STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ भाद्र ३, मंगलबार

    विश्वनाथ र रामेश्वरम् ज्योर्तिलिङ्ग स्थापना गरिने

    जिल्लामा विश्वनाथ र रामेश्वरम् ज्योर्तिलिङ्ग स्थापना गरिने भएको छ । मानसखण्ड पुराणमा उल्लेख भएअनुसार पाटन नगरपालिका–६ को चौखुडामा रामेश्वरम् र वडा नं ३ को वनारसीधाममा विश्वनाथ ज्योर्तिलिङ्ग स्थापना गर्न लागिएको हो । नेपालका प्रथम ऐतिहासिक जगत्गुरु बालसन्त मोहनशरण देवाचार्यले अध्ययन तथा अनुसन्धान गरेअनुसार ज्योर्तिलिङ्ग स्थापना गर्ने कार्य शुरु गरिएको रामेश्वरधाम संरक्षण समितिका संयोजक कमल बोहराले...

  • २०७६ भाद्र ३, मंगलबार

    हात्ती प्रभावित क्षेत्रमा रबरखेती

    पूर्वोत्तर झापाका सर्वसाधारणलाई अझै पनि जङ्गली हात्तीको त्रास छ । भारतबाट प्रवेश गर्ने हात्ती नियन्त्रण गर्न विश्व बैंकको सहयोगमा नेपाल सरकारले हात्ती प्रवेश गर्ने गौँडामा विद्युतीय तारबार गरे पनि जङ्गली हात्ती रोक्न सकिएको छैन । जङ्गली हात्तीकै कारण झापा बुद्धशान्ति गाउँपालिकाका सीताराम बाँस्तोलाले लामो समयसम्म सिजनमा लगाएको बाली भित्र्याउन पाउनु नै भएन । धानको सिजनमा धान, मकैको सिजनमा मकै...

  • २०७६ भाद्र ३, मंगलबार

    भारतसँग दरो किसिमले संवाद गर्नु जरुरी छ ः प्रचण्ड

    नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सीमावर्ती क्षेत्रमा भारतद्वारा निर्मित बाँधले उत्पन्न हुँदै आएको समस्या समाधानका लागि भारतसँग दरो किसिमले संवाद गर्नु जरुरी भएको धारणा व्यक्त गर्नुभएको छ । जिल्ला विपद् व्यवस्थापन समितिद्वारा आज यहाँ आयोजित छलफलमा उहाँले बाँधका कारण उत्पन्न समस्या समाधानका लागि दुवै देश मिलेर जनताको हितमा कार्य गर्नु आवश्यक छ भन्नुभयो । बाँध...

  • २०७६ भाद्र ३, मंगलबार

    गाँउपालिकाको विकासका लागि पञ्चवर्षीय योजना

    यहाँका दुई गाउँपालिकाले योजनाबद्धरूपमा विकासका काम अगाडि बढाउन प्रथम पञ्चवर्षीय आवधिक योजना निर्माण गरेका छन् । लालझाडी र बेलडाँडी गाउँपालिकाले एनएलआर नामक संस्थाको सहयोगमा पञ्चवर्षीय आवधिक योजना निर्माणको काम गरेको हो । वार्षिक योजना प्रक्रियामा मार्गदर्शन गर्ने, क्षेत्रगत रणनीतिक योजना तथा महत्वपूर्ण विकास प्राथमिकता प्राप्त कार्यक्रम तर्जुमा गर्ने, आवश्यकताका आधारमा स्रोत वितरण र परिचालनको...

  • २०७६ भाद्र ३, मंगलबार

    विश्वकै अग्लो मानववस्तीमा ‘डोल्पो महोत्सव’

    विश्वको सर्वाधिक अग्लो स्थानमा अवस्थित मानववस्ती धो तरापमा ‘डोल्पो महोत्सव २०७६’ आयोजना गरिने भएको छ । डोल्पा जिल्लाको डोल्पो बुद्ध गाउँपालिकाको तरापस्थित क्रिष्टल माउन्टेन विद्यालय प्राङ्गणमा यही भदौ २४–२८ गतेसम्म सो महोत्सव आयोजना गरिने महोत्सव मूल आयोजक समितिका संयोजक ग्याल्पो थापा भोटेले सोमबार यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभएको हो । उहाँले ‘दर्शन डोल्पोको, आर्जन शान्ति’ भन्ने मूल...

  • २०७६ भाद्र ३, मंगलबार

    विद्यार्थीभन्दा निरीक्षक धेरै

    अहिले देशभर एसइईको ग्रेड वृद्धिको परीक्षा भइरहेको छ । दाङमा पनि आइतबारदेखि ग्रेड वृद्धिका लागि परीक्षा चलिरहेको छ । जिल्लाका सबै क्षेत्रका परीक्षार्थीलाई अहिले घोराहीका विभिन्न विद्यालयमा परीक्षा केन्द्र तोकेर ग्रेड वृद्धिको परीक्षा सञ्चालन भइरहेको छ । घोराहीको पद्मोदय नमूना माध्यामिक विद्यालय, दीपशिखा मावि, सरस्वती मावि काठेकोहल, बालविकास मावि, गोरक्षरत्ननाथ मावि चौघेरा, शुभप्रभात मावि, रझेना...

  • २०७६ भाद्र ३, मंगलबार

    सङ्घीय प्रहरी एकाइको भवन निर्माण

    सङ्घीय प्रहरी एकाइ कार्यालयका लागि साढे दुई तल्ले १६ कोठे आधुनिक सुविधासम्पन्न भवन निर्माण गरिएको छ ।राष्ट्रिय पुनर्निर्माण प्राधिकरण कोषको रु दुई करोड ७८ लाख ७० हजार २९६ को लागतमा सो भवन निर्माण गरिएको हो । सोही कार्यालयको हातामा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण कोषको रु तीन करोड २५ लाखसात हजार ५८६ को लागतमा ब्यारेक भवन निर्माण गरिने भएको छ । आव २०७६÷७७ सम्ममा निर्माण गरिने लक्ष्य रहेको...

  • २०७६ भाद्र ३, मंगलबार

    भाइरल ज्वरोका बिरामीले अस्पतालमा चाप

    पश्चिम नवलपरासीमा भाइरल ज्वरोका बिरामी बढ्दै गएका छन् । चर्को गर्मी तथा लगातारको वर्षातसँगै मौसममा आएको परिवर्तनले अहिले भाइरल ज्वरोका बिरामी ह्वात्तै बढेका छन् । पृथ्वीचन्द्र अस्पतालका चिकित्सक डा पवन अग्रहरिका अनुसार अहिले दैनिक ६०÷७० भाइरल ज्वरोका बिरामी अस्पताल आउने गरेका छन् । एक सातादेखि भाइरलका बिरामीको चाप बढिरहेको उहाँले बताउनुभयो । “यो सरुवा रोग भएकाले घरका एक जनामा देखिएपछि अन्य...

  • २०७६ भाद्र ३, मंगलबार

    तीन दिन भारी वर्षाको सम्भावना

    मनसुनको न्यून चापीय रेखा औसत स्थानमा रहेकाले सो प्रभावले देशका अधिकांश स्थानमा मनसुनी वर्षा भइरहेको छ । हाल देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आज विशेष बुलेटिन जारी गर्दै उक्त प्रणालीको प्रभावका कारण तीन दिन देशको अधिकांश स्थानमा मेघ गर्जनसहित मध्यमदेखि भारी वर्षाको...

  • २०७६ भाद्र ३, मंगलबार

    एकल महिलाद्वारा गाउँमै रोजगारीको व्यवस्था

    जिल्लाको घिरिङ गाउँपालिका–५ स्थित मोचाबारीकी एकल महिला सेतीमाया विश्वकर्माले गाउँका ११ एकल महिलालाई रोजगारी दिनुभएको छ । २८ वर्षको उमेरमा एकल महिला बन्नुभएकी सेतीमायाले शिव नर्सरी फार्म स्थापना गरेर उनीहरुलाई गाउँमै रोजगारीको व्यवस्था गर्नुुभएको हो । सेतीमायाले आफ्नै नाममा रहेको करीब तीन रोपनी क्षेत्रफल जग्गामा नर्सरी स्थापना गरी कफी, आँप, कागती, एभोकाडो ९नौनी फल० लगायतका बिरुवा उत्पादन गर्दै...

  • २०७६ भाद्र ३, मंगलबार

    पत्रकार पुडासैनी मृत्यु प्रकरणः भिडियोमा आवाज पुडासैनीकै, झुन्डिएकै कारण मृत्यु भएको पोस्टमार्टम रिपोर्ट

    माउण्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनीको झुन्डिएकै कारण मृत्यु भएको पोस्टमार्टम रिपोर्टले जनाएको छ । जिल्ला प्रहरी कार्यलाय चितवनले दिएको जानकारी अनुसार पुडासैनीको गर्धनको हड्ी छुट्टीएको र घाँटीसमेत डोरीले कस्सिएको पोस्मार्टम रिपोर्टमा उल्लेख छ । पोस्टमार्टम रिपोर्टमा पुडासैनी आत्महत्या संकेत जिप्रका चितवनका प्रमुख एसपी दानबहादुर मल्लले गरे । पोस्टमार्टम रिपोर्ट आएको छ । मंगलबार सम्पूर्ण...

  • २०७६ भाद्र ३, मंगलबार

    प्लाष्टिक झोला र बोत्तल प्रतिबन्ध

    खुम्बु पासाङल्हामु गाउँपालिका क्षेत्रमा प्लाष्टिक झोला र बोतलको प्रयोगमा पूर्णरूपले प्रतिबन्ध लगाइने भएको छ । वातावरण र मानव स्वास्थ्यमा पर्न जाने असरलाई मध्यनजर गर्दै गाउँपालिकाले प्लाष्टिक झोला र बोत्तल बन्द गर्ने निर्णय गरेको हो । आर्थिक वर्ष २०७६÷७७ को नीति तथा कार्यक्रमअनुसार गाउँकार्यपालिकाले उक्त निर्णय पारित गरेको प्रमुख प्रशासकीय अधिकृत गणेश घिमिरेले जानकारी दिनुभयो । आउँदो पुस १६...

Pages