राष्ट्रिय
-
२०७६ मङ्सिर २६, बिहिबार
बैतडीमा पहिलोपटक टिलापिया माछामा अनुसन्धान
बैतडीमा पहिलोपटक टिलापिया जातको एकलिङ्गीय माछाको उत्पादनमा अनुसन्धान गरेको छ । गोकुलेश्वर कृषि तथा पशुविज्ञान कलेजमा आठौँ सेमेष्टरमा अध्ययनरत विद्यार्थीले उक्त अनुसन्धान गरेको हो । स्नातक तहमा गरिने प्रयोगात्मक अनुसन्धानअन्तर्गत महेश बुढामगर, सुशान्त चौधरी, वीरेन्द्र चौधरी, करुणा सापकोटा र लक्ष्मी भण्डारीको टोलीको टिलापिया जातको एकलिङगीय माछामा अनुसन्धान गरेका हुन् । सय दिन लगाएर गरिएको...
-
२०७६ मङ्सिर २६, बिहिबार
तरकारीमा आत्मनिर्भर बनाउन ‘एक घर एक करेसाबारी’
स्याङ्जाको पुतलीबजार नगरपालिकाले ‘एकघर एक करेसाबारी’ अभियान थालेको छ । नगरपालिकाभित्रका प्रत्येक टोल टोललाई लक्षित गरी ‘एकघर एक करेसाबारी’ अभियानअन्तर्गत समेट्ने योजनासहित कामको थालनी गरिएको नगर प्रवक्ता ख्यामनारायण अधिकारीले बताउनुभयो । “नगरभित्र २९३ टोल विकास संस्था छन् । प्रत्येक टोलमा एक÷एक वटा नर्सरी स्थापना गर्दै जानेछौँ”, प्रवक्ता अधिकारीले भन्नुभयो, “नर्सरी स्थापना गर्नका लागि आवश्यक...
-
२०७६ मङ्सिर २६, बिहिबार
निःशुल्क स्वास्थ्य शिविर
पाल्पाको रामपुर नगरपालिकाद्वारा आयोजित दुई दिने निःशुल्क स्वास्थ्य शिविरमा मुख, टाउको तथा घाँटीको क्यान्सर र महिलाको पाठघेरको मुख तथा स्तनमा हुन सक्ने क्यान्सर रोगसम्बन्धी सेवा प्रदान गरिएको छ । नगर स्वास्थ्य संयोजक तीर्थप्रसाद ढुङ्गानाका अनुसार बुधबार सम्पन्न सो शिविरमा ५०७ ले सेवा लिएका छन् । शिविरमा पाठेघरको मुखको क्यान्सरको जाँच गराएका ३४८ मध्ये १३१ मा पाठेघरसम्बन्धी सङ्क्रमण देखिएका छन् ।...
-
२०७६ मङ्सिर २६, बिहिबार
जुम्लाका २१ गाउँबस्ती छुइगोठमुक्त
अहिलेसम्म जुम्लाका २१ गाउँबस्ती छुइगोठमुक्त घोषणा भएका छन् । जिल्लास्थित विभिन्न सरकारी तथा गैरसरकारी निकायले गरेको चेतना अभिवृद्धिका कारण २१ गाउँबस्ती छुइगोठमुक्त घोषणा भएका हुन् । सर्वोदय नेपाल, किर्डाक नेपाल जुम्ला, आत्मसम्मानका लागि सहकार्य क्याड नेपाल जुम्ला, एक्सन बक्स जुम्लालगायतका सङ्घ संस्थाको साझेदारीमा र विभिन्न स्थानीय तहको आयोजनामा २१ गाउँबस्ती छुइगोठमुक्त घोषणा भएका छन् । गैरसरकारी...
-
२०७६ मङ्सिर २५, बुधबार
अन्तर्राष्ट्रिय बुद्धिष्ट ट्राभल्स मार्ट भारतमा शुरु
नेपाल र भारतमा रहेका बुद्ध जीवनीमा आधारित क्षेत्रहरुको प्रवद्र्धन गर्ने उद्देश्यले एशोसिएसन अफ बुद्धिष्ट साइट टूर अपरेटर एबीटीओ भारतको आयोजनामा भारतको विहार राज्यस्थित बोधगयामा अन्तर्राष्ट्रिय बुद्धिष्ट ट्राभल्स मार्ट शुरु भएको छ । बुद्धिष्ट ट्राभल्स मार्टको उद्घाटन कार्यक्रममा भारत सरकारका पर्यटन मन्त्रालयका सचिव विनोद जुत्सीले नेपाल र भारतका बौद्ध पर्यटकीय क्षेत्रको विकास र प्रवद्र्धनका लागि...
-
२०७६ मङ्सिर २५, बुधबार
अस्पतालजन्य फोहर व्यवस्थापनसम्बन्धी कार्यशाला शुरु
स्वस्थ नेपालका लागि एकीकृत स्वास्थ्यजन्य फोहरमैला व्यवस्थापन तथा स्वास्थ्य संस्थामा खानेपानी, सरसफाइ एवं स्वच्छता अभियानसम्बन्धी तीनदिने कार्यशाला राजधानीमा शुरु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागलगायत संस्थाको आयोजनामा मङ्गलबारदेखि शुरु भएको कार्यशालामा स्थानीय तहका जनप्रतिनिधि, स्थास्थ्य संस्थाका अधिकारीलगायत गरी ३५० भन्दा बढीको सहभागिता छ । कार्यशालामा विश्व...
-
२०७६ मङ्सिर २५, बुधबार
सागका स्वर्ण विजेतालाई २५ लाख देऊ, खेलकुद मन्त्रीलाई बर्खास्त गर तरुण दलको माग
२५ मंसिर, काठमाडौं । नेपाल तरुण दलले १३ औं दक्षिण एसियाली खेलकुद सागमा स्वर्ण पदक जित्ने खेलाडीहरुलाई जनही २५ लाख रुपैयाँको दरले सम्मान गर्न सरकारसँग माग गरेको छ । यस्तै रजत पदक जित्नेलाई १५ लाख र कांस्य पदक विजेतालाई १० लाख रुपैयाँको दरले सम्मान गर्नुपर्ने तरुण दलको माग छ । तरुण दलका अध्यक्ष जितजंग बस्नेतले बुधबार विज्ञप्ति जारी गरी यस्तो माग गरेका हुन् । आयोजक राष्ट्र नेपाल ५१ स्वर्ण, ६० रजत र...
-
२०७६ मङ्सिर २५, बुधबार
नेपाल साहित्य महोत्सव शुक्रबारदेखि
आईएमई नेपाल लिटरेचर फेस्टिबलको आठौँ संस्करण यही मङ्सिर २७ गतेदेखि ३० गतेसम्म पर्यटकीय नगरी पोखराको बाराहीघाट लेकसाइडमा गरिने भएको छ । महोत्सवबारे जानकारी दिन आयोजक बुकवर्म फाउन्डेसन र ¥यान्डम रिडर्स सोसाइटीद्वारा मङ्गलबार यहाँ आयोजित पत्रकार सम्मेलनमा बुकवर्म फाउण्डेसनका निर्देशक अजीत बरालले महोत्सवका अघिल्ला संस्करणभन्दा यसपटक नयाँ वक्तालाई उभ्याइने जानकारी दिनुभयो । यसअघिका संस्करणमा एउटै...
-
२०७६ मङ्सिर २५, बुधबार
भारी हिमपातको सम्भावना, सतर्कता अपनाउन मौसमविद्को आग्रह
इरान र अफगानिस्तानमाथि रहेको पश्चिमी वायुको प्रणाली आज साँझसम्म नेपालको पश्चिमी भूभागमा प्रवेश गर्ने भएको छ । उक्त प्रणालीको प्रभावले नेपालको पश्चिमी उच्च पहाडी र हिमाली भूभागमा भारी हिमपातको सम्भावना रहेकाले सतर्कता अपाउन मौसमविद्ले आग्रह गरेका छन् । यो प्रणाली बिहीबार अझै सशक्त भई देशका मध्य र पूर्वका उच्च पहाडी र हिमाली भूभागमा समेत हिमपातको सम्भावना रहेको मौसमविद् मञ्जु वासीले बताउनुभयो ।...
-
२०७६ मङ्सिर २५, बुधबार
बन्दै गरेको रङ्गशाला हेर्न आउनेको घुइँचो
रामपुरमा निर्माण थालिएको गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला हेर्न आउनेको घुइँचो लाग्न थालेको छ । सोमबार मात्र रु २० को टिकट काटेर दुई हजार ५०० ले निर्माणाधीन रङ्गशाला अवलोकन गरेका छन् । विभिन्न जिल्लाबाट भ्रमणका लागि आएका र यस जिल्ला हुँदै अन्यत्र जिल्ला जाने विद्यालयका विद्यार्थीदेखि सहकारी, आमा समूह, टोल विकास समितिलगायतका सङ्घसंस्थाका भ्रमण टोलीको प्रमुख गन्तव्य रङ्गशाला बन्ने गरेको छ...
-
२०७६ मङ्सिर २५, बुधबार
राष्ट्रपतिद्वारा खेलाडीलाई बधाई
राष्ट्रपति विद्यादेवी भण्डारीले १३औँ दक्षिण एशियाली खेलकूद ९साग० मा स्वर्णसहित विभिन्न पदक हासिल गरेका नेपाली खेलाडीलाई हार्दिक बधाई ज्ञापन गर्नुभएको छ । राष्ट्रपतिले आज अपराह्न ट्वीट गर्दै प्रतियोगितामा सहभागी सबै राष्ट्रका खेलाडी तथा खेल पदाधिकारीमा आभार व्यक्त गर्नुभएको छ । साथै उहाँले सागको सफल आयोजनाका निम्ति युवा तथा खेलकूद मन्त्रालय, राष्ट्रिय खेलकूद परिषद्, नेपाल ओलम्पिक कमिटी, प्रशिक्षक...
-
२०७६ मङ्सिर २५, बुधबार
वृद्धवृद्धाको बिसाउनी थलो दिवा सेवा केन्द्र
चारैतिर फलामे डण्डीले घेरिएको रमणीयस्थल । घेराबारभित्र विभिन्न प्रजातिका फूल रोपिएको गमला । गमलैपिच्छे उल्लेख गरिएको छ फूल रोप्ने व्यक्तिको नाम र ठेगाना । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारस्थित कर्मामन्दिर नजिकै रहेको ज्येष्ठ नागरिकले सञ्चालन गरेको दिवा सेवा केन्द्रकोे पञ्चिमपट्टि प्रवेशद्वार छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको सहयोगमा निर्माण गरिएको प्रवेशद्वारबाट भित्र पसेपछि...


