राष्ट्रिय
-
२०८१ भाद्र २३, आइतबार
मातृभाषालाई प्रदेश र स्थानीय तहले कामकाजको भाषा बनाउनुपर्छ : पर्यटनमन्त्री पाण्डे
काठमाडौँ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मातृभाषालाई प्रदेश र स्थानीय तहले कामकाजको भाषा बनाउनुपर्ने बताउनुभएको छ । भाषा आयोगको स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले भाषाको प्रवर्द्धनका निम्ति कामकाजी भाषाको प्रयोग बढाइनुपर्ने बताउनुभयो । मन्त्री पाण्डेले नेपालमा हाल भाषाको सङ्ख्या एक सय ३१ वटा पुगेको र यो सङ्ख्या अझै थपिँदै जाने उल्लेख...
-
२०८१ भाद्र २३, आइतबार
चेक अनादर मुद्दामा तीन महिनादेखि दुई वर्षसम्मको कैद सजाय
काठमाडौँ, प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले ‘बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक, २०८०’ माथि परेका संशोधन प्रस्ताव र दफावार छलफलपछि चेक अनादर (चेक बाउन्स) सम्बन्धी मुद्दामा तीन महिनादेखि दुई वर्षसम्मको कैद सजाय हुने व्यवस्था विधेयकमा राखेको छ । अर्थ समितिको आजको छलफलका क्रममा समितिका सभापति सन्तोष चालिसेले चेक बाउन्सका मुद्दामा रु १५ लाखसम्मको बिगो भए एक महिना कैद,...
-
२०८१ भाद्र २१, शुक्रबार
आज तीज पर्व मनाइँदै
काठमाडौं— भाद्र शुक्ल तृतीया अर्थात् तीज। सनातन धर्मावलम्बी महिला शुक्रबार उमामहेश्वरको व्रत तथा पूजाआराधना गरी मनाउँदैछन्। पञ्चाङ्गमा आज १५ घडी ५७ पला अर्थात् मध्यान्ह १२ बजेर ८ मिनेटसम्म तृतीया तिथि रहने र त्यसपछि चतुर्थी (चौथी) लाग्ने उल्लेख छ। भाद्र शुक्ल तृतीयाका दिन बिहान सबेरै उठी स्नान गरी दिनभर व्रत बस्ने र उमामहेश्वरको आराधना गर्ने परम्परा छ। सत्ययुगमा हिमालय र मेनकाकी पुत्री पार्वतीले...
-
२०८१ भाद्र २०, बिहिबार
संविधानविपरित अभिव्यक्ति दिने छुट कसैलाई छैन : अध्यक्ष दाहाल
काठमाडौँ, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानविपरीत अभिव्यक्ति दिने छुट कसैलाई नभएको बताउनुभएको छ । सहिदद्वय शेरमान कुँवर र मोहनचन्द्र गौतमको स्मृतिमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले संविधानविपरित अभिव्यक्तिको प्रतिवाद गर्न कार्यकर्तालाई आह्वान गर्नुभयो । जनयुद्धलाई संविधानले सशस्त्र सङ्घर्षका रुपमा सम्बोधन...
-
२०८१ भाद्र १७, सोमबार
आज कुशे औँसी तथा बाबुको मुख हेर्ने दिन
काठमाडौं- भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर मनाउँदैछन्। शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमान कहाँ पुर्याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ। आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कुश त्यसै दिन मात्र उपयोग...
-
२०८१ भाद्र १७, सोमबार
भदौरे नाच संरक्षण गर्दै बागलुङका नेवार समुदाय
गलकोट, हिजोआज बागलुङ बजारका चोक–चोक र गल्ली नेवारी समुदायको संस्कृतिले गुञ्जायमान छ । यहाँका नेवार समुदायले परम्परागत रुपमा प्रदर्शन गर्दै आएको भदौरे (वर्खे) नाचले बागलुङ बजारमा रौनकता छाएको छ । बागलुङ बजारमा पछिल्लो दिनमा रोपाइँ नाच, कटुवाल नाच र जोगी नाच प्रदर्शन भइरहेका छन् । घोडा नाच, थेतर नाच, होवा नाच प्रदर्शनको तयारीमा छन् । यहाँको पुरानो विभिन्न नाच दैनिकजसो प्रदर्शन भइरहँदा बजार...
-
२०८१ भाद्र १७, सोमबार
रासस २४सै घण्टा समाचार सेवामा, नेपाल भाषा तथा मैथिली भाषामा समाचार सेवा उपलब्ध गराउने तयारी
काठमाडौँ, राष्ट्रिय समाचार समिति (रासस) ले आज सोमवाः देखि औपचारिक रूपमा २४सै घण्टा समाचार सेवा प्रदान गर्दैछ । हरेक दिन बिहान ६ः०० बजेदेखि राति ११ बजेसम्म सत्य, तथ्य, निष्पक्ष र आधिकारिक समाचार सामग्री सम्प्रेषण गर्दै आएको राससले आजदेखि नेपाली समाचार सेवा निरन्तर प्रदान गर्न लागेको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले २४ घण्टे सेवाको आज औपचारिक रूपमा शुभारम्भ गर्नुहुने छ...
-
२०८१ भाद्र १६, आइतबार
पुस्ता हस्तान्तरण नहुँदा नयाँले भुल्दै मगर भाषा
गोरखा,जिल्लाको सहिद लखन गाउँपालिका–१ बक्राङस्थित श्री थानीमाई आधारभूत विद्यालयमा गएको दुई वर्षअघिसम्म मगर भाषाको पढाइ हुन्थ्यो । मगर भाषाको संरक्षण र सम्वर्द्धन गर्न स्थानीय मगर समुदायको पहलमा पुस्तान्तरणको उद्देश्यले उक्त विद्यालयमा मातृ भाषामा पठनपाठन हुन्थ्यो । करिब १० वर्षसम्म मगर भाषाको कक्षा सञ्चालन भएकामा अहिले भने पठनपाठन रोकिएको छ । यस क्षेत्रमा बक्राङको लोपा गाउँ, गालधूप, पीपलछाँप...
-
२०८१ भाद्र १६, आइतबार
थारू समुदायद्वारा हरेरी पूजा गरिँदै
कञ्चनपुर,खेतीपातीमा रोग कीरा नलागोस् भनेर कञ्चनपुरका थारू समुदायले हरेरी पूजा गर्न थालेका छन् । थारू समुदायको बसोबास रहेको गाउँबस्तीमा धान रोपाइँ गरिएपछि सामूहिक रूपमा हरेरी पूजा गर्ने चलन छ । साउनदेखि भदौभित्र यो पूजा आयोजना गरिन्छ । पूजा अवधिभर माटो खन्ने, खेतबाट घाँस काटनेलगायत कार्य गर्न पाइँदैन । धानबालीमा नोक्सानी पुर्याउने गुभिया, गाँधीलगायत कीराको प्रकोप हुन नदिन परम्परागतकालदेखि हरेरी...
-
२०८१ भाद्र १६, आइतबार
नेपालभाषा र संस्कृति पुनरुत्थान विषयक अन्तरक्रिया
नेवाः देय् दबू र नेवाः मिसा दबूको संयुक्त आयोजना र कल्चरल सर्भाइभलको आर्थिक सहयोगमा नेवाः सांसदहरूसँग ‘साँस्कृतिक संंरक्षित क्षेत्र तथा नेपालभाषा र संस्कृति पुनरुत्थान’ विषयक अन्तरक्रिया कार्यक्रम यही बिहीबार सम्पन्न भएको छ । संघीय सांसदहरूका साथै बागमती प्रदेशसभाका सदस्यहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा बागमती प्रदेशका सांसद तथा पूर्व कानूनमन्त्री गंगाराम श्रेष्ठले नेवाः समुदायबाट मूर्त...
-
२०८१ भाद्र १३, बिहिबार
तायामया नृत्य प्रतियोगिता सम्पन्न
पोखरा - नेवाः खलः कास्कीको आव्हान र नयाँबजार सांस्कृतिक समिति, नयाँबजारको आयोजनामा पर्यटकीय नगरी पोखरामा भएको तायामया नृत्य प्रतियोगितामा पुरुषतर्फ बागबजार बगर तायामचा समिति बागबजार र महिलातर्फ लामाचौर नेवाः खलः लामाचौरले प्रथम स्थान हासिल गरेको छ । खलःको आव्हानमा गत शनिबार भएको प्रतियोगितामा पुरुषतर्फ रानीपौवा तायामचा नाच समिति, रानीपौवा द्वितीय, गोपालजी मन्दिर सेवा समिति, रामकृष्ण टोल तृतीय र...
-
२०८१ भाद्र १३, बिहिबार
जहाँ हाटबजारमा पनि डेउडा गुञ्जिन्छन्’
घोडाघोडी, कैलालीको घोडाघोडी नगरपालिका–१ की ६० वर्षीया पद्मादेवी धामी शनिबार कहिले आउँदा भनेर औँला गन्दै बस्ने गर्नुहुन्छ । शनिबार आयो कि आफूले गर्न सक्ने काम छिटोछिटो भ्याएर नजिकैको सुख्खड बजारमा जाने हतारो हुन्छ उहाँलाई । त्यसको कारण हो डेउडा खेल्नु । शनिबारका दिन घोडाघोडी–१ सुखडमा डेउडा खेल्ने गरिन्छ । धामीले भनिन्, “अछामकी हुँ हजुर १ पहिँले पहिँले पहाडमा खुवै खेल खेल्लो छिया, तराई आएपछि खेल्ल...


