राष्ट्रिय
-
२०७६ श्रावण २५, शनिबार
इतिहास उल्ट्याउन गरिने प्रयास निरर्थक अध्यक्ष दाहाल
नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिर्वतन निरन्तर अगाडि बढिरहने र पछाडि फर्किन नसक्ने भन्दै इतिहास उल्ट्याउन गरिने प्रयास निरर्थक हुने बताउनुभएको छ । आज राजधानीमा आयोजित एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनको उपत्यकास्तरीय संयुक्त जिल्ला परिषद्लाई सम्बोधन गर्दै अध्यक्ष दाहालले लामो सङ्घर्ष र बलिदानपछि प्राप्त उपलब्धिलाई कसैले उल्ट्याउन नसक्ने जिकिर गर्नुभयो । “...
-
२०७६ श्रावण २५, शनिबार
दक्षिणबाराहीमा राखियो तामाको छानो
शताब्दी पुरुष सत्यमोहन जोशीले कला, संस्कृतिको धनी मध्यपुरथिमि क्षेत्रका ऐतिहासिक एवं पुरातात्विक सम्पदाको संरक्षणमा चासो दिनुपर्ने बताउनुभएको छ । गत विसं २०७२ को महाभूकम्पले भत्किएपछि पुनःनिर्माण सकिएको दक्षिण बाराही मन्दिरको पुनःनिर्माण एवं तामाको पाताको छाना छाउने कार्यको आज भएको समापन कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । जोशीले कला, संस्कृति र पुरातात्विक सम्पदाको संरक्षणमा युवापुस्तालाई...
-
२०७६ श्रावण २४, शुक्रबार
धार्मिक क्षेत्रमा उपचारको प्रबन्ध
यही साउन ३० गते जनैपूर्णिमा पर्वका अवसरमा लाग्ने पवित्र तीर्थ गोसाइँकुण्ड मेलाका यात्रुको प्राथमिक उपचार गर्ने स्थान छनोट भएको छ । विगतको भन्दा यस वर्ष चिकित्सकको सङ्ख्या थप गरिएकाले उपचार सेवा बढी प्रभावकारी हुने अपेक्षा गरिएको गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ । समितिका अध्यक्ष सञ्जीव डिएमका अनुसार १५ हजार भक्तजनले पवित्र तीर्थ गोसाइँकुण्ड पुग्ने लक्ष्यका साथ धार्मिकमार्गको छ स्थानमा...
-
२०७६ श्रावण २४, शुक्रबार
एक वर्षमा २० विधेयक प्रमाणीकरण
प्रदेश नं १ का प्रदेश प्रमुख प्राडा गोविन्दबहादुर तुम्बाहाङले प्रदेशसभा गठन भएयता ३३ वटा विधेयक प्रमाणीकरण गर्नुभएको छ । आर्थिक वर्ष २०७४÷७५ को तुलनामा आव २०७५÷७६ मा सात वटा बढी विधेयक प्रमाणीकरण भएकोे छ । अघिल्लो आवमा १३ विधेयक प्रमाणीकरण गर्नुभएका प्रमुख तुम्बाहाङले आव २०७५÷७६ को असार मसान्तसम्ममा २० विधेयकसहित ३३ विधेयक प्रमाणीकरण गरिसकेको प्रदेश प्रमुखका प्रेस सल्लाहकार शेखर रेग्मीले जानकारी...
-
२०७६ श्रावण २४, शुक्रबार
जहाँ सूचना अधिकारी नै छैनन्
यहाँका पाँच सरकारी कार्यालयले सूचना अधिकारी नै नतोकेको फेला परेको छ । विहीबार प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतको नेतृत्वमा जाजरकोटका १३ सरकारी कार्यालयको अनुगमन गर्दा यस्तो फेलापरेको हो । सूचना अधिकारी नै भएका कार्यालयमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुन्तला विभाग, कृषि ज्ञान केन्द्र, बृहत् जलाधार कार्यालय, डिभिजन वन कार्यालय र जाजरकोट अस्पताल तथा स्वास्थ्य कार्यालयमा सूचना अधिकारी...
-
२०७६ श्रावण २४, शुक्रबार
कर भ्याटको बिरोधमा असन पसलहरु बन्द
खुद्रा व्यापारीलाई पनि अबदेखि अनिवार्य रुपमा भ्याट तथा प्यान लागु गरिएको हुनाले यसबाट पसल चलाउन नसकिने र पसलमा राख्ने सामान सम्म किन्न नमिल्ने भएकोले आज शुक्रबार असंन पसलेहरुले सबै पसल बन्द गरि विरोध गरेका छन् । सरकारले खुद्रा व्यापारीलाई समेत करको दायरामा राखेर करको नाममा कर आतंक गरेको भन्दै विरोधमा असन पसलहरु बन्द गरिएको हो ।
-
२०७६ श्रावण २४, शुक्रबार
नेपाल आर्दशमा नेवाः संस्कृति, संस्कारको प्रदर्शनी
नेवाः स्यनामि दबू नेपालमण्डलको आयोजनामा विभिन्न स्कुलका विद्यार्थीहरुको सहभागीतामा नेपाल आदर्शमा विभिन्न खालका संस्कृति र संस्कारको बृहत्त प्रदर्शनी भएको छ । सो प्रदर्शनी शताब्दी पुरुष सत्यमोहन जोशीं उद्घाटन गर्नुभयो । सो कार्यक्रम विद्यालयका पूर्व प्रधानाध्यापक कृष्णभक्त मानन्धरको सभापतित्वमा भएको थियो । प्रदर्शनीमा २६ वटा विद्यालयले नेवाः जातिको संस्कार संस्कृतिहरु प्रदर्शन गरेका छन् ।...
-
२०७६ श्रावण २४, शुक्रबार
सम्बन्धविच्छेदका मुद्दा दर्ता गर्ने पुरुष बढ्दै
देवानी संहिता २०७५ लागू भएपछि झापा जिल्ला अदालतमा सम्बन्धविच्छेदका मुद्दा दर्ता गर्ने पुरुषको सङ्ख्या बढेको छ । २०७५ भदौ १ गतेदेखि लागू भएको देवानी संहितापछि जिल्ला अदालतमा ३०४ वटा सम्बन्धविच्छेदका मुद्दा पुरुषले दर्ता गराएको तथ्याङ्कले देखाएको छ । देवानी संहिता लागू भएपछिको ११ महीनाको अवधिमा मात्र सम्बन्धविच्छेदका ८१८ मुद्दा दर्ता भएको अदालतको तथ्याङ्कमा छ । महिलातर्फ ५१४ र पुरुषले ३०४ मुद्दा...
-
२०७६ श्रावण २४, शुक्रबार
ललितपुरमा पनि यान्त्रिक कुचो
ललितपुर महानगरपालिकाको मुख्य सडकमा अब दैनिक एक घण्टा ब्रुमर ९यान्त्रिक कुचो० सञ्चालन हुने भएको छ । हिलो र धुलोमुक्त महानगर बनाउने अभियानअनुरुप ललितपुरमा आज दुई ब्रुमर र दुई पानी ट्याङ्करको उद्घाटन महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले गर्नुभयो । उहाँले भन्नुभयो, “ललितपुरको मुख्य सडक थापाथली पुलदेखि सातदोबाटोसम्म दैनिक एक घण्टा ब्रुमरले सडक सफा गर्नेछ । यी ब्रुमर ललितपुरका अन्य मुख्य सडक...
-
२०७६ श्रावण २४, शुक्रबार
मासुमा शङ्का लागे डिएनए परीक्षण
तपाईंले खाइरहनुभएको मासु कुन जनावरको हो भन्ने शङ्का लागेको छ रु खसी, बोका वा कुखुराको भन्दै अरु कुनै जन्तुको मासु खाइरहनु भएको त छैन र यदि यस्तो तपाईंलाई शङ्का छ भने त्यसको समाधान हुनसक्छ डिएनए परीक्षण । खुमलटारस्थित राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा गत आवमा मात्रै झण्डै ६५ वटा जनावरसम्बन्धी मुद्दामा डिएनए परीक्षणद्वारा समाधान निकालिएको छ । तीमध्ये ४९ वटा मुद्दा वन्यजन्तुसम्बन्धी र १६ मुद्दा...
-
२०७६ श्रावण २४, शुक्रबार
आदिवासीका हक, अधिकार र पहिचानको शुरुआत भएको छ’
प्रमुख सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रमुख सचेतक देवप्रसाद गुरुङले नेपालमा आदिवासी जतजातिका हक, अधिकार र पहिचानको शुरुआत भएको बताउनुभएको छ । बेँसीशहरमा आज नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद्द्वारा आयोजित २५औँ विश्व आदिवासी दिवस तथा अन्तर्राष्ट्रिय भाषा २०१९ को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले विगतमा राजनीतिक, आर्थिक, भाषा संस्कृतिमा राज्यबाट वञ्चित गरिए पनि...
-
२०७६ श्रावण २४, शुक्रबार
तीन जिल्लामा टेलिकम सेवा अवरुद्ध
खोटाङसहित प्रदेश नं १ मा पर्ने तीन जिल्लामा नेपाल टेलिकमका सबै सेवा अवरुद्ध छन् । बुधबार राति १२ बजेबाट खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बु जिल्लामा नेपाल टेलिकमद्वारा वितरित नमस्ते मोबाइल, ल्याण्डलाइन टेलिफोन तथा एडिएसएल सेवा अवरुद्ध भएको हो । हावाहुरीले उदयपुरको चित्रेथानमा रहेको टावरमा जडान गरिएको रेडियो लिङ्कको छाता अन्यन्त्र बङ्ग्याएपछि सेवा अवरुद्ध भएको नेपाल टेलिकम खोटाङका प्रमुख खगेन्द्र मगरले...


