STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ मङ्सिर १, आइतबार

    उडान आंशिकरुपमा बन्द हुने

    कैलालीको धनगढी विमानस्थलमा मङ्सिर महिनाभरि आंशिक रुपमा उडान बन्द हुने भएका छन् । धावनमार्गको मर्मतसम्भार र स्तरवृद्धिको काम बाँकी रहेकाले सो कामलाई निरन्तरता दिन आजबाट दिउँसो ३ देखि बेलुकी ७ बजेसम्म एक महिनाका लागि उडान आंशिकरुपमा बन्द हुने धनगढी विमानस्थलका प्रमुख तेजबहादुर बुढथापाले जानकारी दिनुभयो । गत जेठमा एक हजार ८०० मिटरमध्ये ४२० मिटर धावनमार्गमा कालोपत्र र पार्किङ क्षेत्रको काम बाँकी...

  • २०७६ मङ्सिर १, आइतबार

    उद्योग व्यवसाय प्रवद्र्धन गर्ने विषयवस्तुलाई प्राथमिकता दिन आग्रह

    मिडियामा उद्योग व्यवसाय प्रवद्र्धन गर्ने विषयवस्तुलाई प्राथमिकता दिन रुपन्देहीका उद्योगी व्यवसायीहरुले आग्रह गरेका छन् । समाचार सम्मेलनको पूर्वसन्ध्यामा पत्रकार महासङ्घ रुपन्देहीको संयोजनमा लुम्बिनीमा शनिबार साँझ आयोजना गरिएको मिडियाका सम्पादक र उद्योगी व्यवसायीबीचको छलफलमा यस्तो सुझाव दिइएको हो । मिडियाले जहिले पनि राजनीतिक विषयलाई प्राथमिकता दिँदा उद्योगी व्यवसायीका समस्या ओझेलमा परेको...

  • २०७६ मङ्सिर १, आइतबार

    क्यान्सर अस्पतालमा आजदेखि विस्तारित स्वास्थ्य सेवा

    क्यान्सर रोगको उपचार गर्न यहाँ आउने जो कोहीले आजबाट पालो नपाएर निजी अस्पताल धाउनु नपर्ने भएको छ । यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले आजदेखि विस्तारित स्वास्थ्य सेवा शुरु गरेसँगै साँझको समयमा अस्पतालमा नै न्यून अतिरिक्त शुल्क तिरेर उपचार गर्न पाउने भएका छन्् । अस्पतालको नियमति सेवामा बिरामीको चाप हुँदा पालो नपाएर बिरामीले चर्को शुल्क तिरेर निजी अस्पतालमा उपचार गराउन बाध्य हुनु परेको...

  • २०७६ मङ्सिर १, आइतबार

    डिजिटल एक्सरे मेसिनबाट सेवा शुरु

    जिल्ला अस्पताल डोटीमा आधुनिक डिजिटल एक्सरे मेसिनबाट सेवा दिन थालिएको छ । सुदूरपश्चिम प्रदेशका अन्य पहाडी जिल्लाहरुमा सादा खालको एक्सरे मेसिनबाट सेवा प्रवाह भइरहेका बेला यहाँको जिल्ला अस्पतालमा भने पहिलोपटक आधुनिक डिजिटल एक्सरे मेसिनबाट बिरामीलाई सेवा दिन शुरु गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकारले लाखौँ मूल्य पर्ने उक्त डिजिटल एक्सरे मेसिन डोटी अस्पतालमा पठाएपछि अहिले सेवा दिन शुरु गरिएको हो ।...

  • २०७६ मङ्सिर १, आइतबार

    चार स्थानीय तहमा सुरक्षित आप्रवासन परियोजना लागू

    जिल्लाका चार स्थानीय तहमा सुरक्षित आप्रवासन सामी परियोजना लागू भएको छ । व्यास नगरपालिका, भानु नगरपालिका, शुक्लागण्डकी नगरपालिका र म्याग्दे गाउँपालिकामा सुरक्षित आप्रवासन परियोजना लागू भएको हो । परियोजना सञ्चालनका लागि आज परामर्शदाता संस्थासँग सम्बन्धित पालिकाका प्रमुखले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ । सो अवसरमा व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, भानु नगरपालिकाका प्रमुख उदयराज गौली,...

  • २०७६ मङ्सिर १, आइतबार

    दिक्तेल–हलेसी सडक कालोपत्र सम्पन्न

    मध्यपहाडी लोकमार्गमा पर्ने खोटाङको दिक्तेल–हलेसी सडक कालोपत्र सम्पन्न भएको छ । एशियाली विकास बैंक एडिबीको आर्थिक सहयोगमा जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारस्थित रत्नपार्कदेखि त्रिधार्मिकस्थल हलेसीसम्मको ३६ किलोमिटर सडक कालोपत्र सम्पन्न भएको हो । एडिबीको रु ४६ करोड ८९ लाख ९२ हजारको लगानीमा साढे छ मिटर फराकिलो पारिएको सो दिक्तेल–हलेसी सडकमा साढे पाँच मिटर चौडाइ कालोपत्र गरिएको आयोजना...

  • २०७६ मङ्सिर १, आइतबार

    सहकारीको एक वर्षमै रु तीस करोडको वित्तीय कारोवार

    कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित सृजनशील बचत तथा ऋण सहकारी संस्थाले आब २०७५÷७६ मा रु ३० करोडको वित्तीय कारोवार गरेको छ । सहकारीले सोही अवधिमा रु चार करोड ३१ लाख ८१ हजार ८८१ आम्दानी गरेको छ । जुन आव २०७४÷७५ तुलनामा ३५ दशमलव ५६ प्रतिशतले बढी रहेको छ । सहकारीको १२औँ साधारणसभामा आयव्ययको प्रतिवेदन पेश गर्दै सहकारीका कोषाध्यक्ष प्रकाश खड्काले चालू आवमा रु ४२ लाख ५३ हजार ४०२ रकम खुद नाफा...

  • २०७६ मङ्सिर १, आइतबार

    एडिबीको सहुलियत ऋण सहयोगमा भीमदत्तमा तीन अर्बका योजना

    एशियाली विकास बैंक एडिबी को सहुलियत ऋण सहयोगमा भीमदत्त नगरपालिमा रु तीन अर्बका विकास निर्माणका योजना छनोट गरिएका छन् । नगरपालिकामा पूर्वाधार निर्माण र संस्थागत सृदृढीकरणका लागि क्षेत्रीय शहरी विकास आयोजनाअन्तर्गत विकास निर्माणका योजना कार्यान्वयनमा ल्याइन लागेको हो । नगरपालिकामा आयोजनाअन्तर्गत ढल विकास, शहरी सडक निर्माण र फोहर व्यवस्थापन प्रणाली सुधारका लागि एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र...

  • २०७६ मङ्सिर १, आइतबार

    सोमबार उद्घाटन हुँदै माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजना

    कुनै समय नेपाल विद्युत् प्राधिकरणलाई रुग्ण आयोजना पालेर बसेको, समयमा काम सम्पन्न गर्न नसकेको जस्ता आरोप लाग्ने गरेको थियो । त्यस्तै आरोप लाग्ने एउटा आयोजनाको नाम हो माथिल्लो त्रिशूली थ्री ‘ए’ । प्राधिकरणले निर्माण गरेको सो आयोजना सकिन मात्रै एक दशकभन्दा बढी लाग्यो । गत चैतदेखि नियमित विद्युत् उत्पादन शुरु गरेको सो आयोजनाको सोमबार औपचारिकरूपमा उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ । प्रधानमन्त्री...

  • २०७६ मङ्सिर १, आइतबार

    विद्युत् कटौतीको समस्या हट्यो

    बागलुङमा लामो समयदेखि अनियमित विद्युत् कटौतीको समस्या समाधान भएको छ । देशमा लोडसेडिङको अन्त्य भएको दुई वर्षभन्दा बढी बित्दासमेत बागलुङमा अनियमित विद्युत् आपूर्ति हुँदा जनता हैरान भएको सन्दर्भमा सवस्टेशनको क्षमता विस्तारसँगै समस्या समाधान भएको हो । विद्युत्को मागभन्दा सवस्टेशनको भारवाहन क्षमता कम भएका कारण अनियमित विद्युत् कटौतीको समस्या भोग्दै आएका बागलुङवासीलाई सवस्टेशनमा रहेको ट्रान्सफर्मरको...

  • २०७६ मङ्सिर १, आइतबार

    भृकुटीमण्डपमा वित्तीय मेला

    नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले नेपालमा लगानीका प्रचुर सम्भावना भएको बताउनुभएको छ । मिडिया इन्टरनेशनल, काठमाडौँले भृकुटीमण्डपमा आयोजना गरेको तेस्रो बैंकिङ प्रदर्शनीको उद्घाटनका अवसरमा उहाँले लगानीको सम्भावना र बजार सुनिश्चित हँुदाहँुदै पनि युवा जमात विदेश पलायन हुनु मुलुकका लागि दुर्भाग्य भएको धारणा राख्नुभएको छ । वैदेशिक विभागको पछिल्लो तथ्याङ्कमा विश्वका ८४ देशमा झन्डै ५० लाख...

  • २०७६ मङ्सिर १, आइतबार

    दृष्टिविहीन विद्यार्थीका लागि आवास

    दाङको राप्ती गाउँपालिका–२ स्थित आदर्श नमूना माविको दृष्टिविहीन छात्रावास निर्माणका लागि विदेशबाट सहयोग प्राप्त भएको छ । छात्रावास जीर्ण हुँदा दृष्टिविहीन विद्यार्थीलाई पठनपाठनमा असहज हुने गरेको थियो । राप्ती समाज जापानको सहयोगमा सङ्कलन भएको रु ४१ हजार ४४० विद्यालयलाई हस्तान्तरण गरिएको हो । पूर्वविद्यार्थी तुलसीराम पोख्रेलको पहलमा तथा संस्थाका अध्यक्ष युवराज रेग्मीको सक्रितामा सहयोग सङ्कलन गरी...

Pages