राष्ट्रिय
-
२०७६ भाद्र ४, बुधबार
बहिस्कारमा परेपछि प्रदेश सरकारसँग गुहार
– केदार मगर जिल्लामा एक सामाजिक बहिस्कारको घटना भएको छ । घटनाका पीडित व्यक्तिले समाजबाट बहिस्कारमा परेपछि प्रदेश सरकारसँग गुहार मागेका छन । जिल्ला समन्वय समितिले गत जेठ १८ गते खाल्लेमा आयोजना गरेको सहभोजमा सहभागी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका ७६ वर्षीय टङ्कप्रसाद आचार्य बहिस्कारमा पर्नुभएको हो । जिल्लाका प्रतिष्ठित व्यक्ति भेला भएको कार्यक्रममा आचार्यसहित सबैले सामूहिकरूपमा...
-
२०७६ भाद्र ४, बुधबार
चावहिल–साँखु सडकखण्ड यातायात व्यवसायीको विरोध
लामो समयदेखि चावहिल–साँखु सडकखण्डको निर्माण सम्पन्न नहुँदा यातायात व्यवसायीले विरोध शुरु गरेका छन् । सडक नबन्दा हिलो र खाल्डोमा परेर दिनहुँ गाडी बिग्रने तथा सरल र सहजरूपमा यातायात सेवा सञ्चालन गर्न नपाएको भन्दै व्यवसायीले विरोध गरेका हुन् । यस सडकखण्डमा हिउँदमा धुलो र बर्खाको हिलोबाट आजित भएपछि आन्दोलित भएको साँखु शालीनदी यातायात प्रालिका अध्यक्ष गोविन्द श्रेष्ठले बताउनुभयो । व्यवसायीले गाडीमा...
-
२०७६ भाद्र ४, बुधबार
‘राष्ट्रिय दिवस मनाऔँ, घरघरमा राष्ट्रिय झण्डा फहराऔँ’
विश्वमै आफ्नो छुट्टै पहिचान बोकेको एकताको प्रतीक नेपालको राष्ट्रिय झण्डालाई उच्च प्राथमिकतामा राख्दै सरकारले यसपटकको संविधान तथा राष्ट्रिय दिवस झण्डामय बनाएर मनाउने तयारी थालेको छ । विगतभन्दा फरकरूपमा कार्यक्रम थप गरी एकता, समृद्धि र अठोटको प्रतीक राष्ट्रिय झण्डालाई शिरमा राखेर दिवस मनाउने तयारी थालिएको गृहसचिव प्रेमकुमार राईले बताउनुभयो । अन्तर्राष्ट्रिय खेलमा दर्शकको हातमा झण्डा हुँदा त्यसले...
-
२०७६ भाद्र ४, बुधबार
दुर्गममा नेपाल टेलिकमको सेवा
सङ्खुवासभाका दुर्गम क्षेत्रमा नेपाल टेलिकमले चार बिटीएस टावर जडान गरेको छ । मोबाइल फोन नचल्ने दुर्गम क्षेत्रका चार स्थानमा बिटीएस टावर थपिएपछि स्थानीयवासीलाई राहत मिलेको छ । भौगोलिकरूपमा विकट र विद्युत् सेवा नभएका कारणले मोबाइल फोन सेवाबाट बञ्चित स्थानीयवासीलाई सहज भएको हो । दुर्गमको समस्यालाई मध्यनजर गर्दै चार स्थानमा सेवा विस्तार गरिएको टेलिकमका प्रमुख राधारमण भट्टराईले बताउनुभयो । टेलिकमले...
-
२०७६ भाद्र ४, बुधबार
नेपाल–भारत संयुक्त आयोगको बैठक शुरु
नेपाल–भारत संयुक्त आयोगको पाँचाँै बैठक आज साँझ यहाँ प्रारम्भ भएको छ । द्विपक्षीय आर्थिक साझेदारीलाई सुदृढ तुल्याउनेतर्फ केन्द्रित रहने उक्त बैठकमा नेपाल–भारत सम्बन्धलाई अझ सार्थक, सुदृढ र नेपालको आर्थिक वृद्धिदरमा टेवा पु¥याउन मद्दत पुुग्नेगरी गहन विचारविमर्श भइरहेको छ । तीन वर्षपछि भएको उक्त बैठकमा द्विपक्षीय सम्बन्धको समग्र अवस्थाको पुनरवलोकनका साथै जल, स्थल र हवाई मार्गबाट सम्पर्क सञ्जाल...
-
२०७६ भाद्र ४, बुधबार
गौरामा देउडाको ‘क्रेज’
आज बिहान कञ्चनपुरको भीमदत्तनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीले विश्वविद्यालय परिसरमै गौरा पर्वका अवसरमा देउडा खेल्दै रमाए । विश्वविद्यालयका शिक्षक तथा विद्यार्थीले संयुक्त रुपमा गोलबद्ध भएर देउडामार्फत सुदूरपश्चिमका भाका विश्वविद्यालयमा प्रस्तुत गर्दा केही समय विश्वविद्यालय गौरामय बन्यो । विश्वविद्यालयम मात्रै नभइ सुदूरपश्चिम प्रदेशका धेरै ठाउँमा मङ्गलबारदेखि शुरु भएको...
-
२०७६ भाद्र ४, बुधबार
गुथि अवधारणा र एकीकृत आन्दोलन कार्यविधि सम्वधि छलफल
गुथि विधेयक विरुद्ध एकीकृत आन्दोलन अगाडि बढाउनका लागि बुधबार नेवाः देय् दबूको सभाकक्षमा बसेको बैठकले नेवाः समुदायको अवधारणा र गुथि विधेयक विरुद्ध एकीकृत आन्दोलनको सञ्चालनको कार्यविधिलाई लिएर छलफल भएको छ । गुथि विधेयक विरुद्ध एकीकृत आन्दोलनका उपाध्यक्ष पवित्र बज्राचार्यले दिनु भएको जानकारी अनुसार भेलाले एकीकृत आन्दोलनको निर्देशक समुहको सदस्य तथा नेवाः अग्रज मल्ल के. सुन्दरले गुथिको अवधारणा...
-
२०७६ भाद्र ४, बुधबार
प्रदेश ३ मा लोकसेवा आयोग गठन हुने
प्रदेश ३ सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश लोकसेवा आयोग गठन गर्ने लगायत तीन वटा निर्णय गरेको छ । प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा आज साँझ सम्पन्न मन्त्रिपरिषद् बैठकले प्रदेश लोकसेवा आयोग गठन गर्ने, प्रदेश एकीकृत अनुदान व्यवस्थापन कार्यविधि २०७६ को मस्यौदा स्वीकृत गर्ने र प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गतको पर्यटन विकास आयोजनाका लागि अस्थायी दरबन्दीलाई...
-
२०७६ भाद्र ३, मंगलबार
बिदाका दिनसमेत स्वास्थ्य संस्था खुला रहने
त्रिवेणी गाउँपालिकाले ३६५ दिन नै स्वास्थ्य संस्थाबाट सेवा प्रवाह गर्ने भएको छ । गाउँपालिकाभित्रका नागरिकले बिदाको दिनसमेत स्वास्थ्य सेवा प्राप्त गर्ने गरी स्वास्थ्य संस्था खुला राख्ने व्यवस्था गरिएको हो । गाउँपालिकाभित्रका चार स्वास्थ्यचौकी र दुई सामुदायिक स्वास्थ्य एकाइ खुला राखेर सेवा प्रवाह भइरहेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाभित्रका नागरिकले बिदाका दिन पनि सहजरूपमा स्वास्थ्य सेवा...
-
२०७६ भाद्र ३, मंगलबार
‘साँफे–मार्तडी सडक’ खोल्नमै ठिक्क
कालोपत्र गरेको दुई वर्ष भइसक्दासमेत साँफे–मार्तडी सडकको अवस्थामा सुधार भएको छैन । सडक छेउछाउबाट पहिरो खस्ने क्रम नरोकिएपछि हरेक वर्षात्मा अवरुद्ध हुने गरेको छ । ५७ मध्ये ३० किलोमिटर पहिलो चरण र २७ किलोमिटर दोस्रो चरणमा सडक कालोपत्र गरिएको थियो । पहिला कालोपत्र गरिएको अछामको साँफेबगरदेखि बार्जुगाडसम्मको ३० किलोमिटर सडकमा धेरै समस्या नेखिए पनि बार्जुगाडदेखि मार्तडीसम्मको २७ किलोमिटर सडकमा बढी...
-
२०७६ भाद्र ३, मंगलबार
गाउँपालिकाले बनाइदियो वृद्ध दम्पतीको घर
रैनादेवी छहरा गाउँपालिकाको सहयोगमा वृद्ध दम्पतीको घर निर्माण गरिएको छ । वडा नं ४ डोकेडाँडाका ७५ वर्षीय डिलबहादुर कामीको घर भूकम्पका कारण भत्किएको थियो । आर्थिक स्थिति कमजोर रहेकाले भत्केको घर बन्न सकेको थिएन । आर्थिक अवस्था निकै कमजोर रहेकाले उहाँले आफ्नै लगानीमा घर बनाउन सन्ुभएको थिएन । विसं २०७२ को भूकम्पका कारण घर भत्केको थियो । भूकम्पको मापदण्डअनुसार काम गर्न सक्ने अवस्था नै छैन । साँझ–बिहान...
-
२०७६ भाद्र ३, मंगलबार
भजनको संरक्षणका लागि प्रयास
युवापुस्ताको मोह घट्दै जाँदा लोप हुने अवस्थामा रहेको लोकभजन जोगाउन बागलुङमा प्रयास थालिएको छ । पश्चिमा संस्कृति भित्रिँदा मौलिक संस्कृतिको रूपमा रहेको लोकभजन हराउन थालेपछि कालिका भगवती गुठी व्यवस्थापन समितिले भजनको संरक्षणका लागि प्रयास थालेको हो । गण्डकी प्रदेशकै उत्कृष्ट धार्मिक गन्तव्यका रूपमा परिचित बागलुङ कालिकाले लोकभजनको संरक्षण तथा पुस्ता हस्तान्तरणका लागि १५ दिने भजन प्रशिक्षण गरेको...


