STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ भाद्र १०, मंगलबार

    लाम्पाटा–दरवाङ सडक स्तरोन्नति शुरु

    जिल्लाका मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ सडकको लाम्पाटा–दरवाङ खण्ड स्तरोन्नतिको काम शुरु गरिएको छ । कालोपत्र गर्ने लक्ष्यसहित पूर्वाधार विकास कार्यालयले सडक स्तरोन्नति आयोजना सञ्चालन गरेको हो । बिरुवा–क्याराभन जेभीले सडक फराकिलो बनाउने र पर्खाल लगाउने काम शुरु गरेको छ । मङ्गला गाउँपालिका–२ लाम्पाटादेखि दरवाङको म्याग्दीखोला पुलसम्म १६ किलोमिटर सडक...

  • २०७६ भाद्र १०, मंगलबार

    पुलबाटै गुड्न थाले गाडी

    ट्रक ठोक्ँिकदा भाँचिएको पूर्व–पश्चिम राजमार्गको नवलपरासीको अरुणखोला पुल मर्मतपछि पुलबाटै गाडी गुड्न थालेका छन् । गत साउन २९ गते ट्रक ठोक्किँदा पुल एकको स्थानमा करीब डेढमिटर लच्किएको थियो । मर्मत सम्पन्न भएपछि पूर्णरूपमा यातायात पुलबाटै सञ्चालन गरिएको हो । गएको शनिबार डाइभर्सनमा सामान्य क्षति भएपछि केही समय पुलबाटै एकतर्फी यातायात सञ्चालन गरिएको थियो । पुल मर्मतको काम पूर्णरूपमा सम्पन्न भएसँगै गए...

  • २०७६ भाद्र १०, मंगलबार

    रु ३० करोडको लागतमा पशुवधशाला निर्माण गरिँदै

    बाँकेको कोहलपुरमा रु ३० करोड लागतमा पशुवधशाला निर्माण गरिने भएको छ । जनता, उत्पादक, निजी र साझेदारी ‘फोर पी’ को अवधारणामा कोहलपुर नगरपालिका–१२ स्थित निबुवामा पशुबधशाला निर्माणका लागि बोलपत्र भइसकेको नगर प्रमुख लुटबहादुर रावतले जानकारी दिनुभयो । उहाँका अनुसार, पशुवधशाला निर्माणका लागि आर्थिक वर्ष २०७५÷७६ मा नगरपालिकाको रु एक करोड ९७ लाख र प्रदेश सरकारको रु एक करोड ९७ लाख गरेर नाली निर्माण तटबन्धन...

  • २०७६ भाद्र १०, मंगलबार

    मङ्गलादेवी सिंहको २३औँ स्मृति दिवस मनाइयो

    नेपाली काङ्ग्रेसको भ्रातृ संस्था नेपाल महिला सङ्घका संस्थापक अध्यक्ष स्व मङ्गलादेवी सिंहको २३औँ स्मृति दिवस मनाइएको छ । नेपाल महिला सङ्घ काठमाडौँ जिल्लाको आयोजनामा आज बिहान स्व सिंहको सालिक रहेको ठाउँ शोभाभगवतीमा एक कार्यक्रमको आयोजना गरी माल्यापर्ण गरिएको हो । कार्यक्रममा काङ्ग्रेस नेता प्रकाशमान सिंहले नेपाली महिलाको हकअधिकारका लागि आवाज उठाउने महिला मङ्गलादेवी भएको बताउनुभयो । “नेपालमा...

  • २०७६ भाद्र १०, मंगलबार

    तीन हप्तादेखि अस्पतालका कर्मचारी आन्दोलित

    पाउँदै आएको सेवा–सुविधाबाट बञ्चित गराई श्रमशोषण गरेको जनाउँदै बनेपा नगरपालिका–५ घोगेचौरस्थित शिर मेमोरियल अस्पतालका कर्मचारी तीन हप्तादेखि आन्दोलित भएका छन् । आफ्ना मागसहित अस्पताल प्रशासन अगाडि गत साउन १६ गतेदेखि धर्नामा बसेका कर्मचारीले प्रशासन कार्यालयभित्र कसैलाई पनि आवतजावत गर्न दिएका छैनन् । आफ्ना मागबारे पटक–पटक अस्पताल प्रशासनसँग पहल गर्दा कुनै चासो नदेखाएपछि आन्दोलनमा उत्रिएको नेपाल...

  • २०७६ भाद्र १०, मंगलबार

    अध्यक्ष तिमिल्सिनालाई रामग्राममा सम्मान

    राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनालाई पश्चिम नवलपरासीस्थित रामग्राम स्तुपमा सम्मान गरिएको छ । स्तुपको विकासमा योगदान पु¥याएको भन्दै उहाँलाई आज नेपाल पर्यटन पत्रकार महासङ्घ पश्चिम नवलपरासी शाखा र रामग्राम स्तुप संरक्षण तथा पर्यटन विकास संस्थाले संयुक्तरूपमा सम्मानपत्र र दोसल्लासहित उहाँलाई सम्मान गरेका हुन् । भगवान् गौतमबुद्धको अस्तुधातु रहेको स्थल रामग्राम स्तुपको अवलोकनका लागि आज बिहान...

  • २०७६ भाद्र १०, मंगलबार

    असोज अन्तिम साता सवारी अनुमतिपत्रको आवेदन खुल्ने

    प्रदेश नं ३ को यातायात व्यवस्था सेवा कार्यालयले प्रदेशका १३ जिल्लाका सर्वसाधारणलाई सवारीसाधन चालक अनुमतिपत्र प्राप्त गर्नका लागि आगामी असोजको अन्तिम सातामा अनलाइन निवेदन खुला गर्ने तयारी गरिरहेको जनाएको छ । भौतिक पूर्वाधार निर्माणका लागि अहिले हेटौँडामा प्रहरी ट्रायल सेन्टरको निर्माणकार्यको थालनी भइरहेको र कार्यालयमा आवश्यक प्रविधिको जडान गर्ने कार्य पनि सञ्चालनमा रहेको बताइएको छ । सो कार्यालयले...

  • २०७६ भाद्र १०, मंगलबार

    प्रदर्शनकारीलाई छाडियो

    कार्यक्रम प्रस्तोता रवि लामिछानेसहितका तीन जनाको पक्राउको विरोधमा भएको प्रदर्शनका क्रममा पक्राउ परेकाहरुलाई आज छाडिएको छ । सो क्रममा सोमबारसम्म ४८ जना पक्राउ परेका थिए । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा पक्राउ परेका लामिछानेसहित तीनै जना सोमबार धरौटीमा रिहा भएका हुन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाका अनुसार आज बिहानदेखि आफन्तको जिम्मामा...

  • २०७६ भाद्र १०, मंगलबार

    आलेख ः कारागारमा सिसिटिभीदेखि विद्युतीय हाजिरीसम्म

    देशभरका कारागारहरुलाई व्यवस्थित बनाउने योजनामा सरकार छ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’को कारागार सुधार कार्ययोजनाअन्तर्गत सबै कारागारमा सिसिटिभी क्यामरा जडान गरिएको छ । कारागार व्यवस्थापन विभागका अनुसार आर्थिक वर्ष २०७५÷७६ मा कारागारको सुरक्षाका लागि देशभरका ७४ वटै कारागारमा सिसिटिभी क्यामरा जडान गरिएको हो । यस्तै, चालु आर्थिक वर्षमा सबै कारागारमा रहेका कैदीबन्दीका लागि विद्युतीय हाजिरको समेत...

  • २०७६ भाद्र १०, मंगलबार

    न्यून दृष्टियुक्त व्यक्ति सगरमाथा चढ्ने

    न्यून दृष्टियुक्त व्यक्तिलाई दैनिक जीवन यापन गर्न कत्ति असहज होला रु यो सहजै अनुमान गर्न सकिन्छ । अझ लामो दूरी र ठूलठूला पहाड चढ्ने कुरा त अधिकांश मानिसहरुका लागि कल्पना बाहिरको कुरा हो । तर न्यून दृष्टियुक्त भएर पनि अमिट केसी विश्वकै सर्वोच्च शिखर सगरमाथा चढ्ने सपना देखि रहनुभएको छ । दुई वर्ष पहिले सगरमाथाको आठ हजार मिटर उचाई पुगेर फर्किएका बागलुङ जैमिनी नगरपालिका–४ सर्कुवाका न्यून दृिष्टयुक्त...

  • २०७६ भाद्र १०, मंगलबार

    एक वर्षपछि पुग्यो चामल

    नेपाल खाद्य संस्थान सिमकोटमा पुग्नुपर्ने पाँच हजार ५०० क्विन्टल चालम केरुङ नाकाबाट झण्डै एक वर्ष लागेको छ । काठमाडाँै, केरुङ, हिल्ला हँुदै याल्वाङ वितरण केन्द्र र सिमकोट डिपोका लागि आर्थिक वर्ष २०७५÷७६ मा आइपुग्नुपर्ने पाँच हजार ५०० क्विन्टल चामल स्थलमार्गबाट हुम्ला पुग्न एक वर्ष लागेको छ । काठमाडौँ, केरुङ हुँदै हिल्सादेखि सिमकोट पुग्न गाडीमा छ दिन लाग्ने भएता पनि सिमकोट डिपोका लागि चार हजार र...

  • २०७६ भाद्र ९, सोमबार

    भरतपुरमा पाँच जनाभन्दा बढी जम्मा हुन नपाइने

    जिल्ला प्रशासन कार्यालय चितवनले जिल्ला प्रहरी कार्यालय चितवनको आसपासका क्षेत्रमा पाँच जनाभन्दा बढी मानिस एक ठाउँमा जम्मा भएर बस्न निषेध गरेको छ । कार्यालयले आइतबार राति आदेश जारी गर्दै आज बिहान ६ बजेदेखि उक्त नियम लागू हुने जनाएको हो । प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतद्वारा जारी आदेशमा ‘पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहनसम्बन्धी अनुसन्धान, अभियोजन र न्यायिक निरुपणका सिलसिलामा...

Pages