राष्ट्रिय
-
२०७६ श्रावण ३, शुक्रबार
दश महीनापछि बङ्गलादेशी महिलालाई देश फर्काइँदै
सडकबाट उद्धार गरिएको दश महीनापछि मात्र बङ्गलादेशकी एक महिलालाई स्वदेश फर्काउन सहज वातावरण बनेको छ । नेपालस्थित बङ्गलादेश राजदूतावासमार्फत उनलाई आउँदो सोमबार आफ्नो देश पठाउन लागिएको हो । मानसिक सन्तुलन गुमेपछि आफ्नो देशबाट भौँतारिँदै नेपाल पसेकी ती महिलालाई गत भदौ १० गते पश्चिम नवलपरासीको सरावल गाउँपालिकास्थित गोबरहिया प्रहरीचौकी नजीकै सडकमै बच्चा जन्माई सालनालसहित बेवारिसे अवस्थामा उद्धार गरिएको...
-
२०७६ श्रावण ३, शुक्रबार
इलाम कफीमा पनि उत्कृष्ट
इलाम चियाको राजधानी हो । यहाँ मानिस चिया किन्न मात्र नभई चियाबारी क्षेत्र घुम्न पनि आउने गर्छन् । तर, पछिल्लो समय चियाका लागि प्रख्यात मानिने इलाममा कफी खेती पनि हुन थालेको छ । किसानले कफीको व्यावसायिक खेती गर्न थालेपछि उत्पादनमा वृद्धि भएको हो । केन्द्रीय तथ्याङ्क विभागले गरेको एक सर्वेक्षणअनुसार इलाम प्रदेश नं १ कै उत्कृष्ट कफीखेती हुने जिल्लामा परेको छ । सर्वेक्षणका अनुसार प्रदेश नं १ को १०...
-
२०७६ श्रावण ३, शुक्रबार
अन्तर्राष्ट्रिय युवा दिवस प्रभावकारी बनाइने
सरकार यही साउन २७ गते अन्तर्राष्ट्रिय युवा दिवस मनाउने तयारीमा जुटेको छ । दिवस मनाउनका लागि आज राष्ट्रिय युवा परिषद्ले युवा सङ्घ–सङ्गठनसँग छलफल गरेको छ । छलफलमा उक्त दिवसलाई एक दिन मात्र मनाउनाको साटो प्रभावकारी रुपमा लैजानुपर्नेमा सबैको जोड थियो । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले वर्षभर नै विभिन्न गतिविधि सञ्चालन गरेर उक्त दिवस मनाइने र युवाको समस्या तथा चुनौती बुझेर त्यसलाई समाधान...
-
२०७६ श्रावण ३, शुक्रबार
आपसी समन्वय नहुँदा विपद् व्यवस्थापन समिति अन्योलमा
अविरल वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा बाढीपहिरोबाट धनजनको क्षति भइरहेको बेला त्यसमा हुने क्षतिको न्यूनीकरण तथा पूर्वतयारीका लागि काम गर्ने जिल्ला विपद् व्यवस्थापन समितिको कार्यायोजना भने कागजमा नै समिति बनेको छ । एकातिर बनाएको कार्ययोजना बजेट अभावका कारण आधा बर्खा गइसके पनि छपाइसमेत नहुनु र अर्कोतिर समितिले पूर्णता नपाउँदा काममा समस्या भएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । समितिका...
-
२०७६ श्रावण ३, शुक्रबार
ग्रामीण सडक स्तरोन्नति
गलकोट नगरपालिका–७ मल्मदेखि पाण्डवखानी जोड्ने सडकको ८०० मिटर खण्ड स्तरोन्नति गरिएको छ । उक्त योजना गत आवको नगर गौरवको योजना हो । नगरपालिकाको रु ४० लाख र गण्डकी प्रदेश सरकारको रु २० लाख गरी कूल ६० लाखको लागतमा सडक स्तरोन्नति गरिएको हो । निर्माणको जिम्मा पाएको न्यू गोरख निर्माण सेवाका प्रबन्धक गोरख भण्डारीका अनुसार सात मिटर चौडासहित, नाली, पर्खाल निर्माण र ‘ग्रावेल’ को काम भएको छ । मध्यपहाडी...
-
२०७६ श्रावण ३, शुक्रबार
रामपुर नहर भत्कियो
जिल्लाकै सबैभन्दा ठूलो सिँचाइ आयोजनाका रूपमा सञ्चालनमा रहेको रामपुर नहर भत्किएको छ । रामपुर फाँट सिँचाइ आयोजना जल उपभोक्ता समितिबाट सञ्चालन हुँदै आएको यस नहर अहिले धान रोप्ने समयमा भत्किन पुगेपछि कृषक चिन्तित बनेका छन् । विभिन्न भागमा निर्माणकार्य भइरहेका बखत नहरमा एक्कासि ठूलो पानी छाडेकाले बन्दै गरेको पर्खाल भत्किन पुगेको हो । गत वैशाखको पहिलो हप्ताबाट मर्मतकार्य शुरु भएको मूल नहरको रजघरा...
-
२०७६ श्रावण ३, शुक्रबार
दूधमा अनुदान
पाल्पाको डुम्रे आसपासका क्षेत्रका दुग्ध उत्पादन गर्ने किसानलाई प्रतिलिटर रु दुई अनुदान प्रदान गरिएको छ । तिनाउ गाउँपालिका–६ डुम्रेस्थित डुम्र दुग्ध उत्पादन सहकारी संस्थासँग आबद्ध दुग्ध किसानलाई प्रतिलिटर रु दुईका दरले अनुदान दिइएको हो । प्रदेश नं ५ सरकारअन्तर्गत पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयको सहयोगमा रु १६ लाख ९० हजार अनुदान वितरण गरिएको हो । अनुदान रकम हस्तान्तरण कार्यक्रममा गाउँपालिका...
-
२०७६ श्रावण ३, शुक्रबार
दशकदेखि अलपत्र विश्वविद्यालय विधेयक
सङ्घीय संरचना कार्यन्वयनसँगै नेपालगञ्जमा रहेको प्रशासनिक शक्ति कमजोर बन्दै गएको छ । एकपछि अर्को सरकारी कार्यालय बुटवल र दाङ सारिएपछि नेपालगञ्जको विगतको प्रतिष्ठा र गरिमा गुमेको छ । प्रादेशिक विश्वविद्यालय नेपालगञ्जमा स्थापनाको आशाले भने यतिबेला नेपालगञ्जलाई केही राहत महसुस भएको थियो । तर, बुधबारदेखि यो आशा पनि निराशामा परिणत भएपछि नेपालगञ्जमा झनै सन्नाटा छाएको छ । प्रदेश नं ५ सरकारले प्रादेशिक...
-
२०७६ श्रावण ३, शुक्रबार
छ महीनामा ५४ एचआइभी सङ्क्रमित
सन् २०१९ को छ महीनामा जिल्लामा ५४ नयाँ एचआइभी सङ्क्रमित भेटिएका छन् । जिल्लाको विभिन्न स्थानमा गरिएको सात हजार ८०१ जनाको रगत परीक्षणका क्रममा सो सङ्ख्यामा सङ्क्रमित भेटिएका हुन् । योसँगै जिल्लामा अहिले एक हजार ७६४ सङ्क्रमित पुगेको भरतपुर अस्पतालमा रहेको एन्टी रेट्रो भाइरल थेरापी सेवा केन्द्रले जनाएको छ । केन्द्रका अनुसार उनीहरुमध्ये ८८९ ले नियमित औषधि सेवन गर्दै आएका छन् । अन्य जिल्लाबाट चितवनमा...
-
२०७६ श्रावण ३, शुक्रबार
उन्नतजातका गाई र भैँसी वितरण
जिल्लाको दिपायल सिलगढी नगरपालिकाले किसानलाई आयआर्जनमा जोड दिन उन्नतजातका गाई र भैँसी वितरण गरेको छ । पूरै नगरपालिकालाई दूधमा आत्मनिर्भर बनाउन र किसानको आयस्तर वृद्धि होस् भन्ने उद्देश्यका साथ पूर्ण अनुदानमा उन्नतजातका गाई र भँैसी वितरण गरिएको नगरपालिकाप्रमुख मञ्जु मलासीले जानकारी दिनुभयो । नगरपालिकाले वडा नं ५, ६ र ७ का १३ किसानलाई जर्सी, होलिस्टिन र रेडसिन्धी जातका गाई वितरण गरेको नगरपालिकाका...
-
२०७६ श्रावण ३, शुक्रबार
बाढी प्रभावित क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन
सिरहाको बाढी प्रभावित क्षेत्रमा जिल्ला स्वास्थ्य कार्यालय सिरहाले निःशुल्क घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरेको छ । सिरहाको अतिप्रभावित क्षेत्रमा जिल्ला स्वास्थ्य कार्यालयबाट खटिएको टोलीले बाढीबाट सबैभन्दा बढी प्रभावित सिरहा नगरपालिका–६ बसबिट्टा, सारस्वर, कल्याणपुर नगरपालिका–३ का बाढीपीडितलाई लक्षित गरी निःशुल्क घुम्ती स्वास्थ्य सेवा सञ्चालन गरेको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका जनस्वास्थ्य...
-
२०७६ श्रावण ३, शुक्रबार
वीरेन्द्र बहुमुखी क्याम्पसमा आगजनी र तोडफोड
भरतपुरस्थित वीरेन्द्र बहुमुखी क्याम्पसका विद्यार्थीले सहायक क्याम्पस प्रमुखको कार्यकक्षमा आगलागी र तोडफोड गरेका छन् । क्याम्पस प्रमुख गोविन्द सापकोटाका अनुसार आगजनीबाट सहायक क्याम्पस प्रमुखहरु बस्दै आएको कर्सी, र टेबुल पूर्णरुपमा नष्ट हुनाका साथै कोठामा रहेका दराज, झ्यालका सिसा पनि तोडफोड गरिएको छ । बिहान ९ बजे क्याम्पस परिसरमा आएका विद्यार्थीहरुको समूहले आगजनी गरेको हो । आगजनीका कारण भएको...


