STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ भाद्र ५, बिहिबार

    प्रधानमन्त्री ओली सिङ्गापुर प्रस्थान

    प्रधानमन्त्री केपी शर्मा ओली सिङ्गापुरस्थित न्यासनल युनिभर्सिटी अस्पतालमा स्वास्थ्य परीक्षणका लागि आज अपराह्न त्यसतर्फ प्रस्थान गर्नुभएको छ । प्रधानमन्त्रीका साथमा उहाँका धर्मपत्नी राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, निजी चिकित्सक डा दिब्यासिंह शाह, स्वकीय सचिव राजेश ब्रजाचार्यलगायत सहभागी हुुनुहुन्छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उहाँलाई बिदाइ गर्न...

  • २०७६ भाद्र ५, बिहिबार

    कुलेखानी तेस्रोबाट १४ मेगावाट विद्युत् उत्पादन हुने

    कुलेखानी जलविद्युत् तेस्रो आयोजनाले आगामी दशैँअघिबाटै १४ मेगावाट क्षमताको जलविद्युत् उत्पादन गरिने भएको छ । मकवानपुरको भीमफेदी गाउँपालिका–१ सानोटारस्थित निर्माणाधीन सो आयोजनाबाट १४ मेगावाट क्षमताको जलविद्युत् उत्पादन गरिने भएको हो । उत्पादन गरिएको सो जलविद्युत् काठमाडौँस्थित केन्द्रीय विद्युत् प्रसारण लाइनमा जोड्ने कार्य सम्पन्न भइसकेको आयोजनाले जनाइएको छ । सानोटार विद्युत्गृहमा अहिले बाँकी रहेको...

  • २०७६ भाद्र ५, बिहिबार

    प्रधानमन्त्रीको कार्यभार पोखरेललाई

    राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि सिङ्गापुर प्रस्थान गर्नुभएकाले उहाँको अनुपस्थितिमा उपप्रधानमन्त्री ईश्वर पोखरेललाई प्रधानमन्त्रीको कार्यभार सम्हाल्न तोक्नुभएको छ । राष्ट्रपति भण्डारीले नेपालको संविधानबमोजिम प्रधानमन्त्रीको सिफारिशमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य उपप्रधानमन्त्री पोखरेलले सम्हाल्ने गरी तोक्नुभएको राष्ट्रपतिको...

  • २०७६ भाद्र ५, बिहिबार

    तल्लोमोदी ‘१’ का कर्मचारी काममा फर्किए

    विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएका तल्लो मोदी ‘१’ का कर्मचारी काममा फर्किएका छन् । पर्वतको कुश्मा नगरपालिका–८ चुवामा सञ्चालित १० मेगावाट क्षमताको तल्लोमोदी १ जलविद्युत् आयोजनाको प्रवद्र्धक युनाइटेड मोदी हाइड्रोपावर लिमिटेड र आन्दोलनरत कर्मचारीका बीचमा सहमति भएपछि काममा फर्किएका हुन् । जिल्ला प्रशासन कार्यालय पर्वतको पहलमा भएको सर्वपक्षीय छलफलका क्रममा कर्मचारीको तलववृद्धि, बिमालगायतका विषयमा...

  • २०७६ भाद्र ५, बिहिबार

    सहकारीले राष्ट्रिय आम्दानीमा योगदान दिनुपर्छ ः मन्त्री अर्याल

    भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सहकारी संस्थाहरू राष्ट्रिय आम्दानीमा योगदान दिने गरी अगाडि बढ्नुपर्ने बताउनुभएको छ ।   नेपाल साना किसान कृषि सहकारी सङ्घ केन्द्रीय समितिले आयोजना गरेको नेपालमा सहकारीको आगामी पुस्ताका लागि ढाँचाको तयारीसम्बन्धी कार्यशाला गोष्ठीमा मन्त्री अर्यालले किसानको घरदैलोमा पुग्न साना किसान कृषि सहकारीहरुलाई आग्रह पनि गर्नुभयो । उहाँले...

  • २०७६ भाद्र ५, बिहिबार

    पासाङल्हामु राजमार्ग अवरुद्ध

    पासाङल्हामु राजमार्गको त्रिशूली–बेत्रावती सडकखण्डको गेर्खुखोलामा राखिएको डाइभर्सन बगाउँदा सडक अवरुद्ध भएको छ । गए राति वर्षाको कारण खोलामा आएको बाढीले डाइभर्सन बगाएको हो । विदुर नगरपालिका वडा नं १ र १० को सीमामा रहेको गेर्खुखोलाले गत वर्षको वर्षामा पुल भत्काएपछि अस्थायीरूपमा बनाइएको डाइभर्सन यसपालि बगाएको हो । डाइभर्सन बगाएपछि यातायात ठप्प भएको विदुर नगरपालिका– १० का वडाध्यक्ष गणेशकुमार नेपालले...

  • २०७६ भाद्र ५, बिहिबार

    तिङ्कर अन्तर्राष्ट्रिय ‘ट्रान्जिट’ मार्ग ः परराष्ट्रमन्त्री ज्ञवाली

    परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले दार्चुलाबाट तिब्बत जोड्ने तिङ्कर नाकालाई अन्तर्राष्ट्रिय ‘ट्रान्जिट’ मार्गका रुपमा विकास गर्ने तयारी गरिएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको मन्त्रालयसँग सम्बन्धित प्रश्नोत्तर कार्यक्रममा सांसद दिलेन्द्रप्रसाद बडुकोतर्फबाट अतहरकमाल मुसलमानले मित्रराष्ट्र चीनको तिब्बत जोड्ने दार्चुलाको तिङ्कर नाका स्वदेशी, विदेशी व्यापारी एवं पर्यटकका लागि खुला गर्न किन...

  • २०७६ भाद्र ५, बिहिबार

    नेकपा सचिवालय बैठक, प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना

    सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको आजको सचिवालय बैठकले पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उहाँ सिङ्गापुर गएपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बैठक बसी सांगठनिक एकता र अन्य निर्णयहरु गर्ने तय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको बैठकले सांगठनिक एकताका बाँकी कामबारे छलफल भए पनि ठोस निर्णय नभएको र...

  • २०७६ भाद्र ५, बिहिबार

    पर्यटक प्रवेश शुल्क बराबरी, बोलपत्रमा दुई नगरपालिकाको विवाद

    पर्यटकीय क्षेत्र नगरकोट आउने पर्यटकसँग भक्तपुरको चाँगुनारायण नगरपालिका र काभ्रेको मण्डन देउपुर नगरपालिकाले संयुक्तरूपमा पर्यटन सेवा शुल्क सङ्कलन गरेका छन् । गत वर्ष दुई नगरपालिको फरक–फरक ठाउँमा छुट्टाछुट्टै पर्यटकसँग शुल्क लिँदा व्यवसायीहरुले एकै ठाउँमा आएका पर्यटकले दोहोरो कर तिर्नुपरेको भन्दै विरोध गरेका थिए । विरोधपछि चाँगुनारायण नगरपालिकाले बोलपत्रसमेत रद्द गरी पर्यटन शुल्क उठाउन छाडेको थियो...

  • २०७६ भाद्र ५, बिहिबार

    गुरु नानकको जन्मजयन्तीमा ‘अन्तर्राष्ट्रिय नगर कीर्तन’

    शिख धर्मका प्रवर्तक श्री गुरु नानक देवको ५५०औँ प्रकाशोत्सव जन्मजयन्ती का अवसरमा भारतको पटनामा यही भदौ ७ गते ‘अन्तर्राष्ट्रिय नगर कीर्तन’ हुने भएको छ । हालको पाकिस्तानको ननकानामा विसं १५२६ मा जन्मनुभएका गुरुको स्मृतिमा उक्त कार्यक्रमअन्तर्गत धार्मिक सभा गर्न लागिएको श्री गुरु नानक सेवा प्रतिष्ठान शोध केन्द्रले जनाएको छ । गत साउनको दोस्रो सातादेखि उक्त कार्यक्रमका लागि भारतस्थित श्री गुरुद्वारा...

  • २०७६ भाद्र ५, बिहिबार

    १२० जनालाई व्यावसायिक तालीम

    लायन्स क्लब अफ काठमाडौँ टेम्पल पिस काभ्रे पनौतीको आयोजनामा १२० जनालाई व्यावसायिक तालीम प्रदान गरिने भएको छ । क्लबको आयोजनामा पनौती नगरपालिका र लायन्स क्लबका डिस्ट्रिक गभर्नर इन्दु लम्सालको सहयोगमा पनौती नगरपालिकाभरिका १२० जनालाई तालीम प्रदान गरिने भएको हो । विद्युत, प्लम्बिङ र कार्पेन्टरसम्बन्धी तीन महीने तालीम हुने क्लबका पूर्वअध्यक्ष भोला थापाले बताउनुभयो । “तालीमका लागि डिस्ट्रिक गभर्नरबाट ८०...

  • २०७६ भाद्र ४, बुधबार

    बहिस्कारमा परेपछि प्रदेश सरकारसँग गुहार

    – केदार मगर जिल्लामा एक सामाजिक बहिस्कारको घटना भएको छ । घटनाका पीडित व्यक्तिले समाजबाट बहिस्कारमा परेपछि प्रदेश सरकारसँग गुहार मागेका छन । जिल्ला समन्वय समितिले गत जेठ १८ गते खाल्लेमा आयोजना गरेको सहभोजमा सहभागी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका ७६ वर्षीय टङ्कप्रसाद आचार्य बहिस्कारमा पर्नुभएको हो । जिल्लाका प्रतिष्ठित व्यक्ति भेला भएको कार्यक्रममा आचार्यसहित सबैले सामूहिकरूपमा...

Pages