STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ भाद्र ६, शुक्रबार

    एक वर्षमा चार हजार पत्रकारले लिए ‘प्रेस पास’

    एक वर्षमा देशभरका चार हजार ८० पत्रकारले ‘प्रेस पास’ लिएका छन् । सूचना तथा प्रसारण विभागका अनुसार आर्थिक वर्ष २०७५÷७६ मा देशभरका विभिन्न स्थानबाट उक्त सङ्ख्यामा पत्रकारले ‘प्रेस पास’ लिएका हुन् । प्रेस पास लिएकामध्ये एक हजार २०७ नयाँ, दुई हजार ७६० नवीकरण, १० स्वतन्त्र, १९ विदेशी, ७५ अध्यक्ष तथा प्रकाशक र ९ अन्य रहेका छन् । नयाँ आर्थिक वर्ष शुरु भएसँगै नयाँ ‘प्रेस पास’ दिने तथा नवीकरण गरिने भएकाले...

  • २०७६ भाद्र ६, शुक्रबार

    मौरी पर्यटनको प्रवद्र्वन गरिने

    जिल्लामा आउने पर्यटकलाई मौरी देखाइने र यसको उत्पादन चखाइने भएको छ । मौरीपालनमा अग्रणी मानिएको यो जिल्ला पर्यटकीय दृष्टिले मुलुककै तेस्रो हो । भ्रमण वर्ष सन् २०२० लाई लक्षित गर्दै मौरीपालन विकास कार्यक्रम भण्डाराले मौरी पर्यटन कार्यक्रम शुरु गर्न लागेको हो । प्रदेश सरकारसँग समन्वय गरी कार्यक्रम शुरु गर्न लागिएको हो । कार्यालयका प्रमुख शिव रिजालका अनुसार पर्यटकीय क्षेत्र लक्षित गरी कार्यक्रम...

  • २०७६ भाद्र ६, शुक्रबार

    मातृ तथा नवजात शिशु मृत्युदर घटाउने सरकारको ध्येय उपप्रधानमन्त्री यादव

    उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले सुत्केरी हुन नसकी अकालमा कुनै आमा तथा नवजात शिशुको मृत्यु हुन नदिन सरकारले उच्च प्राथमिता दिएको बताउनुभएको छ । “स्वास्थ्य सबै संयन्त्रको पहिलो प्राथमिकता मातृ तथा नवशिशु मृत्युदरमा उल्लेखनीय सुधार ल्याउने भन्ने छ, आमा सुरक्षा कार्यक्रम सबै आमालाई प्रसूति सेवाको पहुँचको सुनिश्चितता सरकारले गरेको छ”, उहाँले भन्नुभयो । सेवाको गुणस्तरीय...

  • २०७६ भाद्र ५, बिहिबार

    चाड नजिकिएपछि खर्च जुटाउन भारततिर

    मुलुक सङ्घीय प्रणालीमा गइसक्यो, स्थानीय र प्रदेश सरकार पनि बनिसक्यो तर, धेरै युवा अहिले पनि बेरोजगार छन् । रोजगारी र समृद्धि नारामै मात्र सीमित छ । केही पैसा कमाउन उनीहरु विदेशी भूमिमा पसिना बगाउन बाध्य छन् । ने पालगञ्ज नाकाबाट हिजोआज दिनहुँ भारत प्रवे श गनेर्  ने पालीको  लकोर्  देख्न पाइन्छ । साविकको मध्यपश्चिम क्षेत्रका जाजरकोट, दै ले ख, रुकुम, रो ल्पा, कालीको ट, सल्यान, प्युठान र दाङ्गका...

  • २०७६ भाद्र ५, बिहिबार

    मुख्यमन्त्रीद्वारा साइकल वितरण

    प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले सामाजिक रुपान्तरणका लागि नारी सशक्तीकरण आवश्यक रहेको बताउनु भएको छ । मुख्यमन्त्री ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमअन्तर्गत धनुषाको बटेश्वर गाउँपालिकास्थित शिवशक्ति नमूना माविमा आज आयोजित साइकल वितरण कार्यक्रममा मुख्यमन्त्री राउतले समग्र विकासको मूल आधार नारी सशक्तीकरण रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “प्रदेशको समृद्धिका लागि सामाजिक रुपान्तरण र सामाजिक...

  • २०७६ भाद्र ५, बिहिबार

    एचआइभी सङ्क्रमित आमाले सुरक्षित बच्चा जन्माउने क्रम बढ्दो

    जिल्लामा एचआइभी सङ्क्रमित आमाहरुले सुरक्षित बच्चा जन्माउने क्रम बढ्दो रहेको छ । भरतपुर अस्पतालमा विगत १० वर्षमा ९० जना सङ्क्रमित आमाले बच्चा जन्माएका छन् । तीमध्ये पाँच जना बच्चामा सङ्क्रमण देखिए पनि ८६ जनामा भने सङ्क्रमण भेटिएको छैन । एक जना आमाले जुम्ल्याहा बच्चा जन्माएकी हुन् । भरतपुर अस्पतालमा रहेको एन्टीरेट्रो भाइरल थेरापी एआरटी केन्द्रका अनुसार हरेक वर्ष १२ देखि १५ जनाले सुरक्षित बच्चा...

  • २०७६ भाद्र ५, बिहिबार

    राष्ट्रपतिसँग भारतीय विदेशमन्त्रीको शिष्टाचार भेट

    राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालको भ्रमणमा रहनुभएका भारतका बाह्य मामिलामन्त्री सुव्रमण्यम जयशङ्करले आज राष्ट्रपति कार्यालय शीतल निवासमा शिष्टाचार भेट गर्नुभयो । त्यस अवसरमा नेपाल–भारत सम्बन्धका साथै पारस्परिकहित र चासोका विविध विषयमा विचारविमर्श भएको थियो । भेटमा भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्य, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव हरि पौडेल र...

  • २०७६ भाद्र ५, बिहिबार

    सोलुखुम्बुमा चार रेक्टरको भूकम्प

    सोलुखुम्बुको गोली आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । आज बिहान ७ बजेर ७ मिनेटको समयमा चार रेक्टर स्केलको भूकम्प गएको खानी तथा भू–गर्भ विभाग भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख लोकविजय अधिकारीले परकम्पन नभई यो भूकम्प नै भएको बताउनुभयो । सात दिनअघि म्याग्दीको लोलाङनजिक केन्द्रविन्दु भएर ४ दशमलव ७ रेक्टरको भूकम्प गएको थियो ।

  • २०७६ भाद्र ५, बिहिबार

    प्रधानमन्त्री ओली सिङ्गापुर प्रस्थान

    प्रधानमन्त्री केपी शर्मा ओली सिङ्गापुरस्थित न्यासनल युनिभर्सिटी अस्पतालमा स्वास्थ्य परीक्षणका लागि आज अपराह्न त्यसतर्फ प्रस्थान गर्नुभएको छ । प्रधानमन्त्रीका साथमा उहाँका धर्मपत्नी राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, निजी चिकित्सक डा दिब्यासिंह शाह, स्वकीय सचिव राजेश ब्रजाचार्यलगायत सहभागी हुुनुहुन्छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उहाँलाई बिदाइ गर्न...

  • २०७६ भाद्र ५, बिहिबार

    कुलेखानी तेस्रोबाट १४ मेगावाट विद्युत् उत्पादन हुने

    कुलेखानी जलविद्युत् तेस्रो आयोजनाले आगामी दशैँअघिबाटै १४ मेगावाट क्षमताको जलविद्युत् उत्पादन गरिने भएको छ । मकवानपुरको भीमफेदी गाउँपालिका–१ सानोटारस्थित निर्माणाधीन सो आयोजनाबाट १४ मेगावाट क्षमताको जलविद्युत् उत्पादन गरिने भएको हो । उत्पादन गरिएको सो जलविद्युत् काठमाडौँस्थित केन्द्रीय विद्युत् प्रसारण लाइनमा जोड्ने कार्य सम्पन्न भइसकेको आयोजनाले जनाइएको छ । सानोटार विद्युत्गृहमा अहिले बाँकी रहेको...

  • २०७६ भाद्र ५, बिहिबार

    प्रधानमन्त्रीको कार्यभार पोखरेललाई

    राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि सिङ्गापुर प्रस्थान गर्नुभएकाले उहाँको अनुपस्थितिमा उपप्रधानमन्त्री ईश्वर पोखरेललाई प्रधानमन्त्रीको कार्यभार सम्हाल्न तोक्नुभएको छ । राष्ट्रपति भण्डारीले नेपालको संविधानबमोजिम प्रधानमन्त्रीको सिफारिशमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य उपप्रधानमन्त्री पोखरेलले सम्हाल्ने गरी तोक्नुभएको राष्ट्रपतिको...

  • २०७६ भाद्र ५, बिहिबार

    तल्लोमोदी ‘१’ का कर्मचारी काममा फर्किए

    विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएका तल्लो मोदी ‘१’ का कर्मचारी काममा फर्किएका छन् । पर्वतको कुश्मा नगरपालिका–८ चुवामा सञ्चालित १० मेगावाट क्षमताको तल्लोमोदी १ जलविद्युत् आयोजनाको प्रवद्र्धक युनाइटेड मोदी हाइड्रोपावर लिमिटेड र आन्दोलनरत कर्मचारीका बीचमा सहमति भएपछि काममा फर्किएका हुन् । जिल्ला प्रशासन कार्यालय पर्वतको पहलमा भएको सर्वपक्षीय छलफलका क्रममा कर्मचारीको तलववृद्धि, बिमालगायतका विषयमा...

Pages