STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ माघ २२, बुधबार

    कोरोना प्रभावित क्षेत्रबाट तत्काल नेपालीलाई उद्धार गर्न सरकारको ध्यानाकर्षण

    राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले चीनको वुहान प्रान्तबाट फैलिएको नोभेल कोरोना भाइरस विश्वव्यापी प्रभाव पारिरहेको भन्दै प्रभावित क्षेत्रमा रहेका नेपाली नागरिकलाई तत्काल उद्धार गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकको शून्य समयमा नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसद कोमल ओलीले विश्वभर फैलिरहेको कोरोना भाइरस सङ्क्रमणको नेपालमा कस्तो अवस्था छ  भनेर प्रश्न गर्नुभयो । चीनको प्रभावित क्षेत्रमा...

  • २०७६ माघ २२, बुधबार

    सांसदको गुनासो ः राष्ट्रियसभामाथि प्रश्न किन

    सङ्घीय संसद्को एउटा अङ्गका रुपमा रहेको राष्ट्रियसभाको काम नभएको भन्दै गलत प्रचार गरिएकामा सभाकै एक सदस्यले गुनासो गर्नुभएको छ । नेपालको संविधानले नै माथिल्लो सदनलाई विशेष भूमिका दिइएको भएपनि यसको प्रभावकारिता नभएको भन्दै विभिन्न कोणबाट प्रश्न उठाइएकामा सांसदले नै किन त्यस्तो भएको हो भन्ने प्रश्न गर्नुभयो । नेपाली काँग्रेसका सांसद जितेन्द्रनारायण देवले राष्ट्रियसभाको हैसियतमाथि नै प्रश्न उठ्ने...

  • २०७६ माघ २२, बुधबार

    काठमाडौँ उपत्यकामा सवारीसाधन धोएर प्रवेश

    सरकारले काठमाडौँ भित्रने सवारीसाधनले धुलो र हिलो भित्र्याएको भन्दै सरकारले काठमाडौँ भित्रिन सवारीसाधन धोई पखाली मात्रै उपत्यका प्रवेश गराउने भएको छ । सवारीसाधन धुने ठाउँ ९वासिङ सेन्टर० को निर्माण भएपछि उपत्यकामा सवारीसाधनले भित्र्याउने फोहर कम हुने यातायात व्यवस्था विभागले जनाएको छ । उपत्यका भित्रने निजी र सार्वजनिक सबै सवारीसाधन केन्द्रमा धोएर मात्रै उपत्यका छिर्ने व्यवस्था मिलाइने विभागका...

  • २०७६ माघ २२, बुधबार

    मन्त्री भट्टद्वारा फलाम खानी क्षेत्रको अवलोकन

    उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलगायतको टोलीले मङ्गलबार पूर्वी नवलपरासीको हुप्सेकोट–५ मा रहेको देशकै सबैभन्दा ठूलो धौबादी फलाम खानी क्षेत्रको अवलोकन गरेको छ । सो अवसरमा मन्त्री भट्टले फलाम खानीले देशको आर्थिक विकासमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले दुईदेखि साढे दुई वर्षभित्र फलाम उत्पादनको काम शुरु गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । टोलीमा मन्त्रालयका सचिब...

  • २०७६ माघ २२, बुधबार

    कोरोना भाइरसको कारण देखाउँदै ओलाङचुङगोला नाका बन्द

    कोरोना भाइरसको कारण देखाउँदै ओलाङचुङगोला नाका बन्द कोरोना भाइरसको सङ्क्रमण फैलन सक्ने भन्दै चीनले ताप्लेजुङको ओलाङचुङगोला नाका बन्द गराएको छ । चीनमा फैलिएको कोरोना भाइरस सीमावर्ती हुँदै छिमेकी मुलुकमा समेत फैलन सक्ने भन्दै नाकामा आवतजावत बन्द गराएको हो । यही माघ १६ गते चीनको तिब्बतस्थित रिउ प्रशासनबाट केही अवधिसम्मका लागि आवतजावत नगर्न नगराउन जानकारी भएको फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलाका...

  • २०७६ माघ २२, बुधबार

    मिचिएको भूमि फिर्ता ल्याउन सङ्कल्प प्रस्ताव दर्ता

    सुदूरपश्चिम प्रदेशसभा सचिवालयमा भारतले मिचेको नेपालको भूमि कालापानी फिर्ता गराउन माग गर्दै मङ्गलबार सङ्कल्प प्रस्ताव दर्ता गरिएको छ । प्रदेशसभामा प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सदस्य कर्णबहादुर मल्ल प्रस्तावक, भरतबहादुर खड्का र टेकबहादुर रैका समर्थक रहेको सङ्कल्प प्रस्ताव दर्ता भएको प्रदेशसभा सचिवालयका सचिव रामसिंह धामीले जानकारी दिनुभयो । भारतले नेपालको सुदूरपश्चिम प्रदेशको लिम्पियाधुरा...

  • २०७६ माघ २२, बुधबार

    २२ वर्षदेखि एउटै अध्यक्ष

    नेपालगञ्जको पहिलो ऐतिहासिक महेन्द्र पुस्तकालय उचित रेखदेखको अभावमा धरासायी बन्दै गएको छ । पुस्तकालय सञ्चालक समितिको अध्यक्षमा २२ वर्षदेखि एकै व्यक्तिको एकछत्र रजाइँ भएकाले पनि यो धरासायी बन्दै गएको हो । विसं २०५४ मा कन्हैयालाल टण्डनले अध्यक्षको जिम्मेवारी पाएपछि सञ्चालक समितिको चुनाव नै भएको छैन । नेपालगञ्जका वरिष्ठ साहित्यकार प्राज्ञ सनत रेग्मीले भन्नुभयो, “टण्डनजीको निरङ्कुश प्रवृत्तिका कारण...

  • २०७६ माघ २२, बुधबार

    ललितपुरमा घर नम्बर राख्ने काम अघि बढ्यो

    ललितपुर महानगरपालिका–३ बाट मेट्रिक ठेगाना प्रणालीअनुसार घर नम्बर राख्ने काम अघि बढेको छ । महानरपालिका प्रमुख चिरिबाबु महर्जनले मङ्गलबार तीनवटा नम्बरप्लेट ‘१८७३ सत्यमोहन जोशी मार्ग’ महानगरपालिकाको कार्यालयमा, ‘२९१ पुल्चोक झम्सीखेल मार्ग’ वडा नं ३ को कार्यालयमा र ‘३५ भनीमण्डल मार्ग’ लिखित प्लेट सेन्टमेरिज विद्यालयको गेटमा टाँसेर उक्त कामको शुभारम्भ गर्नुभयो । ग्वार्कोबाट महानगरपालिकाको पछाडि उत्तरी...

  • २०७६ माघ २२, बुधबार

    कर्णाली प्रदेश जोड्ने सडक कालिकोट सिमानासम्म पुग्यो

    कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतबाट कर्णालीका विभिन्न जिल्ला जोड्ने सडकको काम अहिले धमाधम चलिरहेको छ । सदरमुकाम दैलेख बजारको मध्यभाग हुँदै कालिकोट र जुम्ला जोड्ने त्रिदेशीय सडकको कामलाई तीव्र पारिएको छ । दैलेख खण्डको भागमा रहेको कुसापानीदेखि बेहुलीको लेकसम्मको सडक खोल्ने काम सकिएको छ । कालिकोटको सिमानासम्म सडकको कच्ची मार्ग खोल्ने क्रम सकिएको छ । सुर्खेत हुँदै दैलेखको तल्लो ढुगेश्वर...

  • २०७६ माघ २२, बुधबार

    मुस्ताङमा छैन कोरोनाको चिन्ता

    छिमेकी मुलुक चीनको तिब्बतसँग जोडिएको हिमालपारिको जिल्ला मुस्ताङमा कोरोना भाइरसको कुनै प्रभाव परेको छैन । चीनसँग नाका जोडिएका अन्य जिल्लामा उच्च सतर्कता अपनाइएको भए पनि मुस्ताङ जिल्लाभर कुनै प्रभाव नदेखिएको प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार बाक्लो हिमपातका कारण उत्तरी मुस्ताङमा दुई सातादेखि आवतजावतसमेत ठप्प छ । उत्तरी मुस्ताङ र तिब्बत जोड्ने कालीगण्डकी...

  • २०७६ माघ २२, बुधबार

    राप्ती बगरको मालपोत तिर्नुपर्ने बाध्यता

    नदीले कटान गरेर डुडुवा गाउँपालिका–१ होलियाका बलिराम लोनियाको जमीन बगर बनायो । विसं २०४६ सम्म नदीले लगातार जमीन कटान गरेर सखाप बनाएपछि उहाँ सुकुम्वासी बन्नुभयो । “जमीन छैन भन्ने हो भने लालपुर्जा छ, तर जमीनले दिनेभन्दा लिने मात्र गरिरहेको छ”, उहाँले भन्नुभयो । नदीका कारण दुःख पाइरहेका उहाँलाई स्थानीय सरकारले पीडा थपिदिएको छ । उहाँले प्रतिकठ्ठा रु पाँचका दरले जमीनको मालपोत तिर्दै आउनुभएको छ । “...

  • २०७६ माघ २२, बुधबार

    त्रिशूलीपारि सडक निर्माण गरिने

    पृथ्वी राजमार्ग विस्तार भइरहँदा त्यसको विकल्पका रूपमा त्रिशूली परिपट्टि सडक निर्माणको योजना बनाइएको छ । राजमार्गको समानान्तरमा गल्छीदेखि विशालटारसम्म दुई लेनको सहायक सडक निर्माण गर्न लागिएको हो । पहिले नै ट्र्याक खुलिसकेको सडक भएकाले यसलाई स्तरोन्नति गरेर सञ्चालनमा ल्याउन समस्या नहुने सडक विभाग, विकास सहायता कार्यान्वयन महाशाखाका प्रमुख अर्जुनजङ्ग थापाले बताउनुभयो । स्थानीय निकायले अहिले नै...

Pages