STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ मङ्सिर २४, मंगलबार

    एक सय चौहत्तर विद्यालय दरबन्दीविहीन

    जिल्लाका १७४ सामुदायिक विद्यालय दरबन्दीविहीन छन् । ती विद्यालय निजी स्रोतका शिक्षकका भरमा सञ्चालन भइरहेका छन् । समुदायको पहलमा स्थापना भएका विद्यालयमा दरबन्दी नहुँदा शैक्षिक गुणस्तर कमजोर हुँदै गएको छ । जिल्लामा कक्षा १ देखि ५ सम्मका ४३, कक्षा १ देखि ८ सम्म पढाइ हुने ८७ र ४४ माध्यमिक विद्यालय दरबन्दीविहीन रहेका शिक्षा विकास तथा समन्वय एकाइ बैतडीका सूचना अधिकारी पुष्कर शर्माले जानकारी दिनुभयो । यी...

  • २०७६ मङ्सिर २४, मंगलबार

    अब काठमाडौँमा माग्न नपाइने नत्र दुई महिना कैद र रु दुई हजारसम्म जरिवाना

    के तपाईले काठमाडौँ महानगरपालिकाभित्र असहायलाई प्रयोग गरी मगन्ते पेशा अपनाउनुभएको छ  अथवा मगन्ते बनी बसिरहनुभएको छ  अब पेशा छोडिहाल्नुस् । नत्र कारवाहीमा परिएला । महानरपलिकाले आज तीन दिनभित्र यस्ता गतिविधि रोक्न सार्वजनिक अपिल जारी गरेको छ । कामपाले माग्ने पेशा नरोके कारवाही गर्ने चेतावनीसमेत दिएको छ । मुलुकी अपराध संहितामा सडक, गल्ली, उद्यान, सवारी बिसौनीस्थल, सरकारी कार्यालय, कार्यालयको परिसर र...

  • २०७६ मङ्सिर २४, मंगलबार

    काठमाडौँमा आज बिजोर नम्बरका सवारी सञ्चालनमा रोक

    तेह्रौँ दक्षिण एशियाली खेलकूद साग को समापनको दिन आज काठमाडौँका मुख्य सडक क्षेत्रमा बिजोर नम्बरप्लेट भएका गाडीलाई सञ्चालनमा रोक लगाइएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले यातायात व्यवस्थापनका लागि जोरबिजोर प्रणाली लागू गरेको जनाउँदै आज जोर नम्बरप्लेटका गाडी मात्रै चलाउन अनुरोध गरेको छ । यसअघि साग उद्घाटनका दिन जोर नम्बर प्लेटका गाडी चलाउन रोक लगाइएको थियो । सरकारी, अत्यावश्यक सेवा, खेलसँग आबद्ध...

  • २०७६ मङ्सिर २४, मंगलबार

    पर्यटकलाई रात्रिकालीन सफारी सहित चेपाङ खाना

    भ्रमण वर्ष सन २०२० लाई लक्षित गर्दै सौराहामा आउने पर्यटकलाई रात्रिकालीन सफारीसहित चेपाङ खाना खुवाउँदै उनीहरुको संस्कृति देखाउने तयारी गरिएको छ । दिनको समयमा निकुञ्ज सफारी गरेर रमाउने र साँझमा थारु संस्कृति हेर्नका लागि अहिले पर्यटक सौराहा आउने गरेका छन् । रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनका अनुसार सौराहाबाट राप्ती नदी ड्यागको बाटो हुँदै लोथरसम्म रात्रिकालीन सफारी गर्ने तयारी गरिएको छ । करिब...

  • २०७६ मङ्सिर २४, मंगलबार

    आँखा अस्पतालको भौतिक विकासका लागि ५० लाख विनियोजन

    यहाँको आँखा अस्पतालको भौतिक विकासका लागि रु ५० लाख बजेट विनियोजन गरिएको छ । नेपाल नेत्रज्योति सङ्घ लमही आँखा अस्पतालको विकासोन्नति र समृद्धिका लागि स्थानीय निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत रु ५० लाख रकम विनियोजन गरिएको हो । गत वर्ष पनि रु ५० लाख रकम विनियोजित भएको र सो रकमले लमही आँखा अस्पतालमा कर्मचारी आवास भवन निर्माण शुरु गरिएको नेपाल नेत्रज्योति सङ्घ दाङका सचिव...

  • २०७६ मङ्सिर २४, मंगलबार

    कलेज सञ्चालनको जिम्मेवारी नगरपालिकालाई

    शिक्षा मन्त्रालयले भक्तपुरको चाँगुनारायणस्थित नेपाल इञ्जिनीयरिङ कलेज सञ्चालनको जिम्मेवारी चाँगुनारायण नगरपालिकालाई दिएको छ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलको नेतृत्वमा सोमबार मन्त्रालयमा बसेको बैठकले कलेज सञ्चालनको जिम्मेवारी नगरपालिकालाई दिने निर्णय गरेको हो । बैठकले नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रको अध्यक्षतामा नौ सदस्यीय सञ्चालक समितिसमेत गठन गरेको छ । समितिका सदस्यमा सहायक प्रमुख जिल्ला...

  • २०७६ मङ्सिर २४, मंगलबार

    भ्रमण वर्ष लक्षित ‘गाइडबुक’ र ‘ब्रोसर’ प्रकाशन

    ‘नेपाल भ्रमण वर्ष सन् २०२०’ नजिकिँदै गर्दा पनौतीलाई चिनाउने खालको तयारी अभियान शुरु गरिएको छ । ‘भिजिट नेपाल २०२०’ मा धेरैभन्दा धेरै पर्यटकलाई काभे्रपलाञ्चोकको पनौती नगरपालिकामा भित्र्याउन नगरपालिकाले विभिन्न योजना ल्याउने तयारी थालिसकेको पनौती पर्यटन विकास समितिले जनाएको छ । पर्यटन विकास समितिको आयोजनामा भएको बैठकमा पर्यटन वर्ष केन्द्रित पनौतीको चिनारीसहितको ब्रोसर र पर्यटन गाइडबुक निकाल्ने...

  • २०७६ मङ्सिर २४, मंगलबार

    झापा कारागारलाई कलबलगुढी सार्न सिफारिस

    क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी रहेको झापा कारागारलाई सुविधाजनक ठाउँमा स्थानान्तरण गर्ने पहल शुरु भएको छ । विसं २०२० मा भद्रपुर–८ मा बनेको सो कारागार भवनमा ३५० कैदीबन्दी अटाउने क्षमता भएपनि हाल एक हजार १५९ कैदीबन्दी रहेका छन् । कारागारभित्र पुरुष एक हजार ६२, महिला ९१ र आश्रित बालवालिका ६ जना बस्दै आएका छन् । क्षमताभन्दा बढी कैदीबन्दी राखिँदा दुर्घटना जोखिम बढेको चौतर्फी गुनासो बढेकै बेला...

  • २०७६ मङ्सिर २४, मंगलबार

    जैविक कृषि गाउँपालिका बनाउन महोत्सव

    वित्र तीर्थस्थलका रूपमा परिचित देवघाटमा कृषि महोत्सव गरिने भएको छ । भौगोलिकरूपमा कृषि उत्पादनमा उत्कृष्ट मानिएको गाउँपालिकाले स्थानीय कृषि उत्पादन तथा कृषकलाई प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको आयोजनक देवघाट गाउँपालिकाले जनाएको छ । क्षेत्रफलको हिसाबले ठूलो रहेको गाउँपालिकामा १५ वडा छन् । गाउँपालिकालाई आगामी तीन वर्षभित्र अग्र्यानिक कृषि नमूना गाउँपालिका बनाउने लक्ष्य लिएको...

  • २०७६ मङ्सिर २४, मंगलबार

    नेपाल र भूटानबीच खेलमा नेपालको जित

    दक्षिण एशियाली खेलकूद प्रतियोगिता साग अन्तर्गत दशरथ रङ्गशालामा जारी नेपाल र भूटानबीचको पुरुष फुटबलको फाइनल खेलमा नेपालको जित हात पारेको छ । शुरुआती चरणमा नेपालले अग्रता लिएपनि खेलको ३६ अ‍ैं मिनेटमा भुटानी खेलाडी चेन्चो ग्याल्सेनले जवाफी गोल गरेका थिए । खेल शुरु भएको १६ औं मिनेटमा नेपाली खेलाडी अभिषेक रिजालले नेपालको तर्फबाट पहिलो गोल गरेपनि त्यो लामो समय टिक्न सकेन । तर दोस्रो हाफमा सुनीलले एक...

  • २०७६ मङ्सिर २३, सोमबार

    मादी नदीमा ताल निर्माण गरिँदै

    व्यास नगरपालिकाले मादी नदीमा निर्माण गर्न लागेको कृत्रिम तालको विस्तृत आयोजना प्रतिवेदन डिपिआर तयार गरेको छ । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले दमौलीस्थित मादी नदीमा बाँध बाँधेर कृत्रिम ताल निर्माण गर्न लागिएको हो । सो आयोजना सम्भाव्यता अध्ययन गर्न नगरपालिकाले चालू आर्थिक वर्षमा रु ४० लाख बजेट विनियोजन गरेको थियो । नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले ताल निर्माणका लागि नगरपालिकाले बोलपत्र...

  • २०७६ मङ्सिर २३, सोमबार

    चराङमा च्याङ्ग्रा फार्म सञ्चालन

    च्याङ्ग्राका पाठापाठी र पश्मिना उत्पादन गर्न कृषि तथा पशुपक्षी विकास मन्त्रालयले मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा च्याङ्ग्रा फार्म सञ्चालनमा ल्याएको छ । स्थानीयस्तरमा गठित फार्म सञ्चालन समितिका अध्यक्ष माया विष्टका अनुसार अहिले फार्ममा ३०० च्याङ्ग्रा रहेका छन् । चार जना कर्मचारी कार्यरत रहेका छन् । “फार्म सञ्चालन गर्न स्थानीयस्तरमा उपभोक्ता समिति गठन भएको छ”, अध्यक्ष विष्टले...

Pages