राष्ट्रिय
-
२०७६ श्रावण २७, सोमबार
नेपालभाषा एकेडेमीको तीनदिने पुस्तक प्रदर्शनी सम्पन्न
नेपालभाषा एकेडेमीको आयोजनामा तमकःद्यः उग्रगण्डी जाउलाखेलमा शुक्रबारदेखि सुरु भएको तीन दिने पुस्तक प्रदर्शनी आइतबार सम्पन्न भयो । सो अवसरका नेपालभाषा चलचित्र बारे विचार गोष्ठी भएको थियो । कार्यक्रममा वरिष्ठ सिने पत्रकार विजयरत्न असंबरेले ‘नेपालभाषा चलचित्र हिजो र आज’ विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । वहाँले प्रस्तुत गर्नु भएको सो कार्यपत्रमा नेपालभाषा चलचित्रको विकासक्रम, कथानक,...
-
२०७६ श्रावण २७, सोमबार
अध्यक्ष दाहालद्वारा इदको शुभकामना
नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इस्लाम धर्मावलम्बीको महान् पर्व इद–उल–अजहा बकर इद का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण इस्लाम धर्मावलम्बीमा शुभकामना व्यक्त गर्नुभएको छ । इदका अवसरमा आज शुभकामना दिँदै उहाँले यस पर्वले सम्पूर्ण नेपाली जनसमुदायमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगति ल्याउन सकोस् भनी कामना गर्नुभएको छ । विविध जातजाति,...
-
२०७६ श्रावण २७, सोमबार
बौद्ध जगतको धार्मिक पर्व पञ्चरां
प्रत्येक वर्ष गुंलाथ्व अष्छटमिका दिन बौद्धहरुको धार्मिक पर्व यल पञ्चरा भब्य रुपमा मनाइन्छ । सोही अवसरमा यल पञ्चराका दिन पञ्चदान दिने गरिन्छ । बौद्ध परम्परा अनुसार कपाल मुडन गरिसकेका शाक्य बज्राचार्यहरुलाई पञ्चदान दिइन्छ । यल पञ्चदान पछि भाद्र २१ गते मूल पञ्चदान पर्दछ ।
-
२०७६ श्रावण २७, सोमबार
‘एक घर, एक रोजगार’ कार्यक्रम
सुर्खेतको गुर्भाकोट नगरपालिकाले बेरोजगार युवालाई गाउँमै रोजगारीको अवसर जुटाउने भएको छ । जसअन्तर्गत नगरपालिकाले वार्षिक न्यूनतम १०० दिनको रोजगारी दिने कार्यक्रम तय गरेको छ । नगरपालिकाले गरीब, विपन्न तथा पिछडिएका भूगोलका समुदाय र परिवारका बेरोजगार युवालाई ‘एक घर, एक रोजगार’ कार्यक्रमअन्तगत रोजगार दिने नीति लिएको हो । “कामका लागि विदेशमा जाने व्यक्तिलाई स्थानीयस्तरमै रोजगारी दिने उद्देश्यअनुरुप...
-
२०७६ श्रावण २७, सोमबार
शङ्खधर प्रतिष्ठानलाई सहयोग गरिने
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले शङ्खधर साख्वाः प्रतिष्ठानका लागि आवश्यक सहयोग गरिने बताउनुभएको छ । मध्यपुरथिमिस्थित शङ्खधर साख्वाः प्रतिष्ठानमा आज आयोजित कार्यक्रममा प्रतिष्ठानका पदाधिकारीलाई उहाँले साख्वाःको योगदानलाई सधैँ जीवन्त राख्न आवश्यक सहयोग गरिनेछ भन्नुभयो । सो अवसरमा प्रतिष्ठानका अध्यक्ष चन्दनकृष्ण श्रेष्ठले मन्त्री भट्टराईलाई प्रतिष्ठानको सङ्ग्रहालय...
-
२०७६ श्रावण २७, सोमबार
मुक्तकमलरीको भवन निर्माण
मुक्तकमलरीले झण्डै रु एक करोडको लगानीमा आफ्नै भवन निर्माण गरेका छन् । नेपाल सरकार तराई मधेश समृद्धि कार्यक्रमअन्तर्गत ८० लाख, मुक्तकमलरी विकास मञ्चको रु आठ लाख ८८ हजार लागत र मुक्तकमलरी विकास मञ्चको आन्तरिक कोषबाट रु आठ लाख ३८ हजार गरी कूल रु ९७ लाख २७ हजार ७१ मा साढे तीन तले भवन निर्माण गरिएको मुक्तकमलरी विकास मञ्चका अध्यक्ष सुनिता चौधरीले जानकारी दिनुभयो । घोराही उपमहानगरपालिका–१७ चौघेरास्थित...
-
२०७६ श्रावण २७, सोमबार
बधशालामा झिँगा र कीरा
भक्तपुर नगरपालिकाले आज नगरभित्र विभिन्न क्षेत्रमा सञ्चालनमा रहेका बधशालाको अनुगमन गरेको छ । नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा गएको टोलीले गरेको अधिकांश बधस्थल फोहर, अव्यवस्थित र उपभोक्ताको स्वास्थ्यमा जोखिम पर्ने अवस्थामा रहेका पाइएको छ । टोलीले महेश्वरीस्थित महेश्वरी सप्लायर्स र जय महेश्वरीमा बधस्थलको अनुगमन गर्दा दुवैले दर्ता नवीकरण नगरेका, हाडखोर थुपारेको ठाउँमा कीरा...
-
२०७६ श्रावण २७, सोमबार
सामुदायिक वनमा नगरपालिकाको फोहर
झापाका कुनै पनि स्थानीय तहले फोहरमैला व्यवस्थापन ऐनको कार्यान्वयन गरेका छैनन् । फोहरमैला व्यवस्थापन ऐन २०६८ को दफा ५० ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले फोहरमैला व्यवस्थापन नियमावली २०७० जारी गरे पनि कार्यान्वयन नहुँदा स्थानीय तहले फोहर बाटो तथा सामुदायिक वनमा लगेर फाल्ने गरेको पाइएको छ । मेची नगरपालिकाले निन्दा खोलाको किनारमा वर्षौंदेखि फोहर फाल्दै आएको छ भने बिर्तामोड, अर्जुनधारा र कनकाई...
-
२०७६ श्रावण २७, सोमबार
मेरो स्वास्थ्य सामान्य छ ः प्रम ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य सामान्य रहेको बताउनुभएको छ । आज उहाँले ट्वीट गर्दै स्वास्थ्य परीक्षणमा संलग्न सबै चिकित्सकप्रति आभारका साथ आफ्नो स्वास्थ्य स्थितिप्रति चासो राखी चिन्ता व्यक्त गर्ने तथा स्वास्थ्यलाभको कामना गर्ने सबैलाई धन्यवाद दिनुभएको छु । प्रधानमन्त्री ओली स्वास्थ्य परीक्षण गरी सिंगापुरबाट आजै स्वदेश फर्किनुभएको हो । उहाँले सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी...
-
२०७६ श्रावण २७, सोमबार
अनाधिकृत रुपमा पार्किङ गर्ने ३९ हजार सवारीसाधन कारवाहीमा
ट्राफिक प्रहरले अनाधिकृत रुपमा फुटपाथ तथा सडकमा पार्किङ गर्ने ३८ हजार ८८६ सवारीसाधनलाई कारवाही गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आर्थिक वर्ष २०७५÷०७६ मा जथाभावी रुपमा फुटपाथमा पार्किङ गर्ने उक्त सवारीसाधनलाई कारवाही गरेको हो । महाशाखाले आव २०७४÷०७५ मा ३३ हजार ७०३ सवारीसाधनलाई कारवाही गरेको थियो । महाशाखाले उपत्यकाको पुतलीसडक, दरबारमार्ग, लाजिम्पाट, न्यूरोड, बानेश्वर, कोटेश्वर, सातदोवाटो...
-
२०७६ श्रावण २७, सोमबार
धार्मिक सहिष्णुतामा आधारित इन्द्रेणी जस्तै सुन्दर छ मुख्यमन्त्री पौडेल
प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सबै जाति र संस्कृतिका चाडपर्वहरुप्रति सरकारले उत्तिकै सम्मान गर्ने बताउनुभएको छ । इस्लाम धर्मावलम्बीहरूको महान् पर्व बकर इद ९इदुल जोहा० का अवसरमा शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री पौडेलले सभ्यता, संस्कृति र कलामा सयौँ वर्षअगाडि देखि नै यस प्रदेशले प्रसिद्धि पाएको तथा यस प्रदेशमा अनगिन्ती प्राकृतिक, सांस्कृतिक र पुरातात्त्विक सम्पदाहरु रहेको बताउनुभयो ।...
-
२०७६ श्रावण २७, सोमबार
पशुपतिलगायत शिवालयमा भक्तजनको भीड
साउन महीनाको अन्तिम सोमबार बिहानैदेखि पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा पूजा एवं दर्शन गर्ने भक्तजनको भीड लागेको छ । साउन महीना र सोमबार भगवान् शिवको महीना एवं बार भएकाले प्रत्येक वर्ष यस समयमा भक्तजनको घुइँचो शिवालयमा हुने गरेको छ । साउनको अन्तिम सोमबार भएकाले पशुपतिनाथ मन्दिरमा तीजको जस्तै भीड लागेको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा प्रदीप ढकालले राससलाई जानकारी दिनुभयो । पशुपतिनाथ...


