STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०८१ आश्विन १५, मंगलबार

    हवाई जहाजको भाडा नियन्त्रण गर्न अखिलको माग

    काठमाडौँ, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियुले हवाई भाडाको अनियन्त्रित मूल्यवृद्धिलाई तत्काल नियमन गरी सर्वसुलभ बनाउन संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बद्री पाण्डेसमक्ष माग गरेको छ । अनेरास्ववियुका कार्यबाहक अध्यक्ष गोविन्द गिरीको संयोजकत्वको टोलीले सिंहदरबारस्थित मन्त्रालयमा मन्त्री पाण्डेको ज्ञापनपत्रमार्फत ध्यानाकर्षण गराएको हो ।  “भर्खरै मात्र अविरल वर्षाले...

  • २०८१ आश्विन १४, सोमबार

    जारको पिउने पानीमा दिसापिसाबका कीटाणु

    काठमाडौं- सर्वसाधारणले दिनहुँ उपभोग गर्ने पिउने पानीमा उद्योगीले चरम लापरबाही गर्दै आएको भेटिएको छ। कुचिएको, पुरानो जारबाट पानी बिक्री त छँदै थियो, उनीहरूले ढल र दिसापिसाबमा पाइने कीटाणु मिश्रित पानीसमेत बेचेको पुष्टि भएको छ। काठमाडौं महानगरपालिकाअन्तर्गतको कृषि तथा पशुपन्छी विभागले विभिन्न ब्रान्डका पानी परीक्षण गर्दा यस्तो भेटिएको हो।  विभागले काठमाडौं उपत्यका खानेपानी लिमिटेडको प्रयोगशालामा...

  • २०८१ आश्विन १४, सोमबार

    बाढीपहिरोमा परी हालसम्म १९२ को मृत्यु, ३० जना बेपत्ता

    काठमाडौं- अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानमा परी हालसम्म एक सय ९२ को मृत्यु भएको छ भने ३० जना बेपत्ता भएका छन्। प्राकृतिक विपद्मा एक सय ९४ जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए। बाढीपहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भई हालसम्म करिब चार हजार पाँच सयभन्दा बढी विपद् प्रभावितको उद्धार गरिएको उनले जानकारी दिए। बाढीपहिरो प्रभावितलाई...

  • २०८१ आश्विन १३, आइतबार

    तीन दिन विद्यालय बन्द गर्न शिक्षा मन्त्रालयको आग्रह

    काठमाडौँ - शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तीन दिन विद्यालय बन्द गर्न आग्रह गरेको छ। विद्यालय भवनमा आकस्मिक व्यवस्थापनसमेत गर्नुपर्ने भएकाले देशभरका सबै विद्यालय भोलिदेखि तीन दिन बन्द गर्न स्थानीय तहलाई अनुरोध गरेको हो । शिक्षा मन्त्रालयका प्रवक्ता लक्ष्मी प्रसाद भट्टराईले एक विज्ञप्ति जारी गर्दै विद्यालय बन्द गर्न स्थानीय तहहरूलाई अनुरोध गरेका हुन्। मन्त्रालयअन्तर्गतका विभागीय कार्यालय...

  • २०८१ आश्विन १३, आइतबार

    सप्तकोशीमा पानीको बहाव ५६ वर्षयताकै उच्च

    सुनसरी- सप्तकोशी नदीमा पानीको बहाव ५६ वर्षयताकै उच्च रहेको छ । आज बिहान ३ बजे गरेको मापनअनुसार कोशी ब्यारेज भएर सप्तकोशीको बहाव प्रतिसेकेन्ड ६ लाख ४३ हजार पाँच सय ४० क्युसेक रहेको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ ।  यसअघि कोशी ब्यारेज भएर अहिलेसम्मकै बढी सन् १९६८ अक्टोबर ५ तारिखमा पानीको बहाव प्रतिसेकेन्ड सात लाख ८८ हजार दुई सय क्युसेक मापन गरिएको थियो । शनिबार बेलुका १०:२५ बजे सप्तकोशीको...

  • २०८१ आश्विन १३, आइतबार

    बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १०० पुग्यो, ६७ व्यक्ति बेपत्ता

    बाढी, पहिरो तथा डुबानमा परी हालसम्म १०० जनाको मृत्यु भएको छ भने ६७ जना बेपत्ता भएका छन्। विपद्‌मा परी १ सय १ जना घाइते भएका छन्। बाढी पहिरोमा परी ललितपुरमा २०, धादिङमा १५, काठमाडौँमा १२, काभ्रेमा १०, मकवानपुर ७, सिन्धुपाल्चोक ६ जना, सोलुखुम्बुमा ५, पाँचथरमा ५, भक्तपुरमा ५ जनाले ज्यान गुमाएका छन्। गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार दोलखामा ३, सिन्धुलीमा २, धनकुटामा २, महोत्तरीमा २,...

  • २०८१ आश्विन १२, शनिबार

    बाढीपहिरोमा परी ६ जनाको मृत्यु

    काठमाडौं - अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा विपद्का घटनामा हालसम्म छ जनाको मृत्यु भएको छ। बाढीपहिरोलगायत विपद्मा परी ७ जना घाइते र ७ जना बेपत्ता भएका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए। पहिरोबाट पाँचथर, धनकुटा, काभ्रे र ललितपुरलगायत जिल्लामा केही घर पुरिँदा मानवीय क्षति भएको छ। क्षतिको पूरा विवरण आउन बाँकी छ। बाढीपहिरोमा बेपत्ता भएकाको...

  • २०८१ आश्विन ११, शुक्रबार

    बाजुरा र हुम्लाका छात्रालाई ‘नइ कपिल विद्यापदक’ प्रदान गरिने

    नइ प्रकाशनले २०८० सालको बाह्र कक्षाको परीक्षामा बाजुरा जिल्लाका सर्वोत्कृष्ट छात्रा सुश्री विपनाकुमारी बूढालाई तीस हजार रुपियाँ राशि सहित ‘नइ कपिल विद्यापदक’ समर्पण गर्ने निर्णय गरेको छ । मालिका माध्यमिक विद्यालयकी छात्रा बूढालाई ३.२१ जिपिए प्राप्त भएको थियो । यसै गरी सोही परीक्षामा हुम्ला जिल्लाका सर्वोत्कृष्ट छात्रा सुश्री नन्दादेवी रोकायलाई तीस हजार रुपियाँ राशि सहित ‘नइ कपिल विद्यापदक’ समर्पण...

  • २०८१ आश्विन ९, बुधबार

    राष्ट्रपतिसमक्ष राष्ट्रिय दलित आयोगको प्रतिवेदन पेस

      काठमाडौँ, राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलसमक्ष आयोगका अध्यक्ष देवराज विश्वकर्माले नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम आर्थिक वर्ष २०८० - ८१ को आयोगको वार्षिक कामको प्रतिवेदन पेस गर्नुभएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी...

  • २०८१ आश्विन ९, बुधबार

    देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

    काठमाडौँ, नेपालमा बिहीबारदेखि चार दिन लगातार देशभर मौसम बदली हुने भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज अपराह्न विशेष मौसम बुलेटिन सार्वजनिक गर्दै उक्त बदलीपछि पर्ने वर्षाका कारण ५६ जिल्ला उच्च जोखिममा रहेको जानकारी गराएको छ । महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । “बङ्गालको खाडीबाट प्रवाह हुने जलवाष्पयुक्त हावा साथै त्यस क्षेत्रमा बनेको न्यूनचापीय...

  • २०८१ आश्विन ८, मंगलबार

    जावलाखेलमा दशैं महोत्सव हुने

    दशैं नजिकिँदै गर्दा दशैं सम्बन्धि विभिन्न खालका मेलाहरु पनि सुरु भएको छ । यसै क्रममा दशैं अवसर पारेर ललितपुरको जावलाखेल स्थित जावलाखेल फुटबल मैदानमा दशैं महोत्सव हुने भएको छ । २०८१ असोज ११ गते देखि सुरु हुने सो महोत्सव असोजको २२ गतेसम्म चल्ने छ । औधोगिक शान्ति नेपाल संस्थाले यस महोत्सवको आयोजना गर्न लागेको हो । यो सँस्थाले विगत ११ वर्ष देखि नेपालको विभिन्न स्थानहरुमा मेला महोत्सव गर्दै आएको छ ।...

  • २०८१ आश्विन ८, मंगलबार

    दलित गाउँका पहिलो शिक्षक

    बागलुङ०,असोजः बागलुङ सदरमुकाम नजिकैको सिगानामा छ ठूलो दलित गाउँ । मिलेको सुन्दर गाउँभित्रका अनेक पीडा भने बाहिर आउन सकेका छैनन् । शिक्षा क्षेत्रमा पछि नै रहेको उक्त गाउँमा खानेपानीको समेत पहुँच छैन । दुई सय परिवारले दुई धाराको खानेपानी प्रयोग गर्दै आएका छन् ।बागलुङ नगरपालिका–८ सिगानास्थित लामिचौरको दलित बस्तीमा २०० घरपरिवार बस्दै आएका छन् । शैक्षिक क्षेत्रमा पछि परेको गाउँबाट २२ वर्षका विशाल...

Pages