राष्ट्रिय
-
२०७६ श्रावण ५, आइतबार
हेटौँडा–काठमाडौँ सडक सञ्चालन
भारी वर्षाका कारण ठाउँठाउँमा पहिरो गएर अवरुद्ध बनेको तराई तथा भित्री मधेशलाई काठमाडौँसँग जोड्ने छोटो मार्ग हेटौँडा–कुलेखानी–फाखेल–काठमाडौँ मार्ग आज बिहानदेखि पूर्णरुपमा सञ्चालनमा आएको छ । दश दिन लगाएर पहिरो पन्छाएपछि बाटो सञ्चालन भएको हो । इन्द्रसरोवर गाउँपालिकाअन्तर्गतको महालक्ष्मी खोलामा आएको पहिरो तथा अन्य सानातिना पहिरो हटाएर बाटो सञ्चालनमा ल्याएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ...
-
२०७६ श्रावण ५, आइतबार
विमानस्थल कालोपत्रको काम शुरु
सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाको सबैभन्दा पुरानो दिपायल विमानस्थलमा कालोपत्रको काम शुरु भएको छ । लामो समयदेखि रोकिएको कालोपत्रको काम अहिले आएर धमाधम रुपमा सञ्चालन भइरहेको छ । गएको वर्षको असार महीनामा सक्ने लक्ष्यसहित विसं २०७४ मा निर्माण कार्य शुरु गरिएको विमानस्थलमा कालोपत्रको काम बल्ल आएर शुरु भएपछि स्थानीयवासी खुशी भएका छन् । विमानस्थलमा कालोपत्रको काम एक हप्ताभित्रमा सकिने उक्त विमानस्थल...
-
२०७६ श्रावण ५, आइतबार
विषाक्त पार्थेनियमको मिचाइमा तितेपाती
नेपालको अधिकांश भागमा पाइने वनस्पति हो तितेपाती । तितेपाती बास्नादार त हुन्छ नै यसले धेरै किसिमका औषधीय गुण पनि बोकेको हुन्छ । पूजाआजाका साथै चर्म रोगलगायतका बहुउपयोगी तितेपाती यतिखेर विषाक्त झार पार्थेनियम गाजरे झार को मिचाइमा पर्दैगएको छ । तितेपाती देखिने अधिकांश ठाउँमा यतिखेर पार्थेनियम झाँगिएको पाइन्छ । पछिल्ला अध्ययनअनुसार नेपालका कास्कीसहित ५६ जिल्लामा यो प्रजाति झागिँदै गएको वनस्पति...
-
२०७६ श्रावण ५, आइतबार
राष्ट्रिय पहिचान संरक्षण संयुक्त संघर्ष समिति द्धारा गुठि सम्पतिको विवरण माग गर्दै
राष्ट्रिय पहिचान संरक्षण संयुक्त संघर्ष समितिले हालसम्म गुठी संस्थानले गरेका जात्रापर्व तथा सम्पत्ति विवरणबारे जानकारी माग गरेको छ। अध्ययन प्रयोजनको लागि भन्दै समितिले जानकारी माग गरेको हो। त्रिपुरेश्वरस्थित संस्थानको कार्यालयमा समितिका संयोजक गणपतिलाल श्रेष्ठले संस्थानका अध्यक्ष मिनराज चौधरीलाई मागपत्र बुझाए। यस्ता छन् समितिले मागेका जानकारी विवरणस् १। २०२९ सालमा गुठी संस्थानको नाममा रहेको राज...
-
२०७६ श्रावण ५, आइतबार
पर्यटकीय सिक्लेससम्मको सडक स्तरोन्नति शुरु
नेपालको शान्ति प्रक्रियाको प्रस्थान विन्दुको रूपमा परिचित कास्कीको मादी गाउँपालिकामा अवस्थित पर्यटकीय सिक्लेस गाउँसम्म पुग्ने सडक स्तरोन्नति शुरु भएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयमातहतको पूर्वाधार विकास कार्यालय कास्कीले पोखरा महानगरपालिका–१३ विजयपुर खोलादेखि मादी गाउँपालिका– १ सिक्लेससम्मको सडक स्तरोन्नति गरेर कालोपत्रे गर्ने कार्य अघि बढाएको हो । विसं २०६० मा सडकको ट्र्याक खुलेर गाडी...
-
२०७६ श्रावण ५, आइतबार
नेकपाले तोक्यो जिल्ला इन्चार्ज र सहइन्चार्ज, सङ्घीय मन्त्री र मुख्यमन्त्रीले पाए जिम्मेवारी
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले ७७ जिल्ला र छ महानगरपालिकाका इन्चार्ज तथा सहइञ्चार्ज तोकेको छ । नेकपा महासचिव विष्णुप्रसाद पौडेलले जारी गर्नुभएको विज्ञप्तिअनुसार महानगरपालिकालाई एक जिल्लासरह मानी नेपालका ६ महानगरपालिका भएका जिल्लामा एकभन्दा बढी इन्चार्ज रहेका छन् । यस्तै केही जिल्लामा इन्चार्ज मात्रै तोकिएको छ । लामो कसरतपछि नेकपाले जिल्ला इन्चार्ज तथा सहइन्चार्ज तोकेर पार्टी एकताको...
-
२०७६ श्रावण ५, आइतबार
सम्बन्धविच्छेदको मुद्दा दर्ता गर्न पुरुष बढे
देवानी तथा फौज्दारी संहिता लागू भएसँगै सम्बन्धविच्छेदको मुद्दा दर्ता गराउने पुरुषको संख्या बढेको छ । चितवन जिल्ला अदालतमा पछिल्लो समय सम्बन्धविच्छेदको मुद्दा दर्ता गराउनेमा पुरुषको संख्या बढ्दै गएको हो । यसले समाजमा सामाजिक विखण्डन बढेर जान सक्ने चिन्ता लिन थालिएको छ । जिल्ला अदालत चितवनका अनुसार गत आर्थिक वर्षमा दर्ता भएका ८४५ वटा सम्बन्धविच्छेदका मुद्दामध्ये २७९ वटा पुरुषले गराएका छन् । भदौबाट...
-
२०७६ श्रावण ५, आइतबार
हिमालय एयरलाइन्सले सोमबारदेखि ढाका उडान गर्ने
निजी क्षेत्रको अन्तरराष्ट्रिय वायु सेवा प्रदायक कम्पनी हिमालय एयरलाइन्सले सोमबारदेखि बङ्गलादेशको राजधानी ढाका उडान गर्ने भएको छ । बङ्गलादेशी पर्यटकको नेपाल आगमन सहजतालाई लक्ष गर्दै कम्पनीले काठमाडौँ–ढाका सिधा उडान थाल्ने जनाएको हो । काठमाडौँ–ढाका साताको तीन दिन उडान गर्ने गरी तालिका बनाइएको हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले राससलाई जानकारी दिनुभयो । उहाँले पर्यटकीय सम्भावना बोकेको...
-
२०७६ श्रावण ५, आइतबार
नेपालकै पहिलो ‘नेटवर्क आर्क पुल’को निर्माण अन्तिम चरणमा
बिजुलीबजारस्थित धोबीखोलामा निर्माणाधीन ‘नेटवर्क आर्क ब्रिज’ पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । नेपालमा पहिलोपटक ‘नेटवर्क आर्क ब्रिज’ प्रविधिबाट निर्माण भएको पुल आगामी तीन चार महीनामा सम्पन्न हुने काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । पछिल्लो समय विश्वभर रुचाउन थालिएको यो प्रविधिको पुल बलियो मात्रै नभएर सौन्दर्य प्रवद्र्धनको पक्षले पनि उत्कृष्ट मानिएको आयोजनाले जनाएको छ ।...
-
२०७६ श्रावण ५, आइतबार
पहिराको जोखिममा तनहुँका ३६ वडा
केही दिनअघि परेको वर्षापछि आएको बाढी र पहिरामा परी देशका विभिन्न जिल्लामा ६९ जनाको ज्यान गयो । अरु ३८ जना घाइते भए र ३१ जना बेपत्ता छन् । सो¥ह हजारभन्दा बढी घरपरिवार विस्थापित भए । प्रत्येक वर्ष बाढी र पहिराबाट धेरै नेपालीले ज्यान गुमाइरहेका छन् । तनहुँ जिल्लामा यस वर्ष बाढी र पहिराबाट क्षति भएको छैन । गत असार २९ गते राति परेको वर्षाले म्याग्दे गाउँपालिका–१ गुणादीमा एक घर भने पहिराले भत्काएको छ...
-
२०७६ श्रावण ५, आइतबार
मकैको खोस्टाको मुढा देशदेखि
पछिल्लो समय सीपमा आधारित हस्तकलाको माग बढ्दै गएपछि सीप सिक्न गृहिणी महिलाको रुचि र जाँगर बढ्न थालेको छ । पोखरामा मकैको खोस्टाबाट बनाइएका मुढाको माग बढ्न थालेपछि तालीम सिक्ने र घरमै मुढा बनाएर आयआर्जन गर्ने महिला बढ्न थालेको कास्की पोखरा हस्तकला सङ्घका अध्यक्ष एवं पद्मावती हस्तकला उद्योगका सञ्चालक हिरा भट्टराई बताउनुहुन्छ । “हामीले यस उद्योगबाट विभिन्न तालीम प्रदान गर्छौँ । तर पछिल्लो समय मकैको...
-
२०७६ श्रावण ५, आइतबार
आप्रवासी कामदारको अन्र्तराष्ट्रिय सम्मेलन हुने
राष्ट्रिय मानव अधिकार आयोले आगामी कात्तिकमा काठमाडौँमा ‘आप्रवासी कामदारको मानव अधिकार संरक्षण विषयक अन्तर्राष्ट्रिय सम्मेलन’ आयोजना गर्ने भएको छ । आयोगले आज पत्रकार सम्मेलन गरी आप्रवासी कामदार स्वच्छ र जवाफदेही भर्ना प्रक्रिया, कामदारको सुरक्षा, परिवारको अधिकार तथा न्यायमा पहुँचजस्ता विषयमा सम्बोधन गर्न कात्तिक २६ देखि २८ गतेसम्म काठमाडौँमा सो सम्मेलन गर्न लागेको जानकारी दिएको छ । आयोगका...


