राष्ट्रिय
-
२०७६ मङ्सिर २७, शुक्रबार
कामचोर प्रवृत्ति नदेखाउन कर्मचारीलाई मन्त्रीको निर्देशन
श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वरराय यादवले जनअपेक्षा अनुरुप काम गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ । जिल्ला समन्वय समिति सर्लाहीमा बिहीबार साँझ कार्यालय प्रमुखहरुसँगको अन्तरक्रिया कार्यक्रममा उहाँले कुनै पनि बहानामा ढिलासुस्ती नगर्न तथा कामचोर प्रवृत्ति नदेखाउन निर्देशन दिनुभयो । “नेपाल सरकारले अहिले कर्मचारी र जनप्रतिनिधिको कामको मूल्याङ्कन गर्दैछ”, उहाँले भन्नुभयो, “नेपाल...
-
२०७६ मङ्सिर २७, शुक्रबार
कुमारीलाई मासिक रु १५ हजार भत्ता दिइने
काठमाडौँ महानगरपालिकाले यस वर्षदेखि कामपाका जीवित देवी कुमारीलाई मासिक रु १५ हजारको दरले भत्ता दिने भएको छ । पच्चीसौँ महानगर दिवसका उपलक्ष्यमा सहयोगापेक्षी सडकमानवमुक्त अभियानको घोषणा पनि गरिने छ । उक्त अभियान मानवसेवा आश्रमको सहकार्यमा कामपाले सञ्चालन गर्न लागेको हो । यही मङ्सिर २८ र २९ गते महानगर दिवस मनाइँदै छ । विसं २०५२ मंसिर २९ गते तत्कालीन काठमाडौं नगरपालिकालाई महानगरपालिका घोषणा गरिएको...
-
२०७६ मङ्सिर २७, शुक्रबार
आजदेखि नारायणगढ–मुग्लिन सडक दिउँसो बन्द हुने
नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि दुई सातासम्म दिउँसो बन्द हुनेभएको छ । पहिरो रोक्ने कामका लागि दुई साताका लागि सवारीसाधन सञ्चालनमा रोक लगाईएको हो । जिल्ला सुरक्षा समितिको बैठकले आजदेखि पुस ११ गतेसम्म दुई साताका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय यसअघि नै गरेको थियो । सडकको निर्माण कार्य सकिए पनि पहाडको पहिरो रोक्ने काम बाँकी रहेकाले सडक बन्द गरेर काम गर्न...
-
२०७६ मङ्सिर २७, शुक्रबार
विर्तामोड खानेपानी संस्थाको अध्यक्षमा गुरुङ निर्वाचित
विर्तामोड साना सहरी तथा खानेपानी उपभोक्ता संस्थाको अध्यक्षमा जलकुमार गुरुङ निर्वाचित हुनुभएको छ । आगामी तीन वर्ष कार्यकालका लागि भएको कार्यसमितिको निर्वाचनमा संस्थाको उपाध्यक्षमा पर्शुराम सिटौला, सचिवमा मेघराज बाँस्तोला र कोषाध्यक्षमा शारदा रिजाल निर्वाचित हुनुभएको छ । –
-
२०७६ मङ्सिर २७, शुक्रबार
दाङका सबै गाउँपालिकामा ‘मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम’ लागू
विकास र सामाजिक दृष्टिकोणले पछाडि परेका दाङका सबै गाउँपालिकामा ‘मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम’ लागू भएको छ । जिल्लाका १० स्थानीय तहमध्ये सातवटा गाउँपालिका रहेका छन्, ति सबै गाउँपालिकामा प्रदेश नं ५ सरकारले ‘मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम’ लागू गरेको हो । गत वर्ष बबई, बङ्गलाचुली र राजपुर गाउँपालिकामा यो कार्यक्रम लागू भएको थियो । यो वर्ष शान्तिनगर, दङ्गीशरण, राप्ती र गढवा गाउँपालिकामा...
-
२०७६ मङ्सिर २७, शुक्रबार
उच्च लेकाली क्षेत्रमा हिमपात
बुधबारदेखिको मौसममा आएको परिवर्तनका कारण डोटीलगायत यहाँका पहाडी तथा हिमाली जिल्ला बझाङ, बाजुराका उच्च लेकाली क्षेत्रमा हिमपात भएको छ । हिमपात भएसँगै चिसो बढेपछि यहाँको जनजीवन प्रभावित भएको छ । डोटीकोे खप्तडस्थित झिगराना, गोलादेउ, पानीखाल, नापानी, शिखर, गोवडालेक, बडीकेदारथानलगायत उच्च पहाडी क्षेत्रमा हिमपात भई चिसो बढेकाले गाईवस्तु चराउन समस्या भएको खप्तड क्षेत्रसँगै जोडिएको पूर्वीचौकी...
-
२०७६ मङ्सिर २७, शुक्रबार
हिमपातले परीक्षार्थी थरथर काप्दै, परीक्षा दिँदै
हिमपातका कारण डोल्पामा आजदेखि शुरु भएको वार्षिक परीक्षा प्रभावित भएको छ । डोल्पाका उपल्लो र मध्य भागमा बिहीबारदेखि भएको हिमपातले वार्षिक परीक्षामा सहभागी हुने विद्यार्थी समस्यामा परेका छन् । हिमपात र बादलका कारण घाम नलाग्दा थुरथुर काप्दै विद्यार्थीहरु परीक्षामा सहभागी भएको लक्ष्मी माध्यमिक विद्यालय ठुलिभेरी नगरपालिकाका शिक्षक हरिश जोसीले बताउनुभयो । विद्यार्थी परीक्षामा लेख्न नसकेर हैरान भएको...
-
२०७६ मङ्सिर २७, शुक्रबार
मदरसा शिक्षा मूल प्रवाहीकरणको चुनौती
बाँकेमा दर्ता भएको सबै मदरसा राष्ट्रिय शिक्षाको मूलप्रवाहमा आउन सकेका छैनन् । जिल्लामा दर्ता भएका १०६ मदरसामध्ये ३८ ले मात्रै राहत कोटाको अनुदान रकम पाइरहेका छन् । बाँकी मदरसाले स्थानीय तहबाट वार्षिक एकमुष्ट रु दुई लाख ४१ हजार अनुदान पाउने गरेका छन् । मदरसा नीति नबनेकाले व्यवस्थापनमा चुनौती देखिएको सरोकारवाला निकायको भनाइ छ । शिक्षा विकास तथा समन्वय एकाइ बाँकेका शाखा अधिकृत भोजप्रसाद लम्सालले...
-
२०७६ मङ्सिर २७, शुक्रबार
सिँचाइ आयोजना निर्माणपछि किसान हर्षित
पश्चिमी पर्साको पर्सागढी नगरपालिका–२ हरपुरमा लोटाहा बाँध सिँचाइ आयोजना निर्माण भएपछि सो भेगका किसान हर्षित भएका छन् । सङ्घीय सरकारको रु तीन करोड ८८ लाख २५ हजार ३२८ लागतमा निर्माण भएको सो आयोजनाबाट २०२ दशमलव ५७ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध हुने जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय वीरगञ्जका डिभिजन प्रमुख शिवनन्दनप्रसाद साहले राससलाई बताउनुभयो । ९५४ जनसङ्ख्या रहेको सो वडाका १३९...
-
२०७६ मङ्सिर २७, शुक्रबार
उच्च पहाडी र हिमाली भू–भागमा हिमपात, उपत्यकामा हल्का वर्षा
पश्चिमी न्यून चापीय वायुको प्रभावले देशभर पूर्ण बदली भई उच्च पहाडी र हिमाली भू–भागमा हिमपात भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । महाशाखका अनुसार हुम्ला, डोल्पा, मुगुलगायतको उच्च पहाडी तथा हिमाली जिल्लामा हिमपातसँगै जनजीवन प्रभावित भएको छ । बुधबार साँझ नेपाल प्रवेश गरेको पश्चिमी वायुको प्रभावले देशभर चिसो बढेको छ । जल तथा मौसम विज्ञान विभागले पश्चिमी उच्च पहाडी र हिमाली भू–भागमा भारी...
-
२०७६ मङ्सिर २७, शुक्रबार
चन्द्रागिरी नपाको सहयोगमा संचालन रञ्जना लिपि तालिम समय थप
काठमाडौंर चन्द्रागिरी नगरपालिकाको सहयोगमा चन्द्रागिरी एकिकृत समाजको आयोजनामा ‘रञ्जना लिपि’ प्रशिक्षण तालिमको समयावधी थप गरिएको छ । नगर पालिकाको वडां। ५ किसिपिडिमा रहेको सनसाइन स्कुलको प्रांगणमा गत मंसिर ५ गते बिहीवारदेखि सुरु भएको थियो । समाजका कोषाध्यक्षद्धय महेश्वर श्रेष्ठले भन्नुभयो, तालिममा सहभागीहरुले एक दमै उत्सुक्ता साथ ध्यान दिइ अध्ययन गरिरहेको जनाउनु भयो । श्रेष्ठले तालिममा समयको अपुग...
-
२०७६ मङ्सिर २७, शुक्रबार
मुस्ताङमा जम्यो ताल तथा खोलाको पानी
चिसो बढेसँगै मुस्ताङका खोला तथा तालमा पानी जमेको छ । बुधबारदेखि मौसममा भएको बदलीसँगै बढेको चिसोका कारण जनजीवन प्रभावित भएको छ । चिसोका कारण उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङका खोला र धारामा पानी जमेको स्थानीयवासी तिलक विकले जानकारी दिनुभयो । उहाँका अनुसार उपल्लो मुस्ताङमा न्यूनतम तापक्रम माइनल १५ डिग्री सेल्सियस पुगेको छ । खाना पकाउन, गाईवस्तुलाई खुवाउन, सरसफाइ र घरायसी...


