राष्ट्रिय
-
२०७६ भाद्र २, सोमबार
काङग्रेसकी संस्थापक सुन्दासको निधनप्रति दुःख व्यक्त
नेपाली काङ्ग्रेस संसदीय दलले नेपाली राष्ट्रिय काङ्ग्रेसकी संस्थापक सदस्य एवं वरिष्ठ साहित्यकार डा लख्खीदेवी सुन्दासको निधनप्रति दुःख व्यक्त गर्दछ । काङ्ग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले आज एक शोक विज्ञप्तिमार्फत उहाँको आत्माको चीरशान्तिको कामना गर्दै शोकाकुल परिवार तथा आफन्तजनमा समवेदना प्रकट गर्नुभएको छ । नेत्री सुन्दासको ८५ वर्षको उमेरमा गत साउन ३० गते निधन भएको हो । सन् १९३४ मा जन्मिनु भएकी...
-
२०७६ भाद्र २, सोमबार
प्रचारप्रसारको अभावमा बालासिद्ध मन्दिर ओझेलमा
पाल्पाको रामपुर नगरपालिका–१० स्थित कालीगण्डकीको किनारमा रहेको बालासिद्ध मन्दिर प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । मन्दिरमा गएर भाकल गरेमा मनको कुरा पूरा हुने जनविश्वासले दैनिक सयौँको सङ्ख्यामा दशनार्थीको भीड लाग्ने सो मन्दिर धार्मिक, पर्यटकीय एवं ऐतिहासिक महत्व बोकेको भए पनि यसको यथेष्ट प्रचारप्रसार हुन नसक्दा ओझेलमा परेको हो । विसं २०२९ जेठ ६ गते बाटोमा हिँड्ने क्रममा च्याङ्गलिङ्ग क्षेत्रमा...
-
२०७६ भाद्र २, सोमबार
वर्तमान सरकार पाँच वर्ष रहन्छः दाहाल
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार पाँचै वर्ष रहने बताउनुभएको छ । जनकपुरधाम विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष दाहालले आफू र प्रधानमन्त्री केपी शर्माबीचको सहमति कार्यान्वयन गरिने विश्वास व्यक्त गर्नुभयो । एक प्रश्नको जवाफमा उहाँले पहिलो वर्ष देशमा कानूनी जटिलता भएका कारण सरकारले अपेक्षानुसार काम गर्न नसकेकोे बताउँदै अब सरकार समृद्ध नेपाल र सुखी नेपालीको...
-
२०७६ भाद्र २, सोमबार
मध्यपुरथिमिमा रातभर जागे महाकाली, भैरव र नीलबाराही
मध्यपुरथिमि नगरपालिकाको नगदेशमा शनिबार रातिदेखि महाकाली जागेकी छिन् । स्थानीय युवाको सक्रियतामा पुनः जीवन पाएको महाकाली नाच नगदेशमा प्रदर्शन शुरु भएको हो । रातिदेखि शुरु भएको यो नाच हरेक रात करीब चार घण्टा नगदेशको च्वें त्वाः गाः, कुमालाछी, छ्वास त्वाः, नृत्यनाथ, लाछी टोलमा प्रदर्शन गरिने नाचका गुरु भक्तबहादुर घजूले जानकारी दिनुभयो । त्यसैगरी बाहः ननीस्थित उःननी र थःननी, झ्वापुननी, क्वें त्वाः...
-
२०७६ भाद्र २, सोमबार
तामाङ प्रसारण दिवसमा तीन संस्था सम्मानित
तामाङ पत्रकार सङ्घद्वारा ‘२५औँ तामाङ प्रसारण दिवस’को अवसरमा यहाँ आयोजित ‘तामाङ प्रसारणको रजत जयन्ती समारोह, सम्मान तथा अन्तरक्रिया’ कार्यक्रमको आयोजना गरी तीन वटा प्रसारक संस्थालाई आइतबार सम्मान गरिएको छ । तामाङ भाषाका कार्यक्रम नियमित प्रसारण गरी तामाङ भाषा संरक्षण, सम्वद्र्धन र सूचना प्रचार÷प्रसारमा पु¥याएको योगदानको उच्च मूल्याङ्कन गर्दै ती सञ्चार संस्थालाई सम्मान गरिएको हो । सम्मानित हुनेमा...
-
२०७६ भाद्र २, सोमबार
पोखरामा डेङ्गुका १६ बिरामी अस्पताल भर्ना
पोखरा महानगरपालिका–८ डेङ्गु सङ्क्रमण क्षेत्र हो । अघिल्लो वर्ष यही वडामा पर्ने शिवालय चोकबाट देखापरेको डेङ्गु यसवर्ष पनि सोही क्षेत्रमा डर लाग्दो रुपमा देखिएको हो । कास्कीमा यही भदौ १ गतेसम्म १०१ जना डेङ्गुका बिरामी देखिएका छन् । स्वास्थ्य कार्यालयका अनुसार भदौ १ गते मात्रै १६ जना डेङ्गुका बिरामी पोखराका विभिन्न अस्पतालमा भर्ना भएका छन् । वडा नं ८ भित्र कवाड सङ्कलन केन्द्रमा रहेका टायरसँगै...
-
२०७६ भाद्र २, सोमबार
उदयपुरको तराई क्षेत्रमा डेङ्गु रोग फैलन थाल्यो
उदयपुर जिल्लाको तराई क्षेत्रका भूभागमा केही दिनदेखि डेङ्गु फैलन थालेको छ । केही हप्तायता आएर जिल्लाको पूर्वी क्षेत्रको बेलका चौदण्डीगढी, त्रियुगा नगरपालिकासहित जिल्लाको पश्चिमी क्षेत्रको कटारी क्षेत्रमा समेत डेङ्गु फैलन थालेको छ । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार अहिले सबैभन्दा बढी डेङ्गु कटारी क्षेत्रमा फैलन थालेको र त्यसपछि क्रमशः त्रियुगा नगरपालिकाको गाईघाट र चौदण्डीको बेल्टार बसाहा...
-
२०७६ भाद्र २, सोमबार
सिसी क्यामरा प्रभावकारी बन्दै ः नौ हजार चालक कारवाहीमा
ट्राफिक प्रहरीले सिसि क्यामराको सहयोगमा ट्राफिक नियम उलङ्घन गर्ने आठ हजार ९३९ सवारीसाधनका चालकलाई नियन्त्रणमा लिई कारवाही गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आर्थिक वर्ष २०७५÷०७६ मा उपत्यकाका विभिन्न स्थानमा ट्राफिक नियम उलङ्घन गर्ने उक्त सवारीसाधनका चालकलाई सिसि क्यामरा फुटेजको आधारमा सम्पर्कमा ल्याई कारवाही गरेको हो । महाशाखाले दिएको जानकारीअनुसार महानगरीय प्रहरी कार्यालय रानीपोखरीको...
-
२०७६ भाद्र २, सोमबार
त्रिवेणी भन्सारमा मालवस्तु ‘जाँचपास’ शुरु
गण्डकी प्रदेशलाई भारतसँग जोडने मुख्य नाकाको रुपमा लिइएको त्रिवेणी छोटी भन्सार कार्यालयबाट माल सामानको भन्सार ‘जाँचपास’ शुरु गरिएको छ । छोटी भन्सार कार्यालयमा स्तरोन्नति भएको लामो समयसम्म सवारी ‘जाँचपास’को सेवामात्र दिँदा त्रिवेणी नाकाको गतिविधि शून्यजस्तै रहेको थियो । आइतबारबाट छोटी भन्सार कार्यालय त्रिवेणीबाट मालसामानको भन्सार ‘जाँचपास’ शुरु गरिएको हो । नवलपरासी पूर्व नवलपुरअन्तर्गत पर्ने...
-
२०७६ भाद्र २, सोमबार
तेलका ट्याङ्करको पार्किङस्थल बन्यो सडक
नेपाल आयल निगमको चारआली कार्यालयमा पार्किङस्थलको अभाव भएकाले सदरमुकाम जोड्ने व्यस्त सडकनै तेलका ट्याङ्करको पार्किङस्थल बन्न पुगेको छ । मेचीनगर–१३ चारआलीमा रहेको निगमको कार्यालयमा पेट्रोलियम पदार्थ बोकेका दैनिक ५० वटासम्म ट्याङ्कर भित्रिने गरेका छन् । तेल अनलोड गरिसकेपछि खाली ट्याङ्कर झापाको सदरमुकाम जोड्ने चारआली–चन्द्रगढी सडकमा दिनरात लस्कर लागेर पार्किङ गरिँदै आएका छन् । इलाम, पाँचथर र...
-
२०७६ भाद्र २, सोमबार
फोटोग्राफर च्याङ्बाको फ्रेम पसल खुल्यो
लामो समयदेखि फोटाग्राफी गर्दै आइरहेका च्याङ्बा लामाले सञ्चालनमा ल्याएको सीबी माउन्ट फ्रेम हाउसको हिजो आइतबार औपचारिक शुभारम्भ गरिएको छ । काठमाडौं बुद्धनगरमा रहेको यो फ्रेम हाउसको आइतबार एक कार्यक्रमका बीच हिमाली भेगको दृश्य कैद गरेर ख्याति कमाएका फोटोग्राफर जगदिश तिवारीको हातबाट रिबन काट्दै औपचारिक शुभारम्भ गरिएको हो । ओपनिङमा जगदिश तिवारी सहित फोटोग्राफर बिकास रौनियार, राजन काफ्ले, हास्यकलाकार...
-
२०७६ भाद्र २, सोमबार
कृषि उत्पादनमा फड्को मार्दै मकवानपुरगढी
मकवानपुरगढी गाउँपालिकाबाट मासिक रु तीन करोड बराबरकोे दूध बिक्री हुने गरेको छ । सहकारीमार्फत मात्रै दैनिक १० हजार लिटर दूध बिक्री हुँदै आएको छ । सङ्कलकमार्फत पनि अत्यधिक परिमाणमा दूध बिक्री हुने गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीम परियारका अनुसार सहकारी तथा सङ्कलकमार्फत बिक्री हुने दूधबाट गाउँपालिकामा दैनिक रु १० लाख भित्रिने गरेको छ । दूधबाहेक गाउँपालिकाबाट केरा, मकै, कोदो,...


