राष्ट्रिय
-
२०७६ श्रावण २, बिहिबार
बाढी, पहिरो र ढुबानबाट ९० हजार घरपरिवार प्रभावित ः नेपाल रेडक्रस
मनसुन शुरु भएपछि बाढी, पहिरो तथा ढुबानबाट देशका विभिन्न जिल्लाका ९० हजार परिवारका करीब चार लाख ५२ हजार मानिस प्रभावित भएको मानवीय संस्था नेपाल रेडक्रस सोसाइटीले प्रारम्भिक अनुमान लगाएको छ । बाढी, पहिरो तथा डुबानबाट बढी प्रभावित ३२ जिल्लामा सोसाइटीका निकायबाट सङ्कलन भएका प्रारम्भिक तथ्याङ्कले ४० हजार घरमा क्षति पुगेको जनाइएको छ । आफ्ना तालीम प्राप्त स्वयंसेवकबाट प्रभावितका खोज, उद्धार तथा राहत...
-
२०७६ श्रावण २, बिहिबार
बोनम्यारो क्यान्सरपीडितलाई सहयोग
बेँसीशहर नगरपालिका–९ स्थायी ठेगाना र हाल चण्डीडाँडा–७ की बोनम्यारो क्यान्सरपीडित १९ वर्षीया सुष्मा दीक्षितलाई आर्थिक सहयोग गरिएकोछ । ‘सुष्मा दीक्षित बचाऊ’ अभियानका लागि डेनमार्कमा रहेका ४५ नेपालीबाट सङ्कलन भएको रु एक लाख २७ हजार ५९७ बुधबार सुष्माकै घर पुगेर सुरेश घिमिरेका पिता खिमबहादुर घिमिरे एवं आमा विष्णुमाया घिमिरेले सुष्माकी आमा शान्ति दीक्षितलाई हस्तान्तरण गर्नुभएको हो । रकम हस्तान्तरण...
-
२०७६ श्रावण २, बिहिबार
मुक्त कमैया आर्थिक समृद्धिमा लाग्नुपर्छ ः उपसभामुख थारू
प्रदेश नं ५ का प्रदेशसभाका उपसभामुख कृष्णी थारूले मुक्तकमैयाको समस्या सरकारले अपनत्व गरिसकेकाले अब उनीहरु आर्थिक समृद्धिका लागि सक्रिय हुनुपर्ने बताउनुभएको छ । २०आँै कमैया मुक्ति दिवसका सन्दर्भमा आज नेपालगञ्जमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले भन्नुभयो, “मुक्त कमैयाहरु पनि अब आर्थिक समृद्धिका लागि सक्रिय हुनुपर्दछ ।” पूर्व मुक्तकमैयासमेत रहनुभएकी उपसभामुख थारूले मुक्तकमैयाको समस्या स्वयम्...
-
२०७६ श्रावण १, बुधबार
केयूमा प्राविधिक शिक्षामा स्नातकोत्तर तह शुरु
काठमाडौँ विश्वविद्यालय केयु को स्कूल अफ एजुकेसनले प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम टीइभीटी लक्षित स्नातकोत्तर तह कार्यक्रम ल्याएको छ । यो कार्यक्रम दक्षिण एशियामै पहिलो पटक काठमाडौँ विश्वविद्यालयले शुरु गरेको हो । देशमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालीमको विकास गर्न प्रत्येक स्थानीय तहमा एक प्राविधिक शिक्षालयको विकास गर्ने लक्ष्य रहेको सरकारले घोषणा गरेको थियो । देशका ७० प्रतिशत युवाले...
-
२०७६ श्रावण १, बुधबार
पूर्व–पश्चिम विद्युतीय रेल मार्ग ः बर्दिवास–बुटवल खण्डको डिपिआर शुरु हुँदै
सरकारले पूर्व–पश्चिम विद्युतीय रेलमार्गमा बर्दिवास–बुटवल खण्डको छिट्टै नै विस्तृत परियोजना प्रतिवेदन डिपिआर को काम अघि बढाउने भएको छ । यस रेलमार्गमा पर्ने बर्दिवासदेखि बुटवल खण्डमा चितवन राष्ट्रिय निकुञ्जभित्रबाट रेलमार्ग निर्माण गर्दा उपयुक्त नहुने भन्दै नयाँ डिपिआर निर्माण गर्न लागिएको हो । यस रेलमार्गमा चार वटा प्याकेजमा अध्ययन भइरहेको विभागले जनाएको छ । चारै खण्डमा अध्ययनको काम झण्डै अन्तिम...
-
२०७६ श्रावण १, बुधबार
अञ्चल अस्पतालमा स्तनपानकक्ष स्थापना
धवलागिरि अञ्चल अस्पताल बागलुङले स्तनपानकक्ष स्थापना गरेको छ । आमा र शिशुको स्वास्थ्यलाई मध्यनजर गर्दै अस्पताल परिसरमै स्तनपानकक्ष सञ्चालनमा ल्याइएको अस्पतालले जनाएको छ । सार्वजनिकस्थलमा आफ्ना शिशुलाई स्तनपान गराउन महिलाले असजिलो महसुस गर्ने र त्यसले आमा तथा बच्चाको स्वास्थ्यमा असर गर्ने भएकाले अस्पताल परिसरमै स्तनपानकक्ष तयार गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा शैलेन्द्र बी पोखरेलले...
-
२०७६ श्रावण १, बुधबार
पशुपतिमा भक्तजनको व्यवस्थापनका लागि तयारी
यस वर्ष साउन महीनामा पशुपति आउने भक्तजनको भीड व्यवस्थापन गर्न पशुपति क्षेत्र विकास कोषले तयारी गरेको छ । साउन महीना शुरु भएसँगै पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड बढ्न थालेकाले लाम व्यवस्थापन, सुरक्षा, जुत्ता तथा चप्पल कक्ष थप गर्नेलगायत तयारी शुरु गरिएको कोषका उपनिर्देशक प्रेमहरि ढुङ्गानाले राससलाई जानकारी दिनुभयो । साउनमा भगवान् शिवको महिमाबारे वर्णन र श्रवण गरिने भएकाले पशुपतिनाथलगायत देशभरका...
-
२०७६ श्रावण १, बुधबार
६२ प्रतिशत मुद्दा फछ्र्योट
तनहुँ जिल्ला अदालतले आर्थिक वर्ष ०७५र७६ मा ६२ प्रतिशत मुद्दा फछ्र्योट गरेको छ । उक्त अवधिमा एक हजार ६१६ मुद्दा रहेकामा एक हजार नौ मुद्दा फछ्र्योट भएको तनहुँ जिल्ला अदालतले जनाएको छ । उक्त आर्थिक वर्षमा नयाँ दर्ता भएको एक हजार २३९ थान र जिम्मेवारी सरी आएको ३७७ थान मुद्दामध्ये एक हजार नौ मुद्दा फछ्र्योट भई ६०७ मुद्दा फछ्र्यौट हुन बाँकी रहेको जिल्ला अदालतका श्रेस्तेदार सुदर्शन खनालले जानकारी दिनुभयो...
-
२०७६ श्रावण १, बुधबार
सम्भावित महामारी नियन्त्रण गर्न ध्यानाकर्षण
प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले बाढी, पहिरो र डुबान क्षेत्रमा विभिन्न रोग महामारीको रुपमा फैलने सम्भावनालाई नियन्त्रण गर्न सरकारसँग आग्रह गरेको छ । काङ्ग्रेस संसदीय दलको कार्यालयले आज जारी एक विज्ञप्तिमार्फत बाढी, पहिरो र डुबान क्षेत्रमा थप मानवीय क्षति हुन नदिन सरकार र सम्बन्धित निकायलाई सशक्त एवं गतिशील रुपमा कार्य गर्न आग्रह गरेको हो । केही दिनअघि परेको भारी वर्षाका कारण मुलुकका...
-
२०७६ श्रावण १, बुधबार
एक लाखको राष्ट्रिय पुरस्कार
मोरङको हरियाली सामुदायिक वन उपभोक्ता समूहले देशकै उत्कृष्ट गणेशमान सिंह राष्ट्रिय प्रथम पुरस्कार प्राप्त गरेको छ । पथरी शनिश्चरे नगरपालिका–३ स्थित सो समूह देशभरिकै दुई हजार २०० सामुदायिक वन समूहबाट छनोट भई उत्कृष्ट हुन पुगेको डिभिज वन कार्यालय विराटनगरका प्रमुख विशाल घिमिरेले जानकारी दिनुभयो । पुरस्कारको राशि रु एक लाख र प्रमाणपत्र रहेको छ । यस्तै, उत्कृष्ट निजी वन धनीतर्फ सुनवर्सी नगरपालिका–६...
-
२०७६ श्रावण १, बुधबार
नेपाल संवतका प्रणेता शंखधर र नेवाः अगुवा पद्मरत्नको शालिक राखिने
काठमाडौं महानगरपालिकाले शंघधर पार्क पहिले रत्नपार्क मा नेपाल संवतका प्रणेता शंखधर साख्वाः तथा नेवाः अगुवा मानवअधिकारवादी नेता पद्मरत्न तुलाधरको शालिक राख्नको लागि बजेटका व्यवस्था गरेको छ । हिजो मंगलबार सम्पन्न भएको आर्थिक बर्ष २०७६÷०७७ को बजेटमा शालिक राख्नको लागि बजेटको व्यवस्था गरिएको हो । काठमाडौं महानगरपालिकाले शंखधर पार्कमा नेपाल संवतका प्रवर्तक शंखधर साख्वाःको शालिक राख्नको निम्ति यस वर्षको...
-
२०७६ श्रावण १, बुधबार
वडाध्यक्षले फिर्ता गरे रु। ६५ हजार बेरुजु भत्ता
झापाको मेचीनगर नगरपालिका–६ का अध्यक्ष ललित तामाङले प्रदेश कानून बन्नुभन्दा अघि मासिक भत्तावापत लिएको रु ६५ हजार फिर्ता गर्नुभएको छ । नेपाली काङ्ग्रेसबाट निर्वाचित वडाध्यक्ष तामाङले मङ्गलबार नगरपालिकामा आएर सो रकम फिर्ता गर्नुभएको नगरपालिकाका सूचना अधिकारी पदमबहादुर कार्कीले जानकारी दिनुभयो । स्थानीय तहको निर्वाचनपछि विसं २०७४ पुस २७ गते मेचीनगर नगरपालिकाको पहिलो नगरसभाले जनप्रतिनिधिको सेवासुविधा...


