राष्ट्रिय
-
२०७६ माघ २०, सोमबार
रेडक्रसमा हुने ‘राजनीति’ अन्त्य हुनुपर्छ ः मन्त्री बाँस्कोटा
सञ्चार तथा सूचना प्रविधि गोकुलप्रसाद बाँस्कोटाले रेडक्रसमा ‘मति र गति’ भावनानुसार नपाइएपछि विवाद उत्पन्न भएको बताउनुभएको छ । नेपाल रेडक्रस सोसाइटी काभ्रेपलाञ्चोकद्वारा ‘ग्रामीण आपत्कालीन तथा ट्रमा प्रणाली सदृढीकरण परियोजना’ अन्तर्गत आयोजित एम्बुलेन्स हस्तान्तरण कार्यक्रमलाई आज बनेपामा सम्बोधन गर्दै उहाँले भन्नुभयो “रेडक्रसजस्तो मानवीय पवित्र संस्थामा किन यस्ता विवाद उठ्छन्, रेडक्रसको विश्वव्यापी...
-
२०७६ माघ २०, सोमबार
सभागृहको काम अघि बढ्दै
अर्थ मन्त्रालयले रु एक अर्ब ५९ करोड ६७ लाखको स्रोत सुनिश्चित गरिदिएपछि सभागृह सिटिहल को काम अघि बढेको छ । भरतपुर महानगरपालिका–१० मा जिल्ला समन्वय समितिले उपलब्ध गराएको चार बिघा दुई कट्ठा जग्गामा निर्माण हुँदैछ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले यही महिनाभित्रमा सभागृह निर्माणका लागि बोलपत्र आह्वान गरिने र आगामी बैशाख महिनाभित्रमा शिलान्यास गरिने जानकारी दिनुभयो । सघन शहरी तथा भवन निर्माण...
-
२०७६ माघ २०, सोमबार
सरकार सही गतिमा छ ः मन्त्री भट्टराई
संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री योगेश भट्टराईले केपी शर्मा ओली नेतृत्वको सरकार सही बाटोमा रहेको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपा तनहुँले आज दमौलीमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले सरकार गलत बाटोमा नरहेको जिकिर गर्नुभयो । मन्त्री भट्टराईले सरकारको बाटो, दिशा र गन्तव्य सही रहेको बताउँदै भन्नुभयो, “सरकारको बाटो सही हुँदाहुँदै पनि कहिलेकाहीँ अप्ठ्यारा बाटो...
-
२०७६ माघ २०, सोमबार
रश्मोर बरो काउन्सिल र गोरखाबीच भगिनी सम्बन्ध
गोरखा नगरपालिका र बेलायतको रश्मोर बरो काउन्सिलबीच भगिनी सम्बन्ध कायम भएको छ । सोसम्बन्धी सम्झौतापत्रमा रश्मोर बरोका तर्फबाट मेयर सेलस्वई कार्टर र गोरखाका तर्फबाट नगर प्रमुख राजनराज पन्तले हस्ताक्षर गर्नुभयो । नेपालको कूटनीतिक सम्बन्धमा सबैभन्दा पुरानो मित्र एवं बेलायतको सेनामा आफ्नो छुट्टै पहिचान बनाएको ब्रिगेड अफ गुर्खाजÞमा कार्यरत नेपालीको योगदानलाई बेलायत सरकारले सम्मान गर्दै आइरहेको छ ।...
-
२०७६ माघ २०, सोमबार
नेपाल टेलिभिजन अङ्ग्रेजी च्यानल सञ्चालनमा ल्याइने
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले यसै आर्थिक वर्षभित्र नेपाल टेलिभिजनको अङ्ग्रेजी विश्व च्यानलको शुभारम्भ गराइने घोषणा गर्नुभएको छ । सो टेलिभिजनको ३५औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा मन्त्री बाँस्कोटाले राष्ट्रको छवि माथि उठ्ने नयाँ कामका रुपमा सो परियोजनालाई लिएर आगामी छ महिनाभित्र ‘एनटिभी वल्र्ड’ शुभारम्भको तयारी गर्न व्यवस्थापनलाई निर्देशन दिनुभयो । उहाँले...
-
२०७६ माघ २०, सोमबार
सिद्धगुफाभित्र काव्य वाचन
तनहुँको भीमाद नगरपालिका–९ धन्धुरस्थित सिद्धगुफाभित्र सेतीकाली साहित्य सङ्गमद्वारा आयोजित २८ आँै काव्य शृङ्खला सम्पन्न भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले १०० नयाँ पर्यटकीय गन्तव्यका रुपमा सो गुफालाई सूचीकृत गरेको छ । नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन र गुफाको प्रचारप्रसार गर्ने उद्देश्यले गुफाभित्र काव्य शृङ्खला सम्पन्न गरिएको सङ्गमका अध्यक्ष नारायणकैलाश सिग्देलले जानकारी...
-
२०७६ माघ २०, सोमबार
भक्तपुरमा दुई ‘स्याटेलाइट सिटी’ बन्ने
सरकारले भक्तपुरका दुई ठाउँमा ‘स्याटेलाइट सिटी’ बनाउने भएको छ । काठमाडौँभित्र बनाइने चारमध्ये दुई भक्तपुरमा बन्ने भएको हो । काठमाडौँ उपत्यका विकास प्राधिकरणले भक्तपुरमा निर्माण हुने स्याटेलाइट सिटीको विस्तृत परियोजना प्रतिवेदन डीपीआर निर्माण गरेको छ । सरकारले काठमाडौँ उपत्यकाको पूर्वतर्फ करिब एक लाख रोपनीमा फैलिने गरी सबैभन्दा ठूलो अत्याधुनिक शहर बनाउने भएको हो । उपत्यकाबाट ‘इशान’ कोणको रुपमा...
-
२०७६ माघ २०, सोमबार
विकास निर्माणमा स्थानीय चनाखो हुनुपर्छ ः मन्त्री सुवेदी
सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले गाउँका विकास निर्माणमा स्थानीय चनाखो हुनुपर्ने बताउनुभएको छ । जोरायल गाउँपालिकाद्वारा आयोजित ‘दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता’को आइतबार उद्घाटन गर्नुहुँदै उहाँले गाउँमा हुने विकास निर्माणदेखि अन्य काममा खबरदारी गर्नुपर्छ भन्नुभयो । उहाँले भन्नुभयो, “स्थानीय तहमा भइरहेका विकास निर्माणका काममा नागरिकको खबरदारी नभए प्रभावकारी...
-
२०७६ माघ २०, सोमबार
अटोइञ्जिनीयर डिप्लोमा शुरुआत गर्दै पोखरा महानगरपालिका
पोखरा महानगरपालिकाले दक्ष जनशक्ति उत्पादन गर्न मेकानिक्स विषयमा आगामी वर्षदेखि ‘अटो इञ्जिनीयर डिप्लो’मा शुरुआत गर्ने भएको छ । महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले गण्डकी अटोमेकानिकल बक्र्स एशोसिएशनको २० औँ वार्षिक साधारणसभाको आइतबार उद्घाटन गर्दै उहाँले उचित स्थान खोजी गरेर ‘अटोल्याण्ड’ निर्माण गरिने जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“अबको विकास सीपमूलक र दक्ष जशक्तिबाट सम्भव छ । यसैले अटो...
-
२०७६ माघ २०, सोमबार
जडीबुटी जाम हटाउन लेन थपिँदै
कोटेश्वर–जडीबुटी सडक खण्डमा दैनिक हुने जामको अन्त्य गर्न सरकारले विकल्प खोजी गरेको छ । सो सडक खण्डको दायाँ बायाँ दुवैतर्फ विस्तारको तयारी गरी जाम हटाउन लागिएको जनाइएको छ । जामको दीर्घकालीन समाधान गर्न सरकारले ‘अण्डरपास’ वा ‘फ्लाइओभर’ निर्माणमा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग ९जाइका० लाई अनुरोध गरिरहँदा तत्काल समाधानसमेत खोजिएको हो । मुख्य जाम हुने क्षेत्र लक्षित गर्दै सो खण्डमा तीनदेखि चार...
-
२०७६ माघ २०, सोमबार
राजर्षि जनक विश्वविद्यालयमा जनस्वास्थ्य र कानून पढाइ हुने
राजर्षि जनक विश्वविद्यालयले चालु शैक्षिक सत्रमा कानून र जनस्वास्थ्य विषयको स्नातक तहको अध्ययन शुरू गर्ने भएको छ । नयाँ शैक्षिक योजनाअन्तर्गत ती दुवै विषयको अध्ययन अध्यापन गराउन प्रक्रिया अगाडि बढाइएको जनाइएको छ । जनस्वास्थ्यको बिपिएच र कानूनतर्फ बिएलएलबी शुरू हुने छ । यी विषयको अध्ययनले यस भेगका शिक्षार्थीले अन्यत्र गई अत्यधिक व्ययभार व्यहोर्नुपर्ने बाध्यताको अन्त्य हुने विश्वास लिइएको छ ।...
-
२०७६ माघ २०, सोमबार
सहमतिमा नामकरण टुङ्ग्याउँदै प्रदेश नं १
प्रदेश नं १ को नामकरण प्रदेशसभाको आगामी पाँचौँ अधिवेशनले टुङ्ग्याउने सम्भावना देखिएको छ । नामकरण गर्दा पहिचान देखिने र द्वन्द्व मेटिने किसिमको हुनुपर्नेमा प्रदेशसभा सांसदको माग रही आएको छ । प्रदेशसभाको तेस्रो अधिवेशनले २०७५ वैशाख २३ गते प्रदेशको राजधानी विराटनगरलाई कायम गरेको थियो । पाँचाँै अधिवेशनअर्थात् हिउँदे अधिवेशन यही माघ २३ गतेबाट शुरु हुने हुँदैछ । विसं २०७४ फागुन ३ गते गठन भएको प्रदेश...


