राष्ट्रिय
-
२०७६ आषाढ ३१, मंगलबार
बाढी पहिरोबाट ७८ को मृत्यु, सत्र हजार घरधुरी विस्थापित
मुलुकमा केही दिनअघि परेको वर्षापछिको बाढीपहिरो र डुबानका कारण आज मध्याह्नसम्म ७८ जनाको मृत्यु भएको छ भने ३२ बेपत्ता र ४० जना घाइते भएका छन् । गृह मन्त्रालयको पछिल्लो तथ्याङ्कअनुसार असार २६ गतेदेखि परेको अविरल वर्षापछि आएको बाढीपहिरोमा परेर १७ हजार ४२० घरधुरी विस्थापित भएका र तीन हजार ३६६ जनाको उद्धार गरिएको छ । गृह मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका प्रमुख वेदनिधि खनालले ती...
-
२०७६ आषाढ ३१, मंगलबार
४१ प्रतिशत निजी आवास पुनःनिर्माण
म्याग्दीमा ४१ प्रतिशत भूकम्पपीडितले निजी आवास पुनःनिर्माण गरेका छन् । विसं २०७२ वैशाखको भूकम्पका कारण घर भत्किएर राष्ट्रिय पुनःनिर्माण प्राधिकरणसँग सम्झौता गरी पहिलो किस्ता अनुदान लगेकामध्ये हालसम्म ३२६ ले आवास पुनःनिर्माण सकेका हुन् । प्राधिकरणको जिल्ला आयोजना प्रमुख शिवराम गेलालले रु ५० हजारका दरले पहिलो किस्ता अनुदान लगेकामध्ये ३७९ ले दोस्रो किस्ता लगेको जानकारी दिनुभयो । पहिलो किस्ता...
-
२०७६ आषाढ ३१, मंगलबार
बौद्ध धर्मावलम्बीको वर्षावास शुरु
बौद्ध धर्मावलम्बीको पर्व वर्षावास आजदेखि शुरु भएको छ । प्रत्येक असारको पूर्णिमादेखि असोज पूर्णिमा तीन महीनासम्म थेरवाद भिक्षुहरू वर्षावास बस्ने परम्परा छ । वर्षाको कारण चारैतिर पानी पर्ने, जमीन भित्रका जीवहरु र किराहरु जमीन बाहिर निस्कने हुँदा बाहिर हिँडडुल गर्न र भिक्षाटन गर्न समस्या हुने भएकाले भिक्षु तथा गुरुआमाहरु वर्षावास बस्ने गर्दछन् । बुद्ध जन्मस्थल लुम्बिनीमा पनि विभिन्न बिहारहरुमा...
-
२०७६ आषाढ ३१, मंगलबार
नौ हजार ५६९ भूकम्प प्रभावितको पुनः जाँच गरियो
जिल्लामा नौ हजार ५६९ भूकम्प प्रभावितको छुट तथा पुनः जाँच गरिएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ भवन चितवनले दिएको जानकारीअनुसार कार्यालयमा आएका १० हजार निवेदनको पुनः जाँच गरी नौ हजार ५६९ जनाको लाभग्राहीका लागि सिफारिस गरिएको हो । केन्द्रले छानबिन गरी लाभग्राही भए नभएको टुङ्गो लगाउने छ । कार्यालयका इञ्जिनीयर सुवास न्यौपानेका अनुसार केन्द्रबाट पठाइएका पाँच हजार र...
-
२०७६ आषाढ ३१, मंगलबार
गाउँमा विकास सँगै रोजगारी
मंगला गाउँपालिका–३ बरंजाका मोहनलाल सापकोटा दैनिकजसो पदमार्ग निर्माणमा खटिनुहुन्छ । बरंजाको बाहुनपँधेरादेखि पर्यटकीय स्थल मालिका मन्दिर जाने पदमार्ग निर्माणका लागि बजेट आएपछि सापकोटा मात्रै होइन गाउँका तीन दर्जनभन्दा बढीले रोजगारी पाएका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत भित्रिएको रु ५ लाख बजेटमध्येबाट पदमार्ग निर्माणको योजना अघि बढाइएको हो । मुलुक सङ्घीय संरचनामा रुपान्तरण भएसँगै विकास...
-
२०७६ आषाढ ३१, मंगलबार
टेलिकमको ‘फाइवर टु दि होम’ सेवा शुभारम्भ
नेपाल टेलिकम बागलुङले आफ्नो सेवालाई गुणस्तरीय तथा द्रुतगतिको इन्टरनेट सेवा प्रदान गर्नका लागि पूर्णतः फाइवर तारयुक्त बनाएको छ । बागलुङ बजारमा नमूनाको रुपमा कपर ९तामाको तार० को प्रयोग हटाई पूर्णतः फाइवर तारको प्रयोग गरी ‘फाइवर टु दि होम’ सेवा शुभारम्भ गरिएकोे नेपाल टेलिकम बागलुङले जनाएको छ । टेलिकमले एक वर्ष लगाएर प्रमुख लाइनको रुपमा जमीनमुनि र शाखा लाइनको रुपमा पोलको प्रयोग गरेर सेवाग्राहीको...
-
२०७६ आषाढ ३१, मंगलबार
असार सकियो, रोपाइँ सकिएन
असारमहिना सकिँदा पनि कञ्चनपुरमा सिँचाइ अभावका कारण किसानहरुले रोपाइँ सकेका छैनन् । कूल ४८ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको कञ्चनपुरमा अहिलेसम्म ८० प्रतिशत रोपाइँ सकिएको कृषि ज्ञान केन्द्र कञ्चनपुरले जनाएको छ । कृषि ज्ञान केन्द्रका सुचना अधिकृत महेशचन्द्र जोशीले जिल्लाको दक्षिण भेगमा रोपाइँ अन्तिम चरणमा पुगेको बताउनुभयो । उहाँले जिल्लाको उत्तरी भेगमा सिँचाइ सुविधा नभएका कारण १५ प्रतिशत...
-
२०७६ आषाढ ३१, मंगलबार
रुपन्देहीका पम्पहरुमा गुणस्तरीय डिजेल र पेट्रोल
रुपन्देहीका पेट्रोल पम्पहरुमा गुणस्तरीय पेट्रोलियम पदार्थको बिक्री हुने गरेको पाइएको छ । विभिन्न कार्यालय तथा सङ्घसंस्थाले गरेको अनुगमनका क्रममा पम्पहरुमा डिजेल र पेट्रोलको नापतौल र गुणस्तर सही भएको पाइएको हो । आइतबार र सोमबार अनुगमनपछि आज प्रतिवेदन सार्वजनिक गर्दै उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका नारायण भट्टराईले अनुगमन गरिएका सबै पेट्रोल पम्पमा डिजेल र पेट्रोलको नापतौल ठीक...
-
२०७६ आषाढ ३१, मंगलबार
आज साउने सङ्क्रान्ति
सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन देशभर साउने सङ्क्रान्तिका रुपमा मनाइँदैछ । साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन शुरु हुन्छ । माघ १ गते शुरु हुने उत्तरायण र साउन १ गते शुरु हुने दक्षिणायन शुरु हुने दिनलाई विशेष रुपमा मनाइन्छ । अधिकांश नेपाली खेतीमा लाग्ने भएकाले असार महीनाभर कृषि कर्ममा व्यस्त हुन्छन् । त्यसक्रममा हिलोमैलोले लाग्ने...
-
२०७६ आषाढ ३१, मंगलबार
रुसको रोस्तोभमा आतंकवादी आक्रमणको प्रयास
रुसको संघीय सुरक्षा सेवाले मुलुकको दक्षिणी रोस्तोभ क्षेत्रमा इस्लामिक आतंकवादी संगठन आइएस ले तयार पारेको आक्रमणको प्रयासलाई बिफल बनाइएको जनाएको छ । आइएसले प्रहरीमाथि आक्रमणको योजना बनाएको दाबी गरिएको छ । उक्त कार्यमा तीन जना रुसी नागरिक नै संलग्न रहेको संघीय सुरक्षा सेवाले बताएको छ । सुरक्षा सेवाले जारी गरेको वक्तव्यमा उक्त आक्रमणकारी समूहका नेता सुरक्षा कारबाहीमा मारिएको जनाएको छ । अरु दुई...
-
२०७६ आषाढ ३१, मंगलबार
पार्टी एकताका बाँकी काम सम्पन्न गर्ने तयारी छ ः अध्यक्ष दाहाल
नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताका क्रममा बाँकी रहेका काम आजै सम्पन्न गर्ने तयारी भइरहेको बताउनुभएको छ । ललितपुर पार्टी कमिटीको पूर्ण बैठकलाई आज सम्बोधन गर्दै उहाँले असार मसान्तभित्र एकताको सबै काम सम्पन्न गर्ने सार्वजनिक घोषणाअनुसार नै पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओली र आफूबीच छलफल जारी रहेको र सबै काम आजै टुङ्गो लगाउने तयारी गरिएको बताउनुभयो...
-
२०७६ आषाढ ३१, मंगलबार
प्रभावित क्षेत्रमा सर्वदलीय राहतको खाँचो
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले बाढी प्रभावित क्षेत्रमा सर्वदलीय राहतको खाँचो औँल्याउनुभएको छ । धनुषा र सिरहा जिल्लाका बाढी प्रभावित क्षेत्रको निरीक्षणपछि आज जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा उहाँले सो कुरा बताउनुभएको हो । दुवै जिल्लाका लागि उपलब्ध सामग्री र जनशक्तिले भइरहेको राहत र उद्धार कार्य प्रशंसनीय भए पनि डुबानका क्षेत्रमा उच्च प्राविधिक जनशक्तिको आवश्यकता रहेको...


