राष्ट्रिय
-
२०७६ माघ २२, बुधबार
काठमाडौँ उपत्यकामा सवारीसाधन धोएर प्रवेश
सरकारले काठमाडौँ भित्रने सवारीसाधनले धुलो र हिलो भित्र्याएको भन्दै सरकारले काठमाडौँ भित्रिन सवारीसाधन धोई पखाली मात्रै उपत्यका प्रवेश गराउने भएको छ । सवारीसाधन धुने ठाउँ ९वासिङ सेन्टर० को निर्माण भएपछि उपत्यकामा सवारीसाधनले भित्र्याउने फोहर कम हुने यातायात व्यवस्था विभागले जनाएको छ । उपत्यका भित्रने निजी र सार्वजनिक सबै सवारीसाधन केन्द्रमा धोएर मात्रै उपत्यका छिर्ने व्यवस्था मिलाइने विभागका...
-
२०७६ माघ २२, बुधबार
कोरोना भाइरसको कारण देखाउँदै ओलाङचुङगोला नाका बन्द
कोरोना भाइरसको कारण देखाउँदै ओलाङचुङगोला नाका बन्द कोरोना भाइरसको सङ्क्रमण फैलन सक्ने भन्दै चीनले ताप्लेजुङको ओलाङचुङगोला नाका बन्द गराएको छ । चीनमा फैलिएको कोरोना भाइरस सीमावर्ती हुँदै छिमेकी मुलुकमा समेत फैलन सक्ने भन्दै नाकामा आवतजावत बन्द गराएको हो । यही माघ १६ गते चीनको तिब्बतस्थित रिउ प्रशासनबाट केही अवधिसम्मका लागि आवतजावत नगर्न नगराउन जानकारी भएको फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलाका...
-
२०७६ माघ २२, बुधबार
मिचिएको भूमि फिर्ता ल्याउन सङ्कल्प प्रस्ताव दर्ता
सुदूरपश्चिम प्रदेशसभा सचिवालयमा भारतले मिचेको नेपालको भूमि कालापानी फिर्ता गराउन माग गर्दै मङ्गलबार सङ्कल्प प्रस्ताव दर्ता गरिएको छ । प्रदेशसभामा प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सदस्य कर्णबहादुर मल्ल प्रस्तावक, भरतबहादुर खड्का र टेकबहादुर रैका समर्थक रहेको सङ्कल्प प्रस्ताव दर्ता भएको प्रदेशसभा सचिवालयका सचिव रामसिंह धामीले जानकारी दिनुभयो । भारतले नेपालको सुदूरपश्चिम प्रदेशको लिम्पियाधुरा...
-
२०७६ माघ २१, मंगलबार
एमसिसीलाई अतिरञ्जित र प्रायोजित बनाइयो परराष्ट्रमन्त्री
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले एमसिसीविरुद्ध बाहिर आएका कुरा अनावश्यक, अतिरञ्जित र प्रायोजित भएको बताउनुभएको छ । उहाँले सरकारले देश र जनताको हितलाई केन्द्रविन्दुमा राखेर यस विषयलाई उठान गरेको छ भन्दै बजारमा अनावश्यक विषयमा बहस गरेर मित्र राष्टसँगको सम्बन्धलाई कसैले पनि तीतो बनाउन नहुने बताउनुभयो । आजदेखि गुल्मीमा शुरु हुने स्वास्थ्य बीमा घोषणा कार्यक्रमका सन्दर्भमा गृहजिल्ला आउनुभएका...
-
२०७६ माघ २१, मंगलबार
दुई वर्षभित्र नेपालको बिजुली बङ्गलादेशले बाल्नेछ ः राजदूत डा मिश्र
भौगोलिक सीमाका हिसाबले नेपाल र बङ्गलादेशको दूरी २७ किलोमिटरको छ । असल र सुमधुर सम्बन्ध भएको बङ्गलादेश र नेपालको खानपान, सांस्कृतिक वातावरण, भौगोलिक अवस्था र भाषिक शब्द धेरै मिल्दोजुल्दो छ । हरेक दृष्टिले निकट यी दुई देशबीचको जनस्तरको सम्बन्ध, आपसी सहयोग, व्यापार–व्यवसायको आदानप्रदान र पर्यटन प्रवद्र्धनलगायत विषयमा बङ्गलादेशका लागि नेपाली राजदूत डा वंशीधर मिश्रसँग उहाँकै कार्यकक्षमा राससकर्मी...
-
२०७६ माघ २१, मंगलबार
भत्काइयो दश बालुवा प्रशोधन केन्द्र
हेटौँडा उपमहानगरपालिका क्षेत्रभित्र सञ्चालित १० बालुवा प्रशोधन केन्द्र भत्काइएको छ । जिल्ला अनुगमन समितिले सोमबार हेटौँडाको कुखरेनीखोलामा नदीजन्य पदार्थ ढुङ्गा, गिट्टी, बालुवा अनुगमन गर्ने क्रममा वडा नं ९ र १३ मा अवैधरूपमा सञ्चालित बालुवा प्रशोधन केन्द्र भत्काइएको हो । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख एवं अनुगमन समितिका संयोजक रघुनाथ खुलालको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट...
-
२०७६ माघ २१, मंगलबार
कान कम सुन्ने हिताधिकारीलाई श्रवण यन्त्र उपलब्ध गराइन्छ – सेना
नेपाली सेनाले कल्याणकारी कोषबाट प्रदान गरिँदै आएको ‘सुविधा र सहुलियत’ विस्तार गर्ने भएको छ । सुविधा विस्तार गर्ने क्रममा सेनाले बहालवाला तथा भूतपूर्व सैनिक र तिनका आश्रित परिवारको हितका लागि सबै पृतनामा सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाका अनुसार पहिलो चरणमा सेना दिवसका अवसरमा काठमाडौँमा सहुलियत सुपथ पसल सञ्चालन हुनेछ । यसअघि सेनाद्वारा सञ्चालन हुँदैआएको...
-
२०७६ माघ २१, मंगलबार
तीन प्रतिशत बजेट खर्चः प्रदेशसभा प्रभावकारी नबनेको गुनासो
कर्णाली प्रदेश सरकारलाई विकास निर्माण र जनजीविकाका सवालमा प्रदेशसभाले आवश्यक दबाब दिन नसकेको एक कार्यक्रमका सहभागीले गुनासो गरेका छन् । प्रदेशसभा स्थापनाको दुई वर्ष पुगेको उपलक्ष्यमा आयोजित खुला अन्तक्र्रिया कार्यक्रममा वक्ताले प्रदेश सरकारले जनअपेक्षाअनुसार काम गर्न नसक्दा जनतामा वितृष्णा जागेको बताए । प्रदेशसभा स्थापना भएको आज दुई वर्ष पुग्दैछ । यसै अवसरमा प्रदेशसभा सचिवालयले ‘सङ्घीयता र...
-
२०७६ माघ २०, सोमबार
कर्णाली प्रदेश प्रहरी विधेयकको मस्यौदा तयार
कर्णाली प्रदेश सरकारले प्रदेश प्रहरीसम्बन्धी विधेयकको मस्यौदा तयार पारेको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले शुक्रबारदेखि शुरु हुने प्रदेशसभाको हिउँदे अधिवेशनको प्रारम्भमा विधेयक दर्ता गर्ने जनाएको छ । मन्त्रालयका प्रवक्ता तुलबहादुर खड्काले शान्ति सुरक्षा कायम, अपराधको अनुसन्धान, रोकथाम तथा नियन्त्रण गर्न प्रदेश प्रहरीको गठन, सञ्चालन, व्यवस्थापन र नियमन गर्ने उद्देश्यले प्रदेश प्रहरी कानून...
-
२०७६ माघ २०, सोमबार
सीमा क्षेत्रमा कोरोना सहायता कक्ष
जिल्ला प्रशासन कार्यालय रुपन्देहीले चीनबाट फैलिँदै गएको कोरोना भाइरसको जोखिम मध्यनजर गर्दै नेपाल भारत सीमा क्षेत्रमा सतर्कता अपनाउन जनस्वास्थ्य कार्यालयलाई निर्देशन दिएको छ । भारतसँगको खुला सीमा भएकाले भारतबाट आउने पर्यटकलाई नेपालका स्वास्थ्यकर्मीले निगरानी बढाउन निर्देशन दिएपछि सो क्षेत्रमा स्वास्थ्य जाँचमा कडाइ गरिएको हो । स्थलमार्ग हुँदै सबैभन्दा बढी पर्यटक भित्रिने बेलहिया नाकामा प्रशासनको...
-
२०७६ माघ २०, सोमबार
वासु शशी तथा कुमार सरस्वती पुरस्कारबाट कर्ण शाक्य,ईन्दिरा प्रसाईं र श्रीओम सम्मानित हुने
वासु शशी स्मृति परिषद्ले तीन स्रष्टालाई सम्मान तथा पुरस्कारको घोषणा गरेको छ । परिषद्को हालै बसेको बैठकले वरिष्ठ लेखक तथा समाजसेवी कर्ण शाक्यलाई “वासु शशी साहित्य सम्मान–२०७६” कवि तथा आख्यानकार ईन्दिरा प्रसाईलाई “वासु शशी साहित्य पुरस्कार–२०७६” र साहित्यकार तथा पत्रकार श्रीओम श्रेष्ठ रोदनलाई कुमार(सरस्वती साहित्य पुरस्कार–२०७६” प्रदान गर्ने भएको छ । लेखक शाक्य विगत चार दशकदेखि नेपाली भाषा साहित्य...
-
२०७६ माघ २०, सोमबार
हिमालयबाट चीनका तीन शहरको उडान स्थगित
चीनको वुहान प्रान्तमा फैलिएको कोरोना भाइरसका कारण नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने हिमालय एयरलाइन्सले चीनका विभिन्न गन्तव्यमा उडान स्थगन गरेको छ । एयरलाइन्सले तत्कालका लागि चीनका तीन शहर सेन्जेन, छाङसा र गोया उडान स्थगित गरेको हो । कम्पनीका उपाध्यक्ष विजय श्रेष्ठले कोरोना भाइरसको प्रकोपको सम्भावित जोखिमलाई दृष्टिगत गरी केही समयका लागि उडान स्थगन गरिएको राससलाई जानकारी दिनुभयो । हिमालयले चार्टड...


