STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ भाद्र ९, सोमबार

    किशोरी कुप्रथाविरुद्ध उभिए

    जुम्लाको सिञ्जा गाउँपालिकाका किशोरी जिल्लामा रहेको कु–प्रथाको विरुद्धमा उभिएका छन् । गाउँपालिकाभित्र रहेका विभिन्न कुप्रथालाई न्यूनीकरण गर्ने उनीहरुले आवाज उठाउन थालेका छन् । आफूले भोगेका भोगाइलाई प्रतिभाका माध्यमबाट प्रस्तुत गर्न थालेका हुन् । गाउँपालिका २५ जना किशोरीले महिलाले भोगेका समस्या, कलाका माध्यमबाट प्रस्तुत गरेका छन् । महिलालाई महिनावारी भएका बेला भोग्नुपर्ने समस्या अनि घरपरिवारबाट...

  • २०७६ भाद्र ९, सोमबार

    उमेरै नपुगी बच्चा जन्माउनेको सङ्ख्या बढ्दो

    चौरपाटी गाउँपालिकामा २० वर्ष उमेर नपुग्दै गर्भवती हुनेको सङ्ख्या धेरै रहेको पाइएको छ । आर्थिक वर्ष २०७५र०७६ को तथ्याङ्कअनुसार गाउँपालिकामा २३।४६ प्रतिशत २० वर्ष उमेर नपुग्दै गर्भवती हुने गरेको देखिएको हो । एक वर्षको अवधिमा वडा नं १ मा रहेको चौरमाण्डौ प्राथमिक स्वास्थ्य केन्द्रमा १६७ गर्भवती मध्ये ४१ जना उमेर नपुग्दै गर्भवती भएको तथ्याङ्क फेला परेको हो । यस्तै वडा नं २ र ३ स्थित सोकट स्वास्थ्य...

  • २०७६ भाद्र ९, सोमबार

    गोठालोबाट लखपति बनेका ‘इलामे राई’

    झट्ट हेर्दा सामान्य जस्तो देखिने ‘इलामे राई’ लखपति बनिसक्नुभएको छ । लेकको बसाइ, लगाएका कपडा र उहाँको हाउभाउले उहाँलाई हेर्ने जोकोहीले पनि सामान्य नै ठान्नु स्वाभाविक हो तर दुई वटा गाडी र दार्जिलिङमा घर जोडिसक्नुभएका राई हेर्दा देखेजति सामान्य हुनुहुन्न । हुन त हाम्रो समाजमा राम्रो लगाउने र सामान्य अङ्ग्रेजी मिसाएर बोल्नेलाई इज्जत गरिन्छ । अनि ठूलै हैसियतको भन्ने ठानिन्छ । त्यसै भएर राईलाई...

  • २०७६ भाद्र ९, सोमबार

    सांसद चौधरीलगायत ११ जनालाई रिहाको माग गर्दै थारू सम्मेलन सम्पन्न

    थारूवान राष्ट्रिय सम्मेलन १५ बुँदे टीकापुर घोषणा पत्र जारी गर्दै आज सम्पन्न भएको छ । यही भदौ ७ गतेदेखि शुरु भएको उक्त सम्मेलनले लक्ष्मण थारूको संयोजकत्वमा १०१ सदस्यीय थरूहट÷थारूवान राष्ट्रिय मोर्चा गठन गरेको छ । घोषणा पत्र जारी गर्दै बिग्रिएको सद्भाव कायम गर्न र छिन्नभिन्न अवस्थामा रहेका थारू नेतालाई एकताबद्ध गरेको बताइएको छ । टीकापुर घटनामा प्रतिनिधिसभा सदस्य रेशम चौधरीलगायत ११ जनालाई रिहा...

  • २०७६ भाद्र ९, सोमबार

    प्रधानमन्त्रीद्वारा टेलिप्रिन्जेन्समार्फत मन्त्रिपरिषद् बैठकको अध्यक्षता

    स्वास्थ्य परीक्षणका लागि सिङ्गापुरमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना प्रविधिको प्रयोग गरी टेलिप्रिन्जेन्समार्फत आज मन्त्रिपरिषद् बैठकको अध्यक्षता गर्नुभएको छ । नेपालको इतिहासमै पहिलो पटक प्रयोग भएको यस प्रकारको अभ्यासका लागि यसअघिको मन्त्रिपरिषद्को बैठकले कार्यविधि परिवर्तन गरी प्रधानमन्त्री विदेशमा वा अनुपस्थित रहँदा भिडियो कन्फरेन्समार्फत बैठकको अध्यक्षता गर्ने निर्णय गरेको थियो...

  • २०७६ भाद्र ९, सोमबार

    रवि लामिछाने रिहा

    काठमाडौँ । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा अनुसन्धानको लागि भन्दै पक्राउ परेका टेलिभिजनकर्मी रवि लामिछाने धरौटीमा रिहा भएका छन् । काठमाडौँ । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा अनुसन्धानको लागि भन्दै पक्राउ परेका टेलिभिजनकर्मी रवि लामिछाने धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत चितवनका न्यायधीश हेमन्त रावलको इजलासले लामिछानेलाई पनि ५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो । सरकारी...

  • २०७६ भाद्र ९, सोमबार

    भरतपुरमा पाँच जनाभन्दा बढी जम्मा हुन नपाइने

    जिल्ला प्रशासन कार्यालय चितवनले जिल्ला प्रहरी कार्यालय चितवनको आसपासका क्षेत्रमा पाँच जनाभन्दा बढी मानिस एक ठाउँमा जम्मा भएर बस्न निषेध गरेको छ । कार्यालयले आइतबार राति आदेश जारी गर्दै आज बिहान ६ बजेदेखि उक्त नियम लागू हुने जनाएको हो । प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतद्वारा जारी आदेशमा ‘पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहनसम्बन्धी अनुसन्धान, अभियोजन र न्यायिक निरुपणका सिलसिलामा...

  • २०७६ भाद्र ९, सोमबार

    टोखा नगरपालिकाद्वारा १० लाख सहयोग

    टोखानगरपालिकाले गरीब, दुःखी र असहाय विद्यार्थीलाई निःशुल्क पढाउनका लागि रु १० लाख आर्थिक सहयोग गरेको छ । नगरपालिकाले आफ्नो नगरपालिकाभित्रका गरीब, दुःखी र असहाय विद्यार्थीको निःशुल्क पठनपाठनका लागि नेपाल स्कुलास्टिक एकेडेमी र निकेतन मेमोरियल स्कुललाई रु पाँच÷पाँच लाख आर्थिक सहयोग गरेको हो । टोखा नगरपालिका शिक्षा शाखा प्रमुख बाबुराम गौतमले टोखा नगरपालिकाभित्र रहेका कोही पनि बालबालिका पढाइबाट वञ्चित...

  • २०७६ भाद्र ९, सोमबार

    प्रदेशको राजधानी र नामकरणको निर्णयमा सकस

    प्रदेश नं २ को नाम र राजधानी टुङ्गो लगाउने विषयमा अन्यौल बढ्दै गएको छ । प्रदेशको नाम के हुने भन्ने विषयको बहसले अहिले जनकपुरसहित पूरा प्रदेश नै तातेको छ । यस विषयमा विभिन्न टीकाटिप्पणी भइरहेको छ भने सामाजिक सञ्जालमा पक्षविपक्षमा दोहोरी शुरु भएको छ । बिहीबार प्रदेशसभा सचिवालयमा दलैपिच्छे राजधानी र प्रदेशको नामबारे फरकफरक प्रस्ताव दर्ता भएपछि थप अन्यौल देखिएको हो । यतिमात्रै नभई केही दलका...

  • २०७६ भाद्र ९, सोमबार

    सिरहाका आधा दर्जन दुग्ध उद्योगमा शिलबन्दी

    अनुमति बिना अवैधरुपमा सञ्चालित सिरहाको आधा दर्जन डेरी उद्योगमा शिलबन्दी गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सप्तरीको अगुवाइमा गरिएको बजार अनुगमनका क्रममा दुर्गन्धित तथा कागजपत्र बिनै सञ्चालन गरिरहेको पाइएपछि छ वटा डेरी उद्योगमा शिलबन्दी गरिएको हो । सदरमुकाम सिरहास्थित ज्वाइस दही तथा आइसक्रिम उद्योग, बजरङ्ग डेरी उद्योग, सुखचैनास्थित लक्ष्मी डेरी उद्योग, नरहास्थित सुधा दूध डेरी...

  • २०७६ भाद्र ९, सोमबार

    घरभाडा नदिएको भन्दै वडा कार्यालयमा तालाबन्दी

    जिल्लाको दिपायल सिलगढी नगरपालिका–१ तिखाको वडा कार्यालयले घरभाडाबापतको रकम नदिएको भन्दै आइतबारदेखि वडा कार्यालयमा सो घरका घरघनीले तालाबन्दी गरेका छन् । उक्त वडा कार्यालय राखिएको भवन स्थानीय गोविन्द खड्काको भएको र वडा कार्यालयले एक महीनाको भाडाबापतको रकम नदिएर कार्यालय अनेत्रै भवनमा सार्न थालेपछि घरधनी गोविन्दले तालाबन्दी गरेको स्थानीय देवेन्द्र खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, “घरभाडाको रकम...

  • २०७६ भाद्र ९, सोमबार

    मिटर रिडिङ समयमा नहुँदा सेवाग्राहीलाई सास्ती

    हरेक महीना सेवाग्राहीहरुको घरमा पुगेर मिटर रिडिङ गर्नुपर्ने नेपाल विद्युत् प्राधिकरणको प्रावधान रहे पनि यहाँस्थित विद्युत् कार्यालयका कर्मचारीको बेवास्ताका कारण सेवाग्राहीले सास्ती खेप्नु परेको छ । कञ्चनपुरको भीमदत्तनगरस्थित नेपाल विद्युत् प्राधिकरण महेन्द्रनगर वितरण केन्द्रका कर्मचारीहरु मिटर रिडिङका लागि नआउँदा भीमदत्तनगरपालिका–१८ का स्थानीयबासीहरुलाई विद्युत् महसुल बुझाउन सकस भइरहेको बताउँछन...

Pages