STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ फाल्गुण १९, सोमबार

    भारतीय प्रमद्वारा प्रम ओलीको सफल मिर्गौला प्रत्यारोपणको कामना

    भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीको सफल मिर्गौला प्रत्यारोपण र शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ । प्रधानमन्त्री ओलीलाई सुख, सुस्वास्थ्य र दीर्घजीवनका निम्ति पशुपतिनाथको निरन्तर कृपा रहिरहने कामना पनि प्रधानमन्त्री मोदीले आज ट्वीटमार्फत गर्नुभएको छ । भारत र नेपालबीचको सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन प्रधानमन्त्री ओलीको निरन्तर योगदानको आशा उहाँले गर्नुभएको छ...

  • २०७६ फाल्गुण १९, सोमबार

    राष्ट्रिय सुरक्षासम्बन्धी उच्चस्तरीय अध्ययन कक्षा

    नेपाली सेनाको शिवपुरीस्थित आर्मी कमान्ड एन्ड स्टाफ कलेजमा राष्ट्रिय सुरक्षासम्बन्धी उच्चस्तरीय अध्ययन कक्षा आजदेखि शुरु भएको छ । राष्ट्रिय सुरक्षा र राष्ट्रिय हितबारे एकै खालको बुझाइ र समान धारणा बनाउन योगदान पुगोस् भन्ने हेतुले आयोजना गरिएको उक्त कक्षामा रक्षा, गृह, वन तथा वातावरण र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका उच्च तहका अधिकृत सहभागी हुनुहुन्छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र...

  • २०७६ फाल्गुण १९, सोमबार

    कोभिड–१९ः उच्च सतर्कता अपनाउन ध्यानाकर्षण

    प्रतिनिधिसभाको आजको बैठकमा सांसदले कोरोना भाइरसको सङ्क्रमणबाट नेपालीलाई जोगाउन सरकारको ध्यानाकर्षण गर्नुभएको छ । प्रतिनिधिसभाको शून्य समयमा अञ्जना विशुन्खे, अतहरकमाल मुसलमान, एकवल मियाँ, कलिला खातुन, तुलसा थापा, कृष्णभक्त पोख्ररेल, खगराज अधिकारी, गङ्गा चौधरी, छक्कबहादुर लामा, जिपछिरिङ लामा, जीवनराम श्रेष्ठ र जुलीकुमारी महतोले कोभिड–१९ बाट बच्नका लागि उच्च सतर्कता अपनाउन सरकारको ध्यानाकर्षण...

  • २०७६ फाल्गुण १९, सोमबार

    मूर्तिकला हेर्न टेउवामा आन्तरिक पर्यटकको भीड

    बागलुङ जिल्लाको गलकोट नगरपालिका–५ स्थित टेउवामा निर्माणाधीन खुला मूर्तिकला कार्यशाला अवलोकनका लागि आन्तरिक पर्यटकहरुको भीड नै लागेको छ । विसं २०७३ मा स्थापना भएको गलकोट कला प्रतिष्ठानले टेउवामा निर्माण थालेको खुला सङ्ग्रहालय निर्माण स्थलमा भइरहेको मूर्तिकला कार्यशाला अवलोकनका लागि दैनिक एक हजारदेखि एक हजार ५०० आन्तरिक पर्यटक आउन थालेका हुन् । यही फागुन ५ गतेदेखि टेउवामा शुरु अन्तर्राष्ट्रिय...

  • २०७६ फाल्गुण १९, सोमबार

    भक्तपुर सडकमा ‘राडार गन’ जडान

    तीव्र गतिमा सवारीसाधन चलाउँदा हुने दुर्घटनालाई रोक्ने उद्देश्यले महानगरीय प्रहरी परिसरले अरनिको राजमार्ग खण्डअन्तर्गत भक्तपुर खण्डमा दुईवटा अत्याधुनिक ‘राडान गन’ जडान गरेको छ । विकसित देशमा सडकमा सवारीसाधनको गति नाप्न प्रयोग हुने यस प्रकारको उपकरण नेपालमा पहिलोपटक ल्याइ भक्तपुरको सडकमा जडान गरिएको जनाइएको छ । महानगरीय प्रहरी परिसरका प्रहरी उपरीक्षक सबिन प्रधानले सडकमा सवारीसाधानको गति नाप्ने यस...

  • २०७६ फाल्गुण १९, सोमबार

    इन्धनमा कर नथप्न आग्रह

    प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा नेपाल कम्युनिष्ट पार्टी नेकपाका देवेन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यलाभको कामना गर्दै पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि आइतबार भएको अमानवीय व्यवहारको भत्र्सना गर्नुभयो । उहाँले सो विषयमा गृहमन्त्रालयको ध्यानाकर्षण गराउँदै शान्ति सुरक्षालाई सुदृढ बनाउन जोड दिनुभयो । सांसद पौडेलले कोरोना भाइरस करिब ६४ देशमा पुगिसकेको...

  • २०७६ फाल्गुण १९, सोमबार

    सुदूरपश्चिमका सात स्थानमा कोरोना भाइरस जाँच कक्ष

    सुदूरपश्चिम प्रदेश सरकारले कोरोना भाइरसको सम्भावित लक्षण जाँचका लागि सुदूरपश्चिमका सात स्थानमा हेल्थ डेस्क स्थापना गरेको छ । कोरोना भाइरसको सम्भावित लक्षण जाँचका लागि दार्चुला, बैतडी, कैलाली र कञ्चनपुर गरी सात स्थानमा आवश्यक प्रविधिसहित स्वास्थ्यकर्मीको टोली परिचालन गरेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता हेमराज खड्काले पश्चिमी सीमानाका र गेटा विमानस्थलमा आवतजावत गर्ने...

  • २०७६ फाल्गुण १८, आइतबार

    राम्रा कामको प्रचार नहुँदा नकारात्मक टिप्पणी भयो मुख्यमन्त्री पोखरेल

    प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले भूमिसम्बन्धी समस्या समाधानलाई सम्बोधन गर्न प्रदेश सरकारले प्राथमिता दिएको जानकारी दिनुभएको छ । “ लामो समयदेखि रहेको भूमि समस्यालाई हल गर्न प्रदेश सरकारले सबै प्रकारका कानूनी प्रक्रिया पूरा गरिसकेको छ । यो समस्या सम्बोधन हुन्छ ।” उहाँले भन्नुभयो । बाँकेको बैजनाथ गाउँपालिकामा रहेका सुकुम्वासीलाई शनिबार जग्गाधनी पुर्जा वितरण गर्दै मुख्यमन्त्री पोखरेलले...

  • २०७६ फाल्गुण १८, आइतबार

    शान्ति आश्रम विकास गर्न महायज्ञ

    पोखरा महानगरपालिका–३२ लामेआहालस्थित राधाकृष्ण मन्दिर शान्ति आश्रमको सर्वाङ्गीण विकास एवं धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने उद्देश्यले श्रीमद्भागवत ज्ञानमहायज्ञ शुरु गरिएको छ । महायज्ञको पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य खगराज अधिकारीले शनिबार शुभारम्भ गर्दै शान्ति र मेलमिलापबिना समाज अघि बढ्न नसक्ने हुँदा अहङ्कार, लोभ, इष्र्याजस्ता कुरा त्याग्नुपर्ने बताउनुभयो । संस्कृति र धर्मको...

  • २०७६ फाल्गुण १८, आइतबार

    चितीखोला घरवासको परिकार मेवाको जाम, तरुलको खिर ।

    गण्डकी प्रदेश सरकार र भानु नगरपालिकाको आर्थिक सहयोगमा भानु नगरपालिका–९ चितीखोलाका २३ घरधुरीमा घरवास होमस्टे सञ्चालनमा ल्याइएको छ । प्रदेश सरकारले रु १० लाख र सो नगरपालिकाले रु १० लाख आर्थिक सहयोग गरेको ग्रिनहिल घरवास व्यवस्थापन समितिका अध्यक्ष धनकुमारी सारुमगरले जानकारी दिनुभयो । यहाँका ती घरधुरीका मगर समुदायले घरवास सञ्चालनमा ल्याएका हुन् । घरवासमा एकैपटक १०० जना बास बस्न मिल्न सक्ने क्षमताको छ...

  • २०७६ फाल्गुण १८, आइतबार

    असिनाले हिउँदेबाली नोक्सानी किसान चिन्तित

    जिल्लाको पूर्वीचौकीमा शनिबार साँझ एक्कासी परेको असिनाले खेतबारीमा लगाइएको गहुँ, जौँ, तोरी तथा तरकारी बालीलगायत अन्य बालीमा ठूलो मात्रामा नोक्सानी पु¥याएको छ । पूर्वीचौकी गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृत टेकबहादुर खड्काले भन्नुभयो, “ साँझ एकाएक परेको असिनाले यहाँका गहुँ, जौँ, तोरी र तरकारीबाली पूरै सखाप पा¥यो ।” सो गाउँपालिका अध्यक्ष दीर्घराज बोगटीले करिब आधा घण्टा असिना परेको र कति क्षति पु¥...

  • २०७६ फाल्गुण १८, आइतबार

    ‘दोस्रो टोखा महोत्सव’ स्थगित

    टोखा नगरपालिकाले यही फागुन २३ देखि २५ गतेसम्म आयोजना गर्न लागेको ‘दोस्रो टोखा महोत्सव–२०७६’ स्थगित भएको जनाएको छ । नगरप्रमुख प्रकाश अधिकारीले कोरोना भाइरस जोखिमका कारण महोत्सव स्थगित गरिएको जानकारी दिनुभयो । “विश्व स्वास्थ्य सङ्गठनले जारी गरेको सूचनाअनुसार भारतलगायत नेपालमा पनि उच्च जोखिम रहेकाले हालका लागि महोत्सव स्थगित गरेका हौँ”, उहाँले भन्नुभयो । नगरपालिकाले महोत्सवको तयारीका लागि विभिन्न...

Pages