राष्ट्रिय
-
२०७६ श्रावण ५, आइतबार
सात हजार ८०० घरधुरीको पुनः जाँच सर्र्वेक्षण
तनहुँ जिल्लाका सात हजार ८३५ घरधुरीको छुट तथा पुनः जाँच सर्वेक्षण गरिएको छ । भूकम्पपीडितको लाभग्राहीमा नपरेका सर्वसाधारणको गुनासोको आधारमा तनहुँ जिल्लामा वैशाख १९ गतेदेखि शुरु भएको छुट तथा पुनः जाँच सर्वेक्षणमा १० स्थानीय तहका सात हजार ८३५ घरधुरीको सर्वेक्षण सकिएको जिल्ला आयोजना कार्यान्वयन एकाइ ९अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार० तनहुँले जनाएको छ । जिल्लाका १० स्थानीय तहका नौ हजार ७९२...
-
२०७६ श्रावण ५, आइतबार
महीनामा एक पटक कलेजो प्रत्यारोपण गरिने
भुवन विश्वविद्यालय, शिक्षण अस्पतालले पहिलो चरणमा महीनामा एकपटक कलेजो प्रत्यारोपण गर्ने लक्ष्य लिएको छ । अस्पतालका प्रा डा रमेशसिंह भण्डारीको नेतृत्वमा गत जेठ १७ मा पहिलो र यही साउन ३ गते दोस्रो कलेजो प्रत्यारोपण कार्य सम्पन्न भएको थियो । “कलेजो उपचार तथा प्रत्योपणका लागि विदेश जाने बाध्यतालाई अन्त्य गर्ने लक्ष्य रहेको छ ”, अस्पतालका कार्यकारी निर्देशक प्रा डा प्रेमकृष्ण खड्काले भन्नुभयो ।...
-
२०७६ श्रावण ५, आइतबार
दुई महीनामै रोशी पुल भासियो
निर्माण भएको दुई महीनमै काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१० साल्मिटार र वडा नं ११ बल्थली जोड्ने रोशीखोलाको पुल साल्मिटारतर्फ भासिएको छ । कराष्ट्रिय पुनःनिर्माण प्राधिकरण, जिल्ला कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा पूर्वाधार कार्यालयमार्फत बन्दना भगवती जेभी नामक निर्माण कम्पनीले उक्त पुल बनाएको हो । रु तीन करोडको लागतमा निर्मित उक्त पुल ३५ दशमलव ६ मिटर लम्बाइको छ । पुल साल्मिटारतर्फ करीब एक...
-
२०७६ श्रावण ५, आइतबार
सामुदायिक विद्यालयमा कृषिबाली विज्ञानको पढाइ
रम्भा गाउँपालिका–१ हुगीस्थित जनकल्याण माविमा कृषिबाली विज्ञान पढाइ सञ्चालनमा आएको छ । कक्षा ९ देखि १२ कक्षासम्म कृषिबाली विज्ञान पढाइ शुरु भएको हो । गाम्रीण क्षेत्रको विद्यालयलबाट प्राविधिक धारको शिक्षा पढाइ हुन थालेपछि यस क्षेत्रका विद्यार्थीलाई यसै विषयको अध्ययनका लागि अन्यत्र जानुपर्ने बाध्यता हटेको छ । टाढाबाट बाली विज्ञान अध्ययन गर्ने विद्यार्थीलाई छात्रावासको व्यवस्था छ । दलित तथा...
-
२०७६ श्रावण ५, आइतबार
हेटौँडा–काठमाडौँ सडक सञ्चालन
भारी वर्षाका कारण ठाउँठाउँमा पहिरो गएर अवरुद्ध बनेको तराई तथा भित्री मधेशलाई काठमाडौँसँग जोड्ने छोटो मार्ग हेटौँडा–कुलेखानी–फाखेल–काठमाडौँ मार्ग आज बिहानदेखि पूर्णरुपमा सञ्चालनमा आएको छ । दश दिन लगाएर पहिरो पन्छाएपछि बाटो सञ्चालन भएको हो । इन्द्रसरोवर गाउँपालिकाअन्तर्गतको महालक्ष्मी खोलामा आएको पहिरो तथा अन्य सानातिना पहिरो हटाएर बाटो सञ्चालनमा ल्याएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ...
-
२०७६ श्रावण ५, आइतबार
विमानस्थल कालोपत्रको काम शुरु
सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाको सबैभन्दा पुरानो दिपायल विमानस्थलमा कालोपत्रको काम शुरु भएको छ । लामो समयदेखि रोकिएको कालोपत्रको काम अहिले आएर धमाधम रुपमा सञ्चालन भइरहेको छ । गएको वर्षको असार महीनामा सक्ने लक्ष्यसहित विसं २०७४ मा निर्माण कार्य शुरु गरिएको विमानस्थलमा कालोपत्रको काम बल्ल आएर शुरु भएपछि स्थानीयवासी खुशी भएका छन् । विमानस्थलमा कालोपत्रको काम एक हप्ताभित्रमा सकिने उक्त विमानस्थल...
-
२०७६ श्रावण ५, आइतबार
विषाक्त पार्थेनियमको मिचाइमा तितेपाती
नेपालको अधिकांश भागमा पाइने वनस्पति हो तितेपाती । तितेपाती बास्नादार त हुन्छ नै यसले धेरै किसिमका औषधीय गुण पनि बोकेको हुन्छ । पूजाआजाका साथै चर्म रोगलगायतका बहुउपयोगी तितेपाती यतिखेर विषाक्त झार पार्थेनियम गाजरे झार को मिचाइमा पर्दैगएको छ । तितेपाती देखिने अधिकांश ठाउँमा यतिखेर पार्थेनियम झाँगिएको पाइन्छ । पछिल्ला अध्ययनअनुसार नेपालका कास्कीसहित ५६ जिल्लामा यो प्रजाति झागिँदै गएको वनस्पति...
-
२०७६ श्रावण ५, आइतबार
राष्ट्रिय पहिचान संरक्षण संयुक्त संघर्ष समिति द्धारा गुठि सम्पतिको विवरण माग गर्दै
राष्ट्रिय पहिचान संरक्षण संयुक्त संघर्ष समितिले हालसम्म गुठी संस्थानले गरेका जात्रापर्व तथा सम्पत्ति विवरणबारे जानकारी माग गरेको छ। अध्ययन प्रयोजनको लागि भन्दै समितिले जानकारी माग गरेको हो। त्रिपुरेश्वरस्थित संस्थानको कार्यालयमा समितिका संयोजक गणपतिलाल श्रेष्ठले संस्थानका अध्यक्ष मिनराज चौधरीलाई मागपत्र बुझाए। यस्ता छन् समितिले मागेका जानकारी विवरणस् १। २०२९ सालमा गुठी संस्थानको नाममा रहेको राज...
-
२०७६ श्रावण ४, शनिबार
बुद्धका मूर्ति तोडिएकामा भिक्षु महासङ्घको विरोध
अखिल नेपाल भिक्षु महासङ्घले रुपन्देहीको तिलोत्तमा नगरपालिकाभित्र सिद्धार्थ राजमार्गको शङ्करनगर चोकदेखि नयाँ मिलसम्म सुनियोजित तवरमा एकै पटक पाँच वटा बुद्धमूर्ति तोडफोड भएको घटनाले शान्तिकामी जनताको आस्थामा आघात पारेको जनाएको छ । महासङ्घले आज एक विज्ञप्ति जारी गर्दै बुद्धको पवित्र जन्मभूमि परिसर क्षेत्रबाट हिंसात्मक गतिविधिसहित अशान्ति मच्चाउने निस्किृष्ट कार्य हुनु क्षोभपूर्ण घटनाले सम्बद्ध...
-
२०७६ श्रावण ३, शुक्रबार
कूल रु ४७ अर्बभन्दा बढी राजश्व सङ्कलन
आर्थिक वर्ष २०७५÷७६ मा कूल रु ४७ अर्ब २४ करोड ३४ लाख राजश्व सङ्कलन भएको कोष तथा लेखा नियन्त्रक कार्यालय विराटनगरले जनाएको छ । सङ्घअन्तर्गत रहेका सो कार्यालयमा अघिल्लो आवमा रु ४० अर्ब ४० करोड ४० लाख राजश्व सङ्कलन भएको थियो । तुलनात्मकरुपमा अघिल्लो आर्थिक वर्षभन्दा १७ प्रतिशत राजस्व बढी सङ्कलन भएको कार्यालय प्रमुख किशोर बरालले जानकारी दिनुभयो । गएको आवमा कूल रु ३० अर्ब ८४ करोड ७५ लाख वार्षिक बजेटमा...
-
२०७६ श्रावण ३, शुक्रबार
मेची भन्सारको राजश्व लक्ष्यभन्दा कम
मेची भन्सार कार्यालय झापाले गत आव २०७५÷७६ मा लक्ष्यको तुलनामा १५ प्रतिशतले राजश्व सङ्कलनमा कमी भएको जनाएको छ । भारतको कोलकाताबाट आयात हुने कोइला, क्लिङ्कर गत चैतबाट ठप्प भएको र बङ्लादेशबाट आउने जुससमेत राजश्व वृद्धि भएको भन्दै व्यापारीहरुले ल्याउन बन्द गरेपछि राजश्व सङ्कलनमा कमी आएको प्रमुख भन्सार अधिकृत टेकनारायण अर्यालले बताउनुभयो । भन्सारले गत आवका लागि रु ११ अर्ब ८२ करोड ६१ लाख एक हजार राजश्व...
-
२०७६ श्रावण ३, शुक्रबार
बाढीबाट ८१ लाख मूल्यको बिरुवा नष्ट
अविरल वर्षाका कारण महोत्तरीमा आएको बाढीबाट रु ८१ लाख १४ हजार ८०० मूल्य बराबरको बिरुवा नष्ट भएको छ । डिभिजन वन कार्यालय महोत्तरीका प्रमुख हेमन्तप्रसाद साहका अनुसार जिल्लामा बाढीले विभिन्न नर्सरीमा लगाइएका छ लाख ५२ हजार ९५० बिरुवा नष्ट भएको हो । रातु, विग्ही, मरहा, जङ्घा, अङ्कुशी नदीमा आएको बाढीले जलेश्वर नगरपालिका–९, बलवा, भङ्गहा नगरपालिका–४, जलेश्वर नगरपालिका–४ मा रहेका वन नर्सरीमा बिरुवा एकवर्षे...


