राष्ट्रिय
-
२०७६ कार्तिक २२, शुक्रबार
लक्ष्यभन्दा रु ४७ करोड बढी राजश्व सङ्कलन
सानो भ¥याङस्थित प्रदेश नं ३ को यातायात व्यवस्था कार्यालयले आव २०७५÷०७६ मा रु एक अर्ब ४७ करोड राजश्व सङ्कलन गरेको छ । कार्यालयले रु एक अर्ब राजश्व सङ्कलन गर्ने लक्ष्य लिएकामा थप रु ४७ करोड वृद्धि भएको जनाएको हो । सवारी साधन कर सङ्कलन, यातायात क्षेत्रको आम्दानी, चालक अनुमति पत्र, सवारी दर्ता किताबलगायत शीर्षकमा राजश्व सङ्कलन बढेको कार्यालय प्रमुख राजकुमार कपालीले जानकारी दिनुभयो । आव २०७६÷०७७ को...
-
२०७६ कार्तिक २२, शुक्रबार
रामग्राम स्तुप क्षेत्रमा जियोफिजिक्स सर्भे शुरु
भगवान् गौतमबुद्धको अस्तुधातु रहेका स्थल पश्चिम नवलपरासीको रामग्राम–७ उजौनीस्थित रामग्राम स्तूप क्षेत्रमा तत्कालै भौगर्भिक अध्ययन जियोफिजिक्स सर्भे शुरु भएको छ । रामग्राम नगरपालिका–७ उजौनीस्थित भगवान् गौतमबुद्धको अस्तुधातु रहेका स्थल स्तुप क्षेत्रमा सर्भे शुरु भएकोे हो । यो स्थलको महत्वपूर्ण विशेषता ठूलो स्तुप हो जसको लम्बाइ १० मिटर छ भने व्यास २३ दशमलव पाँच मिटर रहेको छ । युनेस्कोमार्फत यूके...
-
२०७६ कार्तिक २२, शुक्रबार
राजदूतावास अगाडि धर्ना
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको भ्रातृ सङ्गठन अनेरास्ववियूले आज भारतीय राजदूतावास अगाडि धर्ना दिएको छ । भारतीय पक्षले नेपाली भूमि कालापानी, लुम्पियाधुरा र लिपुलेक आफ्नो नक्सामा राखेको आरोप लगाउँदै अखिलले बिहान ११ देखि साढे १२ बजेसम्म दूतावास घेराउ गरेको हो । घेराउपछि आयोजित कोणसभामा अखिलका संयोजक ऐन महरले भारतलाई नेपालको भूमि अतिक्रमण नगर्न र असल छिमेकीका रुपमा व्यवहार गर्न आग्रह...
-
२०७६ कार्तिक २२, शुक्रबार
हरिबोधिनी एकादशीमा तुलसीको विवाहका लागि पुरोहितको अभाव
आज हरिबोधिनी एकादशी अर्थात् तुलसीको विवाह गर्ने दिन । धर्मशास्त्रमा उल्लेख भएअनुसार आषाढ शुक्ल एकादशीदेखि चार महिनासम्म क्षीरसागरमा शेषनागरुपी श्ययामा शयन गरेर भगवान् श्रीहरि जागा भएको दिन । यस दिनलाई हिन्दू धर्मावलम्बीहरूले भगवान् हरि विष्णुको विवाह लक्ष्मी मानिएकी तुलसीसँग गरिदिने धार्मिक प्रचलन रहँदै आएको छ । विधिविधान र पूजापाठ गरी व्रत बसेर तुलसीको विवाह गर्ने आजको दिनमा म्याग्दीमा भने...
-
२०७६ कार्तिक २१, बिहिबार
आजदेखि ‘रसुवा कला यात्रा’
विगत एक वर्षदेखि चित्रकलाका माध्यमबाट ऐतिहासिक, पुरातात्विक र धार्मिक क्षेत्रको प्रचारप्रसारका साथै कला पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउँदै आएको उपत्यकाका कलाकारको समूहले यसपटक भने उपत्यकाबाहिर ‘स्थलगत चित्रकला कार्यशाला’ आयोजना गर्दैछन् । फेसबुकबाट जोडिएर हरेक शनिबार उक्त कार्यशाला गर्दै आएका उनीहरुले यसपालि रसुवाको ऐतिहासिक तथा धार्मिक पर्यटकीय क्षेत्रलाई केन्द्रविन्दु बनाएर ‘शनिबारीय स्थलगत...
-
२०७६ कार्तिक २१, बिहिबार
श्रमदानमा खानेपानी आयोजनाः स्थानीयवासी खुशी
रामपुर नगरपालिका–१० गेझाको माथिल्लो मनभागा छाप क्षेत्रमा स्थानीयवासीको श्रमदानमा खानेपानी आयोजना निर्माण भएको छ । एक गाग्री पानी लिनका लागि दुईदेखि तीन घण्टासम्म समय लगाएर खानेपानीको जोहो गर्न बाध्य यहाँका स्थानीयवासीले श्रमदान र रकम उठाएर लिफ्टिङ प्रणालीबाट गाउँमा खानेपानी लगेका हुन् । खानेपानी आयोजना निर्माणका लागि १९ घरधुरीबाट प्रतिघरधुरी रु १९ हजार २०० का दरले कुल रु तीन लाख ६४ हजार ८०० रकम...
-
२०७६ कार्तिक २१, बिहिबार
ज्येष्ठ नागरिक तथा अपाङ्गता व्यक्तिलाई परिचयपत्र वितरण
चन्द्रागिरि नगरपालिकाले ८० ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र वितरण गरेको छ । नगरपालिकाले घुम्ती शिविर कार्यक्रम आयोजना गरी बुधबार नगरपालिकाभित्रका विभिन्न क्षेत्रमा बसोबास गर्ने ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र वितरण गरेको हो । परिचयपत्र वितरण गरिएकामध्ये वडा नं १० मा ५५ ज्येष्ठ नागरिक र आठ अपाङ्गता भएका व्यक्ति तथा वडा नं १२ मा १७ ज्येष्ठ नागरिक रहेका छन्...
-
२०७६ कार्तिक २१, बिहिबार
उम्मेदवार मनोनयनपत्र दर्ता आज
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य रिक्त पदको आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ । निर्वाचन आयोगका अनुसार आज बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम रहेको छ । प्रतिनिधिसभा सदस्य एक र प्रदेशसभा सदस्य तीन पदका लागि उपनिर्वाचन हुँदैछ । कास्की निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य तथा भक्तपुरको क्षेत्र नं १ ९क०,...
-
२०७६ कार्तिक २१, बिहिबार
पर्यटकीय गन्तव्य बन्दै ‘बाउन्नघोला सिमसार क्षेत्र’
पश्चिम नवलपरासीमा रहेको बाउन्नघोला सिमसार क्षेत्र पर्यटकीय गन्तव्यको रुपमा विकसित हुँदै गएको छ । पूर्वपश्चिम राजमार्गको भूताहाबाट करीब दुई किलोमिटर उत्तरतर्फ रहेको यो सिमसार क्षेत्रलाई बर्दघाट नगरपालिकाले संरक्षण गरी पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न थालिएको हो । जैविक विविधताले महत्वपूर्ण यस सिमसार क्षेत्रमा पर्यापर्यटनको विकास गरी सिँचाइ सुविधालगायत बहुउपयोगी क्षेत्रको रुपमा विकास गर्ने...
-
२०७६ कार्तिक २१, बिहिबार
धवलागिरि हिमाल आरोहणका लागि ३१ जनालाई अनुमति
यस वर्षको शरद याममा संसारको सातौँ अग्लो धवलागिरि हिमाल ८१६७ मि को आरोहणका लागि तीन समूहका ३१ जनाले अनुमति लिएका छन् । पर्यटन विभाग पोखराका अनुसार कात्तिकको पहिलो सातासम्म शरद याममा धवलागिरि हिमाल आरोहणका लागि ३१ जनाले अनुमति लिएको र उनीहरुबाट रु ३२ लाख रोयल्टी प्राप्त भएको छ । यस वर्षको शरद यामका लागि पर्यटन विभागले कात्तिकसम्म दिएको अनुमतिबाट रु ३२ लाख आठ हजार पाँच रोयल्टी उठेको छ । म्याग्दीको...
-
२०७६ कार्तिक २१, बिहिबार
भूकम्पले क्षति पु¥याएका २८७ विद्यालयको पुनःनिर्माण सम्पन्न
गोरखा जिल्लामा भूकम्पले क्षति पु¥याएका २८७ विद्यालयको पुनःनिर्माण सम्पन्न भएको छ । भूकम्प गएको तीन वर्षको अवधिमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमार्फत जिल्लामा विद्यालय भवन पुनःनिर्माणको काम तीव्रगतिमा भइरहेको प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ शिक्षा का इञ्जिनीयर बाबुराम देवकोटाले जानकारी दिनुभयो । “जिल्लामा भूकम्पले कूल ४१९ विद्यालयमा क्षति पु¥याएको हो”, उहाँले भन्नुभयो, “त्यसमध्ये...
-
२०७६ कार्तिक २१, बिहिबार
भारतले जारी गरेको नक्साप्रति नेविसङ्घको आपत्ति
नेपाली काङ्ग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ ९नेविसङ्घ०ले भारतीय नक्सामा नेपाली भूमि समावेश गरिएकामा आपत्ति जनाउँदै विरोध प्रदर्शन गरेको छ । नेविसङ्घले भारत सरकारले भर्खरै जारी गरेको नक्सामा नेपाली भू–भाग कालापानी र लिपुलेकलाई भारतको नक्सामा समावेश गरेको भन्दै विरोध गरेको हो । नेविसङ्घले आज त्रिचन्द्र क्याम्पस अगाडि विरोध प्रदर्शन गरेको छ । कार्यक्रममा नेविसङ्घका नेता दिपक भट्टराईले...


