राष्ट्रिय
-
२०७६ कार्तिक २२, शुक्रबार
नेपाल–युरोपेली सङ्घ संयुक्त आयोगको बैठक शुरु
नेपाल–युरोपेली सङ्घ संयुक्त आयोगको बैठक राजधानीमा प्रारम्भ भएको छ । बैठकमा नेपाली पक्षको नेतृत्व परराष्ट्र सचिव शङ्करदास वैरागी र एशिया–प्रशान्त क्षेत्रका लागि सङ्घका नायब प्रबन्ध निर्देशक पाओला पम्पालोनीले सङ्घको प्रतिनिधिमण्डलको नेतृत्व गर्नुभएको छ । बैठकमा आपसी हितका क्षेत्रीय र बहुपक्षीय विषयका साथै नेपाल र युरोपेली सङ्घबीचको सम्बन्धका सबै पक्षबारे विचारविमर्श हुने परराष्ट्र मन्त्रालयले...
-
२०७६ कार्तिक २२, शुक्रबार
देशभरका नारायण मन्दिरमा भक्तजनको भीड, तुलसीको विशेष पूजा गरिँदै
कार्तिक शुक्ल एकादशी अर्थात् हरि बोधिनी एकादशीका दिन आज बिहानैदेखि उपत्यकाका चार नारायण, बूढानीलकण्ठ नारायणस्थानसहित देशभरका नारायण मन्दिरमा भक्तजनको भीड लागेको छ ।आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीका दिन क्षीरसागरमा सुत्नुभएका भगवान् विष्णु आज जागा हुनुहुने धार्मिक विश्वासका साथ पूजाआजासहित आराधना गर्न बिहानैदेखि नारायण मन्दिरमा भक्तजनको भीड लागेको हो । उपत्यकाका चाँगुनारायण, शेषनारायण...
-
२०७६ कार्तिक २२, शुक्रबार
सीमाका विषयमा सरकार अल्मलिदैन् ः प्रवक्ता बाँस्कोटा
सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले लिपुलेक र कालापानीमा रहेको सीमाका विषयमा सरकार अल्मलिन्छ कि भन्ने नसोच्न आग्रह गर्नुभएको छ । देशका उत्कृष्ट १०० गन्तब्यको सूचीमा सूचीकृत स्याङ्जाको कालीगण्डकी गाउँपालिका– ३ लसर्घामा अवस्थित प्रसिद्ध आलमदेवी मन्दिर अङ्कित हुलाक टिकटको आज यहाँ अनावरण गर्दै मन्त्री बाँस्कोटाले सीमाका विषयमा सरकारकोतर्फबाट स्पष्ट दृष्टिकोण आइसकेको बताउनुभयो...
-
२०७६ कार्तिक २२, शुक्रबार
नेपालमा पहिलोपल्ट गोताखोर तालीम
नेपालमा पहिलोपल्ट गोताखोर तालीम सञ्चालन गरिएको छ । युएनडिपीको सहयोगमा सशस्त्र प्रहरी बल नं १ बराह बाहिनी पकली इटहरीले यो तालीम प्रदान गरेको हो । बङ्गलादेशमा सन् २०११ तालीम लिएका २५ मध्ये अहिले १९ जनाबाट सशस्त्र प्रहरी जवानदेखि सशस्त्र प्रहरी सहायक निरीक्षकसम्मका थप १९ जनालाई तालीम सञ्चालन गरिएको सशस्त्र प्रहरी नायब निरीक्षक वीरेन्द्र खनालले बताउनुभयो । तत्कालीन समयमा एक व्यक्तिलाई करीब रु १२ लाख...
-
२०७६ कार्तिक २२, शुक्रबार
सम्झौताको ४२ दिनमै सडक कालोपत्र
तनहुँको भिमाद नगरपालिका–२ जिलाङस्थित फूलबारी मोटरमार्गको कालोपत्र गर्ने कार्य सम्झौता भएको ४२ दिनमै सम्पन्न भएको छ । भिमाद नगरपालिका र स्थानीयवासीको सहभागितामा शुरु गरिएको कालोपत्रको काम ४२ दिनमै सम्पन्न भएको हो । मोटरमार्ग कालोपत्रका लागि असोज ९ गते सम्झौता भएकामा यही कात्तिक २१ गते ६०० मिटर सडकको कालोपत्र सम्पन्न भएको फूलबारी मोटरमार्ग कालोपत्र योजना उपभोक्ता समितिका अध्यक्ष कमलबहादुर थापाले...
-
२०७६ कार्तिक २२, शुक्रबार
ठेकेदार कम्पनी टाट पल्टेपछि लोकमार्ग अलपत्र
मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ खण्डको निर्माण गर्ने ठेकेदार कम्पनी टाट पल्टिएपछि सडक निर्माणकार्य अलपत्र परेको छ । अक्षेतेदेखि घोडाबाँधे खण्डकोे १३ किलोमिटर सडक निर्माण गर्ने जिम्मा लिएको ठेकदार कम्पनी सूर्य कन्स्ट्रक्सन टाट पल्टिन लागेपछि अहिले यहाँको काम ठप्प छ । मार्ग खोल्न शुरु भएको २० वर्षपछि कालोपत्र गर्ने तयारी अघि बढेको भए पनि बागलुङ सदरमुकामदेखि घोडाबाँधेसम्मको २५ किलोमिटर सडक अझै...
-
२०७६ कार्तिक २२, शुक्रबार
हिमाल आरोहण अनुमतिको रोयल्टी साढे ६ करोड
शरद ऋतुमा देशका विभिन्न हिमाल आरोहण अनुमतिबाट अहिलेसम्म रु ६ करोड ४० लाख ८८ हजार ८४ रोयल्टी सङ्कलन भएको छ । ६२ देशका एक हजार १६२ आरोहीबाट सो रोयल्टी सङ्कलन भएको पर्यटन विभागले जनाएको छ । विभागका अनुसार आरोहण अनुमति लिनेमा पुरुष ९१५ र महिला २४७ जना रहेका छन् । आरोहीले शरद ऋतुमा विभिन्न ५० हिमाल आरोहणका लागि अनुमति लिएको पर्यटन विभागका नायब सुब्बा रामेश्वर निरौलाले जानकारी दिनुभयो । जसमध्ये...
-
२०७६ कार्तिक २२, शुक्रबार
लक्ष्यभन्दा रु ४७ करोड बढी राजश्व सङ्कलन
सानो भ¥याङस्थित प्रदेश नं ३ को यातायात व्यवस्था कार्यालयले आव २०७५÷०७६ मा रु एक अर्ब ४७ करोड राजश्व सङ्कलन गरेको छ । कार्यालयले रु एक अर्ब राजश्व सङ्कलन गर्ने लक्ष्य लिएकामा थप रु ४७ करोड वृद्धि भएको जनाएको हो । सवारी साधन कर सङ्कलन, यातायात क्षेत्रको आम्दानी, चालक अनुमति पत्र, सवारी दर्ता किताबलगायत शीर्षकमा राजश्व सङ्कलन बढेको कार्यालय प्रमुख राजकुमार कपालीले जानकारी दिनुभयो । आव २०७६÷०७७ को...
-
२०७६ कार्तिक २२, शुक्रबार
रामग्राम स्तुप क्षेत्रमा जियोफिजिक्स सर्भे शुरु
भगवान् गौतमबुद्धको अस्तुधातु रहेका स्थल पश्चिम नवलपरासीको रामग्राम–७ उजौनीस्थित रामग्राम स्तूप क्षेत्रमा तत्कालै भौगर्भिक अध्ययन जियोफिजिक्स सर्भे शुरु भएको छ । रामग्राम नगरपालिका–७ उजौनीस्थित भगवान् गौतमबुद्धको अस्तुधातु रहेका स्थल स्तुप क्षेत्रमा सर्भे शुरु भएकोे हो । यो स्थलको महत्वपूर्ण विशेषता ठूलो स्तुप हो जसको लम्बाइ १० मिटर छ भने व्यास २३ दशमलव पाँच मिटर रहेको छ । युनेस्कोमार्फत यूके...
-
२०७६ कार्तिक २२, शुक्रबार
राजदूतावास अगाडि धर्ना
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको भ्रातृ सङ्गठन अनेरास्ववियूले आज भारतीय राजदूतावास अगाडि धर्ना दिएको छ । भारतीय पक्षले नेपाली भूमि कालापानी, लुम्पियाधुरा र लिपुलेक आफ्नो नक्सामा राखेको आरोप लगाउँदै अखिलले बिहान ११ देखि साढे १२ बजेसम्म दूतावास घेराउ गरेको हो । घेराउपछि आयोजित कोणसभामा अखिलका संयोजक ऐन महरले भारतलाई नेपालको भूमि अतिक्रमण नगर्न र असल छिमेकीका रुपमा व्यवहार गर्न आग्रह...
-
२०७६ कार्तिक २२, शुक्रबार
हरिबोधिनी एकादशीमा तुलसीको विवाहका लागि पुरोहितको अभाव
आज हरिबोधिनी एकादशी अर्थात् तुलसीको विवाह गर्ने दिन । धर्मशास्त्रमा उल्लेख भएअनुसार आषाढ शुक्ल एकादशीदेखि चार महिनासम्म क्षीरसागरमा शेषनागरुपी श्ययामा शयन गरेर भगवान् श्रीहरि जागा भएको दिन । यस दिनलाई हिन्दू धर्मावलम्बीहरूले भगवान् हरि विष्णुको विवाह लक्ष्मी मानिएकी तुलसीसँग गरिदिने धार्मिक प्रचलन रहँदै आएको छ । विधिविधान र पूजापाठ गरी व्रत बसेर तुलसीको विवाह गर्ने आजको दिनमा म्याग्दीमा भने...
-
२०७६ कार्तिक २२, शुक्रबार
चार हजार दुई सय पाँच घर बने
भूकम्पबाट क्षति पुगेका घरमध्ये चार हजार २०५ घरको निर्माण सम्पन्न भएको छ । पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ भवनले दिएको जानकारीअनुसार जिल्लामा हालसम्म ६३ प्रतिशत घर बनेका हुन् । जिल्लामा रहेका सात हजार ३३५ लाभग्राहीमध्ये चार हजार २०५ जनाले आवास निर्माण सम्पन्न गरी तेस्रो किस्ता बापतको रकमसमेत लगिसकेको कार्यालयका इन्जिनीयर सुभाष न्यौपानेले जानकारी दिनुभयो । लाभग्राहीमध्ये ६...


