राष्ट्रिय
-
२०७६ मङ्सिर २९, आइतबार
बाइस वर्षमा नभएका काम दुई वर्षमा भयो मन्त्री बाँस्कोटा
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाल भ्रमण वर्ष २०२० विशेषरूपमा मनाउन लागिएको र यसपछिका वर्ष पर्यटनकै वर्ष हुने बताउनुभएको छ । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–४ स्थित नमोबुद्ध तिमाल समाजद्वारा नेपाल भ्रमण वर्षका अवसरमा शनिबार आयोजित हाफ म्याराथुन प्रतियोगिताको समापन समारोहलाई सम्बोधन गर्दै उहाँले नेपालको पर्यटन पृथ्वी रहेसम्म चलिरहने छ भन्नुभयो । मन्त्री बाँस्कोटाले...
-
२०७६ मङ्सिर २९, आइतबार
उद्यमशील महिला मेला आकर्षणको केन्द्र
नेपाल राष्ट्रिय उद्यमशील महिला महासङ्घद्वारा यहाँ आयोजित उद्यमशील महिला मेलाले पूर्वको मुख्य व्यापारिक नाका इटहरीलाई आकर्षित बनाइराखेको छ । १५० प्रदर्शनी कक्ष रहेको मेलामा महिलाले मात्र उत्पादन गरेको वस्तु प्रर्दशनी तथा बिक्री वितरणमा राखिएका छन् । महिलाले उत्पादन गरेका घरेलु खाना तथा हस्तकलाका सामग्रीले आकर्षण बनाइराखेको छ । पुस ६ गतेसम्म मेला जारी रहने छ । उद्योग वाणिज्य तथा आपूर्ति...
-
२०७६ मङ्सिर २९, आइतबार
दमकल सेवा विस्तार
काठमाडौँ महानगरपालिका९कामपा० ले वडा नं ६ स्थित बौद्ध रामहिटीबाट दमकल सेवा विस्तार गरेको छ । कामपाका प्रमुख विद्यासुन्दर शाक्यले घनाबस्तीलाई ध्यान दिँदै सम्भावित आगोजन्य विपद् व्यवस्थापन गर्न दमकल सेवा विस्तार गरिएको जानकारी दिनुभयो । साठी मिटर अग्लो भ¥याङ र छ हजार लिटर पानीट्याङ्की क्षमताको दमकल खरीद प्रक्रियामा रहेका छन् । महानगरको २५औँ वार्षिकोत्सवको अवसरमा सो स्थानमा नवनिर्मित महानगर...
-
२०७६ मङ्सिर २९, आइतबार
गाँस, बास र कपासको व्यवस्था गर्नु सरकारको दायित्व ः मुख्यमन्त्री पौडेल
प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सबै नागरिकलाई गाँस, बास र कपासको व्यवस्था गर्नु सरकारको दायित्व भएको बताउनुभएको छ । काठमाडौँ महनागरपालिकाको २५औँ महानगर दिवसका अवसरमा आज एक भिडियो सन्देश जारी गर्दै उहाँले सबैका लागि खाना, नाना र छानाको प्रत्याभूति गराउनु लोककल्याणकारी राज्यको दायित्व भएको उल्लेख गर्नुभएको छ । “काठमाडौँ महानगरपालिकाले २५औँ महानगर दिवसको अवसरमा सडकमा जीवन व्यतित गर्न विवश...
-
२०७६ मङ्सिर २९, आइतबार
स्वर्ण पदक विजेता मन्देकाजीलाई नगरपरिक्रमा सहित सम्मान
मध्यपुरथिमि नगरपालिकाले तेह्राँै दक्षिण एशियाली खेलकूद सागमा करातेमा दुई स्वर्ण विजेता मन्देकाजी श्रेष्ठलाई नगद रु पाँच लाख ५५ हजार ५५५ पुरस्कारसहित सम्मान गरेको छ । विजेता मन्देकाजी श्रेष्ठ मध्यपुरथिमि नगरपालिका–४ बालकुमारी निवासी हुनुहुन्छ । भव्य नगरपरिक्रमा पछि सम्मान गर्दै नगर प्रमुख श्रेष्ठले मन्देकाजीले नेपाली खेलकूदको इतिहासमा २० वर्षपछि सागमा देशलाई दुई स्वर्ण पदक दिलाएर मध्यपुरथिमिसँगै...
-
२०७६ मङ्सिर २९, आइतबार
निकुञ्जको बाघले गाउँ पसेर दुःख दिन थाल्यो
बाँके राष्ट्रिय निकुञ्जले बाघको आक्रमणबाट ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत रकम उपलब्ध गराएको छ । गतकात्तिक २४ गते पाटेबाघको आक्रमणबाट कोहलपुर नगरपालिका–१३ नयाँबस्तीकी ६५ वर्षीया काली बस्नेत र २७ गते राप्तीसोनारी–८ बालापुरका ६० वर्षीया ठगी खड्काको मृत्यु भएको थियो । दुवै मृतकका परिवारलाई राहत स्वरुप रु १० लाख रकम उपलब्ध गराइएको बाँके निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले जानकारी...
-
२०७६ मङ्सिर २९, आइतबार
बेलिब्रिज सञ्चालनमा
गाईघाट–दिक्तेल सडकअन्तर्गत सुनकोशी नदीमा बेलिब्रिज सञ्चालनमा आएको छ । छ महिनादेखि बन्द रहेको सो सडक खण्डमा यातायात सञ्चालन सुरुआत भएको छ । उदयपुरको गाईघाटबाट खोटाङको दिक्तेललाई सो सडक सञ्जालले जोड्छ । शनिबारदेखि गाईघाटबाट दिक्तेलसम्म डेढदर्जन ठूला र साना सवारीका साधन सञ्चालन हुन थालेको गाईघाट–दिक्तेल सडक कार्यालयका प्राविधिक राजेन्द्र जोशीले जानकारी दिनुभयोे । नौ वर्षअघिदेखि निर्माण शुरु भएको...
-
२०७६ मङ्सिर २९, आइतबार
चिसोले जनजीवन प्रभावित
सदरमुकाम मार्तडीसहित हिमाली क्षेत्रमा परेको हिमपातका कारण चिसो बढेसँगै दैनिक जनजीवन प्रभावित बनेको छ । चिसोका कारण स्थानीय बजार बन्द छन् भने ग्रामीण क्षेत्रमा आवतजावत रोकिएको छ । हिमपातले एक गाउँदेखि अर्को गाउँसम्मको सम्पर्क टुटेको छ भने हिमाली क्षेत्रमा रहेका विद्यालय बन्द गरिएका छन् । शनिबार घाम लागे पनि घर बाहिर आएर हिँडडुल गर्न समस्या देखिएको हो । हिमपातले चिसो बढाए पनि कृषि उत्पादनमा सहयोग...
-
२०७६ मङ्सिर २९, आइतबार
भानुभक्तीय टोपी निर्माण गर्न अनुदान
तनहुँको भानु नगरपालिकाले भानुभक्तीय टोपी निर्माणसम्बन्धी तालीम प्राप्त महिलालाई मेसिन सहयोग गरेको छ । नगरपालिकाले विभिन्न वडाका छ महिलालाई अनुदानमा विद्युतीय मेसिन सहयोग गरेको हो । नगरपालिकाले भानुभक्तीय टोपी निर्माण गर्न छ महिलालाई गत असारमा तालीम प्रदान गरिएको भानु नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख अधिकृत कृपाहरि लौडारीले जानकारी दिनुभयो । रु १७ हजार ५०० पर्ने उक्त मेसिनका लागि नगरपालिकाले...
-
२०७६ मङ्सिर २९, आइतबार
‘वेदको सामान्यज्ञान’ नामक पुस्तक सार्वजनिक
जरोकिलो प्रतिष्ठान नेपालले ‘वेदको सामान्यज्ञान’ नामक पुस्तक सार्वजनिक गरेको छ । काठमाडौँ विश्वविद्यालयका सहप्राध्यापक तथा जरोकिलो प्रतिष्ठानका संस्थापक अध्यक्ष डा निर्मलमणि अधिकारीले लेख्नुभएको कृति नेपालीमा अनुवाद गर्नुभएका आचार्य तिलकप्रसाद लुइँटेलले लोकार्पण गर्नुभएको हो । पुस्तक लोकर्पण गर्दै वेद अनुवादक लुइँटेलले वेदका बारेमा जानकारी लिन चाहने सर्वसाधारणका लागि पुस्तक प्रवेशविन्दु भएको...
-
२०७६ मङ्सिर २९, आइतबार
नेकपा स्थायी कमिटीको कार्यसूची तय
सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा को सचिवालय बैठकले स्थायी कमिटीको आजैदेखि शुरु हुने बैठकको एजेण्डा तय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको बैठकले स्थायी कमिटीमा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा प्रस्तुत गरिने राजनीतिक प्रतिवेदन, विधान संशोधन, केन्द्रीय कमिटीको अर्को बैठक र नेपाल भारतको सीमा बैठकलगायत विविध कार्यसूची तय गरेको नेकपाका प्रवक्ता...
-
२०७६ मङ्सिर २९, आइतबार
गोकर्ण अस्पतालमा छैनन् एक्स–रे, इसिजी चलाउने प्राविधिक
प्राथमिक स्वास्थ्य केन्द्रबाट अस्पतालमा स्तरोन्नति भएको छ महिनासम्म पनि गोकर्ण प्राथमिक अस्पतालमा एक्स–रे र इसिजी यन्त्र चलाउने प्राविधिक एवं राख्ने कक्षसमेत छैन । प्राथमिक स्वास्थ्य केन्द्रलाई गत असार १६ गते प्राथमिक अस्पतालमा स्तरोन्नति गरिएको थियो । राजधानीकै नगरपालिकाको स्वास्थ्य केन्द्रको यस्तो अवस्था छ भने दूरदराजको अवस्था के होला सहजै अनुमान गर्न सकिन्छ । प्रदेश नं। ३ सरकारको रु ५० लाख...


