिकाकै सहयोगमा आँबुखैरेनी गाउँपालिका २ र ३ मा थप १२...
-
२०७६ फाल्गुण १९, सोमबार
कर्णालीमा ३६ हजार परीक्षार्थीले एसइई दिँदै
आगामी चैत ६ गते हुने माध्यमिक शिक्षा परीक्षा एसइई मा कर्णालीबाट ३६ हजार परीक्षार्थी सम्मिलित हुने भएका छन् । यहाँका १० जिल्लाका छात्राछात्र गरी जम्मा ३६ हजार २९९ परीक्षार्थी यो परीक्षामा सम्मिलित हुने शिक्षा विकास निर्देशनालय सुर्खेतका परीक्षा शाखा प्रमुख मोतिलाल शर्माले राससलाई जानकारी दिनुभयो । “साधारण र प्राविधिक धारको नियमिततर्फ ३२ हजार ८९६ र प्राविधिक धारतर्फ ५६८ परीक्षार्थी छन्”, राससँगको...
-
२०७६ फाल्गुण १९, सोमबार
पाटन दरबार क्षेत्रमा युवा मेला
युवा उद्यमशीलता प्रर्वद्धन गर्न पाटन दरबार क्षेत्रमा मेलाको आयोजना गरिएको छ । ललितपुर महानगरपालिका– १६, मिखा कन्सलटिङ प्रा। लि र यल वयेर्सले संयुक्त रुपमा सो मेला आयोजना गरेको हो । लोकल मेड इन नेपाल नाम दिएर आयोजना गरिएको सो मेलामा युवावर्गले उत्पादन गरेका विविध सामग्रीहरुको ३० वटा स्टल राखिएको थियो । ती सामग्रीहरुमा लत्ता कपडा ,श्रृंगार सामग्री, सज्जावटका सामाग्री लगायत रहेका छन् । युवावर्गलाई...
-
२०७६ फाल्गुण १९, सोमबार
भरतपुरलाई ध्रूम्रपानरहित शहर बनाइँदै
भरतपुर महानगरपालिकाले सुर्तीजन्य वस्तुको बिक्रीवितरण स्थलको दैनिक अनुगमन गर्न शुरु गरेको छ । महानगरका प्रवक्ता अरुण पीडित भण्डारीले सुर्तीजन्य वस्तुको बेचबिखन अनुगमन तथा सार्वजनिकस्थलमा सेवनमा प्रतिबन्ध लगाइएको जानकारी दिनुभयो । उहाँले सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन २०६८ अनुसार अनुगमन गरिएको र महानगरलाई सुर्तीजन्य पदार्थरहित बनाउन अभियान प्रभावकारी बनेको बताउनुभयो । अनुगमन टोलीले...
-
२०७६ फाल्गुण १९, सोमबार
ध्वजावाहक विमान जापान पुग्दा खुशी भए नेपाली
नेपाल वायु सेवा निगमको सूर्य र चन्द्रसहितको ध्वजावाहक विमान जापान पुग्दा नेपालीहरु निकै हर्षित भएका छन् । काठमाडौंँ–नारिता उडानका लागि सोमबार बिहान नेपाली समय १ः२५ बजे उडान शुरु गरी जापानको समयानुसार १०ः५० मा नारिता विमानस्थल पुग्दा नेपालीहरु खुशी देखिएका हुन् । नेपालकोभन्दा जापानको समय करीब तीन घण्टा छिटो छ । “नेपाल वायु सेवा निगमको ध्वजावाहक विमान सीधै जापान आउनु राष्ट्रको गौरवको कुरा हो”,...
-
२०७६ फाल्गुण १९, सोमबार
कोरोना नमस्ते अभियान
अतिथि सत्कारमा पोखरासहित गण्डकी प्रदेश नै अग्रणी स्थानमा आउँछ । यहाँ प्रकृतिका मनोरम छटा त छँदैछन्, यहाँका मानिसको आतिथ्यताले यहाँ आउने जो कोहीलाई छुट्टै अनुभूति गराउँछ । पर्यटकीय नगरी पोखरामा विश्वका विभिन्न राष्ट्रबाट आउने पर्यटक पर्यटन व्यवसायीले नमस्तेभन्दा निकै खुशी हुन्छन् । लेकसाइडमा कतिपय विदेशी पर्यटक त नेपाली भाषाका अन्य शब्द बोल्न नजाने पनि नमस्ते भन्दै स्थानीयवासीलाई अभिवादन गरिरहेका...
-
२०७६ फाल्गुण १९, सोमबार
सभामुखद्वारा सरकारलाई निर्देश
पेट्रोलियम पदार्थमा कर वृद्धिको विषयमा सदनलाई जानकारी गराउन सभामुख अग्निप्रसाद सापकोटाले सरकारलाई निर्देश गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा समाजवादी पार्टीकी सरिता गिरीले सभामुखसँग समय मागेर मन्त्रिपरिषद्ले हालै गरेको पेट्रोलियम पदार्थमा कर वृद्धि गर्ने निर्णय तत्काल फिर्ता लिन आग्रह गर्नुभएको थियो । सांसद गिरीले करको दायरा परिमार्जन गर्ने अधिकार संसारभर नै सार्वभौम संसद्लाई मात्र भए पनि...
-
२०७६ फाल्गुण १९, सोमबार
भारतीय प्रमद्वारा प्रम ओलीको सफल मिर्गौला प्रत्यारोपणको कामना
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीको सफल मिर्गौला प्रत्यारोपण र शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ । प्रधानमन्त्री ओलीलाई सुख, सुस्वास्थ्य र दीर्घजीवनका निम्ति पशुपतिनाथको निरन्तर कृपा रहिरहने कामना पनि प्रधानमन्त्री मोदीले आज ट्वीटमार्फत गर्नुभएको छ । भारत र नेपालबीचको सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन प्रधानमन्त्री ओलीको निरन्तर योगदानको आशा उहाँले गर्नुभएको छ...
-
२०७६ फाल्गुण १९, सोमबार
राष्ट्रिय सुरक्षासम्बन्धी उच्चस्तरीय अध्ययन कक्षा
नेपाली सेनाको शिवपुरीस्थित आर्मी कमान्ड एन्ड स्टाफ कलेजमा राष्ट्रिय सुरक्षासम्बन्धी उच्चस्तरीय अध्ययन कक्षा आजदेखि शुरु भएको छ । राष्ट्रिय सुरक्षा र राष्ट्रिय हितबारे एकै खालको बुझाइ र समान धारणा बनाउन योगदान पुगोस् भन्ने हेतुले आयोजना गरिएको उक्त कक्षामा रक्षा, गृह, वन तथा वातावरण र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका उच्च तहका अधिकृत सहभागी हुनुहुन्छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र...


