राष्ट्रिय
-
२०७६ फाल्गुण १५, बिहिबार
विश्वभरिबाट नेपालीभाषी साहित्यकार धनगढी आउनेक्रम जारी
विश्वभरिका नेपालीभाषी साहित्यकारको अपूर्व जमघट हुने विश्व नेपाली साहित्य महोत्सव बुधबारदेखि धनगढीमा शुरु भएको छ । सुदूरपश्चिमाञ्चल साहित्य समाजद्वारा आयोजित साहित्य महोत्सवमा सहभागिता जनाउन विश्वभरिबाट नेपालीभाषी आउनेक्रम जारी छ । महोत्सवमा राष्ट्रपति विद्या भण्डारी, राष्ट्रकवि माधव घिमिरे, शताब्दी पुरुष सत्यमोहन जोशी, पूर्वप्रधानमन्त्री तथा वरिष्ठ साहित्यकार लोकेन्द्रबहादुर चन्द, वरिष्ठ...
-
२०७६ फाल्गुण १५, बिहिबार
पानीको स्रोतको खोजी र संरक्षण शुरु
मेलम्चीको पानी ल्याउने तयारी अघि बढिरहँदा काठमाडौँ उपत्यकामा नै भएका स्रोतको खोजी र संरक्षण शुरु भएको छ । पहिलो चरणको पानी आगामी असार मसान्तसम्ममा आउँदा त्यसको व्यविस्थत वितरणको तयारीसँगै काठमाडौँ उपत्यका खानेपानी लिमिटेड ९केयुकेएल० ले उपत्यकाभित्रको स्रोत संरक्षणमा समेत ध्यान दिन थालेको हो । उपत्यकाभित्रको पानीको परिमाण बढाउन अहिले १२ स्थानमा ट्युबवेल खन्न शुरु गरिएको लिमिटेडले जनाएको छ ।...
-
२०७६ फाल्गुण १५, बिहिबार
यस्तो बन्यो राष्ट्रिय हवाई नीति
हवाई प्रविधिको विश्वव्यापी आयाम र बदलिँदो परिवेशअनुरूप नेपालको आवश्यकतालाई मध्यनजर गर्दै सरकारले करिब डेढ दशकपछि नयाँ राष्ट्रिय हवाई नीति बनाएको छ । हवाई सेवामा आधुनिक प्रविधिको उच्चतम प्रयोग गर्दै हवाई क्षेत्रको ‘सेफ्टी र सेक्युरिटी’ तथा हवाई उद्योगको दिगोपनलाई ध्यानमा राखी नयाँ नीति तयार गरिएको हो । नयाँ हवाई नीति बनाउन गठित कार्यदलले हालै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार...
-
२०७६ फाल्गुण १५, बिहिबार
सहमतिपछि सप्तकोशी नदीमा पुनः जेटबोट सञ्चालन
स्थानीयवासीबाट सुरक्षा खतरा बढेको भन्दै सप्तकोशी नदीमा बन्द भएको जल यातायातको रूपमा सञ्चालित जेटबोट पानी जहाज सञ्चालनमा आएको छ । स्थानीयवासीले राखेको रोजगारी र भाडामा सहुलियतको माग पूरा हुने भएपछि साना पानी जहाज सञ्चालनमा आएको हो । सप्तकोशी टुरिजम एण्ड वाटर ट्रान्स्पोर्टेशन प्रालिका सञ्चालक राजेन्द्र कार्कीका अनुसार नयाँ सहमतिअनुसार चतराबाट धनकुटाको साँघुरीगढी गाउँपालिकाको सङ्खुवासम्मको भाडा रु...
-
२०७६ फाल्गुण १५, बिहिबार
एक हजार बिघा सरकारी जग्गा अतिक्रमण
तुलसीपुर उपमहानगरपालिकाको गएको वैशाख १९ गतेको ५७ औँ कार्यपालिका बैठकले तुलसीपुर–१६ स्थित मजगाउँ–जहदा गाउँसहित तुलसीपुरका पाँच स्थानको जग्गामा उद्योग ग्राम स्थापना गर्ने निर्णय ग¥यो । जहदागाउँ–मजगाउँको जग्गासहित तुलसीपुर–३ को नवयुवा टोलको रेउले टोल तलतिरको जग्गा, वडा नं २ को घोर वण्डा, वडा नं १० को वेलगनार क्षेत्र, वडा नं। १३ को भञ्ज्याङडाँडा क्षेत्रको जग्गामा उद्योग ग्राम बनाउने निर्णय गरेको थियो...
-
२०७६ फाल्गुण १५, बिहिबार
अधिकारी सवार हेलिकप्टर दुर्घटना भएको एक वर्ष पूरा
तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी सवार हेलिकप्टर दुर्घटना भएको आज एक वर्ष पूरा भएको छ । ताप्लेजुङको पाथीभरा दर्शनपछि फर्कने क्रममा गत वर्षको फागुन १५ गते सोही क्षेत्रमा नै हेलिकप्टर दुर्घटना भई अधिकारीसहित सात जनाको निधन भएको थियो । दुर्घटनामा अधिकारीसहित यति एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ...
-
२०७६ फाल्गुण १५, बिहिबार
राष्ट्रपति भण्डारी मालिकार्जुनमा
राष्ट्रपति विद्यादेवी भण्डारी सुदूरपश्चिमको दार्चुलास्थित ऐतिहासिक मालिकार्जुन मन्दिरमा पूजापाठ तथा नागरिक अभिनन्दन ग्रहणका लागि आज यहाँ आइपुग्नुभएको छ । मालिकार्जुन गाउँपालिकामा रहेको मालिकार्जुनमा उहाँलाई पहिलो पटक अभिनन्दन गर्न लागिएको हो । राष्ट्रपति भण्डारीलाई प्रतिनिधिसभा सदस्य गणेशसिंह ठगुन्ना, गाउँपालिका अध्यक्ष नरेन्द्रसिंह धामीलगायतले स्वागत गर्नुभएको थियो । राष्ट्रको सातौँ धामका रूपमा...
-
२०७६ फाल्गुण १५, बिहिबार
डेढ वर्षमा ९४ गुनासा धुलोमुक्त काठमाडौँ बनाउन आग्रह
काठमाडौँ महानगरपालिकाको हटलाइन नम्बरमा नियमित फोहर सङ्कलन गर्न र धुलोमुक्त काठमाडौँ बनाउनुपर्नेजस्ता विषयमा गुनासो बढी आएको छ । डेढ वर्षदेखि कामपाले नागरिकको जनगुनासो सुन्न हटलाइन नम्बर तय गरे पनि यो नम्बरबारे पर्याप्त जानकारी नहुँदा उल्लेख्य गुनासो पर्न सकेको छैन । हटलाइनमा डेढवर्षमा हालसम्ममा परेको ९४ गुनासो मध्ये धेरै धुलोमुक्त र नियमित फोहर उठाउनका लागि परेको हो । यसको अर्थ कामपामा अन्य...
-
२०७६ फाल्गुण १५, बिहिबार
चारपाङ्ग्रे म्याजिकको रुट निर्धारण
जिल्लामा यात्रु बोक्ने चार पाङ्ग्रे म्याजिकको रुट निर्धारण गरिएको छ । बजार क्षेत्रमा बढ्दो चाप र ग्रामीण क्षेत्रमा यातायात साधनको अभाव भएपछि व्यवस्थित गर्दै ५८३ म्याजिकलाई १२ रुटको अनुमति दिइएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले भरतपुर महानगरपालिका र म्याजिक यातायात व्यवसायीको साझा संस्था संयुक्त यातायात व्यवसायी समितिसँग समन्वय गरेर रुट इजाजत प्रदान गरेको हो । आज यहाँ आयोजित रुट नम्बर...
-
२०७६ फाल्गुण १५, बिहिबार
अधिकारीको पूर्णकदको शालिक अनावरण
अघिल्लो वर्ष फागुन १५ गते हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाउनुभएका तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको पूर्णकदको शालिक आज अनावरण गरिएको छ । पोखरा महानगरपालिका–१८ जामुनाबोटमा राष्ट्रिय विभूति तथा शहीद उद्यान व्यवस्थापन समितिद्वारा निर्मित अधिकारीको शालिक गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अनावरण गर्नुभयो । उद्यान परिसरमा गण्डकी प्रदेश सरकारले...
-
२०७६ फाल्गुण १५, बिहिबार
‘दुबो र फूलमा मन थाम्न सक्दैनौँ हामी’
‘यसपालीको महाशिवरात्रिमा पशुपतिनाथ परिसरलाई फूल र प्रकाशले सजाउने सोँच आयो । अनि तत्कालै एउटा प्रश्न पनि तेर्सियो– बाँदरबाट कसरी जोगाउने होला रु त्यही पीरमा बसिरहेको थिएँ, फूलले त सजाउने तर शिवरात्रि पछाडि कसरी व्यवस्थापन गर्नुहुन्छ रु अर्को प्रश्न आयो । त्यस प्रश्नमा मेरो पहिलो जवाफ थियो– पहिले फूलको सौन्दर्यको आनन्द त लिउँ, सौन्दर्यको आनन्द लिनुभन्दा पहिल्यै फोहरको व्यवस्थापन कसरी गर्ने भन्ने...
-
२०७६ फाल्गुण १५, बिहिबार
मगरलाई प्रयोगका पात्र मात्र बनाइयो ः मुख्यमन्त्री राउत
मुख्यमन्त्री लालबाबु राउतले हरेक कालखण्डमा मुलुकका लागि ज्यानको आहुती दिने मगर समुदायलाई शासक वर्गले प्रयोगको पात्र बनाएको बताउनुभएको छ । नेपाल मगर सङ्घको ३८औँ स्थापना दिवसको अवसरमा प्रदेश नं २ को कमिटीले रौतहटको मङ्गलपुरमा आज आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री राउतले राज्यको हरेक परिवर्तनको अग्रपक्तिमा रहने मगर समुदायलाई आज पनि आफनो पहिचानको लागि सङ्घर्ष गर्ने अवस्था रहनु दुर्भाग्यपूर्ण...


