STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०८१ आश्विन ७, सोमबार

    संविधान संशोधनका लागि राजनीतिक दलबीच छलफलको पहल सुरु भएको छः सभामुख घिमिरे

    मोरङ,सभामुख देवराज घिमिरेले संविधान संशोधनका विषयमा राजनीतिक दलबीच छलफलको पहल सुरु भइसकेको जानकारी दिनुभयो ।विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले संशोधन कसरी गर्ने, प्रक्रिया के हो, कुन विषयमा र कहिले संशोधन गर्ने भन्ने विषयमा राजनीतिक दलबीच बृहत्तर समझदारीको आवश्यक रहेको बताउनुभयो । त्यसअवसरमा उहाँले सङ्घीयता कार्यान्वयनका लागि कानुन अभाव रहेको पनि बताउनुभयो । सभामुख घिमिरेले...

  • २०८१ आश्विन ७, सोमबार

    भाषा, साहित्यको विकासमा राष्ट्रकवि घिमिरेको योगदान अतुलनीय : राष्ट्रपति पौडेल

      काठमाडौँ, राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली भाषा, साहित्यको विकासमा राष्ट्रकवि माधवप्रसाद घिमिरेको योगदान अतुलनीय रहेको बताउनुभएको छ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको एक सय ५औँ जन्मजयन्तीमा मस्र्याङ्दी वाङ्मय प्रतिष्ठानद्वारा आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले राष्ट्रकवि घिमिरेको योगदानको चर्चा गर्नुभएको हो । “राष्ट्रकवि घिमिरेका...

  • २०८१ आश्विन ६, आइतबार

    घटस्थापना अगाडि सडक मर्मत गरिसक्न निर्देशन

    काठमाडौँ - दसैँ, तिहार र छठ पर्वमा यात्रुलाई सहज रुपमा गन्तव्यस्थलसम्म पुग्नका लागि सडक विभाग अन्तर्गतका  सडकलाई घटस्थापना अगाडि मर्मत सम्भार गरिसक्न निर्देशन दिइएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आज बसेको सरकारी प्रतिनिधि सहित यातायात व्यवसायीको बैठकले सडक विभागअन्तर्गत सबै सडक घटस्थापना अगाडि मर्मतसम्भार गरी सञ्चालन गर्न सडक विभागलाई निर्देशन दिने निर्णय गरेको नेपाल यातायात...

  • २०८१ आश्विन ६, आइतबार

    आदिवासी ज्ञानले बाढीसम्बन्धी पूर्वसूचना दिन सकिन्छः पर्यटनमन्त्री पाण्डे

    काठमाडौँ,संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले जलवायु परिवर्तनका कारण बाढी, डढेलो, खडेरी तथा समुन्द्र सतह वृद्धिजस्ता प्राकृतिक प्रकोप बढिरहेका बेला भौतिक तथा अभौतिक सांस्कृतिक सम्पदाले तिनको सामना गर्न शक्ति, एकता र सहनशीलता प्रदान गर्ने गरेको बताउनुभएको छ । त्रिभुवन विश्वविद्यालयको संस्कृति विभाग, युनेस्को, एशिया प्रशान्त क्षेत्रको उच्च शिक्षा सञ्जाललगायतका संस्थाले आज...

  • २०८१ आश्विन ५, शनिबार

    सहकारी ठगी प्रकरणका दोषीलाई कारबाही गर्न सहयोग गरौँ’

    काठमाडौँ, विभिन्न राजनीतिक दलका नेताहरूले सहकारी ठगी प्रकरणका दोषीलाई कारबाही गर्नुपर्नेमा जोड दिएका छन् । यहाँ आज आयोजित साक्षात्कारमा नेताहरूले सहकारी प्रकरणमा संलग्न  जो कोहीलाई कानुनबमोजिम कारबाही गर्नुपर्नेमा जोड दिएका हुन् । संसदीय विशेष छानबिन समितिले कारबाहीका लागि सिफारिस गरेअनुसारका व्यक्तिलाई जोगाउनेभन्दा पनि कारबाहीका लागि सहयोग गर्नुपर्ने उहाँहरूको भनाइ छ । नेपाली कांग्रेसका नेता तथा...

  • २०८१ आश्विन ४, शुक्रबार

    समाचार समितिले छिट्टै नेपालभाषा र मैथिली भाषामा समाचार सेवा दिने

    राष्ट्रिय समाचार समिति (रासस) ले अब छिट्टै नेपालभाषा र मैथिली भाषामा समाचार सेवा दिने भएको छ । नेपालभाषामा समाचार सेवा संचालन गर्नको निम्ति हिजो राससले आफ्नो कार्यालयमा नेपालभाषाका अगुवा पत्रकारहरूसँग एक छलफल कार्यक्रमको आयोजना ग¥यो । छलफल कार्यक्रममा बोल्दै राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले राज्यको समावेशीताको नीतिलाई अवलम्वन गर्ने बताउनुभयो । उहाँले राससको तर्फबाट विभिन्न भाषामा समाचार...

  • २०८१ भाद्र ३०, आइतबार

    भोलि मुस्लिम धर्मावलम्बीलाई सार्वजनिक बिदा

    काठमाडौँ - सरकारले भोलि मुस्लिम धर्मावलम्बीका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले आइतबार एक सूचना सार्वजनिक गर्दै सोमबार मुस्लिम धर्मावलम्बीका लागि मात्र सार्वजनिक बिदा दिने जानकारी गराएको हो । सूचनामा भनिएको छ, ‘मिति २०८०।१०।२९ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार जयन्ती (मोहम्मद दिवस)का दिन नेपाली मुस्लिम धर्मावलम्बीहरूका लागि सार्वजनिक बिदा दिने व्यवस्था भएको...

  • २०८१ भाद्र २९, शनिबार

    अधिकारको माग गर्दै दलित युवाको अर्धनग्न प्रदर्शन

      काठमाडौँ, समानुपातिक समावेशी प्रतिनिधित्वलगायत दलितहरूको आत्मसम्मान र सशक्तिरणका लागि संविधानप्रदत्त अधिकार कार्यान्वयनको माग गर्दै दलित युवाहरूले अर्धनग्न प्रदर्शन गरेका छन् । यहाँस्थित माइतीघर मण्डलामा विगत ३९ दिनदेखि आन्दोलन गरिरहेका युवाहरूले आज अर्धनग्न जुलुस गर्दै आफ्ना मागबारे पुनः ध्यानाकर्षण गराएका हुन् । अर्धनग्न र अन्य सहभागी प्रदर्शनकारीले माइतीघरदेखि बानेश्वरसम्म विभिन्न नारा...

  • २०८१ भाद्र २९, शनिबार

    ‘नेवाः संस्कृति देशको सांस्कृतिक वैभव हो’

    ललितपुर , प्रधानमन्त्री केपी शर्मा ओलीले नेवाः संस्कृति देशको सांस्कृतिक वैभव भएको बताउनुभएको छ । ज्यापु समाज यलको ३१ औँ वार्षिकोत्सव तथा ११ औँ साधारणसभाका अवसरमा आज मङ्गलबजारमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले नेवाः संस्कृतिकै कारण मुलुक सांस्कृतिक रूपमा वैभवशाली बनेको बताउनुभयो । प्रधानमन्त्री ओलीले नेवार समुदायका खानाका अनेकौँ परिकार, मन्दिरका टुँडाल, काष्ठकला, संस्कृति र सभ्यताका परिचायक...

  • २०८१ भाद्र २७, बिहिबार

    सार्की समुदायलाई पुख्र्यौली पेसा जोगाउन सास्ती

    कञ्चनपुर, कञ्चनपुरको झलारी बजार छेउको सडकमा बसेर फाटेका जुत्ता, चप्पल सिउने, चम्काउने काम गर्दै आउनुभएका ६६ वर्षीय डम्बर सार्कीको दुई दशक बितेको छ । सार्कीेको जुत्ता चप्पल सिउने पुख्र्यौली पेसा भएकाले यही पेसाबाट भएको कमाइले जीविकोपार्जन हुँदै आएको छ । नगर प्रहरीले बस्दै आएको ठाउँबाट हटाउन थालेपछि उहाँलाई पेसा जोगाउन सास्ती हन थालेको हो । नगर प्रहरीले जुत्ता चप्पल सिउने सामग्री जफत गरेर लगेपछि...

  • २०८१ भाद्र २७, बिहिबार

    ‘साल्ट ट्रेडिङले उपभोग्य वस्तुको आपूर्ति सहज बनाएर राज्य र नागरिकलाई विश्वास दिलाउनुपर्छ’

    काठमाडौँ, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले साल्ट ट्रेडिङ कर्पोरेसनले दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्थालाई सहज बनाएर राज्य र नागरिकलाई विश्वास दिलाउन सक्नुपर्ने बताउनुभएको छ । कर्पोरेसनको ६२ औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले उपभोग्य वस्तुको अभाव हुन नदिएर यसले जनता र सरकारको विश्वासिलो संस्थाका रुपमा आफूलाई उभ्याउन सक्नुपर्नेमा जोड दिनुभयो ।  “साल्ट...

  • २०८१ भाद्र २४, सोमबार

    नेवाः सांस्कृतिक ज्ञानकोष प्रकाशन

    नेपालभाषा एकेडेमीका चान्सलर मल्ल के सुन्दरले नेवाः सांस्कृतिक ज्ञानकोष नेवाः समुदायको आत्मा भएको बताउनुभएको छ । उहाँले ज्ञानकोष विमोचनको क्रममा बोल्दै उक्त कुरा बताउनुभएको हो । काठमाडौं महानगरपालिकाको सहयोगमा नेपालभाषा एकेडेमीले प्रकाशन गरेको यस ज्ञानकोषको विमोचन कार्यक्रम वरिष्ठ साहित्यकार, मूर्तिकार, संगीतकर्मी एवम् संस्कृतिविद्को तर्फबाट संयुक्त रुपमा जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न भएको हो...

Pages