STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ फाल्गुण १४, बुधबार

    राष्ट्रपति भण्डारी सुदूरपश्चिम भ्रमणमा

    राष्ट्रपति विद्यादेवी भण्डारी आजदेखि सुदूरपश्चिम भ्रमणमा आउनुहुने कार्यक्रम छ । तीनदिने भ्रमणका क्रममा राष्ट्रपति भण्डारी बैतडीसहित सुदूरपश्चिमका पाँच जिल्लाका विभिन्न कार्यक्रममा सरिक हुने जनाइएको छ । राष्ट्रपतिबाट आज मध्याह्न १२ बजे धनगढीमा हुने विश्व नेपाली साहित्य महोत्सवको उद्घाटन र आजै २ बजे शिवनगर खानेपानी आयोजनाको निरीक्षण गर्ने कार्यक्रम छ । भोलि १५ गते बिहीबार दिउँसो २ बजे बैतडीको...

  • २०७६ फाल्गुण १४, बुधबार

    ‘सिद्धबैजनाथ’ टू ‘मानसरोवर’

    कञ्चनपुर जिल्ला धार्मिक दृष्टिले सिद्धबैजनाथको भूमिका रूपमा चिनिन्छ । यहाँका सबैजसो स्थानीय तहमा सिद्धबैजनाथ बाबाको मठमन्दिर छरिएर रहे पनि प्राचीन सिद्धनाथ बाबाको मन्दिर भीमदत्तनगरपालिकाको ब्रह्मदेव क्षेत्रमा रहेको छ । कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको तिङ्करसम्म करिब ४२५ किलोमिटर महाकाली करिडोरको सडक निर्माणाधीन अवस्थामा छ । भारतदेखि चीनसम्म जोडिने नाका भएकाले यसलाई व्यापारिक मार्गका रूपमा...

  • २०७६ फाल्गुण १४, बुधबार

    क्यान इन्फोटेकमा सूचना प्रविधि सङ्ग्रहालय पुरानो र नयाँ प्रविधि एकै ठाउँमा

    कम्प्युटर एसोसिएसन अफ नेपाल क्यान महासङ्घ कास्की शाखाद्वारा आयोजित क्यान इन्फोटेकमा राखिएको सूचना प्रविधि सङ्ग्रहालयको कक्ष पुराना र नयाँ पुस्ताका लागि आकर्षक बनेको छ । विशेषगरी नेपालमा प्रविधिको विकास कहिले भयो र कुन–कुन समयमा यसको विकास हुँदै गयो भन्ने जानकारीसहित राखिएका पुराना प्रविधिले अवलोकनकर्ताको ध्यानाकर्षण गराएको हो । सङ्ग्रहालयका संयोजक एवं क्यान सदस्य पुरुषोत्तम कुँवरले पुराना र...

  • २०७६ फाल्गुण १४, बुधबार

    मगर दिवसमा सार्वजनिक बिदा

    तनहुँको म्याग्दे गाउँपालिकाले मगर दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गाउँपालिकाले ३८औँ मगर दिवसको अवसरमा फागुन १५ गते बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । मगर समुदायको बाक्लो उपस्थिति रहेको गाउँपालिकामा मङ्गलबारको निर्णयानुसार सार्वजनिक बिदा दिइएको गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले जानकारी दिनुभयो । सार्वजनिक बिदाका दिन गाउँपालिकाभित्रका सार्वजनिक निकाय, सङ्घसंस्था,...

  • २०७६ फाल्गुण १४, बुधबार

    मानवअधिकारवादी संस्था ‘हस्टेल फर हुमनिटी’ नेपालमा

    स्थानीय समुदायमा स्वास्थ्य र शिक्षाबारे वकालत तथा सहकार्य गर्ने उद्देश्यले मानवअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय संस्था ‘हस्टेल फर हुमनिटी’ नेपाल च्याप्टरको शुभारम्भ गरिएको छ । मानवअधिकारसम्बन्धी विश्वव्यापी घोषणापत्रअनुरुप संस्थाले न्याय र मानवअधिकारको पक्षमा लडिरहेका समुदायको पक्षमा सरोकार भएका संस्थासँग साझेदारी गरेर काम गर्ने जनाएको छ । शिक्षा र स्वास्थ्यसम्बन्धी आधारभूत आवश्यकताबाट वञ्चित...

  • २०७६ फाल्गुण १४, बुधबार

    तीन ज्येष्ठ सञ्चारकर्मीलाई अभिनन्दन गरिने

    न्हू प्रेष्टिज नेपाः मासिक, उज्यालो रेडियो नेटवर्कको लहना कार्यक्रम र ‘नेपाल मण्डल’ टेलिभिजनलाई पनि सम्मान गरिने काठमाडौं– नेपालका तीनजना ज्येष्ठ पत्रकार एवं सञ्चारकर्मीलाई यही फागुन १७ गते शनिबार एक कार्यक्रमबीच अभिनन्दन गरिने भएको छ । नेवाः प्रेस दबू नेपालको आयोजनामा ‘पाका संचारकर्मी एवं राष्ट्रिय ज्येष्ठ नागरिक महासंघ’का अध्यक्ष मदनदास श्रेष्ठ, वरिष्ठ सञ्चारकर्मी एवं समाजसेवी कृष्णा...

  • २०७६ फाल्गुण १४, बुधबार

    मुढेमा हिल स्टेशन निर्माण गरिने

    सिन्धुपाल्चोकको लिसङ्खुपाखर गाउँपालिका–५ स्थित मुढेमा ६० फिट उचाइको हिल स्टेशन निर्माण गरिने भएको छ । नेपाल भ्रमण वर्ष २०२० को सन्दर्भमा बढीभन्दा बढी पर्यटक भित्र्याउने उद्देश्यले वाग्मती प्रदेश सरकारको रु आठ करोड ८५ लाख अनुदान सहयोगमा निर्माण गर्न लागेको हो । दुई वर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको उक्त टावरको विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको गाउँपालिकाको अध्यक्ष कमल...

  • २०७६ फाल्गुण १४, बुधबार

    पाथरखोलामा २० भेडा मरेसके उपचार गर्न जनशक्ति छैन

    हिमा गाउँपालिका–६ स्थित महाबैपाथरखोलका कृषक छत्रबहादुर अधिकारीको भेडीखर्कमा रहेका २० भेडा मरेका छन् । अज्ञात रोगले मङ्गलबार ती भेडा मर्दा झण्डै डेढ लाख बराबरको क्षति भएको उहाँले जानकारी दिनुभयो । “भुँडी ढाडिइ पहेँलो पातलो दिसा गरेर भेडा मरे। ” कृषक अधिकारीले भन्नुभयो । अहिले त्यस्तो रोग भेडीखर्कमा फैलिएको छ । नियन्त्रणमा कुनै पहल भएको छैन । “जीविकोपार्जन गर्न सानाठूला गरी ६५ भेडा पालेको थिए । २०...

  • २०७६ फाल्गुण १४, बुधबार

    गोकुलप्रसाद बाँस्कोटाको अडियो छानबिन गर्न माग सांसदको माग

    प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद रेखा कुमारीले निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको अडियो प्रकारणमा छानबिन गर्न सरकारसित माग गर्नुभयो । सांसद भवानीप्रसाद खापुङले भ्रष्टाचारमा संलग्न हुनेलाई कडा कारवाही गर्न जोड दिनुभयो । सांसद राजेन्द्रप्रसाद गौतम, रामबहादुर विष्ट र विमला नेपालीले नेपालको सिमाना क्षेत्र जोगाउन सरकारको ध्यानाकषर्ण गराउनुभयो । सांसद...

  • २०७६ फाल्गुण १३, मंगलबार

    राष्ट्रिय परिचयपत्र बनाउने क्रम बढ्दो

    अछाममा राष्ट्रिय परिचयपत्र बनाउनेको सङ्ख्या साढे चार हजार नाघेको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार हालसम्म चार हजार ६१९ जनाले परिचयपत्र बनाएका छन् । राष्ट्रिय परिचयपत्रका लागि फाराम भर्नेमा एक हजार ७२४ महिला र दुई हजार ८९५ जना पुरुष रहेको कार्यालयले जनाएको छ । रास्ट्रिय परिचयपत्रमा नाम दर्ता गराउनेमध्ये पुरुषको सङ्ख्या एक हजार १७१ ले बढी रहेको प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठले जानकारी...

  • २०७६ फाल्गुण १३, मंगलबार

    मौसम पूर्ण सुधार हुन अझै केही दिन लाग्ने

    पश्चिमी न्यून चापीय वायुको प्रभाव अझै दुई–तीन पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रकृति कमजोर रहे पनि तल्लो वायुमण्डलमा स्थानीय वायुको प्रभाव रहेकाले बदलीसँगै हल्का वर्षा भइरहेको मौसमविद् राजु प्रधानाङ्गले बताउनुभयो । “अहिलेकोे प्रकृति हेर्दा अझै दुई–तीन दिन मौसम सुधार हुने अवस्था छैन”, मौसमविद् प्रधानाङ्गले भन्नुभयो । उहाँका अनुसार प्रि–मनसुनको...

  • २०७६ फाल्गुण १३, मंगलबार

    ज्येष्ठ सञ्चारकर्मीको अभिनन्दन र तीन नेवाः मिडियालाई सम्मान गरिने

    नेपालका तीनजना ज्येष्ठ पत्रकार सञ्चारकर्मी तथा समाजसेवीहरुलाई यही शनिबार अभिनन्दन गरिने भएको छ । नेवाः पत्रकार तथा सञ्चारकर्मीहरुहरुलाई आपत विपतमा सहयोग गर्न श्रमजीवीहरुद्वारा नै गठित नेवाः पत्रकार कोषको सहयोगार्थ नेवाः प्रेस दबू नेपाःको आयोजनामा गरिन लागिएको कार्यक्रममा पाका सञ्चारकर्मी तथा राष्ट्रिय ज्येष्ठ नागरिक महासंघका अध्यक्ष मदन दास श्रेष्ठ, वरिष्ठ सञ्चारकर्मी तथा समाजसेवी कृष्णा...

Pages