राष्ट्रिय
-
२०७६ भाद्र ११, बुधबार
बाख्रा पालनले फेरिएको जीवन
झापाको अर्जुनधारा नगरपालिका–९ खरबन्दीकी सरस्वती पौडेलको दैनिकी हिजोआज घरधन्दा र मेलापातमा मात्र सीमित छैन । छिमेकमा निमेक गरेर गुजारा चलाउँदै आउनुभएकी सरस्वतीको अहिले परिचय नै फेरिएको छ । दुई वर्षदेखि बाख्रापालन व्यवसाय शुरु गरेसँगै उहाँको परिचय पनि फेरिएको हो । “जत्ती दुःख गर्दा पनि खानै पुग्दैन थियो”, उहाँले भन्नुभयो, “बाख्रापालन व्यवसाय शुरु गरेसँगै परिवार धान्न मात्र सहज भएको छैन छरछिमेकमा...
-
२०७६ भाद्र ११, बुधबार
त्रिपालमुनि पढ्दै विद्यार्थी
रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–१३ स्थित बालकल्याण आधारभूत विद्यालयका विद्यार्थी त्रिपालमुनि पढ्न बाध्य छन् । गत साउन १७ गते आएको पहिराले हम्पाबस्ती र विद्यालय जोखिममा परेपछि यहाँका १४० विद्यार्थी खुलाचौरमा लगाइएको त्रिपालमुनि पढ्न बाध्य बनेका हुन् । हाल विद्यालय रहेको स्थानभन्दा झण्डै चार किलोमिटर उत्तरमा पर्ने लेकालीखर्क दहको खुलाचौरमा विद्यालयको पठनपाठन शुरु गरिएको शिक्षक खड्क थापाले...
-
२०७६ भाद्र ११, बुधबार
खुलेन काठमाडौँ विश्वविद्यालयको ताला
काभ्रेपलाञ्चोकको धुलिखेलमा रहेको काठमाडौँ विश्वविद्यालयका प्राध्यापक र कर्मचारी सङ्घले उपकुलपति, रजिष्ट्रार र डिनको कार्यालयमा लगाएको ताला आज २१ दिन बितिसक्दा पनि खुलेको छैन । प्राध्यापक सङ्घ र कर्मचारी सङ्घले विश्वविद्यालय नीति–नियम र पद्धतीबाट भन्दा पनि व्यक्तिविशेषबाट चलाउन खोजिएको र त्यसभित्र देखिएका अनियमितता, दक्षता र अनुभवीलाई विभिन्न विभागको जिम्मेवारी सुम्पिन र पेशागत हितलगायतका विषयमा...
-
२०७६ भाद्र ११, बुधबार
प्रमुखसँग मात्रै सूचना
जिल्लास्थित सरकारी कार्यालयका सूचना अधिकारीले कार्यालय प्रमुखसँग मात्रै कार्यालयका सूचना रहने गुनासो गरेका छन् । जिल्ला प्रशासन कार्यालय धुलिखेलमा मङ्गलबार सूचना अधिकारीको बैठकमा अधिकांश सूचना अधिकारीले यस्तो गुनासो गरेका हुन् । “सूचना अधिकारीलाई कार्यालयका गतिविधिसम्बन्धी सूचना नै हुँदैन, सबै विषयमा नगरप्रमुख र लेखाप्रमुखलाई मात्रै थाहा हुन्छ”, बनेपा नगरपालिकाका सूचना अधिकारी श्यामकृष्ण...
-
२०७६ भाद्र ११, बुधबार
दलित छात्रावास भवन अलपत्र
उपभोक्ता समितिको लापरवाहीका कारण प्रदेश नं २ सरकारद्वारा सदरमुकाम सिरहामा निर्माणाधीन दलित छात्रावास भवन अलपत्र परेको छ । प्रदेश सरकारको रु ९० लाखको लागतमा सिरहास्थित सूर्यनारायण सत्यनारायण मोरवैता यादव बहुमुखी क्याम्पस परिसरमा निर्माणाधीन दलित छात्रावास अलपत्र परेको हो । आर्थिक वर्ष २०७५÷७६ भित्रै निर्माण सकिने गरी निर्माण थालिएको उक्त छात्रावास भवन अलपत्र पर्दा छात्रावास भवनको रु ३९ लाख रकम...
-
२०७६ भाद्र ११, बुधबार
नेपाल र सेन्ट लुसियाबीच कूटनीतिक सम्बन्ध
नेपाल र क्यारेबियन मुलुक सेन्ट लुसियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । योसँगै विश्वका १६७ देशसँग नेपालको कूटनीतिक सम्बन्ध विस्तार भएको छ । कूटनीतिक सम्बन्ध स्थापना गर्नेसम्बन्धी संयुक्तपत्रमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई र सोही विश्व संस्थाका लागि सेन्ट लुसियाका स्थायी प्रतिनिधि कसमस रिचर्डसनले आज न्यूयोर्कमा आयोजित एक संक्षिप्त समारोहमा हस्ताक्षर...
-
२०७६ भाद्र ११, बुधबार
गाउँ–गाउँमा मेलमिलाप संयोजक
घोराही उपमहानगरपालिकाको न्यायिक समितिमा २०७४÷७५मा २५७ उजुरी निवेदन दर्ता भए । त्यसमध्ये १०५ निवेदनको मेलमिलाप गरियो । प्रक्रियामा रहेका १५१ मध्ये १८ लाई चालू आर्थिक वर्षमा टुङ्गो लगाइयो । नगरको न्यायिक समितिको तथ्याङ्कअनुसार अघिल्लो आर्थिक वर्षभन्दा चालू आर्थिक वर्षको अन्तिमसम्म आइपुग्दा १९५ मात्रै विवादका उजुरी न्यायिक समितिमा दर्ता भए । त्यसमध्ये ७९ उजुरीको अन्तिम टुङ्गो लागिसकेको छ भने ११६...
-
२०७६ भाद्र ११, बुधबार
‘स्थानीय तहमा पार्टी एकीकरण छिट्टै’
नेपाल कम्युनिष् पार्टी नेकपा का स्थायी कमिटी सदस्य एवं सुदूरपश्चिम इन्चार्ज भीम रावलले प्रदेशका सबै स्थानीय तहमा छिट्टै पार्टी विस्तार गरिने बताउनुभएको छ । नेकपाको सुदूरपश्चिम प्रदेश कार्यालयमा आज बिहान आयोजित पत्रकार सम्मेलनमा उहाँले गाउँ÷नगर तथा जिल्लाका जनवर्गीय सङ्गठन एकीकरणकार्यलाई तीव्रता दिइने बताउनुभयो । केन्द्र, जिल्ला र प्रदेशमा पार्टी एकीकरणको काम सम्पन्न भइसकेको बताउँदै उहाँले अब...
-
२०७६ भाद्र ११, बुधबार
पर्यटन विभाग मातहतका अभिलेख प्रदेशलाई
पर्यटन विभागले सातै प्रदेशका पर्यटन व्यवसायको अभिलेख औपचारिक रुपमा हस्तान्तरण गरेको छ । मङ्गलबार एक कार्यक्रमको आयोजना गरी विभागले सबै प्रदेश मातहत रहेका २२ हजार ३६४ व्यवसाय हस्तान्तरण गरको हो । विभागका महानिर्देशक डण्डुराज घिमिरेले सम्बन्धित प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिवलाई अभिलेख हस्तान्तरण गर्नुभएको हो । विभागमा हँुदै आएको कार्य आगामी असोज १ गतेदेखि सम्बन्धित प्रदेश...
-
२०७६ भाद्र ११, बुधबार
तीन पुल निर्माण सम्पन्न
नारायणगढ मुग्लिन सडकखण्डका तीन नयाँ पुलमा सवारी गुड्न शुरु गरेका छन् । सँगै निर्माण थालिएको एउटा पुलको भने ३५ प्रतिशत मात्र काम सम्पन्न भएको छ । नारायणगढ मुग्लिन सडक आयोजनाका प्रमुख इ रोहितकुमार विसुरालका अनुसार मौरी, खानीखोला र दासढुङ्गा पुलमा सवारी सञ्चालनमा आएका हुन् । ती पुलमा रङरोगन, साइन पोष्टलगायतका सजाउने र सुरक्षा सतर्कताका काम मात्र बाँकी रहेको उहाँले जानकारी दिनुभयो । निर्माणको चरण...
-
२०७६ भाद्र ११, बुधबार
भाले बोकेर सुत्केरी भेट्न वडाध्यक्ष
सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाले मातृ शिशु स्वास्थ्य र पोषणलाई नीति तथा कार्यक्रममा प्राथमिकतामा राखेपछि कार्यक्रम कार्यान्वयनको शुरुआत गरेको छ । चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा उद्घोष गरिएअनुसार गाउँपालिकामा सुत्केरी महिलालाई लक्षित गर्दै पोषणयुक्त आहार वितरण शुरु गरिएको हो । सुत्केरी महिलाका घरमै पुगेर जनप्रतिनिधिले पोषणयुक्त आहार प्रदान गरेका हुन् । मङ्गलबार बलेफी गाउँपालिका–८ स्थित...
-
२०७६ भाद्र ११, बुधबार
कृषि र पशुपालनबाट स्वदेशमै मनग्य कमाइ
पाँच वर्ष साउदीको चर्को घाममा पसिना बगाउँदा पनि गाउँ फर्किदा रित्तो हात भएपछि म्याग्दीको बेनी नगरपालिका–४ वास्कुनाका तिलक गुरुङको विदेशप्रति मोह भङ्ग भयो । रु दुई लाख ऋण खोजेर १५ वर्ष अघि साउदी गएका गुरुङ पाँच वर्षसम्म काम गर्दा पनि ऋणसमेत तिर्न नसक्ने अवस्था आएपछि उल्टो ऋणको बारी बोकेर गाउँमा फर्किनुभयो । कमाउन गएको व्यक्ति रित्तो हात गाउँमा फर्केपछि धेरैले उहाँको कुरा काट्न थाले । सरसापट र...


