STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ माघ २४, शुक्रबार

    आरोपत्र दायर

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको आरोपमा नापी कार्यालय वीरगञ्जमा कार्यरत सर्भेक्षक रामनरेश पासवानविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । निजले जग्गा हालसाविक गरी पुनःनापीको जग्गाधनी प्रमाणपुर्जा बनाइदिने बहानामा सेवाग्राहीसँग रु ७५ हजार घुस लिएको अवस्थामा आयोगको टोलीले नियन्त्रणमा लिएको थियो । निजले सेवाग्राहीसँग जग्गा हालसाविक गरी नयाँ पूर्जा मिलाइदिने भनी...

  • २०७६ माघ २४, शुक्रबार

    साहित्यकार–राजनीतिज्ञ भट्टको अभिनन्दन फागुन २३ मा

    प्रगतिशील लेखक सङ्घ ९प्रलेस०को आयोजनामा साहित्यकार तथा राजनीतिज्ञ आनन्ददेव भट्टको सार्वजनिक अभिनन्दन आगामी फागुन २३ गते यहाँ हुने भएको छ । वरिष्ठ माक्र्सवादी चिन्तक भट्टको अभिनन्दनका लागि प्रलेसका अध्यक्ष जीवेन्द्रदेव गिरीको संयोजकत्वमा ५०१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । समितिअन्तर्गत अध्यक्ष गिरीकै संयोजकत्वमा प्रकाशन, वासुदेव अधिकारीको संयोजकत्वमा आर्थिक, मातृका पोखरेलको संयोजकत्वमा...

  • २०७६ माघ २४, शुक्रबार

    गिट्टी कुटेर परिवार पाल्न विवश छन्, शारीरिक अपाङ्ग विष्ट

    तेजबहादुर विष्टको दाहिने खुट्टाको कम्मरमुनिको भाग छैन । वैशाखीको सहाराबिना उहाँ हिँडडुल गर्न सक्नुहुन्न । शारीरिकरूपमा अपाङ्ग भएपनि उहाँले गिट्टी कुटेर चार जनाको परिवार पाल्दै आउनुभएको छ । जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीका ३१ वर्षीय उहाँले विगत सात वर्षदेखि गिट्टी कुटेर आफ्नो परिवारको जीविकोपार्जन चलाउँदै आउनुभएको छ । विसं २०६९ मा ट्र्याक्टर दुर्घटना हुँदा उहाँले दाहिने खुट्टा गुमाउनुभएका थियो...

  • २०७६ माघ २४, शुक्रबार

    हेटौँडा अस्पतालमा छुट्टै ‘नोबेल कोरोना उपचार कक्ष

    हेटौँडा अस्पतालले कोरोना भाइरस उपचार गर्न छुट्टै ‘कोरोना भाइरस उपचार कक्ष ’तयार गरेको छ । वाग्मती प्रदेश सरकार अन्तर्गतको सबैभन्दा ठूलो अस्पतालका रुपमा यो अस्पताल रहेको छ । सो भाइरसका लक्षण देखिएका विरामी आएमा छुट्टै कक्षमा राखी उपचार गर्ने व्यवस्था मिलाइएको अस्पतालका प्रमुख डा प्रवीण श्रेष्ठले जानकारी दिनुभयो । सामाजिक विकास मन्त्रालयको निर्देशनअनुसार अस्पतालले दुई वटा कोठा छुट्याएकोे छ ।...

  • २०७६ माघ २३, बिहिबार

    औषधि सेवन नगरे सरकारी सेवाबाट वञ्चित

    जिल्ला समन्वय समिति बाँकेले हात्तीपाइले रोगविरुद्धको औषधि सेवन नगर्नेलाई स्थानीय तहबाट प्रदान हुने सेवासुविधा नदिने निर्णय गरेको छ । बाँकेमा हात्तीपाइले रोगविरुद्ध खुवाइने औषधि सेवन गर्न सर्वसाधारणले आनाकानी गरेपछि जिल्ला समन्वय समिति बाँकेले सो निर्णग गरेको हो । समन्वय समितिका संयोजक अजयकुमार श्रीवास्तवले उक्त रोगविरुद्धको औषधि सेवन नगर्नेलाई स्थानीय तहबाट प्रदान हुने सेवासुविधा नदिने निर्णय...

  • २०७६ माघ २३, बिहिबार

    अन्तर्राष्ट्रिय बौद्ध केन्द्रलाई तीन करोड

    काठमाडौँ महानगरपालिकाले अन्तर्राष्ट्रिय बौद्ध भवन केन्द्रको धम्महल भवन निर्माण गर्न रु तीन करोड बढी रकम अनुदानस्वरुप प्रदान गरेको छ । कामपाका प्रमुख विद्यासुन्दर शाक्यले केन्द्रका अध्यक्ष प्रतीकरत्न ताम्राकारलाई रु तीन करोड एक लाख ६९ हजार २०० अनुदान रकम उपलब्ध गराउनुभएको हो । प्रमुख शाक्यले कामपाले भौतिक पूर्वाधार विकास, शहरी सेवा व्यवस्थापन र सम्पदा पुनःनिर्माणसँगै आफ्नो क्षेत्रभित्रका...

  • २०७६ माघ २३, बिहिबार

    प्रेस स्वतन्त्रता कुण्ठीत गर्न नपाइने सरोकारवालाहरुको भनाई

    प्रेस स्वतन्त्रता वा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठीत गर्ने कुनै पनि प्रकारका विधेयक स्वीकार्य नहुने सरोकारवालाहरुले बताएका छन् । बुधबार काठमाडौंमा आयोजित ‘प्रेस स्वतन्त्रताको वर्तमान अवस्था र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले प्रेस स्वतन्त्रतालाई राज्यले कुनै पनि बहानामा नियन्त्रण गर्न नपाइने बताए । कार्यक्रममा बोल्दै वरिष्ठ पत्रकार सुरेशकिरण मानन्धरले समग्र पत्रकारिता क्षेत्रमा...

  • २०७६ माघ २३, बिहिबार

    ‘भ्रष्टाचार नगर्ने र अरूलाई पनि गर्न नदिने भनाइ पुष्टि’

    राष्ट्रियसभाका सांसदले प्रधानमन्त्रीले आफूले भ्रष्टाचार नगर्ने र अरूलाई पनि गर्न नदिने भनाइ पुष्टि भएको जनाउँदै सरकारलाई धन्यवाद व्यक्त गरेका छन् । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसद युटोल तामाङले भन्नुभयो, “प्रधानमन्त्रीले आफूले भ्रष्टाचार गर्दिन र अरूलाई पनि गर्न दिन्न भन्ने भनाइ पुष्टि भएको छ, सरकारले भ्रष्टाचार न्यूनीकरण गरेको छ ।” सांसद बलरामप्रसाद बाँस्कोटाले अख्तियार दुरुपयोग...

  • २०७६ माघ २३, बिहिबार

    ललिता निवास जग्गा प्रकरण प्रमुख प्रतिपक्षीबाट अवरोध

    प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले बालुवाटारको ललिता निवास जग्गा अनियमितता प्रकरणमा अख्तियार दुरुपयोेग अनुसन्धान आयोगबाट भेदभावपूर्ण व्यवहार भएको भन्दै प्रतिनिधिसभाको आजको बैठक अवरोध गरेको छ । सो पार्टीका सांसदको अवरोधका कारण बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगन भएको हो । बैठकको प्रारम्भमा सभामुखसँग समय लिएर काँग्रेसका सचेतक पुष्पा भुसालले तत्कालीन सरकारले गरेका निर्णयका आधारमा कुनै मन्त्री र...

  • २०७६ माघ २३, बिहिबार

    अध्यक्ष प्रचण्ड र बेलायती राजदूत पोलिटबीच भेटवार्ता

    नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि संयुक्त अधिराज्यका बेलायत नवनियुक्त राजदूत निकोला पोलिटले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । खुमलटारमा आज बिहान भएको भेटवार्तामा दुई देश बीचको आपसी हितका विषयमा कुराकानी भएको बताइएको छ । सो अवसरमा पूर्वप्रधानमन्त्री प्रचण्डले नेपालको विकासमा बेलायतले गर्दै आएको सहयोगप्रति धन्यवाद दिनुभएको उहाँको निजी सचिवालयले जनाएको छ ।...

  • २०७६ माघ २३, बिहिबार

    अरुण तेस्रोमा जुट्यो एक खर्ब, दुई नेपालीसहित पाँच भारतीय बैंकको लगानी

    भारतीय कम्पनी सतलज विद्युत् निगमले निर्माण गरिरहेको अरुण तेस्रो जलविद्युत् आयोजनाको लगानी जुटेको छ । आयोजनाका लागि रु एक खर्ब बराबरको लगानी जुटेको हो । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार आयोजनामा नेपाली बैंकले रु १५ अर्ब बढी लगानी गरेका छन् भने बाँकी रु ८५ अर्ब लगानी भने भारतीय बैंकले लगानी गर्ने भएका हुन् । आयोजना निर्माणका लागि सतलज विद्युत् निगमले एसजेभिएन नामक कम्पनी...

  • २०७६ माघ २३, बिहिबार

    सडक सञ्जालले जोड्यो बेलढुङ्गा र स्वर्गाश्रमलाई

     बागलुङ र म्याग्दीको सीमामा अवस्थित पर्यटकीयस्थल बेलढुङ्गा र स्वर्गाश्रमलाई सडक सञ्जालले जोडेको छ । पर्यटकसँगै सर्वसाधारणको आउजाउ सहज बनाउन बागलुङको काठेखोला गाउँपालिका–३ धम्जादेखि म्याग्दीको बेनी नगरपालिका–३ भकिम्ली जोड्ने सडक मार्ग खोल्ने कामगत वर्षदेखि शुरुआत गरिएको थियो । सीमास्थल देउरालीमा दुवैतर्फका पालिकाले हालै सडक पु¥याएका हुन् । धम्जाको ओखलेदेखि तीन किमि र भकिम्लीको स्वर्गाश्रमदेखि पनि...

Pages