STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ श्रावण २६, आइतबार

    एम्बुलेन्स खरीदका लागि महायज्ञबाट ३५ लाख सङ्कलन

    एम्बुलेन्स खरीद गरी सर्वसाधारणलाई सेवा दिने उद्देश्यसहित तनहुँको व्यास नगरपालिका–१४ केशवटारमा आयोजना गरिएको महायज्ञमा रु ३५ लाख सङ्कलन भएको छ । ग्रामीण भेगका जनतालाई स्वास्थ्य संस्थासम्म जान सहज पहुँचको व्यवस्था गर्ने उद्देश्यसहित एम्बुलेन्स खरीदका लागि साउन २० गतेदेखि सञ्चालित हप्ताहव्यापी महायज्ञमा रु ३५ लाखभन्दा बढी दान सङ्कलन भएको हो । केशवटार माध्यमिक विद्यालयले आयोजना गरेको महायज्ञमा...

  • २०७६ श्रावण २६, आइतबार

    सुन चालेर स्वरोजगार बन्न गाउँपालिकाको बजेट

    रोल्पाको एक स्थानीय सरकारले सुन चालेर स्वरोजार बन्ने योजनाका लागि अनौठो प्रस्ताव अघि सारेको छ । सो प्रस्ताव गाउँपरिषद्बाट पारितसमेत भई यसै वर्षदेखि कार्यान्वयन हुने भएको छ । जिल्लाको सुनिल स्मृति गाउँपालिकाले सुन चालेर युवायुवतीलाई स्वरोजगार बनाउने उद्देश्यले यस्तो कार्यक्रम अघि सारेको गाउँपालिकाले जनाएको छ । उक्त योजना कार्यान्वयनका लागि चालू आर्थिक वर्षमा रु दुई लाख बजेट विनियोजन गरिएको...

  • २०७६ श्रावण २६, आइतबार

    अवैध मेडिकलको मनोमानी उपचारले स्वास्थ्यमा समस्या

    जाजरकोटका गाउँ–गाउँमा खुलेका अधिकांश औषधि पसल अवैध रहेको पाइएको छ । मेडिकल राख्नका लागि फार्मेसी अध्ययन गरी औषधि व्यवस्था विभागबाट स्वीकृति लिएको हुनुपर्ने प्रावधान भएपनि यहाँका धेरैजसो मेडिकल पसल नियमविपरीत अवैधरुपमा सञ्चालन भइरहेका छन् । स्वास्थ्यसम्बन्धी सामान्य तालीम लिएकाले पनि मेडिकल सञ्चालन गरिरहेका छन् । नियमनकारी निकायले यसतर्फ कुनै चासो नदिँदा गाउँ–गाउँमा अवैध तरिकाले खुलेका मेडिकलले...

  • २०७६ श्रावण २६, आइतबार

    बकरिद पर्व

    इस्लाम धर्मावलम्बीको महान चाड बकरिद ईदुजोहा सोमबार मनाइने भएको छ । बकरिद रमजान अर्थात इदुलफित्र पछिको दोस्रो ठूलो चाड हो । रमजानको ७०औँ दिनमा मनाइने यो पर्वमा आर्थिक रूपमा सवल मानिस हज गर्न साउदी अरबको मक्का मदिना जाने गर्छन् । यस पर्वमा अल्लालाई खुशी पार्न मुसलमान समुदायले धर्मअनुसार जायज मानिएका जनावरलाई कुर्बानी बलि दिने गर्दछन् । बलि दिइएका पशुको मासु तीन भाग लगाई एक भाग गरीबलाई, अर्को भाग...

  • २०७६ श्रावण २६, आइतबार

    ज्यान गुमाएका परिवारलाई क्षतिपूर्तिको माग

    प्रतिनिधिसभाको आजको शून्य समयमा सांसदले सर्लाहीबाट काठमाडौँ आइरहेको यात्रुवाहक बस गत शुक्रबार त्रिशूली नदीमा खस्दा ज्यान गुमाउन पुगेका परिवारलाई क्षतिपूर्ति र घाइतेलाई उपचारको व्यवस्था मिलाउन माग गरेका छन् । सांसदद्वय अमरेशकुमार सिंह र इन्द्रकुमारी विश्वकर्माले सडकको सुरक्षा गर्न नसकेकाले सडक दुर्घटना बढ्दै गएको बताउनुभयो । बैठकमा सांसदहरु अमृताकुमारी अग्रहरी, कृष्णभक्त पोखरेल, गणेशकुमार पहाडी...

  • २०७६ श्रावण २६, आइतबार

    इञ्जिनीयरिङ अध्ययनबिना ट्र्याक खोल्न नदिन निर्देशन

    प्रतिनिधिसभा विकास तथा प्रविधि समितिले साधन स्रोतको दुरुपयोग र वातावरणीय विनाश थप हुन नदिन इञ्जिनीयरिङ अध्ययनबिना सडकको ट्र्याक खोल्ने कार्यलाई रोक्न सरकारलाई निर्देशन दिएको छ । समितिको आजको बैठकले निर्माणाधीन सडकमा वर्षामा आउनसक्ने पानीको बहावको आँकलन गरी कल्भर्ट र ‘क्रस डे«नेज’को आवश्यक व्यवस्थाका साथ सडक निर्माणलाई तीव्रता दिन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देश गरेको छ । बैठकले...

  • २०७६ श्रावण २६, आइतबार

    विभिन्न कर र कानूनी झण्झटले देशभरका कपास उद्योग सङ्कटमा

    उद्योगमैत्री वातावरण नहुँदा देशभरका कपास उद्योग सङ्कटमा परेको कपास उद्योगीले बताएका छन् । भक्तपुरमा आज आयोजना गरिएको नेपाल कपास व्यवसायी सङ्घको प्रथम साधारणसभामा फोहरबाट मोहर बनाउने कपास उद्योग सरकारले उद्योगमैत्री वातावरण नबनाउँदा व्यवसाय नै धरापमा परेको उद्योगीले बताएका हुन् । तीन तहका सरकारले कर लगाउने र दर्ताबिना नै घुम्ती सेवा दिने उद्योग मनपरीरुपमा सञ्चालन हुँदा दर्ता भएर सञ्चालनमा रहेका...

  • २०७६ श्रावण २६, आइतबार

    उपकुलपति, रजिस्ट्रार र डीनको कार्यालयमा तालाबन्दी

    धुलिखेलस्थित काठमाडाँै विश्वविद्यालय प्राध्यापक सङ्घले उपकुलपति, रजिस्ट्रार र डीनका दुई वटा कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेको छ । विश्वविद्यालय प्रशासनसँग यसअघि पटकपटक गरिएका सम्झौताको कार्यान्वयन नभएको जनाउँदै आज सङ्घले उपकुलपति र रजिस्ट्रार तथा गत विहीबार स्कूल अफ साइन्स र स्कूल अफ इञ्जिनीयरिङका डीनका कार्यालयका मूल ढोकामा तालाबन्दी गरेको हो । सङ्घका पदाधिकारीले उपकुलपति र रजिस्ट्रार...

  • २०७६ श्रावण २६, आइतबार

    ‘यस्ता समस्या यहाँ, अहिले नउठाए कहाँ र कहिले उठाउने ’

    मुलुक सङ्घीयतामा प्रवेश गरिसकेको अवस्था प्रदेशको अधिकार कटौती र स्थानीय संस्कृति एवं परम्परा विपरीतका कानून निर्माण गर्न नहुने तर्क गरिएको छ । प्रतिनिधिसभा राज्य व्यवस्था समितिको आजको बैठकमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरणको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकका सम्बन्धमा भएको छलफलमा सांसद छक्कबहादुर लामाले हुम्ला र डोल्पालगायतका जिल्लामा बहुपति प्रथा अझै कायम रहेको हुँदा नागरिकता र राष्ट्रिय...

  • २०७६ श्रावण २६, आइतबार

    तीन सय जोडी गोसाइँकुण्डमा

    पुत्रदा एकादशी पर्वका अवसरमा आज हजाराँै भक्तजनले गोसाइँकुण्डमा डुबुल्की लगाई भगवान् शिवको पूजाआजा गरेका छन् । तीर्थ गएका हजारौंँ यात्रुमध्ये २१ औँ शताब्दीमा पनि ‘पुत्र’ प्राप्तिको वरदान माग्न करीब तीनसयको हाराहारीमा श्रीमान्÷श्रीमतीको जोडीले गोसाइँकुण्डमा स्नानपश्चात् पुत्र पैदा होस् भनी कामनाका साथ भगवान् शिवको विशेष पूजा आराधना गरेको कुण्डको छेउमा होटल सञ्चालन गर्ने व्यवसायीले बताए । छोराको...

  • २०७६ श्रावण २६, आइतबार

    नेकपाको पहिलो बैठकले ग¥यो जिम्मेवारी बाँडफाँड

    नेपाल कम्युनिस्ट पार्टी नेकपा इलामको पहिलो सचिवालय बैठकले नै उल्लेखनीय काम गरेको छ । बैठकले पार्टी एकीकरणपछि पनि रिक्त रहेका विभाग र सल्लाहकार कमिटी गठन गरेको छ । नेकपाका २३ विभाग र निर्वाचन क्षेत्रको जिम्मेवारी बाँडफाँड गरिएको छ । इलामका दुई क्षेत्रमध्ये क्षेत्र नं– १ को पूर्व एमालेका टेकबहादुर राई प्रमुख हुनुभएको छ भने पूर्व माओवादीका राजकुमार राई उपप्रमुख तोकिनुभएको छ । यस्तै क्षेत्र नं–२ मा...

  • २०७६ श्रावण २५, शनिबार

    इतिहास उल्ट्याउन गरिने प्रयास निरर्थक अध्यक्ष दाहाल

    नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिर्वतन निरन्तर अगाडि बढिरहने र पछाडि फर्किन नसक्ने भन्दै इतिहास उल्ट्याउन गरिने प्रयास निरर्थक हुने बताउनुभएको छ । आज राजधानीमा आयोजित एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनको उपत्यकास्तरीय संयुक्त जिल्ला परिषद्लाई सम्बोधन गर्दै अध्यक्ष दाहालले लामो सङ्घर्ष र बलिदानपछि प्राप्त उपलब्धिलाई कसैले उल्ट्याउन नसक्ने जिकिर गर्नुभयो । “...

Pages