राष्ट्रिय
-
२०७६ श्रावण ६, सोमबार
वालिङ नगरपालिकामा स्तनपान कक्ष सञ्चालन
स्मार्ट सिटीको अवधारणा ल्याएको वालिङ नगरपालिकाले कार्यालयभित्र स्तनपान कक्ष सञ्चालन गरेको छ । नगरपालिकामा विभिन्न कामका लागि आउने सेवाग्राही महिला तथा महिला कर्मचारीलाई लक्ष गरी कार्यालयभित्र सो कक्ष सञ्चालन गरिएको हो ।कार्यालयमा सेवा लिन आउने महिला सेवाग्राहीले सार्वजनिक स्थलमा शिशुलाई स्तनपान गराउन लाज मान्ने गरेकाले उक्त कार्यालयले स्तनपान कक्ष निर्माण गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत...
-
२०७६ श्रावण ६, सोमबार
सूर्यमुखी खेतीबाट राम्रो उत्पादन भएपछि कृषक उत्साहित
पाल्पामा सूर्यमुखी खेतीबाट राम्रो उत्पादन लिन थालेपछि कृषक उत्साहित भएका छन् । निस्दी गाउँपालिका वडा नं ४ मित्याल मुढाबासका किसानले परम्परागतरुपमा लगाउँदै आएको मकै खेती छाडेर उक्त खेती गरेकामा पहिलोपटक राम्रो उत्पादन भएको हो । उक्त गाउँपालिकाको कृषि शाखाको अनुदान र कृषकको मेहनतमा बुढावासका करीब ४५ कृषकले १७२ रोपनी भिरालो जग्गामा सूर्यमुखी लगाएको कृषक पदम खाम्चाले बताउनुभयो । उहाँले सूर्यमुखीलाई...
-
२०७६ श्रावण ६, सोमबार
मनसुनी न्यूनचापीय रेखा पुनः हुँदा भारी वर्षाको सम्भावना
मनसुनी न्यून चापीय रेखा नेपालको दक्षिण भू–भागमा अवस्थित रहेकाले आगामी तीन दिन देशभर मध्यमदेखि भारी वर्षा हुनसक्ने जनाइएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङले यो समयमा मनसुनी ‘ट्रफ’ कहीले तल कहिले माथि भइरहने जानकारी दिँदै न्यून चापीय रेखा जहाँ रहन्छ त्यहाँ भारी वर्षा हुने बताउनुभयो । केही दिनअघि दक्षिण सरेको न्यूनचापीय रेखा सोमबार पुनः नेपाल प्रवेश गरेको र बुधबारसरम्म...
-
२०७६ श्रावण ६, सोमबार
पोखरा लेकसाइड २४सै घण्टा खुला गर्न माग
पोखराको लेकसाइडमा पर्यटकको चाहनालाई ध्यानमा राख्दै २४सै घण्टा खुला गरी सरकारले शान्ति सुरक्षाको प्रत्याभूत गरे व्यवसाय सञ्चालन गर्न सकिने व्यवसायीले बताएका छन् । नेपाल भ्रमण वर्ष सन् २०२० सफल पार्न सरकारले देशका प्रमुख तीन पर्यटकीय गन्तव्य काठमाडौँको ठमेल, चितवनको सौराहा र पोखराको लेकसाइडलाई चौबिसै घण्टा खुल्ला गर्ने गरी तयारी अगाडि बढाएको छ । सो विषयमा जिल्ला प्रशासन कार्यालय कास्कीले...
-
२०७६ श्रावण ६, सोमबार
नेपाल विधि विज्ञान प्रयोगशालाका लागि भवन छैन
अपराधका घटनामा वैज्ञानिक परीक्षणका लागि स्थापना भएको नेपाल विधि विज्ञान प्रयोगशालाका लागि छुट्टै भवन छैन । यसअघि नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान नास्ट अन्तर्गत रहेको प्रयोगशाला अहिले स्वायत्त संस्थाको रुपमा छ । सरकारले प्रयोगशालाका लागि आवश्यक दरबन्दीको व्यवस्था गरिसकेको प्रयोगशालाका निमित्त कार्यकारी निर्देशक वीरेन्द्रराज शाक्यले बताउनुभयो । तर जनशक्तिलाई काम गर्नका लागि पर्याप्त स्थानको...
-
२०७६ श्रावण ६, सोमबार
जातीय सद्भाव र एकताका लागि काम गर्छु गुरुङ सुन्दरी
तेस्रो हिरो मिसेस प्रतियोगिताका विजेता रविता गुरुङले आफुले जातीय एकतालाई जोड दिएर सामाजिक सद्भावका लागि काम गर्ने बताउनुभएको छ । विवाहित गुरुङ महिलाको व्यक्तित्व र नेतृत्व विकास गर्ने उद्देश्यले आयोजित प्रतियोगिताको उपाधि हात पार्दै २८ वर्षीया गुरुङले भन्नुभयो, “विभिन्न समयमा हुने यस्ता कार्यक्रमहरुले जातजाति, भाषाभाषीको रहनसहन र संस्कृतिको अध्ययन अवलोकन तथा संरक्षण गर्ने प्रेरणा दिन्छ ।” झट्ट...
-
२०७६ श्रावण ५, आइतबार
इजलासकक्ष नहुँदा न्याय सम्पादनमा समस्या
बाँकेमा स्थानीय तहमा न्यायिक समितिको लागि इजलासकक्षको व्यवस्था नहुँदा न्याय सम्पादनमा समस्या देखिएको छ । बाँकेको आठ स्थानीय तहमध्ये सात स्थानीय तहमा न्याय सम्पादनका लागि छुट्टै इजलासकक्ष नहुँदा न्याय सम्पादनमा कठिनाइ हुने गरेको बाँकेका न्यायिक समितिका संयोजकको गुनासो छ । जिल्लाको एकमात्र नेपालगञ्ज उपमहानगरपालिकामा इजलासको व्यवस्था रहेको छ भने बाँकी सात स्थानीय तहमा न्याय सम्पादनका लागि इजलास...
-
२०७६ श्रावण ५, आइतबार
उपराष्ट्रपति पुन स्वागत समारोहमा
उपराष्ट्रपति नन्दबहादुर पुन इजिप्टको स्वतन्त्रता दिवसका अवसरमा आज अपराह्न ललितपुुरमा आयोजित स्वागत समारोहमा सहभागी हुनुुभयो । नेपालका लागि इजिप्टका राजदूत इमन मोस्तफले आयोजना गर्नुभएको उक्त समारोहमा प्रधानसेनापति पूूर्णचन्द्र थापा, राजधानीस्थित कूूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, नेपाल सरकारका वरिष्ठ अधिकृत, उद्योगपति, व्यापारी तथा वरिष्ठ सञ्चारकर्मीको उपस्थिति थियो । राष्ट्रिय दिवसकै सन्दर्भ...
-
२०७६ श्रावण ५, आइतबार
सात हजार ८०० घरधुरीको पुनः जाँच सर्र्वेक्षण
तनहुँ जिल्लाका सात हजार ८३५ घरधुरीको छुट तथा पुनः जाँच सर्वेक्षण गरिएको छ । भूकम्पपीडितको लाभग्राहीमा नपरेका सर्वसाधारणको गुनासोको आधारमा तनहुँ जिल्लामा वैशाख १९ गतेदेखि शुरु भएको छुट तथा पुनः जाँच सर्वेक्षणमा १० स्थानीय तहका सात हजार ८३५ घरधुरीको सर्वेक्षण सकिएको जिल्ला आयोजना कार्यान्वयन एकाइ ९अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार० तनहुँले जनाएको छ । जिल्लाका १० स्थानीय तहका नौ हजार ७९२...
-
२०७६ श्रावण ५, आइतबार
महीनामा एक पटक कलेजो प्रत्यारोपण गरिने
भुवन विश्वविद्यालय, शिक्षण अस्पतालले पहिलो चरणमा महीनामा एकपटक कलेजो प्रत्यारोपण गर्ने लक्ष्य लिएको छ । अस्पतालका प्रा डा रमेशसिंह भण्डारीको नेतृत्वमा गत जेठ १७ मा पहिलो र यही साउन ३ गते दोस्रो कलेजो प्रत्यारोपण कार्य सम्पन्न भएको थियो । “कलेजो उपचार तथा प्रत्योपणका लागि विदेश जाने बाध्यतालाई अन्त्य गर्ने लक्ष्य रहेको छ ”, अस्पतालका कार्यकारी निर्देशक प्रा डा प्रेमकृष्ण खड्काले भन्नुभयो ।...
-
२०७६ श्रावण ५, आइतबार
दुई महीनामै रोशी पुल भासियो
निर्माण भएको दुई महीनमै काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१० साल्मिटार र वडा नं ११ बल्थली जोड्ने रोशीखोलाको पुल साल्मिटारतर्फ भासिएको छ । कराष्ट्रिय पुनःनिर्माण प्राधिकरण, जिल्ला कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा पूर्वाधार कार्यालयमार्फत बन्दना भगवती जेभी नामक निर्माण कम्पनीले उक्त पुल बनाएको हो । रु तीन करोडको लागतमा निर्मित उक्त पुल ३५ दशमलव ६ मिटर लम्बाइको छ । पुल साल्मिटारतर्फ करीब एक...
-
२०७६ श्रावण ५, आइतबार
सामुदायिक विद्यालयमा कृषिबाली विज्ञानको पढाइ
रम्भा गाउँपालिका–१ हुगीस्थित जनकल्याण माविमा कृषिबाली विज्ञान पढाइ सञ्चालनमा आएको छ । कक्षा ९ देखि १२ कक्षासम्म कृषिबाली विज्ञान पढाइ शुरु भएको हो । गाम्रीण क्षेत्रको विद्यालयलबाट प्राविधिक धारको शिक्षा पढाइ हुन थालेपछि यस क्षेत्रका विद्यार्थीलाई यसै विषयको अध्ययनका लागि अन्यत्र जानुपर्ने बाध्यता हटेको छ । टाढाबाट बाली विज्ञान अध्ययन गर्ने विद्यार्थीलाई छात्रावासको व्यवस्था छ । दलित तथा...


