राष्ट्रिय
-
२०७६ मङ्सिर २०, शुक्रबार
हात्ती महोत्सव पुस १० देखि
अङ्ग्रेजी नयाँ वर्षलाई स्वागत गर्न पर्यटकीय नगरी सौराहामा आगामी पुस १० गतेदेखि हात्ती महोत्सव गरिने भएको छ । छ दिनसम्म सञ्चालन हुने सो महोत्सव १६औँ संस्करण हो । भ्रमण वर्ष सन् २०२० लाई विशेष रुपमा महोत्सवबाटै स्वागत गरिँदैछ । महोत्सवको आयोजक संस्था क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईका अनुसार महोत्सवमा हात्ती फुटबल, हात्तीपोलो, हात्ती फास्टवाक, हात्ती सुन्दरी प्रतियोगिता, हात्तीको...
-
२०७६ मङ्सिर २०, शुक्रबार
मुस्ताङबाट ६५ हजार मेट्रिक टन स्याउ निकासी
मुस्ताङबाट यस वर्ष ६५ हजार मेट्रिक टन स्याउ निकासी भएको छ । स्याउ बेचेर कृषकले मुस्ताङमा रु साठी करोडभन्दा बढी रकम भित्र्याएका छन् । जिल्लामा उत्पादन भएको मध्ये ८० प्रतिशत स्याउ देशका विभिन्न बजारमा निकासी भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख माधव लम्सालले जानकारी दिनुभयो । “जिल्लाभर एक हजार ५०० हेक्टर क्षेत्रफलमा स्याउ खेती भएकामा सात सय हेक्टरमा उत्पादन हुन्छ”, उहाँले भन्नुभयो...
-
२०७६ मङ्सिर २०, शुक्रबार
सुन्दरीजल खानेपानी प्रशोधन केन्द्र आगामी महिना सम्पन्न हुने
मेलम्चीबाट आएको पानी प्रशोधनका लागि सुन्दरीजलमा निर्माणाधीन दुई प्रशोधन केन्द्रमध्ये एउटा केन्द्र आगामी महिनासम्ममा सम्पन्न हुने भएको छ । प्रशोधन केन्द्रको निरीक्षणका लागि बिहीबार निर्माणस्थल पुग्नुभएका खानेपानी तथा सरसफाइमन्त्री बीना मगरलाई मेलम्ची खानेपानी विकास समितिले प्रशोधन केन्द्रको बाँकी काम तीव्ररूपमा भइरहेको जानकारी गराएको हो । मन्त्री मगरसँगै मन्त्रालयका सचिव माधव बेल्वासे, मेलम्ची...
-
२०७६ मङ्सिर २०, शुक्रबार
लोपोन्मुख भन्दा सीमान्तकृत समुदायको अवस्था विकराल
परम्परागत पेशालाई निरन्तरता दिँदै आएका आदिवासी जनजातिलाई सरकारले लोपोन्मुख, सीमान्तकृत र अल्पसङ्ख्यक समुदायमा सूचीकृत गरेको छ । लोपोन्मुख अवस्थामा पुगेका १० जातिले सामाजिक सुरक्षाभत्ता प्राप्त गर्दै आएका छन् । ती लोपोन्मुख जातीमा राजी, राउटे, कुसुण्डा, हायु, किसान, लेप्चा, मेचे, कुशवाडिया, सुरेल, वनकरिया पर्दछन् । सरकारले उनीहरुलाई प्रतिव्यक्ति रु तीन हजारका दरले मासिकरूपमा सामाजिक सुरक्षाभत्ता...
-
२०७६ मङ्सिर २०, शुक्रबार
खाडीचौर–चरिकोट सडकखण्ड निमार्ण द्रुतगतिमा गर्ने सहमति
ढिलासुस्ती भएको खाडीचौर–चरिकोट सडकखण्ड स्तरोन्नतिको काम द्रुतगतिमा गर्ने सहमति भएको छ । सडक स्तरोन्नतिमा भएको ढिलाइ विरुद्ध आन्दोलनरत नागरिक अगुवा तथा सडक निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीका प्रतिनिधिबीच बिहीबार सडक स्तरोन्नति द्रुतगतिमा गर्ने सहमति भएको हो । लामोसाँघु–जिरी सडक विस्तार आयोजनाका प्रमुख दीपक बाराहीको अध्यक्षतामा नागरिक अगुवा तथा सडक निर्माणको जिम्मा लिएका ठेकेदार कम्पनीका...
-
२०७६ मङ्सिर २०, शुक्रबार
हप्तैपिच्छे दुर्घटना, असुरक्षित पैदलयात्री
हप्तैपसडक दुर्घटना हाम्रा लागि सामान्य भइसकेको छ । नेपालगञ्जमा दिनहुँजसो सानाठूला दुर्घटना भइरहेका हुन्छन् । कतिपय दुर्घटना भयानक हुन्छन् त कतिपय सामान्य । तर, दुर्घटनामा पर्ने र सोबाट तिनका परिवारले ब्यहोर्नुपरेको क्षतिका बारेमा सम्बन्धित निकाय संवेदनशील बन्न सकेका छैनन् । सामान्य अर्थमा मानवीय कमजोरीकै कारण सडक दुर्घटना हुने गर्छ र यो भवितव्य घटना हो भन्ने आम बुझाइ छ । यही बुझाइका कारण पछिल्लो...
-
२०७६ मङ्सिर २०, शुक्रबार
सामाजिक सुरक्षाभत्ता वितरणमा ढिलाइ
जिल्लाका वृद्धवृद्धा, बालबालिका, अपाङ्गता भएका व्यक्तिहरु सरकारले दिने सामाजिक सुरक्षाभत्ता पाउनबाट वञ्चित भएका छन । सात गाउँपालिका रहेको हुम्लामा दशैँ अगाडि नै सरकारले दिने सामाजिक सुरक्षाभत्ता वितरण अहिलेसम्म हुनसकिरहेको छैन । जिल्लाको चङ्खेली गाउँपालिकाबाहेक अन्य छ पालिकाले सामाजिक सुरक्षाभत्ता वितरण गर्न ढिलाइ गरेका छन् । भत्ताबाट आएको रकमले न्यानो र नयाँ कपडा किनौँला, केही मिठोमसिनो खाउँला...
-
२०७६ मङ्सिर २०, शुक्रबार
अझै हटेन होटल, रेष्टुराँका श्रमिकका समस्या
होटल, रेष्टुराँलगायतका क्षेत्रमा बालश्रमिकको प्रयोग, न्यून ज्यालामा काम गर्नुपर्ने बाध्यता, रातको समयमा सवारी साधनको व्यवस्था नहुनुलगायतका समस्या हट्न सकेको छैन । श्रम ऐनमा रोजगारदाताले श्रमिकका लागि दिने सेवा–सुविधाका विषयमा उल्लेख भए पनि कार्यान्वयन नहुँदा समस्या नहटेको यस क्षेत्रमा कार्यरत सरकारी र गैरसरकारी संस्थाका प्रतिनिधिको भनाइ छ । मनोरञ्जन र सत्कार व्यवसायको विद्यमान अवस्थाका बारेमा...
-
२०७६ मङ्सिर २०, शुक्रबार
दुर्लभ शालिग्राम सङ्ग्रहालयमा
कालीगण्डकी नदीमा मात्र पाइने दुर्लभ एवं बहुमूल्य शिला शालिग्राम अब सङ्ग्रहालयमा देख्न पाइने भएको छ । बागलुङ नगरपालिका–४ कुँडुलेस्थित श्रीरङ्गवेङ्कटेश मुक्तिनारायण मन्दिर परिसरमा भूमिगत ‘स्वामी श्रीधराचार्य शालिग्राम सङ्ग्रहालय’ निर्माण गरिएको हो । सङ्ग्रहालयको आइतबार पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलगायतबाट सामूहिक उद्घाटन हुँदैछ । छिटपुटबाहेक सङ्ग्रहालय...
-
२०७६ मङ्सिर २०, शुक्रबार
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक बढ्दै
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आन्तरिक तथा बाह्य देशका पर्यटकको सङ्ख्या बढ्न थालेको छ । निकुञ्जमा चालू आर्थिक वर्षको पाँच महिनाको अवधिमै ६८५ पर्यटकले अवलोकन गरेका छन् । चालू आवको साउनदेखि हालसम्म स्वदेशी ६०१, सार्क मुलुकका ४० र विदेशी ४४ पर्यटकले निकुञ्ज अवलोकन गरेका छन् । आव २०७५÷७६ को असार मसान्तसम्म स्वदेशी पाँच हजार ७४०, सार्क मुलुकका १५४ र विदेशी १७५ ले निकुञ्ज अवलोकन गरेका थिए । आव २०७४÷७५...
-
२०७६ मङ्सिर २०, शुक्रबार
सुशासनको अनुभूति दिलाउँदै झापा जिप्रका
झापा जिल्ला प्रशासन कार्यालयले ‘परिवर्तन आफैँबाट शुरु गर्नुपर्छ’ भन्ने उक्तिलाई चरितार्थ गर्दै सुशासन र पारदर्शिताको क्षेत्रमा उदाहरणीय अभियान थालेको छ । सर्वसाधारण जनतालाई छिटोछरितो सेवा प्रवाह गर्नका लागि कार्यालयका कर्मचारीले व्यवहार परिवर्तन मात्रै होइन, मोबाइल एप र टोकन मेसिनजस्ता आधुनिक प्रविधिको समेत प्रयोग गरेका छन् । कार्यालयको ढोकाबाट प्रवेशदेखि प्रमुख जिल्ला अधिकारीको कार्यकक्ष...
-
२०७६ मङ्सिर २०, शुक्रबार
आँखाको ज्योतिले दियो खुशी
“बौवा, बुझायत छल, जे आब बुढारी नर्क भगेल, मुदा, आँइखक रोशनी हमरा नव जिनगी देलक” लाग्दथ्यो, बुढ्यौली उमेर नर्क अति कष्टकरको अर्थमा बन्यो, तर आँखाले ज्योति पाएपछि फेरि नयाँ जीवन पाएझैँ लागेको छ भर्खरै केही दिनअघि शल्यक्रियापछि आँखाको ज्योति पुनः पाउनुभएका महोत्तरी, गौशाला नगरपालिका–२ निगौलको दलित बस्तीका ७५ वर्षीय विश्वनाथ पासवानले खुशी हुँदै भन्नुभयो । आँखामा मोतियाविन्दु भएर पछिल्ला पाँच÷छ...


