राष्ट्रिय
-
२०७६ मङ्सिर २३, सोमबार
तापमान वृद्धिको प्रभावबारे ‘कोप–२५’ मा ध्यानाकर्षण गराउँछौँ ः मन्त्री बस्नेत
वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्ष राष्ट्रको २५औँ सम्मेलन ९कोप–२५०मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गएराति स्पेन प्रस्थान गर्नुभएको छ । स्पेनको म्याड्रिडमा भइरहेको कोप–२५ को विशेष सभालाई मन्त्री बस्नेतले बुधबार सम्बोधन गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । म्याड्रिड प्रस्थानअघि मन्त्री बस्नेतले...
-
२०७६ मङ्सिर २३, सोमबार
‘एकदिन एक दाता’ अभियानले वृद्धाश्रम सञ्चालन सहज
‘एकदिन एक दाता’ अभियानले वृद्धाश्रम सञ्चालन सहज भएको छ । स्याङ्जाको गल्याङ नगरपालिका–१ रामनदीधाममा रहेको शिव पार्वती वृद्धाश्रम तथा बहुउद्देश्यीय संस्थामा आश्रय लिनुभएका वृद्धवृद्धाको भोजन व्यवस्थापन सहज भएको शिव पार्वती वृद्धाश्रम तथा बहुउद्देश्यीय संस्थाकी अध्यक्ष कविता गैह्रेले बताउनुभयो । “संस्थाले शिवपुराण महायज्ञ लगाएर थालनी गरेको वृद्धाश्रम निर्माण कार्यका लागि विभिन्न सङ्घसंस्था तथा...
-
२०७६ मङ्सिर २३, सोमबार
महिला स्वास्थ्य स्वयसेविकाका लागि बीमा
तारकेश्वर नगरपालिकाले महिला स्वास्थ्य स्वयंसेविकालाई स्वास्थ्य र जीवन बीमा गर्ने भएको छ । नागरिकको स्वास्थ्यका लागि जुनसुकै अवस्थामा पनि स्वयंसेविका खटिनुपर्ने भएकाले उनीहरुलाई काम गर्न थप हौसला मिलोस् भन्ने उद्देश्यले स्वास्थ्य र जीवन बीमा गर्ने निर्णय गरिएको नगर स्वास्थ्य शाखाप्रमुख अरुणकुमार गिरीले बताउनुभयो । “बीमाले उपचारसँगै उनीहरुमा बचत गर्ने बानीको पनि विकास हुन्छ”, प्रमुख गिरीले भन्नुभयो...
-
२०७६ मङ्सिर २३, सोमबार
अवैध विदेशी च्यानल प्रसारण गर्नेलाई कारवाहीको दायरामा ल्याइँदै
अवैधरूपमा विदेशी टेलिभिजन च्यानल डाउनलोड गरी प्रसारण भइरहेको पाइएपछि सरकारले त्यस्ता केवल अपरेटरलाई कारवाहीको दायरामा ल्याउने भएको छ । सूचना तथा प्रसारण विभागले आइतबार अवैधरूपमा भारतीय च्यानल प्रसारण गर्ने डिभाइन स्ट्रीम नेटवर्क प्रालि मेरो टिभी लाई अवैधानिक च्यानल बन्द गर्न पत्राचार गरेको छ । यसअघि मङ्सिर १७ गतेसमेत विभागले सो संस्थालाई त्यस्तो पत्र काटेको थियो । विभागले सोनी, जी र कर्लसलगायतका...
-
२०७६ मङ्सिर २३, सोमबार
कोहलपुरमा कप्mर्यु आदेश जारी नभएको स्पष्ट
बाँकेको कोहलपुरमा कप्mर्यु आदेश जारी नभएको जिल्ला प्रशासन कार्यालयले स्पष्ट पारेको छ । निमित्त प्रजिअ कृष्णप्रसाद उपाध्यायका अनुसार कोहलपुरका केही स्थानमा निषेधित क्षेत्र मात्र घोषणा गरिएको हो । आइतबार कोहलपुरस्थित त्रिभुवन माविकी छात्रा प्रकृति चन्दलाई ना२ख ९४५९ नंको ट्रकले किचेपछि विद्यार्थी समूह र स्थानीयवासीको विरोधका कारण कोहलपुर क्षेत्रमा तनाव उत्पन्न भएको थियो । तनावको अवस्थालाई मत्थर...
-
२०७६ मङ्सिर २३, सोमबार
वरिष्ठ नेता नेपाल–भारतीय राजदूत भेट
नेपाल कम्युनिष्ट पार्टी नेकपा का वरिष्ठ नेता माधवकुमार नेपालसँग नेपालका लागि भारतीय राजदूत मञ्जीभसिंह पुरीले आज नेता नेपालको निवास कोटेश्वरमा भेटवार्ता गर्नुभएको छ । आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्कने तयारी रहनुभएका राजदूत पुरीले पूर्वप्रधानमन्त्री एवं नेकपाका विदेश मामिला विभागका प्रमुख नेपालसँग बिदाइ भेट गर्नुभएको नेता नेपालका स्वकीय सचिव मोहन गौतमले जनाउनुभयो । भेटका अवसरमा नेपाल–भारत...
-
२०७६ मङ्सिर २३, सोमबार
विपद् पहिचानको नक्सा बनाउँदै कामपा
काठमाडौँ महानगरपालिकाले विपद् व्यवस्थापन गर्न वडास्तरमा सम्भावित स्थान पहिचानको कार्य शुरु गरेको छ । कामपाको ३२ वटै वडामा रहेका खुला स्थान र विपद्को जोखिमपूर्ण क्षेत्रको पहिचानसहित ती स्थानको नक्सा बनाउने काम भइरहेको जनाएको छ । नेपाल रेडक्रम सोसाइटीको सहयोगमा जोखिम क्षेत्रको नक्सा बनाउने काम भइरहेको कामपाको प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिनुभयो । भूकम्प र आगलागीजस्ता विपद्का दृष्टिकोणले...
-
२०७६ मङ्सिर २३, सोमबार
साँफे मार्तडी सडकको भाडादर घट्यो
मार्तडीदेखि अछामको साँफे बगरसम्मको नयाँ भाडादर निर्धारण गरिएको छ । कूल ५७ किलोमिटर सो सडक खण्डको भाडादर रु १६५ कायम गरिएको छ यस अघि जीपले रु ६०० र बसले रु ५०० भाडा लिँदै आएका थिए । यातायात व्यवस्था विभागकै परिपत्रअनुसार नयाँ भाडादर कायम गरिएको प्रमुख जिल्ला अधिकारी गङ्गाप्रसाद न्यौपानेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “अब यात्रुले मार्तडीदेखि साँफेबगरसम्म रु १६५ भाडा तिरे पुग्छ । नयाँ...
-
२०७६ मङ्सिर २३, सोमबार
स्वास्थ्यकर्मी नहुँदा सेवा प्रभावमा समस्या
जिल्लाको पूर्वी भागमा अवस्थित दुर्गम क्षेत्रमा पर्ने निस्दी गाउँपालिका–३ झिरुवामा स्वास्थ्यचौकी भवन निर्माण सम्पन्न भएको छ । नेपाल सरकारको रु दुई करोडको लागतमा दुईतले १६ कोठासहितको नयाँ भवन निर्माण सम्पन्न भएको हो । विसं २०७३ मा शिलान्यास भएको भवन बनेपछि स्थानीयमा खुशियाली छाएको छ । यस स्वास्थ्यचौकीबाट यहाँका करिब पाँच हजार नागरिक लाभान्वित हुनेछन् । यस स्वास्थ्यचौकीमा हाल एक अहेव, एक अनमीसहित...
-
२०७६ मङ्सिर २३, सोमबार
मादी नदीमा ताल निर्माण गरिँदै
व्यास नगरपालिकाले मादी नदीमा निर्माण गर्न लागेको कृत्रिम तालको विस्तृत आयोजना प्रतिवेदन डिपिआर तयार गरेको छ । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले दमौलीस्थित मादी नदीमा बाँध बाँधेर कृत्रिम ताल निर्माण गर्न लागिएको हो । सो आयोजना सम्भाव्यता अध्ययन गर्न नगरपालिकाले चालू आर्थिक वर्षमा रु ४० लाख बजेट विनियोजन गरेको थियो । नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले ताल निर्माणका लागि नगरपालिकाले बोलपत्र...
-
२०७६ मङ्सिर २३, सोमबार
चराङमा च्याङ्ग्रा फार्म सञ्चालन
च्याङ्ग्राका पाठापाठी र पश्मिना उत्पादन गर्न कृषि तथा पशुपक्षी विकास मन्त्रालयले मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा च्याङ्ग्रा फार्म सञ्चालनमा ल्याएको छ । स्थानीयस्तरमा गठित फार्म सञ्चालन समितिका अध्यक्ष माया विष्टका अनुसार अहिले फार्ममा ३०० च्याङ्ग्रा रहेका छन् । चार जना कर्मचारी कार्यरत रहेका छन् । “फार्म सञ्चालन गर्न स्थानीयस्तरमा उपभोक्ता समिति गठन भएको छ”, अध्यक्ष विष्टले...
-
२०७६ मङ्सिर २३, सोमबार
दुई गाउँपालिका सचिवविहीन
काभ्रेपलाञ्चोकको दुई गाउँपालिका वडा सचिवविहीन अवस्थामा रहेका छन् । तेमाल र महाभारत गाउँपालिकाको १७ वटै वडामा महिनौँदेखि सचिव नहुँदा कार्यसम्पादनमा निकै असहज भएको बताइएको छ । तेमाल गाउँपालिकामा नौ र महाभारत गाउँपालिकामा आठ वडा रहेका छन् । साविकका वडा सचिवहरु कर्मचारी समायोजनसँगै बढुवासहित अन्यत्र गएपछि दुई गाउँपालिका वडासचिवविहीन भएका हुन् । महाभारत गाउँपालिकाको कुनै पनि वडामा सचिव नभएको अध्यक्ष...


