STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ श्रावण २३, बिहिबार

    सिङ्गो गाउँ अन्धकारमा

    बाढीले विद्युत् आयोजनाको बाँध बगाएपछि जिल्लाको निसीखोला गाउँपालिका–४ का एक हजार १२० घरमा विद्युत् आपूर्ति बन्द भएको छ । निसीखोला गाउँपालिका–४ जैथुम्कामा रहेको १२० किलोवाट क्षमताको निसीखोला दोस्रो जलविद्युत् आयोजनाको बाँध बाढीले बगाएपछि पाँच दिनदेखि विद्युत् उत्पादन बन्द भएको हो । आयोजनाको उत्पादन बन्द भएसँगै निसीखोलाका बोहोरागाउँ, थापागाउँ, झिवाँखोला, छापाखानी, धाराखर्क, धुवाँखोर, ओख्रेनी, जिरी,...

  • २०७६ श्रावण २३, बिहिबार

    विश्व आदिवासी दिवस सडक आन्दोलन संघर्षको रुपमा गरिने

    २५ औं अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस अगस्ट ९ तारिखका दिन शुक्रबार नेपालमा पनि भव्यताका साथ मनाउने तयारी गरेको छ । उक्त दिवसलाई नेपालमा सडक आन्दोलन संघर्ष कार्यक्रम अनुसार भव्यताकासाथ मनाउने तयारी भइरहेको जानकारी आयोजकले दिएको छ । नेपाल आदिवासी जनजाति महासंघले गरेको एक कार्यक्रममा २५ औं अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस नेपालमा सडक आन्दोलन संघर्षको रुपमा देशभरी सांस्कृतिक झाँकी तथा...

  • २०७६ श्रावण २३, बिहिबार

    स्थायी लेखा नम्बर लिनेको सङ्ख्यामा वृद्धि

    आन्तरिक राजश्व कार्यालय धुलिखेलबाट दुई महीनाको अवधिमा ६ हजार २८३ जनाले स्थायी लेखा नम्बर प्यान र भ्याट प्रमाणपत्र लिएका छन् । व्यक्तिगत रुपमा पारिश्रमिक आयआर्जन गर्ने तथा व्यावसायिक रुपमा गरिएका अर्थ उपार्जनका गतिविधिहरुको विवरण चुस्तदुरुस्त बनाउनका लागि सरकारले जेठ १५ गतेदेखि प्यान र भ्याट अनिवार्य गरेपछि प्रमाणपत्र लिनेको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको हो । “सरकारले सो व्यवस्था गरिएपश्चात्...

  • २०७६ श्रावण २३, बिहिबार

    कृषकलाई चार तहमा वर्गीकरण गरी अनुदान दिइने

    स्याङ्जाको गल्याङ नगरपालिकाले कृषकलाई चार तहमा वर्गीकरण गरी अनुदान उपलब्ध गराउने भएको छ । गल्याङ नगरपालिकालाई सेतो शहर ९दूधको शहर०का रुपमा विकास गर्ने गरी योजना बनाएको नगरपालिकाले कृषि र पशुपालनलाई व्यावसायिकता प्रदान गर्ने नीति अगाडि सारेको नगर प्रमुख भुपराज अधिकारीले बताउनुभयो । कृषि र पशुपालन व्यवसायमा आबद्ध नगरभित्रका कृषक तथा पशुपालक व्यवसायीलाई नगरपालिकाले बनाएको मापदण्डका आधारमा चार तहमा...

  • २०७६ श्रावण २३, बिहिबार

    पत्रिका बिक्रीको रकम एसिड पीडित सङ्गीतालाई

    एसिड आक्रमणपीडित सङ्गीता मगरको अनुहारको सल्यक्रियाका लागि पर्यटन व्यवसायी महिला विष्णु गुरुङ ‘एकता’ले पत्रिका बिक्री गरेर सहयोग रकम सङ्कलन गर्न थाल्नुभएकोे छ । मगर २०७१ साल फागुन १० गते ट्युशन पढ्ने क्रममा एसिड आक्रमणमा पर्नुभएको थियो । सन् २०१२ मा क्यालिफोर्नियामा गठित नेपाली वुमन ग्लोबल नेटवर्कको संस्थापक अध्यक्ष तथा लेकसाइडस्थित होटल दिदीको सञ्चालक गुरुङले आफूद्वारा प्रकाशित तथा सम्पादित ‘...

  • २०७६ श्रावण २३, बिहिबार

    अस्पतालमा सुत्केरी गराउनेको सङ्ख्या बढ्दो

    प्रसूति सेवामा नेपालमा नै अग्रणी मानिएको भरतपुर अस्पतालमा बच्चा जन्माउने महिलाको सङ्ख्या बढ्दो छ । गत आर्थिक वर्षमा १३ हजार ५४५ महिलाले अस्पतालमा बच्चा जन्माएका हुन् । तीमध्ये १३ हजार ३२७ जीवित बच्चा जन्मेका थिए भने बाँकी मृत अवस्थामा जन्मेका थिए । अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार हरेक वर्ष सुत्केरी हुने आमाको सङ्ख्या बढ्दो छ । प्रसूतिगृह पछि सबैभन्दा बढी बच्चा यही अस्पतालमा जन्मने...

  • २०७६ श्रावण २३, बिहिबार

    हेटौँडामा ६२ जनामा डेङ्गु सङ्क्रमण

    मकवानपुरमा ६२ जनामा डेङ्गुको सङ्क्रमण भेटिएको छ । सङ्क्रमितमध्ये ३० जना सरकारी तथा ३२ जना निजी क्लिनिकमा उपचार गराइरहेको छ । ती सबै सङ्क्रमित हेटौँडा उपमहानगरपालिकाका छन् । डेङ्गुको संक्रमण बढेपछि उपमहानगरपालिकाले यसको नियन्त्रणका लागि पहल थालिएको छ । उपमहानगरपालिकाको बुधबार बसेको कार्यपालिकाको बैठकले प्रत्येक वडामा डेङ्गु नियन्त्रणका लागि समिति गठन गर्ने र लामखुट्टेको लार्भा र प्युपा बस्ने...

  • २०७६ श्रावण २३, बिहिबार

    सुनको मूल्य हालसम्मकै उच्च

    लगातार उकालो लाग्दै गएको सुनको मूल्य अहिलेसम्मकै उच्च भएको छ । बिहीबार छापावाला सुनको मूल्य प्रतितोला रु ७० हजार पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै तेजावी सुन प्रतितोला रु ६९ हजार ७०० पुगेको छ भने चाँदीको मूल्य पनि निरन्तर उकालो लागेको छ । आज चाँदी प्रतितोला ८२५ मा कारोबार भएको महासङ्घले जनाएको छ । पछिल्लो एक साताको अवधिमा छापावाला सुनको मूल्यमा रु पाँच हजार वृद्धि भएको...

  • २०७६ श्रावण २३, बिहिबार

    वरिष्ठ कलाकार चिनीकाजी ताम्राकार र टेकवीर मुखियालाई आधुनिक कला सम्मान

    सोसाइटी अफ मोडर्न आर्टिष्ट (सोमा)ले वरिष्ठ कलाकार चिनीकाजी ताम्राकार र टेकवीर मुखियालाई कलाकार लैनसिंह वाङ्देलका स्मृतिमा स्थापित ‘आधुनिक कला सम्मान–२०७६’ प्रदान गर्ने भएको छ । सोमाको आयोजनामा नेपाल कला परिषद्मा आगामी भदौ ५–९ गतेसम्म हुने ‘कलापुञ्ज–६’ का अवसरमा सो सम्मान प्रदान गर्न लागिएको सोमाका महासचिव जीवन राजोपाध्यायले जानकारी दिनुभयो । सोही अवसरमा कलाकार हीरालाल डङ्गोल, कर्ण मास्के र...

  • २०७६ श्रावण २३, बिहिबार

    सार्वजनिक जग्गा खोजी गर्दै काठमाडौँ महानगरपालिका

    काठमाडौँ महानगरपालिकाले महानगरभित्रका सार्वजनिक जग्गाको अभिलेख राख्ने भएको छ । सबै वडा कार्यालयमार्फत महानगरभित्रका सार्वजनिक जग्गाको खोजी गरेर एकीकृत तथ्याङ्क राख्न लागिएको कामपाले जनाएको छ । विसं २०७२ को भूकम्पपछि महानगरवासीले आफ्नो वडामा भएका सार्वजनिक जग्गाको संरक्षण होस् भन्ने चाहेको कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले बताउनुभयो । छ महीना पहिले सबै वडालाई आफ्नो वडा भित्रका सार्वजनिक जग्गाको...

  • २०७६ श्रावण २३, बिहिबार

    बागलुङका बिरामीलाई पोर्चुगलबाट सहयोग

    बागलुङ समाज पोर्चुगलले बागलुङ जिल्लाका मिर्गौलापीडित र क्सान्सरपीडित बिरामीलाई आर्थिक सहयोग प्रदान गरेको छ । समाजको पहलमा पोर्चुगलमा सङ्कलन भएको दुई हजार ४०० युरो अर्थात् रु दुई लाख ९३ हजार २८० जिल्लाका तीन बिरामीलाई सहयोगस्वरुप प्रदान गरिएको समाजका अध्यक्ष प्रेम खड्काले राससलाई जानकारी दिनुभयो । अर्थाभावका कारण उपचारमा समस्या भएको खबर प्राप्त भएपछि बिरामीको उपचार नरोकियोस् भन्ने उद्देश्यले रकम...

  • २०७६ श्रावण २३, बिहिबार

    विश्वविद्यालयमा तालाबन्दी

    तीन दिनदेखि मध्यपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालयमा विद्यार्थी सङ्गठनहरुले तालाबन्दी गरेका छन् । विश्वविद्यालयले हरेक वर्ष १० प्रतिशतका दरले गर्ने भर्ना शुल्कमा वृद्धि खारेज गर्नुपर्ने माग गर्दै आन्दोलित विद्यार्थी सङ्गठनहरुले तालाबन्दी गरेका हुन् । विभिन्न माग राख्दै तीन दिनयता स्वतन्त्र विद्यार्थी युनियन र संयुक्त विद्यार्थी सङ्गठनले ताला लगाएका छन् । उपकुलपतिको कार्यालय,...

Pages