STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ माघ २०, सोमबार

    सरकार सही गतिमा छ ः मन्त्री भट्टराई

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री योगेश भट्टराईले केपी शर्मा ओली नेतृत्वको सरकार सही बाटोमा रहेको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपा तनहुँले आज दमौलीमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले सरकार गलत बाटोमा नरहेको जिकिर गर्नुभयो । मन्त्री भट्टराईले सरकारको बाटो, दिशा र गन्तव्य सही रहेको बताउँदै भन्नुभयो, “सरकारको बाटो सही हुँदाहुँदै पनि कहिलेकाहीँ अप्ठ्यारा बाटो...

  • २०७६ माघ २०, सोमबार

    सभागृहको काम अघि बढ्दै

    अर्थ मन्त्रालयले रु एक अर्ब ५९ करोड ६७ लाखको स्रोत सुनिश्चित गरिदिएपछि सभागृह सिटिहल को काम अघि बढेको छ । भरतपुर महानगरपालिका–१० मा जिल्ला समन्वय समितिले उपलब्ध गराएको चार बिघा दुई कट्ठा जग्गामा निर्माण हुँदैछ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले यही महिनाभित्रमा सभागृह निर्माणका लागि बोलपत्र आह्वान गरिने र आगामी बैशाख महिनाभित्रमा शिलान्यास गरिने जानकारी दिनुभयो । सघन शहरी तथा भवन निर्माण...

  • २०७६ माघ २०, सोमबार

    नेपाल टेलिभिजन अङ्ग्रेजी च्यानल सञ्चालनमा ल्याइने

    सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले यसै आर्थिक वर्षभित्र नेपाल टेलिभिजनको अङ्ग्रेजी विश्व च्यानलको शुभारम्भ गराइने घोषणा गर्नुभएको छ । सो टेलिभिजनको ३५औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा मन्त्री बाँस्कोटाले राष्ट्रको छवि माथि उठ्ने नयाँ कामका रुपमा सो परियोजनालाई लिएर आगामी छ महिनाभित्र ‘एनटिभी वल्र्ड’ शुभारम्भको तयारी गर्न व्यवस्थापनलाई निर्देशन दिनुभयो । उहाँले...

  • २०७६ माघ २०, सोमबार

    रश्मोर बरो काउन्सिल र गोरखाबीच भगिनी सम्बन्ध

    गोरखा नगरपालिका र बेलायतको रश्मोर बरो काउन्सिलबीच भगिनी सम्बन्ध कायम भएको छ । सोसम्बन्धी सम्झौतापत्रमा रश्मोर बरोका तर्फबाट मेयर सेलस्वई कार्टर र गोरखाका तर्फबाट नगर प्रमुख राजनराज पन्तले हस्ताक्षर गर्नुभयो । नेपालको कूटनीतिक सम्बन्धमा सबैभन्दा पुरानो मित्र एवं बेलायतको सेनामा आफ्नो छुट्टै पहिचान बनाएको ब्रिगेड अफ गुर्खाजÞमा कार्यरत नेपालीको योगदानलाई बेलायत सरकारले सम्मान गर्दै आइरहेको छ ।...

  • २०७६ माघ १९, आइतबार

    ऋषिले आदर्श राजनीति गर्नुभयो राज्यमन्त्री रावत

    स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावतले तत्कालीन नेकपा ९एमाले०का नेता एवं पहिलो संविधानसभा निर्वाचन २०६४ का उम्मेदवार ऋषिप्रसाद शर्माको हत्याले कम्युनिष्ट आन्दोलनमा अपुरणीय क्षति पुगेको बताउनुभएको छ । ऋषि स्मृति प्रतिष्ठानको वार्षिक साधारणसभालाई शनिबार वीरेन्द्रनगरमा सम्बोधन गर्दै उहाँले ऋषिबाट सङ्घर्ष गर्न सिक्नुपर्ने बताउनुभयो । “इमान्दार, थुपै्रपटक त्याग, तपस्या गर्दै कम्युनिष्ट...

  • २०७६ माघ १९, आइतबार

    नगरसभाद्वारा १२ ऐन स्वीकृत

    बँेसीशहर नगरपालिकाको छैटौँ नगरसभाले संशोधित बजेट, कानून, ऐननियम र कार्यविधि स्वीकृत गरेको छ । नगरप्रमुख गुमानसिंह अर्यालले उद्घाटन गर्नुभएको नगरसभाले १२ ऐन, नियम र कार्यविधि स्वीकृत गरेको छ । शनिबार सम्पन्न नगरसभामा चालू आर्थिक वर्षका लागि कूल संशोधित बजेट रु ७३ करोड ९८ लाख ४८ हजार स्वीकृत गरेको र हालसम्म रु १३ करोड ६९ लाख २६ हजार खर्च भएको जानकारी दिइएको थियो । स्वीकृत ऐन र कार्यविधिमा स्थानीय...

  • २०७६ माघ १९, आइतबार

    पुम्फालाई किमोथेरापी पछि शल्यक्रिया गरिने

    तीन वर्षदेखि आर्थिक अभावका कारण उपचार हुन नसकेर अर्बुद रोगले थलिएकी तातोपानी गाउँपालिका–२ जुम्ला जर्मीगाउँकी ६५ वर्षीया पुम्फा दमार्इंको बिपी मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनमा उपचार शुरु भएको छ । उहाँको उपचारमा सम्लग्न डा तोसीमा कार्कीले पहिलो चरणमा स्वास्थ्य परीक्षण सम्पन्न गरिएको जानकारी दिनुभयो । “पुम्फालाई जाँच गर्दा क्यान्सर चौथो स्टेजमा पुगेको छ”, उहाँले भन्नुभयो, “अवस्था जटिल...

  • २०७६ माघ १९, आइतबार

    एकमहिनापछि राराको सौन्दर्य बल्ल नेटमार्फत आफन्तजनमा

    मुगु लगायत कर्णालीका जिल्लामा बल्ल इन्टरनेट सेवा सुचारु भएको छ । गत पुस १७ गतेबाट नेपाल टेलिकमद्वारा वितरीत एडिएसएल इन्टरनेट र ल्याण्डलाइन सेवा अवरुद्ध हुँदै आएको थियो । टेलिकमले सेवा सुचारु भएको जनाएको छ । बाक्लो हिमपातसँगै जुम्लाको डाँफे र दैलेखको महावुलेकमा रहेको रेडियोलिङ्क टावरमा समस्या आएपछि मुगु, हुम्ला, जुम्ला, डोल्पा र कालिकोट जिल्लाका अधिकांश क्षेत्रमा सञ्चारसेवा प्रभावित भएको थियो ।...

  • २०७६ माघ १९, आइतबार

    सुधार हुँदै प्यूठान अस्पताल

    प्यूठान अस्पतालले लामो समयसम्म चिकित्सक नहुँदा आलोचना खेप्यो । करीब छ महिनासम्म बिरामीको उपचारमा समस्या प¥यो । सरकारीमा भन्दा निजी क्लनिकमा जाँच गराउनुपर्ने बाध्यता रह्यो । पछिल्लो समय अस्पताल सुधारोन्मुख छ । प्रदेश नं ५ सरकारमार्फत पाँच चिकित्सक पठाएपछि अस्पतालले स्वास्थ्य सेवामा नयाँ गति दिएको छ । प्रयोगशाला र आकस्मिक सेवाका २४सैँ घण्टा सुचारु भएको छ । लेखा प्रमुख नहुँदा रोकिएका कामसमेत डेढ...

  • २०७६ माघ १९, आइतबार

    जननिर्वाचित सर्वोच्च संस्थाको गरिमा उच्च राख्ने प्रतिबद्धता

    सङ्घीय प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले जननिर्वाचित सर्वोच्च संस्था संसद्को गरिमा उच्च राख्न इमान्दारी र निष्ठाका साथ कार्यसम्पादन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । अन्तरराष्ट्रिय सम्बन्ध समितिका सदस्य सापकोटा सभामुखमा निर्विरोध निर्वाचित भएपछि उक्त समितिले आज बिहान उहाँको सम्मानमा बिदाइ तथा बधाईका निम्ति आयोजना गरेको कार्यक्रममा उहाँले लोकतन्त्रको विकास, विस्तार र सुदृढीकरणमा...

  • २०७६ माघ १९, आइतबार

    नियम पालना नगर्ने सवारीसाधनबाट रु ३५ लाख जरिवाना

    चालू आर्थिक वर्षमा यातायात व्यवस्था विभागले सडक नियम पालना नगर्ने सवारी साधनबाट रु ३५ लाख जरिवाना गराएको छ । विभागले विभिन्न स्थानमा गरेको अनुगमनका क्रममा सडक नियम पालना नगर्ने सवारी साधनलाई सो रकम जरिवाना गराएको हो । विभागले दैनिक विभिन्न स्थानमा पुगेर सवारी साधनको अनुगमन गरिरहेको विभागका महानिर्देशक गोगनबहादुर हमालले बताउनुभयो । उहाँका अनुसार काठमाडौँ उपत्यका र नाकासम्म पुगेर अनुगमन गरिँदै आएको...

  • २०७६ माघ १९, आइतबार

    अक्षयकोष स्थापना

    विराटनगर महानगरपालिका–१० निवासी सुदर्शनबहादुर श्रेष्ठ र कपिला श्रेष्ठले रु १५ लाखको अक्षयकोष स्थापना गर्नुभएको छ । प्रत्येक दुई वर्षमा रु दुई लाख पुरस्कार तथा सम्मान गर्ने हेतुले श्रेष्ठ दम्पतीले अक्षय कोष स्थापना गरेको हो । नेपाल भाषा तथा संस्कृतिको संरक्षण, संवद्र्धन र जगेर्नाको अभियानमा रहेका व्यक्ति तथा संस्थालाई पुरस्कृत एवं सम्मान गर्न श्रेष्ठ दम्पतीले स्थापना गरेको कोषबाट ‘सुदर्शन–कपिल...

Pages